श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

बाराको गढीमाइमा अवोध प्राणीलाई बली नदिन धर्मगुरुहरुसँग आग्रह गर्दै रामबहादुर बम्जन (बारामा केही अघि देखिएका तपस्वी)। विभिन्न धर्मावलम्बीहरुको सहाभागिता रहने उक्त सभामा तपस्वी बम्जनद्धारा सहाभागि सबैलाई विशेष सम्बोधन हुने समितिले जनाएको छ । नमोबुद्ध तपोवन संरक्षण समितिको व्यवस्थापनमा हुने उक्त सभामा सहभागिताको लागि काठमाडौंबाट विश्वहिन्दु महासंघ, नेपाल बौद्ध महासंघ, शिव शक्ति केन्द्र,आत्माज्ञान प्रचारक संघ, दायन, मुस्लिम, पत्रकार, संघ/संस्थाका प्रतिनिधिहरू, धर्मगुरु लगायत विभिन्न धर्मावलम्बीहरु त्यसतर्फ प्रस्थान गरेको छ। यसका साथै बारा जिल्लामै प्रत्येक ५/५ वर्षमा लाग्ने गडिमाई मेलामा बलि रोक्न आहृवान गर्नुभएका बम्जनले उक्त मेलामा बलि रोक्नेबारे आफ्नो यथार्थ जानकारी समेत सोही सभामा दिनुहुनेछ / पुर्ण बिबरणको लागी प्रतिक्षा गर्नु होला।
--> Read more...

शिला खाती लण्डन
बेलायतको mjfc ko फ्यान क्लबको निमन्त्रणामा जानु भएको नेपालकै पहिलो ज्याक्सन फ्यान क्लब तथा हील द वोर्ल्ड फाउन्डेशनका अध्क्ष्य रवी परियार मेल्टेन किङ स्थित Halloween हलमा ज्याक्सन अन्तिम रियलसल मुभी THIS IS IT मुभी सोमा भाग लिनु भयो ।बाल बच्चाको सहयोग गर्ने उदेश्यका साथ खोलीएको संस्थालाई बेलायतका फ्यान क्लबका प्रतिनिधिहरुलेमा उच्च प्रशंशा गरेका थिए भने सहयोग कसरी जुटाउन सकिन्छ भन्ने बिषयमा छलफल हुने जानकारी ईमेलबाट प्राप्त भएको छ ।
Arona 2 - लन्डनमा हुने KING of POP Exibition को पनि अब्लोकन पश्चात बिभिन्न बैठकमा भाग ली बेल्जियम , जर्मन , फ्रान्स हुँदै नेपाल फर्किने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। Arona 2 हल जो july 2009 मा ज्याक्सनको कन्सर्ट तय गरिएको थियो जसको ५० सो को टिकेट २ घण्टा भित्र बिक्क्री भएको थियो तर june २५ मा ज्याक्सनको हृदय घात्त भै निधन भयो । उनको पछील्लो मुभि रियलसल THIS IS IT ले पहिलो दिनमा नै ६ करोड डलर कमाई गर्यो भने फिल्म को ईतिहास मा बक्स अफिसको रेकर्ड कयौ तोडी सकेको छ।
--> Read more...

समयमै वालवालिकालाई स्कुल पठाँऊ"
"भाषा संस्कृतिको जगेर्ना गरौं"
बिगत ३ वर्ष देखी साँग्रीला समाज बेल्जियमको अग्रसरतामा संचालन गरिरहेको नेपाली भाषा कक्षा लाई अन्तत:दिर्घकालिन रुपमा संचालन गरिने भएको छ ।साँग्रीला समाज बेल्जियम,नेपाली स्कूल व्यावस्थापन समिती लुभेन र क्याथोलिक युनिभर्सिटी बेल्जियमकको संयुक्त प्रायसमा संचालन गरिने भाषा कक्षा लाई सदा झैं हप्ताको १ पटक शनिवारको दिन दिउसो ३ बजे बाट ५ बजे सम्म संचालन गरिदै आएको छ ।भाषा ,संस्कृतिको जगेर्ना गर्ने उदेश्य लिएर संचालन गरिदै आएको नेपाली भाषा कक्षालाई व्यावस्थित गर्नको लागि अभिभावक र बिधालय बिचको सुमधुर सम्वन्ध नै प्रभावकारी हुने हुँदा गठित स्कूल व्यावस्थापन समिती लाई साँग्रीला समाज बेल्जियमले सधै सहयोग गरिरहने साँग्रीला समाज बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सि ले बताउनु भएको छ । नेपाली जहाँ रहेपनी भाषा र संस्कृती सगै रहने हुँदा आफ्नो परिचय लाई जोगाईरहनु प्रत्यक नेपालीको कर्तब्य भएको हुँदा आफ्ना वालवालिकालाई पठन पाठन कार्यमा सहभागी बनाउन स्कुल व्यावस्थान समितिका अध्यक्ष गोपाल सापकोटा आग्रह गर्नु भएको छ ।क्याथोलिक युनिभर्सिटी द्वारा नि:शुल्क उपलब्ध गराएको S Meiersstraat-5,Leuven Belgium स्थित(पुरानो कम्युन पछाडी )Loko भवनमा बिगत देखी दीपक ज्योती पौडेल र परमान्द सापकोटा शिक्षक द्वयले अध्यपनमा सहयोग गरिरहेका छन। शैक्षिक स्तरका आधरमा २ समुहमा संचालन गरिएका कक्षाहरुमा बिद्यार्थी भर्नाको निम्ती आगामी नोभेम्बेर १४ सम्म समय तोकिएको छ ।एकै परिवारका २ जना बालवालिकाका निम्ती ७५ युरो र दुई भन्दा बढी बालवालिकाका लागी नि:शुल्क सेवा प्रदान गरिने छ भने एक जनाको हकमा ५०युरो तोकिएको छ ।सम्पूर्ण नेपालिको सहयोग रहेको भाषा कक्षा संचालनको पाठ्यक्रमको साँथै लाईब्रेरी स्थापना गर्न बेल्जियम बाट नव निर्वाचित एन. आर. एन आई .सि .सि प्रतीनिधी अर्जुन कुमार श्रेष्ठले नेपाल सरकार बाट नेपाली दूतावास बेल्जियम मार्फत सहयोग हुने जानकारी गराउनु भएको छ ।क्याथोलिक युनिभर्सिटी बेल्जियमको आयोजनामा साँग्रीलासमाज बेल्जियम,ईन्द्र धनुष क्लब र चितवन सहायता कोष बेल्जियमको सयुक्त प्रयासमा आगामी नोभेम्वर २२ तारिख आईतवारका दिन हुन गैरहेको नेपाली बिद्यार्थीहरुका लागि नेपाली शैक्षिक पाठ्यक्रम र बेल्जियमको शैक्षिक पाठ्यक्रमका साथै दुई देश बिचको सांस्कृतिक बिषयक छलफल कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नेपालीहरुलाई An Moerenhout आग्रह गरेकी छिन ।
दीपक ज्योती पौडेललुभेन, बेल्जियम
--> Read more...
वैदेशिक रोजगारका लागि कुवेत जान हिँडेका चार युवती भारतको दिल्लीमा अलपत्र परेपछि नेपाल फर्काइएको छ । उनीहरूलाई आशु एजुकेसन कन्सल्टेन्सी, गौशालामा कार्यरत मिलनप्रसाद पोख्रेलले वीरगन्ज रक्सौलको बाटो हुँदै दिल्ली पुर्याएको युवतीहरूले बताएका छन् दसैको टीकाको दिन काठमाडौंबाट हिँडेका उनीहरू दिल्लीको गुणँगावमा १७ दिन बिताएपछि माइती भारतको सहयोगमा नेपाल फर्काइएको हो । यीमध्ये दुई मेारङकी पुनम खवास र झापाकी मीना खवासको पासपोर्ट, नागरिकता दुवै छैन अन्य दुईको पासपोर्ट पोख्रेलले नै बनाइदिएका थिए । दुई जनाको नागरिकता र पासपोर्ट दिल्लीमा बनाइदिने र कुवेतका लागि भिसा पनि त्यहीँ आउने बताउँदै आफूहरूलाई दिल्ली पुर्याइएको उनीहरू बताउँछन् । 'भिसा आउँछ भन्दै दिल्लीको एउटा कोठामा १७ दिनसम्म राखेर यातना दिन थालेपछि एक भाइको सहयोगमा आफैंले फोन गरेर नेपाल फर्काइदिन अनुरोध गरेको हुँ,' धादिङकी प्रेमकुमारी बानियाँले भनिन् । घरको सजिलो काम लगाइदिने र मासिक तलब १५ हजार पाइने भनेपछि बानियाँले कुवेत जानका लागि २३ हजार रकम दलाललाई बुझाएकी थिइन् । मोरङकी पुनम र झापाकी मीनालाई दिल्लीबाटै पासपोर्ट र नागरिकता बनाइदिने र त्यहीँबाट कुवेत उडाउने भनेर आफूहरूलाई लगिएको बताए । ती चारै युवतीहरूलाई लिएर पोख्रेल आफैं दिल्ली गएका थिए । उनीहरूलाई वीरगन्जसम्म पुर्याउन अमरकुँवर खवासले सहयोग गरेका थिए । दिल्लीमा बस्दा बाहिर निस्कन नदिने, झ्यालबाट बाहिर हेर्दा पनि यातना पाएको युवतीले सुनाए । यिनीहरू सबैलाई चिनजान र आफन्त पर्नेले विदेश जान प्रोत्साहन गर्दै पोख्ररेलसँग भेट गराएका थिए । बेलबारी मोरङकी शान्ति धिमालले छिमेकी साथी दिलमाया लिम्बूलाई विदेश जाने सुनाउँदा मिलनको फोन नम्बर दिएको र काठमाडौं आएपछि उसलाई भेटेर कुबेत जाने मिलाएकी थिइन् । यिनीहरूसँगै माइती भारतले पोख्रेललाई समेत पक्राउ गरेको थियो तर अहिले उनी फरार छन् । माइती नेपालका अनुसार उनीहरूलाई बेच्ने उद्देश्यले दिल्ली पुर्याइएको हो । 'समयमा यी चेलीहरूलाई उद्धार गर्न नसकेको भए बेचिनु पथ्र्यो,' माइती नेपालकी परामर्शदाता सुमित्रा श्रेष्ठले भनिन्, 'प्रेमकुमारी आफैंले प्रयास गरेर र्फकन सफल भएका हुन् ।
--> Read more...

काठमाडौँ, कात्तिक १२। श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष नेपालको तीनदिने औपचारिक भ्रमण क्रममा काठमाडौ आइपुग्नु भएको छ । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राष्ट्रपति राजपाक्षका साथ उहाँकी धर्मपत्नी शिरान्थी राजपाक्षलगायत उच्चस्तरीय पदाधिकारीहरु पनि भ्रमणमा सहभागि रहेका छन् । राष्ट्रपति राजापाक्षलाई संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मिनेन्द्र रिजालले त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलमा स्वागत गनुभयो । यसैगरी भोली शुक्रबार राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालसँग राजापाक्षेले
भेट गर्नुहुनेछ। भने साँझ राष्ट्रपति राजापाक्ष तथा श्रीमती राजापाक्षको सम्मानमा प्रधानमन्त्री नेपाल तथा श्रीमती नेपालले रात्रिभोजको आयोजना गर्नुहुनेछ।नेपाल भ्रमणको उद्देश्य लुम्विनीमा निर्मीत श्रीलंक गुम्बाको उद्घाटन गर्नु रहेको छ । उहाँ कात्तिक १४ गते कोलम्बो प्रस्थान गर्नुहुने छ।
--> Read more...

हरि मानन्धर “विवश”-अन्तराष्ट्रिय नेपाली साहित्य समाज, इजरायलद्वारा इजरायलमा लामो समयदेखि कार्यरत अनेसास इजरायलका अस्मिता त्रिपाठी र सुनिता न्यौपानेलाई उहाँहरूको
क्यानडा प्रस्थान हुने सुअवसरमा विदाई कार्यक्रम गरेको थियो । नेपालदेखि आएर इजरायलमा केयर गिभरको भिषामा काम गर्ने क्रममा उहाँहरूले पुनः क्यानडाका लागि पनि सोही कामका लागि भिषा पाउने सुअवसर प्राप्त गर्नुभएकोमा अनेसास इजरायल परिवार उहाँहरूलाइ हार्दिक बधाइ ज्ञापन गर्दछ । अस्मिता त्रिपाठी अनेसास इजरायलको कार्यकारी सदस्य र मेरो नेपाल पत्रिकाका सम्पादन सहयोगी रहनुभएको थियो भने सुनिता शर्मा अनेसास इजरायलको साधारण सदस्य र मेरो नेपाल पत्रिकाका सह बजार व्यवस्थापक रहनु भएको थियो । उहाहरूलाई अनेसास इजरायलका अध्यक्ष श्री सुनिल संगमले दोसल्ला ओढाएर तथा कोषाध्यक्ष टिका खरेलले अविरमाला र उपाध्यक्ष नवराज आचार्यले मेरो नेपाल पत्रिका सम्झना स्वरूप क्यानडा पुराउनका लागि दिनु भइ विदाई गर्नुभएको थियो ।उक्त कार्यक्रममा नेपाली कामदार सहयोगी मञ्च, इजरायलकी अध्यक्ष तथा अनेसास इजरायलकि साधारण सदस्य श्रीमति ऋतु गिरी, अनेसास इजरायलकि कोषाध्यक्ष टिका खरेल र अनेसास इजरायलकै अध्यक्ष सुनिल संगमद्वारा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम अनेसास इजरायलका कार्यकारी सदस्य विष्णु भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
सोहि कार्यक्रममा अनेसास इजरायलमा रहेर समूहगत रूपमा साथीभाइहरू बीच साहित्यिक कार्यक्रमहरूमा जमघट तथा सहभागी हुँदाका समयहरू आफुहरू जहाँ गए पनि याद आइरहने र अनेसास इजरायललाई यसरी छाडेर विछोडिनु परेको पिडा अविस्मरणीय रहने समेत उहाँहरू त्रिपाठी तथा शर्माले बताउनुभयो ।
--> Read more...

स्पिडी-इगल नामक हेलिकोप्टर बनाएर चर्चामा आएका किशोर वैज्ञानिक कुशल केसीले सोलार कार निर्माण गरेका छन् । कुशलले मंगलबार मध्याह्न जम्मा भएको भीडका बीचबाट आफूले बनाएको कार कुदाएर वाहवाही बटुले ।अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वषरीय कुशल केसी, १६ ले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी ‘सोलार कार’ निर्माण गरेका हुन् । कारमा तीनजना बस्न सकिन्छ । सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम, विभिन्न संघ/संस्था र व्यक्तिगत गरी संकलित ६ लाखको लागतमा सोलार कार निर्माण गरेको बताए । कारमा २० वाटको प्यानल ६ वटा, १८ एम्पाएरको ब्याट्री २० वटा र मोटरको प्रयोग गरिएको उनले जानकारी दिए । कार उद्घाटनपछि सदरमुकाम बाग्लुङ बजार घुमाइएको थियो । सदरमुकाम बाग्लुङ बजारमा भेला भएका नगरवासीले तालीको गड्गडाहटबाट कुशललाई प्रोत्साहन र बधाई दिएका थिए ।‘सामग्री जुटाउन मात्रै तीन महिना लाग्यो,’ कुशलले भने, ‘सामग्री जुटाएपछि ४२ दिनमै कार तयार भयो । तीन क्विन्टल तौल रहेको कार प्रतिघन्टा ५० किमी गुड्नसक्ने उनले जानकारी दिए । यो त नमुना सोलार कार मात्रै हो, आर्थिक सहयोग मिले विविधतायुक्त कार बनाउने सोच छ,’ प्रसन्न मुद्रामा उनले सुनाए । सोलार कारको अवधारणा कसरी आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा कुशलले भने,धुवाँबाट प्रदूषित बन्दै गएको विश्वको वातावरण जोगाउन र नेपालमा सधैँ खड्किरहने डिजेल/पेट्रोलको अभावलाई पूर्ति गर्न सोलार कार निर्माणमा रुचि जाग्यो ।सोलार कार निर्माण गर्ने घोषणा गरी आर्थिक संकलन अभियान सञ्चालन गरे पनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाउँदा दुःख लागेको कुशलले बताए। उनले भने, ‘सरकारले सपोर्ट गरेमा नयाँ प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ ।’ सो अवसरमा कुशलका बाबु भीम केसी र आमा रुद्र केसीलाई विद्यालयले सम्मान गरेको थियो । ०५० चैत १७ गते जन्मिएका कुशलले यसअघि ‘स्पिडी-इगल’ नामक हेलिकोप्टर, डायनामो, टेलिस्कोप, फोटो-प्रोजेक्टरसमेत निर्माण गरिसकेका छन् ।
--> Read more...

