श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 26 October 2009

नेपाल प्रवासी मगर संघ कतारको आठौं अधिबेशन सम्पन्न



देव बहादुर राना मगर, दोहा, कतार
२४ अक्टोबर, २००९ - "ईतिहाँस, भाषा, संस्कृती र संरक्षण-सम्बर्धन मगरहरुको मूल मन्त्र । जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र" नाराका गत शुक्रबार नेपाल प्रवासी मगर संघ कतारको आठौं अधिबेशन दोहा स्थित ढाका रेस्टुरेन्टको कार्यक्रम हलमा सम्पन्न भएको छ । छत्र बहादुर घले मगरको सभापतित्वमा सम्पन्न खुला शत्रको कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका का.वा. अध्यक्ष चन्द्र कुमार सिगु हुनुहुन्थ्यो भने अतिथिहरुमा महासंघमा आबद्ध जातिय संगठनका प्रतिनिधिहरु क्रमश: तमु बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष
जगन गुरुङ, किरात याक्थुङ चुम्लुङ शाखा कतारका द्वितीय उपाध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, नेपाल प्रवासी तामाङ समाज कतारका सचिव ईन्द्र तामाङ, किरात राई यायोक्खा शाखा कतारका सचिव राई रमेश गाउँले, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. विध्यानन्द चौधरी, नेपाल दराई प्रवासी संघ कतारका सचिव बिक्रम दराई, सर्लाही सेवा समाजका सचिव प्रकाश आले मगर, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघका प्रतिनिधी बबिन राई, मुगलानी श्रृजना कला केन्द्रका ब्यवस्थाक बालबिक्रम थापा मगर, www.tamangsamaj.com का सञ्चालक बिनेश तामाङ हुनुहुन्थ्यो भने अन्य थप अतिथिहरुमा कतारस्थित मगर ब्यवसायीहरु क्रमश: हिमालयन रेस्टुररेन्टका प्रोप्राईटर तथा मगर संघका सल्लाहकार कमलराज थापा मगर, काठमाडौं किचनका प्रोप्राईटर हरी पुन मगर र ब्यवसायी खड्कसिंह थापा मगर हुनुहुन्थ्यो।

प्रमुख अतिथिद्वारा ब्यानर अनावरण तथा दीप प्रज्वलन गरेपछी कार्यक्रम औपचारिकरुपमा शुरु गरिएको थियो । आम मगरहरुको हकहित तथा पहिचान स्थापित गराउनको लागि आफ्नो बलिदान दिएका ज्ञात–अज्ञात बीर शहीदहरुप्रतिको श्रद्धाञ्जलीमा १ मिनेट मौन धारण गरेपश्चात् राष्ट्रको सम्मानस्वरुप राष्ट्रिय गीत सुनाईएको थियो । त्यसपछी जनक थापा मगरको स्वागत मन्तब्य र संघको सांस्कृतिक बिभागका कलाकार टोलीले आफ्नो गीतबाट उपस्थित सबैलाई स्वागत गरिएको थियो ।
शुभकामना मन्तब्यको क्रममा अतिथीहरुबाट मगर लगायत समस्त जनजातिहरु पछी परिनुको कारणहरु प्रष्ट्याउँदै आफ्नो भाषा–लिपि, संस्कृति सँगै आफ्नो हक–अधिकारको निम्ति एकजुट भएर अघि बढ्नुपर्ने तथा शिक्षा क्षेत्रमा पनि बिशेष जोड दिईनुपर्ने धारणा व्यक्त गरिएको थियो । साथै आदिवासी जनजातिहरुले उठाएका संघियताको सवाल‚ आत्मनिर्णयको अधिकार र जातिय स्वायत्तताको पक्षमा पनि बिचारहरु प्रस्तुतगरिएको थियो । समग्रमा उपस्थित अतिथीहरुले आफ्नो शुभकामना मन्तव्यको क्रममा आदिवासी जनजातिहरुको हितमा आत्मनिर्णयको अधिकार सहितको संघिय राज्य व्यवस्था नै उपयुक्त रहने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा भाग्यशाली उपहार योजनाको नतिजा खोलिएको थियो जसको सञ्चालन जनक थापा मगरले गर्नुभएको थियो । उपहार बिजेताहरुमा क्रमश: गणेश परियार (कुपन नं. १२७२) लाई प्रथम पुरस्कार १ तोला सुन, सुनमाया दर्लामी (कुपन नं. ००६७) लाई द्वितिय पुरस्कार १ थान PANASONIC डिजीटल क्यामेरा, रामचन्द्र त्रिपाठी (कुपन नं. ११३८) लाई तृतीय पुरस्कार १ थान PANASONIC रंगीन टेलिभिजन, अम्बर बहादुर राउत (कुपन नं. ०३६७) लाई चौथो पुरस्कार १ थान डिभिडि प्लेयर, र ५ जना क्रमश: प्रकाश मैनाली (कुपन नं. १२६९), डिल ब. फाल मगर (कुपन नं. ०४८७), दिनेश राई (कुपन नं. ०४६६), खड्क बहादुर थापा मगर (कुपन नं. ०३६८) र बन्धवा चौधरी (कुपन नं. ०७१५) लाई १-१ थान नाडी घडी परेको थियो ।
खुला शत्रको अन्त्यतिर कार्यक्रम सभापतिले उपस्थित सबैलाई धन्यबाद दिनुका साथै पुरानो कार्यसमितीलाई औपचारिकरुपमा बिघटन भएको घोषणा गर्दै खुला शत्रको बिसर्जन गरिएको थियो ।
बन्द शत्रको शुरुवातसँगै छत्र बहादुर घले मगरको अध्यक्षतामा जनक थापा मगर तथा दोब बहादुर घर्ती मगर सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिती गठन गरी कार्यक्रम अघि बढाईएको थियो । यसैक्रममा महासचिव देव बहादुर राना मगरद्वारा सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरिएपछी संघको नयाँ संशोधित विधान प्रस्तुत गरिएको थियो ।
त्यसपछी संघको आठौं कार्यकालको लागि १५ सदस्यीय कार्यसमिती चयन गरियो जसमा अध्यक्ष देव बहादुर राना मगर‚ उपाध्यक्ष प्रकाश आले मगर‚ महासचिव खिम बहादुर राना मगर‚ सचिव शरण थापा मगर‚ कोषाध्यक्ष गिरी प्रसाद काउछा मगर‚ सह-कोषाध्यक्ष योगेन्द्र बहादुर चिदी मगर त्यसैगरी सदस्यहरुमा डिल बहादुर थापा‚ नोख बहादुर सारु‚ भिम बहादुर मगर‚ दुर्गा दर्लामी‚ मोहन थापा‚ लिल बहादुर पुन‚ चेतन मगर हुनुहुन्छ भने बाँकी २ स्थान महिला सदस्यहरुको लागि सुरक्षित राखिएको छ ।
नयाँ कार्यसमितीको शपथ ग्रहण पछी नव निर्वाचित अध्यक्ष देव बहादुर राना मगरले नयाँ कार्यसमितीको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यतिर निर्वाचन समितीका अध्यक्ष छत्र बहादुर घले मगरले नयाँ निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिएपछी निर्वाचन मण्डल बिघटन भएको घोषणा सँगै कार्यक्रमको बिसर्जन गर्नुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika