अक्कल लामा (आन्सान सम्वददाता दक्षिण कोरिया )मंगलबार,October,२०,२००९
देशमा भएको वेरोजगारी समस्याले गर्दा बुढेस कालको सहारा ठान्ने आमा बाबा सगैं मर्ने सगैं बाँच्ने वाचा खाएको श्रीमान् या श्रीमती र साना लाला बालालाई छाडेर विदेशिन बाध्य भइ दक्षिण कोरियाको आन्सान सिटिमा श्रमिकको रुपमा आइपुगेका विभिन्न देशका मेहनेती श्रमिकहरुको परिवारलाई बोलाएर भेट्टाई दिने चार दिने कार्यक्रम सम्पन्न भएको छ । यस्तो कार्यक्रम द्दण्ण्ठ बाट प्रत्येक वर्ष गर्दै आएको छ । पहिलो वर्ष देखि नै यस सम्वाददाताको अथाक प्रयासले गर्दा नेपाली श्रमिकहरुले पनि यस कार्यक्रममा भाग लिने मौका पाउँदै आएका छन् । पहिलो मौका दिनेश श्रेष्ठ नेपालगन्जले पाएका थिए भने दोस्रो मौका अर्जुन तामाङ नुवाकोट र श्याम थापा बुटवलले पाएका थिए । यसपटक भने पाँच जना सम्मले भाग लिन सक्ने भएतापनि दुइ जनाको मात्र निवेदन परेकोले रेमाकान्त भट्टराई चितवनको श्रीमती र छोरा तथा र विजया कट्टेल भोजपुरको आमा र श्रीमतीलाई बोलाई भेट गराइएको थियो । यस पटकको कार्यक्रममा नेपालको दुइ फिलिपिनको तीन इन्डोनेशियाको तीन थाइल्यन्डको दुइ भियतनामको दुइ म्यान्मार एक कम्बोडियाको एक श्रीलंको एक उजवेकस्थानको एक र जापानको एक परिवारलाई निमन्त्रणा गरेर भेट गराइएको थियो । पहिलो दिनको कार्यक्रम अथवा भेट्टाउने कार्यक्रम हान्याङ् विश्व विद्दालयको गेष्ट हाउस सभा कक्षमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन आन्सान सिटिको मेयर पार्क जु वन ले गर्नु भएको थियो भने स्वागत मन्तव्य ग्योङ्गिदो उप प्रमुख लि ह्वा सु ले दिनु भएको थियो । कार्यक्रममा आन्सान सिटिको पदाधिकारीहरु र इन्डोनेशिया थाइल्यन्ड उजवेकस्थान भियतनाम कम्बोडिया र श्रीलंकाको राजदुतावास उपनियोग तथा प्रतिनीधिहरु उपस्थित भएका थिए ।दोस्रो दिन श्रमिकहरुको आ आफ्नेा कम्पनी परिवारलाई देखाउनुको साथै आसानको ह्योन्दे कार कम्पनी भ्रमण गराइएको थियो । तेस्रो दिन कोरियाको सबभन्दा अग्लो विल्डिङ्ग टघ तले भ्रमण गराइ हान नदिको जहाजबाट हान नदि भ्रमण गराइएको थियो । सोहि दिन आन्सान माइग्रेन्ट कम्यूनिटि सर्भिस सेन्टर अथवा यस कार्यक्रमको व्यवस्थापकले विभिन्न देशको खाना सहित एक भोजको आयोजना गरि विदाई कार्यक्रम गरेको थियो ।

0 comments:
Post a Comment