छिरिङ तेन्जिङ् शेर्पा
काठमाण्डौ अक्टोबर २८, नेपाल शेर्पा संघले हालै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेको छ। "सम्पुरण शेर्पाहरुको चहाना शेर्पा स्वायत्त प्रदेशको स्थापना" भन्ने मूल नाराको साथ हालै सम्पन्न चौथो महाधिबेशनले ५७ सद्स्यिय कार्य समिति चयन गरेको थियो। पुर्व तापलेजुङको हिमाली भाग देखि पस्चिम गणेश हिमालको फेदि सम्माको सम्पुर्ण हिमाली भु-भाग शेर्पा स्वायत्त राज्यको हुनु पर्ने माग नेपाल शेर्पा संघको रहेको छ। नेपाल र नेपालीहरुको मान प्रतिष्टा र ईज्जतलाई विश्वको ईतिहाँसमा दर्ज गर्न सफल चार लाख जनसंख्या भएको शेर्पाहरुको माग पूरा नभएसम्म शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ । साथै उसले दबाब मुलक कार्यक्रमबाट नयाँ संबिधानमा शेर्पा राज्यको गठन नभए जन बिद्रोह गर्ने चेतावनी समेत दिएको छ । नव निर्वाचित अध्यक्ष श्री पेमा छिरी शेर्पाको हस्तक्षर रहेको उक्त बिज्ञाप्तीमा बिभिन्न नौ बुँदे माग हरु राखेको छ। पत्रकार सम्मेलनमा शेर्पा संघको बिभिन्न पदाधिकारीहरुको उपास्थिति रहेको थियो।
--> Read more...

रत्ननगर । चितवन युवा समूह गुञ्जानगर साखा दोहाले भुवनवस्ती उपस्वास्थ्य चौकीलाई १ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरेको छ । उपस्वास्थ्य चौकीमा आवस्यक पर्ने उपकरण खरिद गर्नका लागी उक्त रकम साखाका संरक्षक रामहरी गैरेले एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक गोविन्द गुरुङ कोषाध्यक्ष रामभक्त गैरे र उपस्वास्थ्य चौकीका ईन्चार्ज हरीश्चन्द्र न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।गुञ्जानगरबाट कामको सिलसिलामा कतार पुगेका र कतारमा रहेका अन्य नेपाली समाजसेवीहरुले पनि उक्त रकम सहयोग गरेको गैरेले जानकारी दिए । उनले आफु अत्यन्तै गरिव भएको र गरिवीको पिडा वुझेकोले जहा गएपनि सदा समाजसेवा गर्ने वताए । प्ादम प्रसाद ढकाल सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गुञ्जानगरबाट कतार गई कार्यरत युवाहरुलाई उनिहरुको घरबाट चौकी सम्म पाचेवाजाले स्वागत गरिएको थियो ।भुवनवस्तिका विभिन्न संघ संस्था आमा समुह लगाएत सम्पुर्ण पार्टि प्रतिनिधिको उपस्थितिको लागी एउटा एम्बुलेन्स खरिद गर्नको लागी प्रस्तावीत समिति गठन गरेको पनि कार्यक्रममा जानकारी दिईएको थियो । सम्पुर्ण अतिथीहरुले सहयोगको सरहना गरि चितवन युवा समुहलाई धन्यवाद दिएका थिए ।
--> Read more...
नेपाल कै नं १ लोकदोहोरी सस्था निरमाया रोधीघर को साखा गत २३ अक्टोबर अल्ट्रसट युके मा भब्ये समारोह बीच नेपाली राजदुताबास का कार्येबाहक राजदुत झबेन्द्र अर्याल ले नाट्यसोरी मा दिप प्रजोलन गरि निर्माया रोधीघर युके को औपचारिक सुरुवात गर्नु भएको थियो. प्राये जसो सबै नेपाली संघ सस्था का प्रतिनिधि उपस्थित उक्त कार्येक्रम मा ठुलो संख्या मा बेलायेत बासी नेपली हरुको उपस्थिति रहेको थियो. भने डिसी नेपाल डटकम ले संसार भर का नेपाली हरु माझ प्रतक्छ्ये प्रसारण गरि सेवा पुराएको थियो. मंतब्ये को क्रम मा कर्येबाहक राजदुत झबेन्द्र अर्याल ज्यु ले ठुलो लगानी र चुनौती को बाबजुद पनि निरमाया रोधीघर ले सात समुन्द्र पारी बेलायेत मा बढ्दै गएको नेपाली समाझ लाई मनोरंजन दिलाउने उदेस्येले गरेको सुरुवात ज्यादै नै सराहनिये रहेको प्रस्ट पार्दै येस्मा निरमाया रोधी सफल हुने आफ्नो विश्वास बेक्त गर्नु भयो.
बेलायतमा निरमाया रोधिघरको संचालन
News by- Ramesh Babu Shrestha From- London, UK October 27, 2009
नेपाल कै नं १ लोकदोहोरी सस्था निरमाया रोधीघर को साखा गत २३ अक्टोबर अल्ट्रसट युके मा भब्ये समारोह बीच नेपाली राजदुताबास का कार्येबाहक राजदुत झबेन्द्र अर्याल ले नाट्यसोरी मा दिप प्रजोलन गरि निर्माया रोधीघर युके को औपचारिक सुरुवात गर्नु भएको थियो. प्राये जसो सबै नेपाली संघ सस्था का प्रतिनिधि उपस्थित उक्त कार्येक्रम मा ठुलो संख्या मा बेलायेत बासी नेपली हरुको उपस्थिति रहेको थियो. भने डिसी नेपाल डटकम ले संसार भर का नेपाली हरु माझ प्रतक्छ्ये प्रसारण गरि सेवा पुराएको थियो. मंतब्ये को क्रम मा कर्येबाहक राजदुत झबेन्द्र अर्याल ज्यु ले ठुलो लगानी र चुनौती को बाबजुद पनि निरमाया रोधीघर ले सात समुन्द्र पारी बेलायेत मा बढ्दै गएको नेपाली समाझ लाई मनोरंजन दिलाउने उदेस्येले गरेको सुरुवात ज्यादै नै सराहनिये रहेको प्रस्ट पार्दै येस्मा निरमाया रोधी सफल हुने आफ्नो विश्वास बेक्त गर्नु भयो.
कार्येक्रम मा चर्चित नेपाली हास्ये कलाकार जितु नेपाल मुन्द्रे, सुपरस्टार नायक दिलिप रायमाझी, नेपाली लोक दोहोरि मा पी.एच.डी गर्नु हुने अमेरिकन नागरिक आना, नेपाल र युके मा चर्चित दोहोरि गायिका कल्पना गुरुङ, जोती गौतम, देविका पौडेल, टिका सेरचन, रामसिंह, बद्रि केसी, गुरुङ मगर समुदायेका चर्चित नायक गोरे गुरुङ, साथै अन्य कलाकार हरु बाट सुमधुर गित र रमाइला रमाइला न्रित्ये हरु प्रस्तुत गरिएको थियो. पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लोक भाखा हरु र ठेठ नेपाली न्रित्ये प्रस्तुत हुने निरमाया रोधी युके हाल लाई हरेक बिहिबार सुक्रबार र सनिबार ७ बजे बेलुकी देखि १२ बजे सम्म र निकट भाबिस्येमा नै एस्लाई बढाएर रति २ बजे सम्म सेवा पुगाउने छ . निरमाया रोधी युके ले प्रचार प्रसार मा बिसेस सहयोग गर्नु हुने कान्तिपुर पत्रिका नेपाल, बि अफ़ बी अस रेडियो युके, नेपाली टेलिबिजन युके, एबरेस्ट टाइम्स युके, नेपाली समाज युके डटकम, डिसीनेपाल डटकम लाई हार्दिक धन्यवाद बेक्त गर्दै भाबिस्ये मा पनि सबै बाट साथ र सहयोग को अपेक्छ्या राखेको छ. निरमाया रोधी युके 111 victoria road, GU11 1JE Aldershot UK मा अबस्थित छ .
RAMESH BABU SHRESTHA
ceo "SHIVA LOUNGE"
(nirmaya rodhi ltd) 111 victoria road, aldershot
GU11 1JE, UK off-01252317321
mob-07501375768
--> Read more...

लिम्बुवान स्वायत्त प्रदेशको माग गर्दै लिम्बुवान रज्या परिषदद्वारा आजापुर्व अन्चलका नौ वटा जिल्लाहरु बन्द गरेका छन। बन्दका कारण पुर्व अन्चलका जन जिवन प्रभावित भएका छन।
--> Read more...
एम.बि.साँवा दोहा, कतार
किरात याक्थुङ् चुम्लुङ कतारको चौथो पुर्ण बैठकले लिम्बुहरुको महान चाँड चासोक तङनाम २०६६ उधौली पूजा आगामी (मंसिर पुर्णिमाको दिन-तदनुसार ०२ डिसेम्बर २००९) ०४ डिसेम्बर २००९ सुव्रुबारको दिन ईण्डियन कल्चरल सेन्टर (आई.सि.सि.) हलमा भब्यताका साथ मनाउने निर्णय गरेको छ । मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भए लगत्तै नेपालका बिभिन्न आदिबासी जनजातीहरुको च्ाडपर्वहरु मध्ये किरात धर्मावलम्बीहरुको चाड उभौली र उधौली पर्वलाई राज्यले राष्ट्रिय चाडको रुपमा घोषणा गरि सकेको अवस्था हो । किरात याक्थुङ् चुम्लुङ दोहा कतारले दुई वटै चाडहरुलाई राष्ट्रिय पर्वको रुपमा राज्यले घोषणा गरेकोमा हार्दिकताका साथ स्वागत गदैै्र यस पर्वलाई आम नेपालीहरुको पर्वको रुपमा बिकास गर्न सबैलाई अपिल गर्दै गत बर्ष नेपाली राजदुताबासको सभा कक्षमा पहिलो पटक कतारमा उधौली पूजा अर्थात चासोक तङनाम २०६५ भब्यताका साथ सम्पन्न गरेको थियो । त्यसै गरि यस बर्ष पनि चासोक तङनाम २०६६ पर्वलाई भब्यताका साथ सम्पन्न गर्नको लागि किरात चुम्लुङ कतारका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ ज्यूको संयोजकत्वमा २३ सदस्सिय चासोक तङ्नाम मुल समारोह समिती गठन गरेको छ । यसै संस्थाका उपाध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोक ज्यूको संयोजकत्वमा ५ सदस्सिय ब्यवस्थापन समिती र संस्थाका केन्द्रिय सदस्य श्री मान ब. माबो को संयोजकत्वमा ५ सदस्सिय स्वयम सेवक समिती पनि गठन गरिएको छ । उक्त अवसरमा संस्था स्थापना काल देखि निरन्तर रुपमा यस संस्थालाई योगदान दिने ब्यक्तिहरुलाई कदर पत्रका साथ सम्मान गरिने निर्णय संस्थाले गरेकोले चुम्लुङका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ को संयोजकत्वमा ३ सदस्सिय समिती समेत गठन गरेको छ । राज्यले नै राष्ट्रिय पर्व घोषणा गरे पश्चात कतारमा दोश्रो पटक अनि हर्ष उल्लासका साथ मनाउन लागिएकॊ यस कार्यव्रुमलाई बढि मनोराजनात्मक बनाउनको लागि लिम्बु जातीहरुको संस्कृति र परम्परा अनुसारको साँस्कृतिक झाँकी तयार गर्न किरात याक्थुङ् चुम्लुङ कतारको संरक्षकत्व्ामा गठित किरात याक्थुङ् साँस्कृतिक परिषद कतारलाई जिम्मा दिईएको र साँस्कृतिक परिषद कतारका का.बा. अध्यक्ष श्री जय कुमार थेबे लिम्बु ज्यूको संयोजकत्वमा चासोक तङनाम २०६६ मनोराजन साँझ नामक १५ सदस्सिय टोली समेत गठन गरएको कुरा चुम्लुङका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ ज्यूले जानकारी गराउनु भयो । उक्त कार्यव्रुममा लिम्बुहरुको हाक्पारे साम्लो च्याब्रुङ्ग नाच धान नाच जस्ता मनोराजनात्मक नाचहरु प्रदर्शन गरिने कुरा समेत का.बा. अध्यक्ष कुरुम्भङ ले जानकारी गराउनु भयो । उक्त बैठकमा लिम्बुहरुको एक मात्र साझा संस्था किरात याक्थुङ् चुम्लुङ्ग नेपाल संग गत बर्ष सम्बन्धन कायम भए पश्चात कतारको लिम्बु समाज स्वत किरात याक्थुङ् चुम्लुङ्ग कतार बन्न गएको हो र यसरी नै बिश्वमा छरिएर रहेका लिम्बुहरु र प्रवासमा खोलिएका किरात याक्थुङ् चुम्लुङहरुले एक आपसमा सम्बन्ध कायम गरि समन्वय गर्दै जानु पर्ने आजको आवश्यकता हो भनेर भन्नु भयो । हामीले बिश्वको कुनै पनि कुनामा पुगे पनि आफ्नो परम्परा र संस्कृति भुल्न हुन्न भन्ने सन्देश दिदै अन्तमा स्वदेश तथा बिदेशमा छरिएर रहेका सम्पूर्ण किराती तथा गैर किरातीहरुमा चासोक तङनाम २०६६ को अगि्रम हार्दिक मंगलमय शुभ कामना पनि टक््रयाउनु भएको छ । धन्यबाद
--> Read more...
थरुहट संयुक्त सङ्घर्ष समितिकेन्द्रीय संयोजन समितिथरुहट, नेपाल मितिः २०६६।०७।०९प्रेस विज्ञप्तिथरुहट संयुक्त संघर्ष समितिको नाम लिएर यही २०६६ कार्त्तिक १० गते गर्ने भनिएको कथित थरुहट, खम्बुवान, लिम्बुवान बन्द यस थरुहट संयुक्त संघर्ष समितिको आधिकारिक बन्दको कार्यक्रम नभएको जानकारी सम्पूर्ण जनसमुदाय तथा आम सञ्चार क्षेत्रमा अवगत गराउँदछौं । साथै, थरुहट संघर्ष समितिको नाम र नेतृत्वमा बन्द र हड्ताल गर्न खोज्ने कथित् समूहहरु थरुहट, खम्बुवान, लिम्बुवान र आदिवासी जनजातिको नाममा केवल सौदाबाजी गर्ने झुण्डमात्र भएकाले यस्तो भ्रमपूर्ण आन्दोलनलाई बढावा नदिन र त्यसमा नअल्मलिन हुनसमेत आम जनसमुदायमा अपील गर्दछौं ।धन्यवाद !जय थरुहट !! ............
लक्ष्मण थारु
थरुहट संयुक्त संघर्ष समिति
केन्द्रीय संयोजन समितिको तर्फबाट
--> Read more...

देव बहादुर राना मगर, दोहा, कतार
२४ अक्टोबर, २००९ - "ईतिहाँस, भाषा, संस्कृती र संरक्षण-सम्बर्धन मगरहरुको मूल मन्त्र । जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र" नाराका गत शुक्रबार नेपाल प्रवासी मगर संघ कतारको आठौं अधिबेशन दोहा स्थित ढाका रेस्टुरेन्टको कार्यक्रम हलमा सम्पन्न भएको छ । छत्र बहादुर घले मगरको सभापतित्वमा सम्पन्न खुला शत्रको कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका का.वा. अध्यक्ष चन्द्र कुमार सिगु हुनुहुन्थ्यो भने अतिथिहरुमा महासंघमा आबद्ध जातिय संगठनका प्रतिनिधिहरु क्रमश: तमु बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष जगन गुरुङ, किरात याक्थुङ चुम्लुङ शाखा कतारका द्वितीय उपाध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, नेपाल प्रवासी तामाङ समाज कतारका सचिव ईन्द्र तामाङ, किरात राई यायोक्खा शाखा कतारका सचिव राई रमेश गाउँले, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. विध्यानन्द चौधरी, नेपाल दराई प्रवासी संघ कतारका सचिव बिक्रम दराई, सर्लाही सेवा समाजका सचिव प्रकाश आले मगर, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघका प्रतिनिधी बबिन राई, मुगलानी श्रृजना कला केन्द्रका ब्यवस्थाक बालबिक्रम थापा मगर, www.tamangsamaj.com का सञ्चालक बिनेश तामाङ हुनुहुन्थ्यो भने अन्य थप अतिथिहरुमा कतारस्थित मगर ब्यवसायीहरु क्रमश: हिमालयन रेस्टुररेन्टका प्रोप्राईटर तथा मगर संघका सल्लाहकार कमलराज थापा मगर, काठमाडौं किचनका प्रोप्राईटर हरी पुन मगर र ब्यवसायी खड्कसिंह थापा मगर हुनुहुन्थ्यो।
प्रमुख अतिथिद्वारा ब्यानर अनावरण तथा दीप प्रज्वलन गरेपछी कार्यक्रम औपचारिकरुपमा शुरु गरिएको थियो । आम मगरहरुको हकहित तथा पहिचान स्थापित गराउनको लागि आफ्नो बलिदान दिएका ज्ञात–अज्ञात बीर शहीदहरुप्रतिको श्रद्धाञ्जलीमा १ मिनेट मौन धारण गरेपश्चात् राष्ट्रको सम्मानस्वरुप राष्ट्रिय गीत सुनाईएको थियो । त्यसपछी जनक थापा मगरको स्वागत मन्तब्य र संघको सांस्कृतिक बिभागका कलाकार टोलीले आफ्नो गीतबाट उपस्थित सबैलाई स्वागत गरिएको थियो ।
शुभकामना मन्तब्यको क्रममा अतिथीहरुबाट मगर लगायत समस्त जनजातिहरु पछी परिनुको कारणहरु प्रष्ट्याउँदै आफ्नो भाषा–लिपि, संस्कृति सँगै आफ्नो हक–अधिकारको निम्ति एकजुट भएर अघि बढ्नुपर्ने तथा शिक्षा क्षेत्रमा पनि बिशेष जोड दिईनुपर्ने धारणा व्यक्त गरिएको थियो । साथै आदिवासी जनजातिहरुले उठाएका संघियताको सवाल‚ आत्मनिर्णयको अधिकार र जातिय स्वायत्तताको पक्षमा पनि बिचारहरु प्रस्तुतगरिएको थियो । समग्रमा उपस्थित अतिथीहरुले आफ्नो शुभकामना मन्तव्यको क्रममा आदिवासी जनजातिहरुको हितमा आत्मनिर्णयको अधिकार सहितको संघिय राज्य व्यवस्था नै उपयुक्त रहने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा भाग्यशाली उपहार योजनाको नतिजा खोलिएको थियो जसको सञ्चालन जनक थापा मगरले गर्नुभएको थियो । उपहार बिजेताहरुमा क्रमश: गणेश परियार (कुपन नं. १२७२) लाई प्रथम पुरस्कार १ तोला सुन, सुनमाया दर्लामी (कुपन नं. ००६७) लाई द्वितिय पुरस्कार १ थान PANASONIC डिजीटल क्यामेरा, रामचन्द्र त्रिपाठी (कुपन नं. ११३८) लाई तृतीय पुरस्कार १ थान PANASONIC रंगीन टेलिभिजन, अम्बर बहादुर राउत (कुपन नं. ०३६७) लाई चौथो पुरस्कार १ थान डिभिडि प्लेयर, र ५ जना क्रमश: प्रकाश मैनाली (कुपन नं. १२६९), डिल ब. फाल मगर (कुपन नं. ०४८७), दिनेश राई (कुपन नं. ०४६६), खड्क बहादुर थापा मगर (कुपन नं. ०३६८) र बन्धवा चौधरी (कुपन नं. ०७१५) लाई १-१ थान नाडी घडी परेको थियो ।
खुला शत्रको अन्त्यतिर कार्यक्रम सभापतिले उपस्थित सबैलाई धन्यबाद दिनुका साथै पुरानो कार्यसमितीलाई औपचारिकरुपमा बिघटन भएको घोषणा गर्दै खुला शत्रको बिसर्जन गरिएको थियो ।
बन्द शत्रको शुरुवातसँगै छत्र बहादुर घले मगरको अध्यक्षतामा जनक थापा मगर तथा दोब बहादुर घर्ती मगर सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिती गठन गरी कार्यक्रम अघि बढाईएको थियो । यसैक्रममा महासचिव देव बहादुर राना मगरद्वारा सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरिएपछी संघको नयाँ संशोधित विधान प्रस्तुत गरिएको थियो ।
त्यसपछी संघको आठौं कार्यकालको लागि १५ सदस्यीय कार्यसमिती चयन गरियो जसमा अध्यक्ष देव बहादुर राना मगर‚ उपाध्यक्ष प्रकाश आले मगर‚ महासचिव खिम बहादुर राना मगर‚ सचिव शरण थापा मगर‚ कोषाध्यक्ष गिरी प्रसाद काउछा मगर‚ सह-कोषाध्यक्ष योगेन्द्र बहादुर चिदी मगर त्यसैगरी सदस्यहरुमा डिल बहादुर थापा‚ नोख बहादुर सारु‚ भिम बहादुर मगर‚ दुर्गा दर्लामी‚ मोहन थापा‚ लिल बहादुर पुन‚ चेतन मगर हुनुहुन्छ भने बाँकी २ स्थान महिला सदस्यहरुको लागि सुरक्षित राखिएको छ ।
नयाँ कार्यसमितीको शपथ ग्रहण पछी नव निर्वाचित अध्यक्ष देव बहादुर राना मगरले नयाँ कार्यसमितीको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यतिर निर्वाचन समितीका अध्यक्ष छत्र बहादुर घले मगरले नयाँ निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिएपछी निर्वाचन मण्डल बिघटन भएको घोषणा सँगै कार्यक्रमको बिसर्जन गर्नुभएको थियो ।
--> Read more...

क्यालिफोर्निया, २५ अक्टुबर / अमेरिकामा रहेका नेपालीहरुको संस्था मदरल्याण्ड नेपालमा खाद्य-उद्योग क्षेत्रमा संलग्न रहँदै आउनुभएका नारायण बस्नेत उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।
विगत पाँच वर्षदेखि सपरिवार क्यालिफोर्नियामा रहेर आफ्नो व्यवसाय गर्दै आउनुभएका बस्नेत समाजसेवाका लागि उपयुक्त ठाउँको खोजीमा रहनु भएको र मदरल्याण्ड नेपालमा विगत केही महिनादेखि उपाध्यक्ष पद खाली रहेको अवस्था थियो । मदरल्याण्ड नेपालको कार्यसमितिले बस्नेतबाट प्राप्त हुन आएको अनुरोध स्वीकार गरी उहाँलाई उपाध्यक्ष निर्वाचित गरेको हो ।
कार्यसमितिको सोही बैठकले यसअघि उपाध्यक्ष रही सेवा पुर्याउँदै आउनु भएका र कार्यव्यवस्तताको कारण देखाउँदै राजीनामा दिनुभएका anil pradhan लाई उहाँले मदरल्याण्ड नेपालको समृद्धिमा पुर्याउनु भएको योगदानका लागि धन्यवाद दिएको छ ।
मदरल्याण्ड नेपाल विश्वको कुनै पनि क्षेत्रमा रहेका नेपालीलाई भौतिक तथा मानवीय सहयोग पुर्याउँदै आएको मुनाफारहित सामाजिक संस्था हो । विगत २००२ देखि सक्रिय यस संस्थाका तर्फवाट सशस्त्र द्वन्द्वका क्रममा मारिएका पत्रकारका परिवार, बाढीपीडित नेपाली, दुर्घटनामा परेका श्रमजीवीआदिलाई सहयोग पुर्याउँदै आएको छ ।
--> Read more...

२४ अक्टुवर २००९ हङकङ,
यसवर्ष देखि हङकङमा सुरु गरिएको अर्को मिस प्रतियोगिता मिस पर्ल हङकङको उपाधि सुश्री दिपा गुरूङले हातपार्न सफल भईन् ।काउलुनको याउ मा तेई स्थित कम्युनिटी हलमा सम्पन्न यस नयाँ मिस पर्ल प्रतियागितामा दोश्रो र तेश्रो स्थान सुश्री रोशी पुन् र सुश्री ज्योति गुरुङले हात पारेका छन् र, अन्य टाईटल विजेताहरूमा मिस एन्जल सुश्री दिपा गुरुङ, मिस चार्मीङ सुश्री ज्याति गुरुङ, मिस पर्सनालिटि सुश्री पबिता गुरुङ, मिस गोर्जीयस सुश्री रोमा घले, मिस क्याटवाक सुश्री सुमी गुरुङ, मिस एटिच्युट सुश्री सुष्मिता गुरुङ, वेष्ट ड्रेस सुश्री सोनी लिम्बु, र मिस पपुलर सुश्री सुष्मिता गुरुङले जित्न सफल भएका छन् । एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, आदिवासि गीतकार समाज हङकङका अध्यक्ष प्रदिप कन्दङ्वा, डा. सर्मिला गुरुङ, लिलिमा घले र भिजुएल निर्देक श्याम सुन्दर थापा पाँच निर्णायक मण्डलबाट घोषणा गरिएको उक्त प्रतियोगितामा कार्यवाहक नेपाली महावाणिज्यदुत सुशिल लम्साल प्रमुख अतिथि, नेपाली महासंघ हङकङ हेम अध्यक्ष लिम्बु, अध्यक्ष एन आर एन हङकङका अध्यक्ष यम कुमार गुरुङ र आर एन ए सी हङकङका म्यानेजर किरण पन्त अतिथि रहनु भएको थियो भने प्रमुख अतिथि कावा महावाणिज्यदुत सुशिल लम्सालबाट रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको थियो । हर्क बहादुर गुरुङको प्रायोजनमा गरिएको सो कार्यक्रमलाई प्रदिप माल्बुल र शान्ति राईले सन्चालन गर्नु भएको थियो ।
--> Read more...

राजेश्वोर ढकाल, दोहा,कतार
जहाँ र जुन सुकै अवस्थामा रहेपनि नेपाली कला र सस्कृतीलाई भुलेका हुदैनन भन्ने उदाहरण गत शुक्रबार दोहामा कार्यरत एक क्लिनक कम्पनीका दिदीवनिहरुले प्रमाणीत गरे । छुट्टि नमिलेर भनौ वा कामको ब्यस्तताले गर्दा टिकाको दिन भाइटिका लगाउन नपाए पनि उनिहरुले शुक्रवार विदाको दिनमा भाईहरु र आफन्तलाई बोलाएर सगुन दिएर एकआपसमा माया साटासाट गरेर रमाइलो गरे । दिदीभाई र दाजुवहिनी विचको रगतको नातालाई प्रगाढ पारे ।
१ सय २० भन्दा बढि नेपाली दिदीवहिनीहरु रहेको उक्त क्याम्पमा भाईटिकाको दिन आफ्नै भाई हुनेहरुको लागि भने कम्पनीले टिका लगाउनलाई गेटमा नै थोरै समय दिएको कुरा उक्त क्यामकी क्याम्प इन्चार्ज सावित्री गिरीले बताइन । आफ्नै हातबाट उनिहरुले विभिन्न नेपाली परिकारहरु सेलरोटिआलुको अचारपुलौमासुमिठाई र फलफुलहरु बनाएर ल्याएका थिए । आफ्नो दाजुभाई र आफन्तको लागि मन पर्ने चिजहरु आफ्नै इच्छाले बनाएर ल्याएको हुँ उक्त क्याम्पमा काम गर्ने सानु याख्खाले बताईन । यसो त काभ्रेकी इन्दिरा कुईकेल टिकाको दिननै भाइटिका लगाए पनि आफन्त र साथीहरुसंग रमाइला गर्नको लागि आएको कुरा जानकारी दिईन । उक्त दिन कर्नेस एरिमा मा पुरै नेपाली दिदीवहिनीहरु र दाजुभाईहरुको मेला नै लागेको थियो । उनिहरुले एकआपसमा दुःख सुख साटासाट गरे । हप्ता दिनभरीको दुःखलाई भुलेर हाँसो र उमंगका साथ भाईहरुसंग रमाइ रमाई खुवाए र खाए भने अन्य मुलुकका मानिसहरुले रोचक मानी मानी हेरेका थिए । राजेश्वोर ढकालबगुवा-६ गोरखा हाल; दोहा-कतार Mobile- +974-6514651
--> Read more...

कतारको ख्यातिप्राप्त सामाजिक संस्था राफ बाट मुस्लिम वेलफेयर सोसाईटी नेपाल कतार च्याप्टरका महासचिव मौलाना मोहम्मद रमजान अलि मियाँ सम्मानित भएका छन् । कतारको हरेक सामाजिक क्षेत्रमा योगदान पुर्याएको कारणले यो सम्मान प्रदान गरिएको राफका प्रतिनिधीले बताए । उक्त सामाजिक संस्थाबाट सम्मानित हुने मियाँ पहिलो नेपाली नागरिक हुन् । १९ अक्टोबर कतारको राष्ट्रिय संग्रहालयमा भएको उक्त कार्यक्रममा प्रहरीका उच्च कर्मचारी, मन्त्रीगण, समाजसेवीका साथै सम्बन्धित निकायका उच्च पदाधिकारीहरुको पनि भारी रुपमा उपस्थिती भएको थियो ।
स्मरण रहोस् यस अघि पनि रमजानको अवसरमा यसै संस्थाले सम्पूर्ण नेपाली मुस्लिमहरुको साथै नेपाली सामाजिक संस्थाका प्रतिनिधी तथा नेपाली नियोगका राजदूत डा. सुर्यनाथ मिश्रलाई पनि आमन्त्रण गरी बृहत कार्यक्रमको साथमा सहभोजको आयोजना गरिएको थियो ।
--> Read more...

किरण मरहठ्ठाचितवन । चितवन युवा समूह दोहा कतार द्धारा चितवनका वरिष्ठ ६ साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्ने कार्य रत्ननगर उद्योग वाणिज्य संघ टाँडीको सभाहलमा भव्यताको साथ सु-सम्पन्न भएको छ । उक्त स्रष्टा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्ति, समाजसेवी, बुद्धिजिवी, प्राध्यापक, साहित्यसर्जक, पत्रकार तथा व्यवशायीहरुको समुपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व रवि भट्टले गर्नुभएको थियो भने विशिष्ट अतिथीको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको चौथो विश्व सम्मेलनबाट उपाध्यक्ष पदमा विजयी व्यत्तित्व साथै चितवन युवा समूह दोहा कतारका संस्थापक अध्यक्ष तथा संरक्षक सागर नेपाल हुनहुन्थ्यो ।
त्यस्तै गरी प्रमुख अतिथीमा निर्मोही व्यास र विशेष अतिथीमा गैर आवासीय नेपाली संघ जापान च्याप्टरका संयोजक डा. सुदिप अधिकारीको पनि उपस्थिती रहेको थियो । अन्य अतिथी गणहरुमा रत्ननगर उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रत्ननगर नगरपालिकाका संस्थापक अध्यक्ष नारायण वन, प्राध्यापक तथा साहित्यकार प्रेम रिमाल, चितवन युवा समूह दोहा कतारका निवर्तमान अध्यक्ष रामहरि गैरे र समाजसेवी तथा व्यवशायी हरिशरण पाठकको पनि उपस्थिती रहेको थियो ।
रवि भट्ट रोषीको स्वागत मन्तव्य बाट शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथी द्धारा पानसमा दीप प्रज्वलन गरेपछि विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य राख्नुभएको थियो । स्रष्टा सम्मान कार्यक्रममा ६ वटा फरक फरक विधामा साहित्यिक योगदान दिने सम्मानित ६ स्रष्टाहरुमा केशवराज आमोदी, केदारनाथ खनाल, प्राध्यापक डा. नारायण प्रसाद खनाल, रामबावु घिमिरे, गोविन्द राज विनोदी र धनराज गिरी हुनुहुन्थ्यो ।
मन्तव्यको क्रममा आफ्नो भनाई राख्दै ऐक्यवद्धता मासिककी प्रधान सम्पादक मीना शर्मा तिवारीले चितवन युवा समूहले मुलूक भित्र होस् वा बाहिर होस् सामाजिक क्षेत्रहरुमा पुर्याएको योगदान यो पहिलो पटक नभएर यसभन्दा अगाडि पनि चितवनको हरेक क्षेत्रलाई समेट्दै शिक्षा, स्वास्थ्य, खानेपानी तथा कतारमा नै बिचल्लीमा परेका नेपालीहरुलाई आवास, खाना, औषधी उपचार तथा नेपाल फिर्ती टिकटको समेत प्रबन्ध गरी नेपाल फर्काउनेजस्ता कार्यहरु सेवाभावले उत्प्रेरित भई आर्थिक तथा भौतिक जस्ता कालजयी सेवा पुर्याएको जानकारी गर्दै चितवन युवा समूहको यस्तो अतुलनीय तथा सह्रानीय कामको आफ्नो मिडिया (ऐक्यवद्धता ) को माध्यमबाट विश्वभरि पुर्याएको र आगामी दिनहरुमा पनि चितवन युवा समूहको यस्ता सुकार्यलाई विश्वभरि पुर्याईरहने बचनबद्धता गर्नुभयो ।
मन्तव्यको क्रममा अर्का बक्ता नारायण वनले चितवन युवा समूह दोहा कतार जस्तो सामाजिक संस्था होस् वा गैर आवासीय नेपाली संघ नै किन नहोस् हामी कसले कति लगानी गरिदिन्छ, कुन क्षेत्रमा लगानी गरिदिन्छ भनेर आशामुखी हुनुभन्दा पनि चितवन युवा समूह जस्ता प्रवासी युवाहरुको जोश, जाँगर र आफ्नो देश र समाज प्रति देखाएको चासो र माया देखेर हामी मुलूकमा बस्ने नागरिकले देश र समाजलाई अहिले सम्म के दिन सकेका रहेछौं भन्दै लज्जित हुनुपर्ने भएको छ । तसर्थ राज्य र अन्य सामाजिक संघ संस्था संग परनिर्भरी भएर बसिरहनुभन्दा पनि चियुसको यस अभियानको हामी सबैले होस्टेमा हैासे गर्दै हामीहरु पनि चियुस जस्तो विशुद्ध सहयोगी संस्थासंग सहकार्य गर्दै समाज निर्माणको बाटो तिर लाग्नुपर्ने भएको छ भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी निर्मोही व्यासले आफ्नो भनाई राख्दै भन्नुभयो हामीले हिजो सम्म सोच्ने गरेका थियौं कि कतार जस्तो खाडी मुलूकमा काम गर्न जानेहरु सबै गरीब हुन्छन् र मानसिकता पनि गरीब हुन्छन् भनेर हेयको दृष्टिले हेरिने हाम्रा मानसिकता कति दरिद्र रहेछन् भन्ने सोचलाई यस कार्यक्रमले धेरै नै फितलो बनाइदिएको छ । खाडी राष्ट्र जानेहरु सबै अशिक्षित हुन्छन् र सामाजिक सेवाभाव बाट धेरै टाढा हुन्छन् भन्ने हामी मुलूकवासीहरुको सोचलाई कतारमा रहने चितवन युवा समूहका साथीहरुले यस स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरी हामीलाई जति आभारी बनाएको छ त्यत्तिकै लज्जित पनि बनाएको छ भन्दै स्रष्टाको सम्मान गर्ने यो स्वर्ण अभियानको शुरुवातलाई नेपालका समग्र साहित्यिक मञ्चले सधैा सकारात्मक रुपले हेर्नेछ भन्नुभयो ।
त्यस्तै गरी गैर आवासीय नेपाली संघ जापान च्याप्टरका संयोजक डा. सुदिप अधिकारीले जापानबाट पनि हामीले यस्ता च्यारिटी प्रोग्रामहरु चितवनको शिक्षा क्षेत्रलाई लक्ष्यित गरी शक्तिखोरका अति गरिब तथा पिछडिएका चेपाङ्ग बालबालिकाहरुको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै स्कुलमा नाम रजिष्टर भए पनि उल्लेख्य रुपमा बिद्यालयमा उपस्थिती नहुने जानकारीमा आएपछि गैर आवासीय नेपाली संघ जापान च्याप्टरको तर्फबाट त्यस्ता स्कुलहरुमा खाजाको प्रबन्ध गरिएको र खाजा खान पाईन्छ भन्ने सोचले स्कुलमा आउनेको संख्यामा बृद्धि भएमा यसलाई निरन्तरता दिादै जाने र अन्य त्यस्तै क्षेत्रहरुमा नेपाल अधिराज्यभरि नै थप च्यारिटीहरु बिस्तार गर्दै लैजाने जानकारी दिनुभयो ।
कार्यक्रमका बिशिष्ट व्यक्तित्व तथा गैरआवासीय नेपाली संघका नवनिर्वाचित उपाध्यक्ष तथा चितवन युवा समूह दोहा कतारका संरक्षक सागर नेपालले भन्नुभयो , हामी सबै सर्वगुण सम्पन्न छैनौं, सबै राम्रा पनि छैनौं , राम्रो र नराम्रोको बीचबाट नै सहमतिका साथ राम्रो काम गर्नुपर्ने बेला आएको छ भन्नुभयो । राजनीतिक दलहरुकोमात्र भर परेर देश बन्ने सपना देख्नु असम्भव भएको हुादा अब तल्लो तहबाट नै समाज बिकासको लागि जुट्नुपर्ने भएको छ भन्दै राज्यले गैर आवासीय नेपालीहरुको देशभित्र लगानि गर्ने उद्येश्य प्रति सधैा आश्वाशनमात्र दिने र मौन भएर बसिदिने प्रक्रियाले गर्दा राजनीतिक दलहरु कुन विन्दुमा रहेछन् भन्ने सबैलाई प्रष्ट भईसकेको बताउनुभयो । हामी सबैले राजनीति भन्दा माथि उठेर गाउा बनाउादै शहर पस्नुपर्छ , शिक्षालाई प्रथम प्राथमिकता दिएमा शिक्षित नागरिकबाट राज्यले धेरै कुराहरु पाउन सक्छ भन्नुभयो । हामी प्रवासिएका नेपालीहरु खान नपाएर विदेश पलायन भएका हैनौं, कमाएर सफलता हासिल भईसकेपछि नेपालमा बसेर के पो हुन्छ र भन्ने उदासिन सोच लिएर सधैा बिदेशमा बस्ने सोच पनि हाम्रो होइन, यत्ति हो कि हाम्रा सीप र आर्थिक लगानि गर्ने वातावरण सरकारले बनाईदिनुपर्छ भन्ने चाहना हो । देशमा राजनीतिक स्थिरता हुनुपर्छ, हामी स्वदेश फिर्न चाहन्छौं । हाम्रो श्रम र सीप देश भित्रै लगानि गर्न ईच्छुक छौं भन्नु भयो । हामी केहि लिन आएका हैनौा , केहि दिन आएका हौा तर जुन राजनीतिक दलहरुपनि सत्तासीन भएपछि गैर आवासीय नेपालीहरु प्रति किन उदासिन बन्छ ? भनेर प्रश्न गर्नुभयो ।
हाल काठमाण्डौंमा आयोजित चौथो विश्व सम्मेलनको अवसरमा हरेक राजनीतिक दल र सत्तारुढ दलहरुको गैर आवासीय नेपालीहरु प्रतिको सकारात्मक अभिव्यक्तिले धेरै आशावादी भएको बताउादै कार्यक्रम प्रति केन्दि्रत हुादै नेपालले भन्नुभयो , हामीले चितवन युवा समूह भन्ने संस्था कतारमा जब खोल्यौं ,त्यसताका चितवनका साथीहरुलाई बटुल्न धेरै कष्ट बेहोर्नू पर्यो । ५० डिग्री तापक्रममा पसिना चुहाउादै काम गर्ने चितवने साथीहरुको सहयोगबाट संकलित रकमले हामीले देशको उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सक्यौं भने देशमा रहने सबैले शिक्षा तथा स्वास्थ्यमा राहत महसुस गर्न पाउने थिए भन्ने उद्येश्यलेनै हामीले यसो गरेका हौं । कार्यक्रमको अवसरमा पूर्वी चितवनमा एउटा पोलिटेक्निक इन्सटिच्युट खोल्ने कुरामा हामी पनि सकारात्मक छौं । तर सबैको सोच र विकासनीतिमा एकरुपता हुनुपर्नेछ भन्नु भयो । कतारमा गठित थुप्रै संघसंस्थाहरु मध्ये यो संस्था अग्रपंक्तिमा पर्नुपनि समाज विकासमा योगदान दिनुनै प्रमुख कारण हो भन्नुभयो । चितवन युवा समूहको सामाजिक क्रियाकलाप दोहामा पनि त्यत्तिकै शसक्त भएको जानकारी गराउादै हाम्रा चितवन युवा समूहले कतारको दोहा महानगरपालिकाको संलग्नतामा दोहामा पनि थुप्रै सामाजिक योगदान दिादै आएको हुादा कतारको महानगरपालिकाबाट सम्मान तथा कदरपत्र पाउनुनै निस्वार्थ रुपमा हामिले गरेको सहयोगको प्रमाण हो भनी बताउनुभयो । सभापति रवि भट्टको समापन मन्तव्य पछि कार्यक्रम समापन भएको थियो ।
--> Read more...

साईप्रसको आन्तरिक मन्त्रालयले संघ संस्था दर्ता नियमावलि १९७२ - १९९७ र संसोधित उपनियमावलि १९७३-१९९८ अन्तर्गत एउटा संस्थाको रुपमा एनआरएन साईप्रसलाइ मान्यता दिई दर्ता नं ३३२४ प्रदान गरेको छ ।संस्थालाई दर्ता गराउन कार्य समिति २००७-२००९ ले अहोरात्र खटि अथक प्रयास गरेको स्मरण सुनाउनुहुँदै अध्यÔ श्री मनि राज थेवे भन्नुहुन्छ अपेÔा गरिएको समय भन्दा चाँडै नै कडा अनुसन्धान र सोदखोजको वावजुद पनि कुनै रिजेक्सन बिना नै दर्ता भयो । हामिले यहाँको समाजको निम्ति गरेको कृयाकलाप र स्थानिय स्तरका संघ संस्थाहरुसितको राम्रो समन्वय हुनुले पनि पजिटिव भुमिका खेलेको हुनुपर्छ । साथै संस्थालाई दर्ता गराई छाड्ने प्रण गरेको हुनाले पुनः अध्यÔ बन्नु परेको र यसको निम्ति निकै कसरत गर्नुपरेको अनुभव पनि सुनाउनुहुन्छ अध्यÔ थेवे ।एनआरएनए साईप्रस दर्ता भएको खबरले साईप्रसबासी नेपालीहरुमा खुशिको लहर फैलिएको छ भने कार्य समितिका पधाधिकारिहरुमा नयाँ जोश र जाँगर थपिएको छ । पंजिकृत सदस्यहरु ६९० रहेको एनआरएनए साईप्रस एनआरएनए आईसिसिको मुल्याङ्कन अनुसार एक अब्बल दर्जाको र अति कृयाशिल एनसिसिको रुपमा गनिन्छ ।
--> Read more...


अन्तराष्ट्रिय नेपाली एकता समाजको दोस्रो भेला समाजका अध्यक्ष गिरधारीलाल न्यौपानेको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चाको अध्यक्ष साथै सभासद चित्र वहादुर के।सी।sाे प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भयो ।
विभिन्न ९ वटा देशबाट प्रतिनिधित्व रहेको सो भेला ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौधारण पश्चत प्रमुख अतिथि चित्र वहादुर के।सी।बाट समुद्घाटन गर्दै आफ्नो आसनबाट भन्नु भयो देशमा रोजगार नभएर विभिन्न मुलुकहरुमा जान विवश हजारौं हजार नेपालीहरुको नेपालमा भई रहेको विभिन्न न्यायपूर्ण आन्दोलनमा ठूलो योग्दान र सहानुभूति रहेको र हाल नेपालमा भईरहेको नेपाली जनतामाथि जर्वजस्ती लादिएको संघियता विरुद्धको आन्दोलनमा समेत प्रवासबाट ठूलो संख्यामा नेपालीहरुको संगठीत र सकि्रय सहयोग र समर्थन रहदै आएको कुरा बताउनु भयो । नेपाली जनता वीच र संसद भित्र कुनै पनि छलफल विना नै ल्याएको संघियताले अहिले ठूलो भनाउदा राजनैतिक पार्टीहरु पनि कुहिरोको काग झै भएको छ । उहाँले माओबादी प्रति इगित गर्दै तिनै ठूला पार्टी भनाउदा मध्येको एकले लगतार ६ महिना सम्म संसद अवरुद्ध गरेको कारण तिन महिना देखि वजेट समेत पारित हुन नसक्दा देश अन्यौलको अवस्थामा रहेको र संविधान निमार्णको कार्य अधि वढ्न नसकेको र छैठौं पटक सम्म संविधान निमार्णको कार्य तालिका संशोधन गरिएको कुरा बताउनु भयो ।
--> Read more...

नेपाली प्रतिभा प्रतिष्ठान बेलायत तथा ब्रुनाईकालागि कोष रकम आगामी दुइ बर्ष भित्र दश लाख पुर्याउने अभियान अन्तर्गत गएको तिहारमा ब्रुनाईका नेपालीहरुको घर आगनमा नेपाली संस्कृतिको जगेर्ना र देशमै रहेर चाँड मनाउन पाएको अनुभूत गराउने साथै प्रतिष्ठान कोष पनि थप्ने उद्देस्य अनुरुप ब्रुनाईमा रहेका प्रतिष्ठानका सदस्यहरुको समुहले देउसी भैलो कार्यक्रमबाट झन्डै नेपाली रुपैंया दुइलाख पचास हजार कोषका लागि संकलन गरेका छन् ।
प्रतिष्ठानका उत्साही युबाहरु मध्य सचिब कबि कांगमांग नरेश ,प्रकाशन बिभाग उपाध्यक्ष गजलगो मिजास तेम्बे ,संगीत बिभाग उपाध्यक्ष गायक चोक गुरुङ , संगीत बिभाग सचिब गायक/गीतकार नरेश नाति , सदस्य बाँसुरी बादक प्रकाश राई,प्रतिष्ठानका सह-कोषाध्यक्ष गायक किसन राई र कोषाध्यक्ष तथा देउसी कार्यक्रम संयोजक गायक भूमिराज राईको समुहले देउसी भैलो कार्यक्रमबाट सो रकम संकलन गरेका हुन् ।
प्रतिष्ठान संचालन र प्रतिष्ठानका तर्फ़बाट हरेक वर्ष सम्मान र पुरस्कार वितरण , पुस्तक,गीति एल्बम लगायत सिर्जनात्मक कार्यमा लगानी गर्न प्रतिस्ठान कोष खडा गरिएको कुरा कोषाध्यक्ष भूमिराज राईले जानकारी गराए ।
रिटायर्ड गोर्खा मेजर श्री लक्ष्मीभक्त बान्तवा ज्युले प्रदान गर्नु भएको (£ 1000.00)पाउण्ड एक हजार सहित प्रतिष्ठानका ईच्छुक सदस्यहरुले (£ 500.00)पाउण्ड पाँच पाँच सय सहयोग उपलब्ध गराएको सबै गरि (रु. ६,००,०००.०० )छ लाखको प्रतिष्ठान कोष यस अघिनै बचत खातामा जम्मा गरिसकिएको र सो रकमको राशी(रु.१०,०००,००.००)दश लाख पुर्याउने सहमति अनुरुप आ-आफ्नो क्षेत्रबाट सहयोग र विभिन्न कार्यक्रम गरि कोष बढाउने अभियान अघिबढाउने कुराको फैसला प्रतिष्ठानले गरे अनुरुप नै कार्यक्रम कार्यन्वयन भै रहेको कुरा कोष संकलन समितिले जनाएको छ ।
कोष संकलन कार्यलाई अझ सशक्त र प्रभाबकारी बनाउन समितिले छिट्टै छलफल गरि बिबिध कार्यक्रमहरु अघि बढाउंदै कार्यक्रम आयोजना गर्ने भएको छ । जस मध्य केहि समय पछी नै सुगम संगीत मात्रै समाबेश गरि एउटा भब्य सुमधुर सांगीतिक साँझको आयोजना गरिन लागेको कुरा संगीत बिभागले जानकारी गराएको छ ।
आगामी बर्षको प्रतिभा सम्मान तथा पुरस्कार दिने मिति नजिकि रहँदा कसलाई पुरस्कार दिने र कसलाई सम्मान गर्ने भन्ने कुराको व्यापक छलफल भै रहेको साथै योग्य व्यक्ति छनोटका निम्ति विभिन्न क्षेत्र समाज र समुदायबाट पनि योग्य व्यक्तिको नाम उपलब्ध गराइदिन नेपाली प्रतिभा प्रतिष्ठान बेलायत तथा ब्रुनाईले अनुरोध गरेको छ ।
--> Read more...

अन्र्तराष्ट्रिय बजारीकरण प्रशस्त सम्भावना छन्-श्रेष्ठ
पोखरा, ६ कात्तिक/ साना तथा मझौला व्यवसायी महासंघ कास्कीको अध्यक्षमा राजबहादुर गुरुङ चयन हुनु भएको छ । महासंघ कास्कीको आज पोखरामा सम्पन्न बिस्तारित भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गिरिराज गौतम, जोगेन्द्र बाटाजू, दुर्गाबहादुर आले र मोहन गुरुङ रहनु भएको छ भने बलराम गिरि, ऋषिराम काफ्ले, विनोद कालिदास, माधव केसी, टुकलाल नेपाली, विकास गुरुङ, जगतमोहन गिरि , विनीता बराल र सुदिपराज ढुङ्गना सदस्यमा चयन हुनु भएको छ । करिव २० हजारदेखि १० करोड रुपियाा सम्मको अधिकृत पूाजी राख्ने व्यवसायीहरु महासंघको सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।
चयन भएका पदाधिकारीहरुलाई साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जंगबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
यसअघि केन्द्रीय अध्यक्ष श्रेष्ठले बिस्तारित भेलाको उद्घाटन गर्दै स्वदेशमा उत्पादित वस्तुहरुको अन्र्तराष्ट्रिय बजारीकरणका प्रशस्त सम्भावनाहरु रहेको बताउनु भयो । वहााले राजनीतिक खिचातानीले साना तथा मझौला व्यवसाय फस्टाउन नसकेको गुनासो गर्नु भयो । साथै वहााले महासंघका भावी कार्यक्रमबारे जानकारी दिंदै एमएसआईर् बिजनेश हवको स्कूल सञ्चालन गर्न लागिएको खुलासा गर्नुभयो । व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि महासंघले अन्र्तराष्ट्रिय मापदण्डका आधारमा प्रशिक्षण र गोष्ठी सञ्चालन गर्न लागिएको पनि जानकारी दिनु भयो । वहााका अनुसार नेपालका ६५ जिल्लामा महासंघको शाखा विस्तार गरिएको छ । ती मध्ये ३२ वटा शाखाहरु क्रियाशील रहेको पनि श्रेष्ठको भनाई छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हरिभक्त पराजुली, महासचिव बाबुकाजी महर्जन, केन्द्रीय सदस्य यामनाथ सापकोटा कास्की शाखाका अध्यक्ष राजबहादुर गुरुङ लगायतका वक्ताहरुले महासंघका विविव गतिविधिबारे चर्चा गर्नु भएको थियो ।
महासंघको बैठक
यसैबीच साना तथा मझौला व्यवसायी महासंघ कास्कीको आजै पहिलो बैठक सम्पन्न भएको छ । बैठकले निकट भविष्यमा महासंघका विविध गतिविधिहरु सञ्चालन गर्ने, जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् दर्ता गर्ने, जिल्लाभरि नै सदस्यता नवीकरण तथा नयाा सदस्यता वितरण र संठन बिस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको खाता खोल्ने, कार्यालय सञ्चालन गर्ने पनि निर्णय गरिएको सचिव जोगन्द्र बाटाजूले जानकारी दिनुभएको छ ।
--> Read more...

गजल
सातै जुनि माया तिमलाई मात्र गर्न पाए हुन्थ्यो
तिम्रै न्यानो काखमा मेरो सबै जुनि मर्न पाए हन्थ्यो
धेरै टाडीएर बस्नु पर्दा दुबैलाई भो अति गाह्रो
दुःखी जीवन भएनी तिम्रै तिर सर्न पाए हन्थ्यो
प्रेम बिनाको जीवन यहाँ एक्लै कति तड्पी रहनु
तिम्रै दिलको पुूलबारीमा प्रेमको बिउ छर्न पाए हुन्थ्यो
हिड्नु र भौतारीदैछु उजाड भएको मरुभुमीमा
तिम्रै दिलको खरबारीमा डुल्दै चर्न पाए हन्थ्यो
भन्नै सकिन्न आउने जुनि के हुने हो थाह छैन
अरु जुनि जे भएनी यो जुनि लाई टर्न पाए हुन्थ्थो
- कान्छा लाल तामाङ
ताजी ईराक
--> Read more...
(I)
मुटु नै चोर्यौ
जीवनको खुसिमा
आत्मा नै लियौ
सुम्पेको थिइन नि
मेरै बाटोमा थिए
(II)
ढुंगा को फुल
फूले छ सिरोपर
पिरती गाथा
नुनिलो भाए पछी
रक्ताम्य शारीर भो
Raju tumbapo shuda
chokmagu
panchathar
now - iraq
--> Read more...
प्रयास दोहाबाट …
नेपालमा बढ्दो बेरोजगारी र अवसरको कमीका कारण वर्षेनी हजारौं युवाहरु विदेशिने गरेका छन् । कोही पढाइका लागि त कोही दुई पैसा आर्जन गर्ने उद्देश्यले । पढ्न गएका मध्ये पनि कति फर्केर आउँछन् भने कतिपय राम्रो अवसर पाए उतै बस्छन् । यसरी सबै युवा विदेशिन थाले के होला नेपालको अवश्था अवश्य पनि आगामी दिनहरुमा यसले जटिल समस्या उत्पन्न गर्नेछ । तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यता राख्नेहरु पनि छ परदेशमा सधैंभरिको बस्न सकिन्न । बसे आफ्नो मुलुकको माया मारेरै बसेका हुन्छन् ती व्यक्ति । परदेश सधैको थलो होईन भन्ने मान्यताका साथ मुलुक बाहिर कमाएको सानोतिनो कमाईको अंश र अनुभवलाई सँगाली ४ जना नेपाली युवाहरुले उदाहरणीय काम गरेका छन् \ कतारमा कार्यरत चारजना साथीहरु मिलेर अहिले काठमाण्डौंको हात्तिसारमा डेक्कन नामक एक ट्राभल एजेन्सी खोलेका छन् । काभ्रे प्रवासी सेवा समिती दोहा-कतारका अध्यक्ष समेत रहनुभएका अरुण थापा प्रबन्ध निर्देशक रहेको ट्राभेल्समा क्रमश मनोराजन कर्ण - निर्देशक मोहम्मद आरफिन अली - कार्यकारी निर्देशक तथा मोहमुद अलाम मोमिन - महा प्रबन्धकको रुपमा आ-आफ्नो जिम्मेवारी र भुमिका निभाईरहेका छन् । सेप्टेम्बर १ बाट विधिवत रुपमा औपचारिक सेवा शरु गरेको यो ट्राभेल्सले गाहकको सेवा र सुविधालाई विषेश जोड दिदै सबै ग्राहकहरुलाई विशेष प्राथमिकताका साथ आफ्नो सेवा र सुविधाले सन्तुष्ट बनाउन प्रयास गर्ने र कुनै पनि ग्राहक हाम्रो अमुल्य सम्पत्ति र सन्देश बाहक हुन् भन्ने मुल भावका साथ आफ्नो सेवा र सुविधालाई निरन्तरता दिई विस्तार गर्दै जाने बताउँछन् प्रबन्धक कैलाश गुप्ता ।हाललाई डेक्कन ट्राभल्सले राष्ट्रिय तथा अन्तरष्ट्रिय हवाई टिकट अरेविक भाषा रुपान्तरणलाई सेवाको रुपमा प्रस्तुत गरेको छ भने चाँडै नै यसले होटल रिर्जभेसन टुस्र तथा ट्रेकिङ्ग प्याकेज र अन्य सम्बन्धित सेवालाई पनि विस्तार गर्दे जाने बताउँछन् ट्राभल्सका प्रबन्ध निदॆ्रशक अरुण थापा । यो एउटा उदाहरण मात्र लाग्ला तर गम्भिररुपमा लिने हो भने नेपाली युवाहरुले यसबाट केही सिक्न सक्छन् । बाहिर बसे पनि आफ्नो मुलुकलाई बिस्रनु हुन्न भन्ने सन्देश दिन्छन् डेक्कनका यी चार युवाहरुले ।
--> Read more...

सुजन के सि कुवेत
कुवेतमा कार्यरत नेपालीहरु दिपावलिको पवन अबशरमा डम्फो र मादलका साथ देउसी भट्याउदै घर घरमा डुलेका थिए । १९ अक्टोबरका दिन मलिया स्थित सगरमाथा रेस्टुराँ देखी शुरु भएको देउसी महाबुल्ला NRNA-NCC कुवेतका अध्यक्ष राजेन्द्र तामङ्को घर सम्म पुगेको थियो । सालमिया,फरवनिया,कुवेत सिटीमा बसोबास गर्नु हुने नेपाली समाजका गन्य मान्य सबैको दहिलोमा पुगेका थिए । बिभिन्न किसिमका मरुभुमिका सन्देश र दाजु भाई दिदी बहिनी बिचको पवित्र बन्धनलाई समाबेश गरी भट्याका थिए । जो जस्को घरमा पनि देउसी खेल्न पुगेका थिए उनी हरुले पनि सत्कार गर्न पछी परेका थिएन्न, ठुलो थालिमा सेल रोटी फल फुल त्यसैको बिचमा दियो र सोचे भन्दा धेरै पैसा यो देख्नु साथ भट्याउने ले पनि लक्ष्मीले बास गरुन काश झै फुले बास झै नुगे,धेरै दिने लाई धेरै मिलोस थोरै दिनेलाई थोरै मिलोस जस्ता शब्द निकालेका थिए । जुन जुनउ घरमा उनीहरु देउसिरे भन्दै पुगेका थिए त्यहाको बातावरण नेपालका गाउका मुखियाको आगन भन्दा कम थिएन ।मादलको तालमा देउसिरे भन्दै नाच्न गाउँन पनि पछी परेका थिएन्न । अरब देशहरुमा हिन्दू धर्म नमानिने हुँदा हुँदै पनि नेपाली महिलाहरुले दाजु भाई लाई टिका लगाउने र देउसीखेल्ने दुबै गरेर रमाइलो सँग मनाएका छन ।त्यस्तै नेपाली युबा युबतीहरुले जिलेबसोयख,रिगाइ,सालमियामा भैलिखेलेका थिए सालमिया स्थित नेपाली युबा युबतीहरु घरको बाहिर नेपाली मादलको साथमा भैलिराम भन्दै नाचेको देख्दा बिदेशीहरु अचम्म परेका थिए ।सुजन के सि कुवेत
--> Read more...
राष्ट्रपति डाक्टर रामबरण यादवले राज्यको पुनसंरचना बैज्ञानिक ढंगले नभए राष्ट्र नै नरहन सक्ने बताउनु भएको छ । पुनसंरचना बैज्ञानिक ढंगले गर्न दलहरुलाई सुझाव दिदै राजनीतिक दलहरु गम्भिर भई मुलुकका समस्यालाई ध्यान दिनपनि आग्रह गर्नु भयो।यदले भन्नु भयो "दलहरुबीच पूराना सहमति राखेर छलफलबाटै राष्ट्र जोगाउन एकजुट हुनुपर्छ " लोकतान्त्रिक धनुषा समाजले राष्ट्रपति कार्यालय शितल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति यादवले नागरिकको जनादेश सहमति र एकता गरेर जाउँ भन्ने नर्विसन सुझाव समेत दिनुभयो ।
नागरिकको श्रोत संसद हो भनेर नभुल्न आग्रह गर्दै राष्ट्रपति यादवले लामो समयसम्म अबरुद्ध संसद खुलाउन छलफल आबश्यक भएको बताउनु भयो । उहाँले पुराना सहमतिलाई आधार मानेर सबैदल एकै ठाउँमा आउनुको बिकल्प नभएको बताउनु भयो ।
--> Read more...
पार्टीभित्र शीर्ष नेताहरुबीच एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम बढेपछि एमालेका तीन हस्तीहरु गोप्य रुपमा पार्टी भित्रको विवाद मिलाउन छलफलमा जुटेका छन् । राजधानीको सोल्टी होटलमा आज भएको बैठकमा अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र बरिष्ठ नेता केपी ओलीको सहभागी रहेका थिए । केही समय देखि पार्टीमा देखिएको तीनवटा गुटका कारण सरकारलाई आफ्नै पार्टीबाट समेत चाहेजति सहयोग नभएको कार्यतर्तामा पार्टी सरकारमा भएको अनुभुति नभएको र संगठन सञ्चालनका विषयमा जिल्ला जिल्लामा समानान्तर समितिहरु गठन हुन थालेपछि प्रधानमन्त्री माधवकुमार नेपालले यस्तो बैठकको आयोजना गरेको एमाले स्रोतले जनाएको छ । बैठकमा तीन जना नेताहरुबीच गोप्य कुराकानी भएको र नेताहरुबीच पार्टीले कुनै पनि निर्णय गर्दा छलफल र सहमतिको आधारमा गरिनु पर्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ । बैठकमा अन्य केके कुरा भयो बाहिर आएको छैन् ।
--> Read more...
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपतिले सार्वजनिक अभिब्यक्ति दिएर आफनो पहिलेको कदम सच्याएको घोषणा गरे राजनीतिक गतिरोध अन्य हुने बताउनुभएको छ।काभ्रेको बनेपामा एकिकृत नेकपा माओवादीको ताम्सालिङ्ग राज्यस्तरीय संर्घष समिति घोषणा गर्न आयोजित प्रशिक्षण कार्यक्रमअघि पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले सो कुरा बताउनु भएको हो ।
उहाँले सरकार र राष्ट्रपतिलाई संसदमा संकल्प प्रस्ताव प्रस्तुत गर्दा विवादमा तानिने डर छ भने साझा संकल्प प्रस्तावको विकल्पमा यस्तो अभिब्यक्ति राष्ट्रपतिले दिन सक्ने उल्लेख गर्नुभयो। नेता भट्टराईले राष्ट्रपतिको कदमका बारेमा सरकारमा रहेका दलहरुले छलफल नै अघि बढाउन नचाहेको कारण तीनदलले छुट्टाछुट्टै राख्ने प्रस्तावमा समेत सहमति हुने सम्भावना कम रहेकेा बताउनुभयो।
उहाँले एकिकृत नेकपा माओवादीको पहिलो प्राथमिकता प्रमुख राजनीतिक दल बीच सहमति गरेर राष्ट्रपतिको गलत कदम सच्याउनुरहेको भन्दै शान्ति र सहमतिका लागि अघि बढने भएकोले त्यसैका लागि राजनीतिक दलका बीचमा छलफल भइरहेको समेत प्रस्ट गर्नुभयो। सात गतेसम्म राजनीतिक निकास ननिस्केमा छठपछि माओवादीले आन्दोलनको घोषणा गर्ने र त्यसका लागि सम्पूर्ण तयारी भइसकेकेा पनि नेता भट्टराईले दावि गर्नुभयो।
--> Read more...
आशिस अर्याल,जर्मनी
सुन्तला र स्याउ देश बिकाश गर्ने हो हाम्री नेपाल जाउ
हिमचुली डाँडा गुराँसै फुल्यो
देउराली काटौंला
नमरी बाँचे, दैवले साँचे
आउने साल भेटौंला
शु-भ दिपावली २०६६ को सन्धर्मा हिमालयन परिवार द्वारारा आयोजित देउसी भैलो कार्यक्रममा म्युनिख जर्मनी बासि नेपालीहरुले हर्सौल्लास क साथ तिहार पर्ब मनाए ।गर हप्ता सम्पन उक्त कार्यक्रमा मा नेपाली चाडपर्बको जगेर्ना, भेट्घाट तथा मनोरन्जनार्थ आयोजना गरिएको कार्यक्रममा नेपाली दिदीबहिनी तथा दाजुभाइको उल्लेखनीय उपस्थिति थियो । देउसी भैलो कार्यक्रम मा पुरुस र महिला समूह गरि दुइ समूह मा बिभाजन गरिएको थियो भने टोलि हरु दिन भर जसो नै घर घर मा देउसी भैलो गरि रकम संकलन गरेका थिय. . कसै ले भइलो भट्टाउदै त कसै ले कार्यक्रम लाई झन रोचक बनाएका थिए। संस्थाका अध्यक्ष सन्चमान जबेगु को उपस्थिति आफैले रमाइलो बनाएको थियो भने हरि न्यौपाने को नाच, सारदा शर्मा को गीत र भवानी अधिकारी को भाका ले सबैको ध्यान तानेको थियो लामो समय देखि जर्मनी बस्दै आउनुभएको डोमा दिदि ले भैलो कार्यक्रम को प्रतिक्रिया दिदै आफ्नो घरमा भैलो टोलि आएर नाच्दा त आफुत नेपाल मा नै छु को जस्तो लग्यो भन्दै आफ्नो बिदेश को बसाइको सबै भन्दा रमाइलो दिन भएको बताउनु भयो हरि अधिकारी र सारदा शर्मा को नेत्रित्त्यो को ति टोलि ले नेपाली हरु लै मनोरंजन मात्रै गराएनन , जर्मनी मा पहिलो पटक आयोजना गरेर हाम्रो रिति रिवाज तथा संस्कृति को राम्रो पाठ पनि सिकाए : कार्यक्रम समापन गर्दै अध्यक्ष सन्चमान जबेगु ले जर्मनी मा समय को बाबजुद पनि उपस्थित रहेर कार्यक्रम सफल बनाउनु हुने तथा आफ्नो घर मा समय दिई सहयोग गर्ने सम्पूर्ण नेपाली हरू ले धन्यवाद दिनुभयो.
--> Read more...

गोवीन्द दाहाल, अल्गार्ब
बिदेश मा जहाँ भए पनि हामि नेपाली हरु आफ्नो कला,परम्परा,रितिरिवाज कहा भुल्न सक्दछौ र नेपाल पोर्तुगल कला-संस्कृति तथा साहित्य संचार परिषद अल्गार्भ आयोजना मा आयोजना मा भए को देउसी भैले कार्यक्रमले आपसी भाईचारा र समाजिक सद्भाव कायम गर्ने विस्वास दिदै हामी जहा रहेपनि आफ्नौ धर्म संस्कृतिवाट कहिले पनि विचलन हुनुहुदैन भन्ने सन्देश समेत दिएको छ । 2 दिन सम्म चले को देउसी भैलो कार्यक्रममा नेपाली दाजु भाई तथा दिदीबहिनी हरुको घर -घर मा भैलो टोलि पुगेको थियो ।चर्चित कलाकार रोशनी धौबंजारे को संयोजन मा टोलीको सदस्य हरुमा युवा संचार कर्मी गोबिन्द दाहाल .परिषद का अध्क्षय बिष्णु बराल ,महासचिब अमृत परियार लगायत समाजसेबी हरु क्रमश प्रेम परियार ,नारयण थापा ,दिनेश शर्मा (योगेश),लगायत कलाकार हरुमा सरिता पौडेल ,अमृत पौडेल ,चित्र पुर्जा ,शर्मिला परियार ,मायादेबी भण्डारी ,संगीता भण्डारी नारयण कार्की ,रन्जना परियार ,वम बहादुर सारु देउमाया पुर्जा ,श्रेया परियार ,सजना परियार लगायत हुनुहुन्थ्यो। भैलो मा अमृत परियार ले भैलो भाका मा बिदेश मा भोग्नु परेका समस्या लाई समेत समेटेर रोचक ढङ्ग बाट प्रस्तुत हुनुभएको थियो ।भने ,रन्जना परियार ,हितमान शीष मगर ,श्रेया परियार (सिमा ) सजना परियार नृत्य प्रस्तुत गर्नु भएको थिय ।भैलो कस्तो भयो दाजु भनी मैले लामोसमय देखी अल्बुफेरामा बस्दै आउनु भएका नरेन्द्र लिम्बु लाई सोधेको थिय। उहाले यस्तो जबफा दिनु भयो बिदेश मा बसको १५ बर्ष पछाडी आफ्नो घरमा भैलो टोलि आएर नाच्दा त आफुत नेपाल मा नै छु को जस्तो लग्यो भन्दै आज मेरो बिदेश को बसाइको सबै भन्दा रमाइलो दिन भएको बताउनु भयो भैलो टोलि लाई सबैभन्दा गोमा देबी लिम्बु दिदि ले बनाउनु भएको अचार सेलरोटि लगायत का परिकार हरु मन परेको थियो ।
बिदेश मा रहेर पनि आखिर मा अल्गार्व मा देउशी भैलो खेलेर राती अबेर सम्म नाचेर २०६६ सालको दिपावलीको शुभकामना सहित आफ्नो परम्परा लाई मनाउन सफल भए ।
--> Read more...


राई रमेश गाउँले
"सांस्कृति रुपान्तरण प्रवासीहरुको मूल अभियान, संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागी नयाँ संविधान" भन्ने मुल नाराका साथ प्रवासी नेपाली संपर्क मञ्च र राष्ट्रिय जन सांस्कृतिक मञ्च कतारले सयूक्त रुपमा चौथौ देउसी भैलो कार्यक्रम नेपाली दुतावासको सभाहलमा गत शुक्रवार संपन्न गरेको छ ।
नेपाली राजदुतावासका महामहिम राजदुत सूर्यनाथ मिश्रको प्रमुख आतिथ्य,प्रथमसचिव रामकाजी खड्का ,श्रमसहचारी ध्रुव प्रसाद कोइराला,सहचारी प्रेम वराल,संगठन सचिव दीलकिरण खजुम, उद्योग व्यावसायी संघका सचिव उमेश अधिकारी, नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिंगु,खोटाङ्ख युवा जागृति सेवा समाजका सल्लाहकार दुर्वासा गेलाल,उपाध्यक्ष पुण्य रेग्मी, किरात राई यायोक्खा कतारका सदस्य पवित्र राई,जनप्रगतिशिल मञ्चका सदस्य महेन्द्र राई,तेजेन्द्र महत,उदयपुर प्रवासी सेवा समाजकाअध्यक्ष राम सुयल ,प्रवासी झापाली संपर्क मञ्चका अध्यक्ष चुडामणी कार्की,सुनसरी श्रजनशिल समुहका सचिव विनोद कटुवाल लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो । सो अवसरमा देउसी भैलो कार्यक्रमको वारेमा संगठन सचिव दील किरण खजुमले प्रवासी नेपाली संपर्क मञ्चले हरेक चाडवाडलाई समान रुपले संमान गर्ने गरेको कुरा उल्लेख गर्दै यो देउसी भैले कार्यक्रमले आपसी भाईचारा र समाजिक सद्भाव कायम गर्ने विस्वास लिदै हामी जहाँ रहेपनि आफ्नौ धर्म संस्कृतिवाट कहिले पनि विचलन हुनुहुदैन भन्ने आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथिले लक्ष्मीको मन्त्रोउच्चारण सहित लक्ष्मी पुजा गर्दै यो लक्ष्मी पुजाले हामीलाई सद्वुद्धी दिओस भन्ने कामना गर्दै हामी प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुको रोजीरोटी रक्षा गरुन भन्ने कामना गर्नुभएको थियो । सो अवसरमा सांगितीक कार्यक्रमको संचालन राष्ट्रिय जनसांस्कृतिक मञ्चका अध्यक्ष नवराज श्रेष्ठले गर्नुभएको थियो कार्यक्रममा कलाकारहरु राचन्द्र महत,अनिल घले,पुण्य रेग्मी,महेश राई,भरत राई,संगित सुव्वा,शेषराज श्रेष्ठ,पवित्र राई,नवराज श्रेष्ठ,लेखराज आले मगर,ओम भुजेल,हर्क व. राई,गुप्त नेपाली,शिव पुन,जस व. राई,राजकुमार श्रेष्ठ,वम व. नेपाली,ध्यानेन्द्र आचार्य,माधव आचार्य,दुर्वासा गेलाल,हरि वस्नेत लगायतका कलाकारहरुले देउसी भैलो गीत तथा रमाईलो दोहोरी गीत प्रस्तुत गरेका थिए । भने कार्यक्रममा रौनकता प्रदान गर्न उद्योग व्यावशायी संघका सचिव उमेश अधिकारी र नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले देउसी भट्टयाउनुभएको थियो ।
सोही कार्यक्रममा वोल्दै प्रथमसचिव रामकाजी खड्काले यस्ता चाडवाड परदेशमा पनि विगत चारवर्ष देखी प्रवासी नेपाली संपर्क मञ्चले आयोजना गर्दै आईरहेको छ जस्ले गर्दा हामी आफु परदेशमा छौ भन्ने कुरालाई समेत विर्साउने सहयोग गरेको हुनाले प्रवासी नेपाली संपर्क मञ्च धन्यावादको पात्र छ भन्दै लक्ष्मी माताले हामी सम्पूर्ण नेपाली र देशलाई धन धान्यले पूर्ण पारुन भन्ने कामना गर्दै यही दीपावली सँगै हामी सम्पूर्ण नेपाली जनताहरुले अपेक्षा गरे अनुरुप राजनैतीक गतिरोध अन्त्य हुदै नयाँ संविधान चाडो भन्दा चाडो वनोस भन्ने कामना गर्नुभयो । अर्का वक्ता प्रेम वरालले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिंगुले सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाई दीपावलीको शुभकामना दिनुहुदै कार्यक्रम आयोजना गर्ने आयोजक संस्थालाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा युवा उद्योग व्यावशायी उमेश अधिकारीले विदेशमा पनि यस्ता कार्यक्रम आयोजना गर्नाले देश र गाउँघरको न्यास्रोपनवाट मुक्ती मिल्नुको साथै जीवन प्रति आशा जाग्ने हुनाले यस्तो कार्यक्रम आयोजना हुनु राम्रो हुने वताउनु भयो । यसरी नै जनप्रगतिशिल मञ्चका महेन्द्र राईले कार्यक्रम आयोजना हुनु सहनिय पक्ष भएको स्वीकार गर्दै अव हामीले हरेक ठाउवाट संविधान माग्नुपर्ने भएको हुनाले यस्ता कार्यक्रमहरु सन्देश मुलक हुनु पर्ने वताउनु भयो ।
कार्यक्रमको अन्तमा दोहामा आएर विचल्ली परी दुतावासका सरणमा रहेको दुई नेपाली चेलीहरु कुमारी जोशी श्रेष्ठ र सुनीता वि.क.को हातवाट सम्पूर्ण माहानुभावहरुले सप्तरंगी टीका लगाउनुभएको थियो । कार्यक्रममा लक्ष्मीपुजा गर्दै लक्ष्मीको फोटोमा राजदुत सूर्यनाथ मिश्र १०१, प्रथमसचिव रामकाजी खड्का १०१,सहचारी प्रेम वराल ५१,उद्योगव्यावशायी उमेश अधिकारी २५१,चुडामणी कार्की २५१,जनजाती माहासंघका कार्यवाहक अध्यक्ष चन्द्र सिगु १०१,श्रम सहचारी धुर्व कोईराला ३०,उद्योग व्यावशायी तेजेन्द्र महत १५१ र अशोक रैना २५१,दीपक सापकोटा ५१ चढाउनु भएको थियो ।
--> Read more...

हङकङ, १८ अक्टुबर २००९ को दिन ईण्डीयन क्लब जोर्डनमा पान्थर मञ्च हङकङले आफ्नो दशैं तिहार कार्यक्रम सम्पन गरेको छ । अनौपचारिक रुपमा कार्यक्रम सञ्चालन गरिए पनि आफ्नो मञ्चका सल्लाहकारहरु भुपेन्द्र चेम्जोङ, ओमराज सम्बाहाङफे र पुष्पा नेम्बाङ यथास्थानमा आसन गर्नु भएको थियो । बगैचा डटकम का वेब माष्टर श्याम कर्ण सुनुवार , सुरेन्द्र सुनुवार , फोटो ग्राफर हरि बहादुर लाओती र सनराई साप्ताहिकका राई चन्द्र दुमी यथास्थानमा आसन गर्नु भएको थियो । मञ्चको अध्यक्ष कृष्ण राज लाओती र जेष्ठ अभिभावक तारा बीर गुरुङ द्वारा दियो प्रजलन गरेर देउसे भैलोको उधघाटन गर्नु भएको थियो । कार्यक्रममा उपस्थिीत सम्पुर्ण पान्थरे र गैरपान्थरहरु लाई मञ्चका अध्यक्ष ले स्वागत र्गनु भएको थियो । मञ्चका सल्लाहकार भुपेन्द्र चेम्जोङले देउसी भैलोको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम सचिव प्रताप कुमार राईले सञ्चालन गर्नु भएको थियो । पान्थर मञ्च हङकङका कलाकारहरु टिका राम माखिम, कल्पना तुम्रोक, पवित्र राई, पुष्पा राई,निसाम चेम्जोङ, दिपा राई, सरिता रार्ई र उर्मीला बेघा हरुले देउसे भैलो गीत नाचहरु प्रस्तुत गरेर उपस्थित महानुभावहरु लाई मनोरञ्जन प्रदान गर्न सफल भएको थियो ।
--> Read more...

दुवई देहरास्थित यूएई एक्चेन्जमा एसिस्टेन्ट म्यानेजर पदमा कार्यरत दुर्गाप्रसाद सिवाकोटी कम्पनीबाट ७० हजार दिराम चोरेर भागेपछि त्यहाँ कार्यरत नेपालीहरुले सास्ती भोग्नुपरेको छ ।
१४ डिसेम्बर २००८ का दिन उनी त्यहाँबाट चोरेर भागेपछि नेपालीहरुको प्रतिष्ठा, विश्वास र इज्जतमा धक्का लागेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् ।
एक नेपाली, महत्वपूर्ण पदमा कार्यरत, त्यसरी भाग्दा नेपालीले चोरेर भाग्यो भनेपछि त्यहाँ कम्पनीका अन्यलाई नेपालीहरुप्रति नराम्रो छाप पर्यो । र नेपालीहरुलाई कम विश्वास गर्न थालियो । मोरङ गोविन्दपुर वडा नं. ४ स्थायी घर भएका सिवाकोटीको विगत चारबर्षदेखि त्यहाँ कार्यरत थिए यूएई एक्सचेन्जमा कार्यरत एक नेपालीले सोलिडारिटीलाई बताए ।
सिवाकोटीको नाम अहिले इन्टरपोलमा राखेर विश्वभर खोजी कार्य जारी राखिएको छ । मासिक करिब ७ हजार दिराम पारिश्रमिक भएका सिवाकोटीले बोनस लगायका सुविधाहरुबाट आकर्षक आम्दानी थियो ।
७० हजार चोरेर भागेपछि त्यहाँ कार्यरत अन्य नेपालीहरुलाई प्रहरी अनुसन्धान, अविश्वासको परिस्थितिका कारण निकै अप्ठेरोमा परेका छन् । महत्वपूर्ण पदमा कार्यरत कर्मचारीबाटै पैसा चोरी भएका कारण बीमा कम्पनीले पनि सो रकम तिर्न अस्वीकार गरेको छ । वीमा कम्पनीले रकम तिर्न अस्वीकार गरेपछि चोरिएको रकम त्यहाँ कार्यरत म्यानेरज लगायत सबै कर्मचारीहरुले तिर्नुपर्यो ।
यसरी एक नेपालीले गरेको गल्तीका कारण सबै कर्मचारी र नेपालीहरुलेनै त्यसको परिणाम भोग्नु परेकाले त्यहाँ कार्यरत नेपालीहरु निकै दु:खी बनेका छन् । घटनाले नेपालीहरुको छविमाथि नै चोट पुर्याएका र कम्पनीले त्यसयता नयाँ नेपाली कर्मचारीहरु थप गरेको छैन । यूएई एक्स्चेन्ज देहर शाखा प्रमुख उनी कृष्णनले नेपालीहरुलाई यसअघि ठूलो विश्वास गरेको तर अहिले सो विश्वास कम हुँदै गएको बताएको त्यहाँ कार्यरत एक नेपालीले कृष्णनलाई उदृत गर्दै सोलिडारिटीलाई बताए । नाम नभन्ने सर्तमा ती कर्मचारीले सिवाकोटीले आफ्नो भविष्य आफै अन्धकारमा पारेको धारणा राखे । उनी अब कुनैपनि देशमा कामका लागि जान पाउँदैनन्, र नेपालमै पनि लुकेर बस्नुपर्ने अबस्था भएको छ । उनले चोरेको रकम एक बर्षमै कमाउन सक्थे तर गल्ती गरेका कारण आफूलाई मात्रै होइन सारा नेपालीहरुको प्रतिष्ठा, इज्जत र छविमा दाग लागेको छ ती नेपालीको गुनासो गरे ।
--> Read more...

अक्कल लामा (आन्सान सम्वददाता दक्षिण कोरिया )मंगलबार,October,२०,२००९
देशमा भएको वेरोजगारी समस्याले गर्दा बुढेस कालको सहारा ठान्ने आमा बाबा सगैं मर्ने सगैं बाँच्ने वाचा खाएको श्रीमान् या श्रीमती र साना लाला बालालाई छाडेर विदेशिन बाध्य भइ दक्षिण कोरियाको आन्सान सिटिमा श्रमिकको रुपमा आइपुगेका विभिन्न देशका मेहनेती श्रमिकहरुको परिवारलाई बोलाएर भेट्टाई दिने चार दिने कार्यक्रम सम्पन्न भएको छ । यस्तो कार्यक्रम द्दण्ण्ठ बाट प्रत्येक वर्ष गर्दै आएको छ । पहिलो वर्ष देखि नै यस सम्वाददाताको अथाक प्रयासले गर्दा नेपाली श्रमिकहरुले पनि यस कार्यक्रममा भाग लिने मौका पाउँदै आएका छन् । पहिलो मौका दिनेश श्रेष्ठ नेपालगन्जले पाएका थिए भने दोस्रो मौका अर्जुन तामाङ नुवाकोट र श्याम थापा बुटवलले पाएका थिए । यसपटक भने पाँच जना सम्मले भाग लिन सक्ने भएतापनि दुइ जनाको मात्र निवेदन परेकोले रेमाकान्त भट्टराई चितवनको श्रीमती र छोरा तथा र विजया कट्टेल भोजपुरको आमा र श्रीमतीलाई बोलाई भेट गराइएको थियो । यस पटकको कार्यक्रममा नेपालको दुइ फिलिपिनको तीन इन्डोनेशियाको तीन थाइल्यन्डको दुइ भियतनामको दुइ म्यान्मार एक कम्बोडियाको एक श्रीलंको एक उजवेकस्थानको एक र जापानको एक परिवारलाई निमन्त्रणा गरेर भेट गराइएको थियो । पहिलो दिनको कार्यक्रम अथवा भेट्टाउने कार्यक्रम हान्याङ् विश्व विद्दालयको गेष्ट हाउस सभा कक्षमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन आन्सान सिटिको मेयर पार्क जु वन ले गर्नु भएको थियो भने स्वागत मन्तव्य ग्योङ्गिदो उप प्रमुख लि ह्वा सु ले दिनु भएको थियो । कार्यक्रममा आन्सान सिटिको पदाधिकारीहरु र इन्डोनेशिया थाइल्यन्ड उजवेकस्थान भियतनाम कम्बोडिया र श्रीलंकाको राजदुतावास उपनियोग तथा प्रतिनीधिहरु उपस्थित भएका थिए ।दोस्रो दिन श्रमिकहरुको आ आफ्नेा कम्पनी परिवारलाई देखाउनुको साथै आसानको ह्योन्दे कार कम्पनी भ्रमण गराइएको थियो । तेस्रो दिन कोरियाको सबभन्दा अग्लो विल्डिङ्ग टघ तले भ्रमण गराइ हान नदिको जहाजबाट हान नदि भ्रमण गराइएको थियो । सोहि दिन आन्सान माइग्रेन्ट कम्यूनिटि सर्भिस सेन्टर अथवा यस कार्यक्रमको व्यवस्थापकले विभिन्न देशको खाना सहित एक भोजको आयोजना गरि विदाई कार्यक्रम गरेको थियो ।
--> Read more...

कान्छा लाल तामङ (ताजि इराक)
मनिषको लागि आफ्नो देश आमा सरह हुन्छ र संकृति र परम्परा गहना सरह । सोहि देशमा रहि मानिसले आफ्नो देश विकाशको लागि धेरै थरिका कामहरु गरेका हुन्छन् त कतिले आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् तर यहा कुरा आफ्नो देशमा रहेर खाली एक आपसमा घोच पेच र कुसर्िको लुचा तानिको हैन यहा कुरा छ एउट आफ्नो परम्पराको ।
नेपाली आफु जहाँ भए पनि आफ्नो संकृति र परम्परा लाई कहिल्यै बिस्रदैनन् । चहे उ हिमालको कखमा होस् चाहे उ अरबको खाडी मुलुकहरुमा होस् या चहे अमेरीका र जापन जस्तो बिकसीत मुलुकमा होस् । उसले आफ्नो परम्परालाई कहिल्यै पनि बिसर्ीदैन । नेपालीहरु बैदेशीक रोजगारीको सिलसिलमा बिश्वको धेरै मुलुकहरुमा पुगेका छन् । त्यस्तै गरी बिभिन्न रोजगारीको सिलसिलामा कयौ नेपालीहरु इराक जस्तो युद्ध भुमी आइ पुगेका छन् यदपि आफुहरु युद्ध भुमिमा भए पनि उनीहरुले आफ्नो संकृति र परम्परालाई बिसे्रनन् । इराका जस्तो २४ घण्टामा १२ घण्टा काम गरेर भए पनि आफ्नो परम्परा दिपावलीको अवसरमा देउसीरे कार्यक्रम सफल पारेका छन् । इराकमा रहको धेरै बेस क्याम्पहरु मध्येको ताजि बेस क्याम्प पनि एक हो । यहा अमेरिकन आर्मी फोस्रलाई सहयोग गर्नका लागि धेरै कम्पनिहरु छन । सोहि कम्पनिहरुमा कार्यरत नेपालीहरु मध्ये प्राइम प्रोजेक्ट इन्टरनेशनल पि।पि।आई मा रहेका सम्पुर्ण नेपालीहरुले यो दिवालीको अवसरमा गोर्खाली व्याण्डले आयोजना गरेको कार्यक्रममा हातमा हात मिलाएका थिए । कार्यक्रम पि।पि।आई कम्पनिको प्राङगढमा भएको थियो । कार्यक्रममा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । जसमा बिभिन्न कम्पनिहरु बाट अतिथिकोरुपमा पनि दशर्कहरुको उपस्थिति रहेको थियो । कायर्यक्रम भाई टिकाको दिनमा बेलुका दुई घण्ट सम्म भएको थियो ।
देउसीरे कार्यक्रममा उपस्थित अतिथिहरुलाई गोखार्ली व्याण्डले नेपाली टोपी र खदा पहिराएर स्वागत गरेका थिए । कार्यक्रमको सुरुवात गॊखाली व्याण्ड लिडर अनन्त तामाङ्गले देउसीरे गीत गाएर गरिएको थियो । कार्यक्रममा धेरै किसिमका संगितिक परिकारहरु पनि पस्केका थिए । जस मध्य पमद कार्कीले बादलुको घुम्टोले ईलम बजार छोपीदा मैले सबलाई बिसे्र छु तिमीलाई सम्झिदा जस्ता हृदय स्पसर्ी गीत पनि गाएका थिए । त्यसै गरि बिर बिर बिर गोर्खाली भ्ान्ने गीतले पनि स्थान पाएको थियो । कहा यति मात्र होर अझ आफ्नो परम्परा लाई झल्काउने लोकगीतहरु त्ा दर्शकहरुको आर्कसकको थालो नै बनेको थियो । जसमा पछ्यउरी लेउ बैना आजै टुगों लागाई देउ माया छकि छैन अनि बनमा काडा छ तिमी नेपाल म इराक ज्यान त टाडा छ तर बिरानो नसम्झ माया गाडा छ भन्ने बोलको गीतले पनि दर्शक लाई धेरै मनोरन्जन दिएको थियो । अनि बिच बिचमा हसाउने कमेडी र कल्चरल डान्स पनि प्रस्तुत गरिएको थियो । र अन्तममा । सुन्तला र स्याउ देश बिकाश गर्ने भए फर्कि नेपाल जाउ भन्ने बोलको लोक गीत संगै कार्यक्रम समाप्त भएको थियो ।
यसरी इराक जस्तो युद्ध भुमिमा रहेर पनि नेपालीहरुले आफ्नो परम्परा लाई मन्न सफल भएका हुन ।
--> Read more...
सुर्य बस्नेत
क्याम्प बुक्का
सातौ समुन्द्र पारी बर्षौ देखि युध चलिरहेको देश ईराकमा आकाशमा बम र लन्चरको आवाजको पर्भा नगरी हेसको र बङ्करको दिवारमा लुकामारी खेल्दै, दुई पैसा कमाउनको लागि ज्यानको बाजी लगाएर घर परिवारलाई सम्झदै दिन गन्नु यहाँको लागि अपरिहार्य छ । तर पनि यो पलमा सम्पुर्न कस्टलाई भुली आ-आफना दिदी बहिनीहरुले दिएको आसिर्बाद र सम्झनाका ती पलहरुलाई सङ्हाल्दै देउसी र भैलोको गीतसंगै नाच्दै गाउदै, यो ठाउँलाई नेपालीहरुको महान चाड तिहारको अनुभुती गराएका छौ । कामको ब्यस्तताको कारण २०० नेपाली कर्मचारीहरु एक हुन नपएपनी वहाँहरुको सल्लाह सुझाब सर्हानिय रहेको छ। अन्तमा क्याम्प बुक्कामा कर्यारत सम्पुर्न नेपालीहरुको तर्फबाट दिपावली (तिहर) को मंगलमय शुभकामना आम नेपाली जनतालाई ।।।
--> Read more...


राजु तुम्बापो
ताजी इराक , २० अक्टूबर २००९
बिदेशी भुमि भए पनि चारै तिर बाट नेपालको झन्डा फर्फराउदै थियो . इराकको ताजी स्थित PPI कम्पनीको प्रांगणमा उज्यालो बत्तिको प्रकाश संगै सम्पूर्ण नेपालीहरुले लक्ष्मीपूजा गरे . लगभग ६०० को संख्यामा रहेका नेपालीहरुले देउसे भैलो कार्यक्रम चलाएका थिए सो रात ३ घण्टा सम्म मlRrएको थियो . देउसे भैलो कार्यक्रम . अर्को दिन पनि देउसे भैलो कार्यक्रम नाचगान दोहोरीले क्याम्पकै सोभा बढाएको थियो . अझ भाइटिकाको दिन निधारमा दिदीबहिनीको कोमल हातको टिका लाउन यस 7fpFdf नापएता पनि तीनै दुखका दिनलाई सम्झी आफ्नो नेपाली प्रतिभा देखाउदै नेपालीहरुले मादलको तालमा लोकदोहोरी र ड्रमको चर्को बिट बाट पनि आफ्नो सस्कृति देखाउन पछी हटेनन् . कार्यक्रमको प्रारम्भ SofDk मेनेजर द्वय ब्रिटिश फिलिप र माइक लेम्ब द्वारा दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवात भएको थियो . सुरुवातमै SofDk मेनेजर अनि आमन्त्रित ब्रिटिश, अमेरिकन, फिलिपिनो, बोस्नियन अथितीहरुलाई नेपाली ढाका टोपी, खादा, माला अनि सप्तरंगी टिका द्वारा सDमानको कार्यक्रम सु-सम्पन गरियो सDमानको कार्यक्रम लगतै हाम्रो कार्यक्रम सस्कृतिक कार्यक्रम तर्फ मोडियो जहाँ यति टाडा सुमुन्द्र पारी भएता पनि आफ्नो नेपाली सभ्यता तथा सस्कृति कायम राख्न पछि हटेनन् नेपालीहरु .
कार्यक्रम देउसे भैलो गित बाट प्रारम्भ भएको गोर्खालीको छोरो म गोर्खे मेरो नाम, ओ माने पेमे ओम, स्वदेसमै दुख गरे सुनफ़ल्छ भन्ने लोक गीतले मन्च तताएको थियो भने वारी जमुना पारी जमुना गीतको बोलको नृत्यले अझ सबै मन्चमा नेपाल नेपालको बास्ना छरेको थियो .
--> Read more...

दीपनारायण धामी दुबई युएई
यूएई दुबैको जबील पार्कमा भरौल जमात सुनसरीका युवाहरुको चौथौं दीपावाली समारोह सम्पन्न /भोज राज घले, बसन्त तामांग, कृष्ण गुरुंग,सिब कार्की, येकेंद्र कार्कीको सम्योजकत्वमा संपूर्ण युएईमा कार्यरत भरौल सुनसरी बासि भरौल जमातले बिगतका बर्ष जस्तै यस्पाली पनि बिभिन्न नेपाली परिकारका भोजनका साथ सुभकामना आदानप्रदान गर्दै सुभ दीपावली मनाए / परमिला तामांग र समझना वईबाले आफ्नो माइतीहरुलाई थाल भरी तिहारका परिकारका साथ सयापत्रिका फूल माला पहिरीयाई दिएका थीए / कतिका ऑखामा आफ्नो चेलीको हातले सगुन खाएको झझल्को त पक्कै नि सम्झे होलानै, उता कुंदन पौडेल ले देउसे भैलो भट्यौदै हसायेका थिए (ये सबै मिली, ये डरमै कमाई, ये गाॐ घर बनाउहाई,) पारबती घले,ग्यानु राई,तारा राई भैलो-भैलो भन्दै उफ़्रिन्थे भने प्रमिला भने रातभरि सेलरोटी पोलेकोले अनिंदो देखिन्थे, बसन्त तामांग, राजेंद्र थापा ,पुष्प बस्नेत, संदीप डंगोल यकेंद्र कार्की लगायेत धेरै युबाहरुको सब्द एउटई सुनिन्थियो, अब युबाहरूले नै गाउको लागि मिलेर केही गरेना भने झन खाडेरिले खारेको जस्तै देखिंछा हाम्रो गाॐ , त्यसैले कसैको आसा रा भरोसा मा पर्नु हुन्ना आफुले ढेरो खाएर हुर्केको ठाउलाई बिर्सनु वा आमा को काखलाई लत्याउनु हो, हो .....त्यसैले हरेक युबाहरूले एक जुट भई आफ्नो गाॐ आफै राम्रो बनाऊ भन्दै भोज राज घले ले उत्साहित गराएका थिए.
तर वहा गुनासो पनि गर्नु हुन्थियोकी, इस्कुलको लागि लगेको ५ थान कंप्युटर मॉनिटर र १ थान प्रिंटर भंसार बिभाक्ले बिभिन्न किसिमको आल टालमा त्यतिकै रोकी राखेको बताएका थिए, ब्यक्ति देखि लिएर ,गाॐ,इस्कूल जिल्ला,अनि अर्थ,सिक्छा, श्रम मंत्रालय सम्मको प्रमाणी कागजात, भंसार बिभागले (भाई यहाँ त सहयोग गर्छु भन्दानी पाइन्दैन भन्दै दराजमा फाइल राखी एउटा सानो कागजमा संपूर्ण शुल्क तिरी लैजानु भनी लेखी पठाई दिएका थिए,त्यसले गर्दा अगाडी केही गरुं भन्ने भाबना निरुत्साहित गरी दिएको वहाको भनाई थियो,
वहाले बिगत्मा पनि इस्कुल्लाई सहयोग गर्दै आउनु भएको छ र गाॐ र इस्कुलमा यो चोटिको छुटिमा बिरुवा रोपण गर्ने योजना बनाई राखेर आएको बताउनु भएको थियो, गाउको चाई भई सकेको खबर आएको जानकारी पनि दिनु भयो, भरौल जमात सुनसरी, सुभ दीपावालीको पावन अबसरमा देश बिदेशमा छरिएर रहनु भएको संपूर्ण नेपाली युबाहरुलाई यो दीपावालीको दीप जस्तै आ-आफ्नो गाॐ आफै राम्रो बनाऔ भन्ने संदेशका साथ सुभकामना छ, सुभ दीपावालीको फोटो हरु ,,,,,,
--> Read more...

भोजराज श्रेष्ठदोहा/
कलाकारहरुको योगदान राष्ट्रको पहिचानको मुल नाराका साथ खोलिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दोहा कतारले डिएन मगरको सभापतित्व नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आईसीसी हल दोहामा १६ अक्टोवर सुक्रवारका दिन नेपालीहरुको महानचाड तिहारको उपलक्ष्यमा दिपावली सांगीतिक साझ भव्यताका साथ सम्पन्न गरेको छ ।
पाँच चरणमा विभाजन भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक प्रविण राईले पहिलो चरणको कार्यक्रममो संचालन गरेका थिए भने विभिन्न कलाकारहरुको परिचयका साथसाथै उक्त कार्यक्रममा प्रमुख अतिथि साथै अन्य अतिथिहरुवाट दिप प्रज्वलन गर्दै व्यानर अनावरण गरेका थिए भने सो कार्यक्रममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्वका साथै व्यावसायी समाजसेवी विद्धान कलाकार साहित्यकार पत्रकारहरुको ठूलो उपस्थिति रहेको थियो । सो क्रममा नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले स्वदेश तथा विदेशमा रहने नेपालीहरुलाई नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तैगरी सोही कार्यक्रमलाई स्पोन्सर गर्नुभएका भारतिय नागरिक गणेश श्रीनिवासनले नेपालीहरुको मात्र नभएर भारत लगायत अन्य केही देशमा पनि दिपावलीको रौनक रहेको पाईन्छ भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना साथै वधाई ज्ञापन गर्नुभएको थियो भने आउने दिनमा पनि नेपाली भाईहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।यो कर्मभूमिको आगनमा………भन्ने श्वदेश गानबाट पहिलो चरण समाप्त भएको थियो ।
त्यस्तैगरी दाश्रो चरण अन्र्तगत तिहारै आयो लौ झिलिमिली भन्ने गीतको नृत्यले गाउँघरको सम्झना दिलाएको थियो सो चरणमा सन्ध्या ग्रुपको वाह्विसे माथी तातोपानी र मुग्लानी सिर्जना कलाकेन्द्रको गोठमा हेर् यो भैसी छ भन्ने गीतको नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने दोश्रो चरण वविन राईले सचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रमको तेश्रो चरणमा साली भेनाको नातामा ठट्टा गर्दै लाईभ प्रस्तुती लिएर डिएन मगर र कल्पना गुरुङ्गले दर्शकहरुको मन खिच्न सम्म खिचेका थिए । सो चरणमा दुई थोपा आशु नर्झानु माईती सम्झेर चेलीलाई वोलको गीत गाएर ईन्दु लावर र चण्डि तामाङको गीतले साच्चै हरेक माईती र चेलीको मन रुवाएको थियो । विभिन्न लोकलय आधुनिक चलचित्र तथा पप गीतका साथै तिहारको मंगलधुनले कार्यक्रमलाई अझ तिहारमय वनाएको थियो ।
चौथो चरणमा भने कमेडी नृत्यहरुले दर्शकहरुलाई पेट मिचिमिची हसाएका थिए । भने सोही क्षणमा प्रविण राईको नाटकले भने दर्शकलाई भावुक बनाउदै अन्तिम चरण प्रवेश गरेको थियो । अन्तिम चरण अन्र्तगत डिवी ग्यावकको कसरी भनु…… भन्ने ट्रयाक गीत सँगसँगै मीठो स्वर कि धनी भारतिय चेली लिला कुर्देशियाले माथी माथी सैलुङ्गेमा र गोठालो जादा लाएको माया भन्ने वोलको गीत गाएर दर्शक दिर्घालाई मोहित पारेकी थिईन भने उनी नेपाली गीत गाउनमा प्रखर पनि मानिन्छिन् । त्यस्तैगरी तिहारको द्यौसी प्रस्तुत गर्दै संस्थाका अध्यक्ष डिएन मगरले कलाकारहरु मात्र नभएर दर्शकहरुलाई पनि द्यौसी खेलाएका थिए । सोही क्रममा तिहारको रमझम सगसगै दोहोरी गीत पस्कदै वाल बिक्रम थापा ईन्दु लावर चण्डी तामाङ्ग र कल्पना गुरुङले दर्शकलाई भरपुर मनोराजन गराउदै कार्यक्रम समापन भएको थियो । सो कार्यक्रम सन्ध्या ग्रुप मुग्लानी सिर्जना कलाकेन्द्र फ्यामिली ग्रुप गोधुली साँझ सरगम संगीत तथा आरम्भ नाट्य डवलीको सामुहिक प्रस्तुतीमा भएको सो प्रस्तुतीमा लक्की ड्र र सम्पूर्ण स्पोन्सरसीपहरुको व्यानरमा आधारित कर्मसियल विज्ञापन अन्र्तगतको नाटक पनि प्रस्तुत गरिएको थियो ।
--> Read more...

छिरिङ तेन्जिङ शेर्पा
काठमाणडौ, अक्टोबर १८, नेपाल शेर्पा संघको चौथो महाधिबेसनमा भएको निर्वाचनमा अध्यक्ष पदमा श्री पेम छिरी शेर्पा बहुमतद्वारा निर्वाचित भएको छन। बाईसवटा जिल्लाको र काठमाणडौमा गरि कूल दुई हजार प्रतिनिधि रहेको उक्त अधिबेसनको चुनावमा कूल ९२१ मत खसेको थियो भने जस अन्तर्गत ७१ मत बदर भएको थियो। जस मध्येमा अध्यक्ष पदमा श्री पेम छिरी शेर्पा (भोजपुर)ले ५८९ मत प्राप्ता गरेर बिजय भएको छन् भने उनको प्रतिद्वान्धि निबर्तमान अध्यक्ष श्री क्रिपा सुर शेर्पा (भोजपुर)ले जम्मा २८४ मत प्राप्ता गर्नु भएको छ भने भु. पु. महा सचिव श्री पासाङ दोर्जी शेर्पा(भोजपुर)ले ४७ मत प्राप्ता गर्नु भएको छ । चार उम्मेद्वार
मध्ये एक प्रध्यापक श्री श्यम सुन्दर शेर्पाले यस अघि नै आफ्नो उम्मेद्वावरी फिर्ता लिएका थिए। अन्य पदाधिकारीको प्रतिनिधिहरु भने सहमतिमा निर्बिरोध निर्वाचित भएका छन। कूल ४९ सदस्यिय यस प्रतिनिधिहरुको नेपाल भर बिभिन्न जिल्लाहरुमा बसोबास गर्ने करिव चार लाख शेर्पाहरुको हक अधिकार र स्वायत्त राज्य प्राप्तीको लागी प्रसस्त चुनौति र सम्भावनाहरु छ्न। यस मुद्धलाई किनारा लगाउन अहोरोत्र लागी पर्ने नव निर्वाचित अध्यक्ष पेम छिरी शेर्पाले बताउनु भयो भने भु. पु. अध्यक्ष श्री क्रिपासुर शेर्पाले पनि शेर्पा स्वायत्त राज्यको लागी नव निर्वाचित प्रतिनिधिहरुलाई सक्दो आफुले सहायोग गर्ने परिबद्दता ब्यक्त गर्नु भयो। चार दिन सम्मा भएको उक्त अधिबेशनमा अन्त्यमा बिबिध साँस्क्रितिक कार्यक्रमहरुको साथ अति सौहद्रतापुर्ण वातवरणमा कार्यक्रम सम्पन्न भएको छ।
video >>
Photo >>नेपाल शेर्पा संघको चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पधादिकारीहरको नामवली ः-
पेमा छिरी शेर्पा भोजपुर अध्यक्ष -५८९ मत ल्याएर विजयी)
कृपाशुर शेर्पा भोजपुर निवर्तमान अध्यक्ष
लाक्पा ठिलेन शेर्पा सिन्धुपाल्चोक वरिष्ठ उपाध्यक्ष निविरोध
आङ दोर्जे लामा रामेछाप उपाध्यक्ष "
आङ गेलु शेर्पा सोलुखुम्बु " "
दोर्जी जाङबु लामा " " "
गेल्जे लामा रामेछाप " "
लाक्पा शेर्पा भोजपुर " "
साङगे शेर्पा खोटाङ " "
निमा तेन्जीङ शेर्पा इलाम " "
लाक्पा डन्डु शेर्पा ताप्लेजुङ " "
नाम्गेल शेर्पा रामेछाप महासचिव निर्विरोध
आङ लमी शेर्पा सोलुखुम्बु सचिव "
पासाङ शेर्पा ताप्लेजुङ सचिव "
आङ ङमिा शेर्पा दोलखा कोषाध्यक्ष "
सदस्यहरुः-
फुल्मु शेर्पा सिन्धुपाल्चोक
दावा शेर्पा खोटाङ
सोनाम शेर्पा दोलखा
पसी शेर्पा संखुवासभा
पेमदोर्ची शेर्पा भोजपुर
गेल्जी शेर्पा रामेछाप
सन छेपाल शेर्पा ओखाढुङ्गा
एन.सी शेर्पा काठमण्डौ
उङदी शेर्पा संखुवासभा
ङवा लप्टु लामा सुनसरी
पासाङ डोल्मा शेर्पा उदयपुर
बाबु काजी शेर्पा रामेछाप
मन्जु नोर्की शेर्पा सोलुखुम्बु
सोनाम साङबो शेर्पा दोलखा
आङ काजी शेर्पा काठमण्डौ
मातृका शेर्पा ताप्लेजुङ
कामी शेर्पा इलाम
पेमा याङजी शेर्पा सोलुखुम्बु
लाक्पा लामा शेर्पा संखुवासभा
पासाङ काजी शेर्पा सोलुखुम्बु
ङवाङ सोनाम शेर्पा काठमण्डौ
फर्ुलमु शेर्पा संखुवासभा
छिरिङ काजी शेर्पा ओखलढुङ्गा
गन्जु शेर्पा उदयपुर
गेल्बु शेर्पा सुनसरी
मिम्चुङ शेर्पा ताप्लेजुङ
सोनाम वाङदेन शेर्पा सोलुखुम्बु
ओङदी शेर्पा संखुवासभा
फर्ुव शेर्पा सिन्धुपाल्चोक
छिरिङ नाम्गेल शेर्पा इलाम
आङ लाक्पा शेर्पा झापा
छिरिङ ओङदी शेर्पा काठमण्डौ
च्याङा शेर्पा दोलखा
आङ दावा शेर्पा धनकुटा
सोनाम जाङबु शेर्पा सिन्धुपाल्चोक
म्ाछिरी शेर्पा दोलखा
श्याम्बु शेर्पा संखुवासभा
--> Read more...

राजेन्द्र श्रेष्ठ ,कतार
कतारको सनैया स्थित सफा पानी कम्पनिमा कार्यरत सफा ईन्टरनेशनल नेपाली परिवार कतारका श्रमिकहरुको बिषेश पहल र कम्पनि मालिकको सहयोगमा यही १६/१०/२००९ का दिन नेपालीहरुको महान चाड शुभ दिपवलीको अवसरमा सम्पुर्ण साथिहरु भेला भई शुभकामना आदन प्रदान, देउसी भैलो, नाचगान र रात्रि भोज सहीतको कार्यक्रम गरेर रमाईलो र भव्यताका साथ शुभ दिपवली २०६६ मनाएका छन। यसरी प्रवासमा पनि आफ्नो रितरिवाज र चाडबाड मनाउन पाएकोमा सबै साथिहरु खुशि देखिएका थियो। उक्त कार्यक्रममा बिषेश अथिती कम्पनीको मालीक मोहमद असर्फ, र कतार नेपाली एकता समाजका सभापति नरबहादुर थापा अन्तरराष्ट्रिय नेपाली एकता समाजका उप–सभापति राजेन्द्र श्रेष्ठ र के.स. तारास्वर शर्मा पनि सहभागि हुनुहुन्थ्यो।
--> Read more...
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी