श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Saturday, 24 October 2009

चितवन युवा समूह दोहा कतार द्धारा बृहद स्रष्टा सम्मान कार्यक्रम सम्पन्न


किरण मरहठ्ठाचितवन । चितवन युवा समूह दोहा कतार द्धारा चितवनका वरिष्ठ ६ साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्ने कार्य रत्ननगर उद्योग वाणिज्य संघ टाँडीको सभाहलमा भव्यताको साथ सु-सम्पन्न भएको छ । उक्त स्रष्टा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्ति, समाजसेवी, बुद्धिजिवी, प्राध्यापक, साहित्यसर्जक, पत्रकार तथा व्यवशायीहरुको समुपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व रवि भट्टले गर्नुभएको थियो भने विशिष्ट अतिथीको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको चौथो विश्व सम्मेलनबाट उपाध्यक्ष पदमा विजयी व्यत्तित्व साथै चितवन युवा समूह दोहा कतारका संस्थापक अध्यक्ष तथा संरक्षक सागर नेपाल हुनहुन्थ्यो ।
त्यस्तै गरी प्रमुख अतिथीमा निर्मोही व्यास र विशेष अतिथीमा गैर आवासीय नेपाली संघ जापान च्याप्टरका संयोजक डा. सुदिप अधिकारीको पनि उपस्थिती रहेको थियो । अन्य अतिथी गणहरुमा रत्ननगर उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रत्ननगर नगरपालिकाका संस्थापक अध्यक्ष नारायण वन, प्राध्यापक तथा साहित्यकार प्रेम रिमाल, चितवन युवा समूह दोहा कतारका निवर्तमान अध्यक्ष रामहरि गैरे र समाजसेवी तथा व्यवशायी हरिशरण पाठकको पनि उपस्थिती रहेको थियो ।
रवि भट्ट रोषीको स्वागत मन्तव्य बाट शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथी द्धारा पानसमा दीप प्रज्वलन गरेपछि विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य राख्नुभएको थियो । स्रष्टा सम्मान कार्यक्रममा ६ वटा फरक फरक विधामा साहित्यिक योगदान दिने सम्मानित ६ स्रष्टाहरुमा केशवराज आमोदी, केदारनाथ खनाल, प्राध्यापक डा. नारायण प्रसाद खनाल, रामबावु घिमिरे, गोविन्द राज विनोदी र धनराज गिरी हुनुहुन्थ्यो ।
मन्तव्यको क्रममा आफ्नो भनाई राख्दै ऐक्यवद्धता मासिककी प्रधान सम्पादक मीना शर्मा तिवारीले चितवन युवा समूहले मुलूक भित्र होस् वा बाहिर होस् सामाजिक क्षेत्रहरुमा पुर्याएको योगदान यो पहिलो पटक नभएर यसभन्दा अगाडि पनि चितवनको हरेक क्षेत्रलाई समेट्दै शिक्षा, स्वास्थ्य, खानेपानी तथा कतारमा नै बिचल्लीमा परेका नेपालीहरुलाई आवास, खाना, औषधी उपचार तथा नेपाल फिर्ती टिकटको समेत प्रबन्ध गरी नेपाल फर्काउनेजस्ता कार्यहरु सेवाभावले उत्प्रेरित भई आर्थिक तथा भौतिक जस्ता कालजयी सेवा पुर्याएको जानकारी गर्दै चितवन युवा समूहको यस्तो अतुलनीय तथा सह्रानीय कामको आफ्नो मिडिया (ऐक्यवद्धता ) को माध्यमबाट विश्वभरि पुर्याएको र आगामी दिनहरुमा पनि चितवन युवा समूहको यस्ता सुकार्यलाई विश्वभरि पुर्याईरहने बचनबद्धता गर्नुभयो ।
मन्तव्यको क्रममा अर्का बक्ता नारायण वनले चितवन युवा समूह दोहा कतार जस्तो सामाजिक संस्था होस् वा गैर आवासीय नेपाली संघ नै किन नहोस् हामी कसले कति लगानी गरिदिन्छ, कुन क्षेत्रमा लगानी गरिदिन्छ भनेर आशामुखी हुनुभन्दा पनि चितवन युवा समूह जस्ता प्रवासी युवाहरुको जोश, जाँगर र आफ्नो देश र समाज प्रति देखाएको चासो र माया देखेर हामी मुलूकमा बस्ने नागरिकले देश र समाजलाई अहिले सम्म के दिन सकेका रहेछौं भन्दै लज्जित हुनुपर्ने भएको छ । तसर्थ राज्य र अन्य सामाजिक संघ संस्था संग परनिर्भरी भएर बसिरहनुभन्दा पनि चियुसको यस अभियानको हामी सबैले होस्टेमा हैासे गर्दै हामीहरु पनि चियुस जस्तो विशुद्ध सहयोगी संस्थासंग सहकार्य गर्दै समाज निर्माणको बाटो तिर लाग्नुपर्ने भएको छ भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी निर्मोही व्यासले आफ्नो भनाई राख्दै भन्नुभयो हामीले हिजो सम्म सोच्ने गरेका थियौं कि कतार जस्तो खाडी मुलूकमा काम गर्न जानेहरु सबै गरीब हुन्छन् र मानसिकता पनि गरीब हुन्छन् भनेर हेयको दृष्टिले हेरिने हाम्रा मानसिकता कति दरिद्र रहेछन् भन्ने सोचलाई यस कार्यक्रमले धेरै नै फितलो बनाइदिएको छ । खाडी राष्ट्र जानेहरु सबै अशिक्षित हुन्छन् र सामाजिक सेवाभाव बाट धेरै टाढा हुन्छन् भन्ने हामी मुलूकवासीहरुको सोचलाई कतारमा रहने चितवन युवा समूहका साथीहरुले यस स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरी हामीलाई जति आभारी बनाएको छ त्यत्तिकै लज्जित पनि बनाएको छ भन्दै स्रष्टाको सम्मान गर्ने यो स्वर्ण अभियानको शुरुवातलाई नेपालका समग्र साहित्यिक मञ्चले सधैा सकारात्मक रुपले हेर्नेछ भन्नुभयो ।
त्यस्तै गरी गैर आवासीय नेपाली संघ जापान च्याप्टरका संयोजक डा. सुदिप अधिकारीले जापानबाट पनि हामीले यस्ता च्यारिटी प्रोग्रामहरु चितवनको शिक्षा क्षेत्रलाई लक्ष्यित गरी शक्तिखोरका अति गरिब तथा पिछडिएका चेपाङ्ग बालबालिकाहरुको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै स्कुलमा नाम रजिष्टर भए पनि उल्लेख्य रुपमा बिद्यालयमा उपस्थिती नहुने जानकारीमा आएपछि गैर आवासीय नेपाली संघ जापान च्याप्टरको तर्फबाट त्यस्ता स्कुलहरुमा खाजाको प्रबन्ध गरिएको र खाजा खान पाईन्छ भन्ने सोचले स्कुलमा आउनेको संख्यामा बृद्धि भएमा यसलाई निरन्तरता दिादै जाने र अन्य त्यस्तै क्षेत्रहरुमा नेपाल अधिराज्यभरि नै थप च्यारिटीहरु बिस्तार गर्दै लैजाने जानकारी दिनुभयो ।
कार्यक्रमका बिशिष्ट व्यक्तित्व तथा गैरआवासीय नेपाली संघका नवनिर्वाचित उपाध्यक्ष तथा चितवन युवा समूह दोहा कतारका संरक्षक सागर नेपालले भन्नुभयो , हामी सबै सर्वगुण सम्पन्न छैनौं, सबै राम्रा पनि छैनौं , राम्रो र नराम्रोको बीचबाट नै सहमतिका साथ राम्रो काम गर्नुपर्ने बेला आएको छ भन्नुभयो । राजनीतिक दलहरुकोमात्र भर परेर देश बन्ने सपना देख्नु असम्भव भएको हुादा अब तल्लो तहबाट नै समाज बिकासको लागि जुट्नुपर्ने भएको छ भन्दै राज्यले गैर आवासीय नेपालीहरुको देशभित्र लगानि गर्ने उद्येश्य प्रति सधैा आश्वाशनमात्र दिने र मौन भएर बसिदिने प्रक्रियाले गर्दा राजनीतिक दलहरु कुन विन्दुमा रहेछन् भन्ने सबैलाई प्रष्ट भईसकेको बताउनुभयो । हामी सबैले राजनीति भन्दा माथि उठेर गाउा बनाउादै शहर पस्नुपर्छ , शिक्षालाई प्रथम प्राथमिकता दिएमा शिक्षित नागरिकबाट राज्यले धेरै कुराहरु पाउन सक्छ भन्नुभयो । हामी प्रवासिएका नेपालीहरु खान नपाएर विदेश पलायन भएका हैनौं, कमाएर सफलता हासिल भईसकेपछि नेपालमा बसेर के पो हुन्छ र भन्ने उदासिन सोच लिएर सधैा बिदेशमा बस्ने सोच पनि हाम्रो होइन, यत्ति हो कि हाम्रा सीप र आर्थिक लगानि गर्ने वातावरण सरकारले बनाईदिनुपर्छ भन्ने चाहना हो । देशमा राजनीतिक स्थिरता हुनुपर्छ, हामी स्वदेश फिर्न चाहन्छौं । हाम्रो श्रम र सीप देश भित्रै लगानि गर्न ईच्छुक छौं भन्नु भयो । हामी केहि लिन आएका हैनौा , केहि दिन आएका हौा तर जुन राजनीतिक दलहरुपनि सत्तासीन भएपछि गैर आवासीय नेपालीहरु प्रति किन उदासिन बन्छ ? भनेर प्रश्न गर्नुभयो ।
हाल काठमाण्डौंमा आयोजित चौथो विश्व सम्मेलनको अवसरमा हरेक राजनीतिक दल र सत्तारुढ दलहरुको गैर आवासीय नेपालीहरु प्रतिको सकारात्मक अभिव्यक्तिले धेरै आशावादी भएको बताउादै कार्यक्रम प्रति केन्दि्रत हुादै नेपालले भन्नुभयो , हामीले चितवन युवा समूह भन्ने संस्था कतारमा जब खोल्यौं ,त्यसताका चितवनका साथीहरुलाई बटुल्न धेरै कष्ट बेहोर्नू पर्यो । ५० डिग्री तापक्रममा पसिना चुहाउादै काम गर्ने चितवने साथीहरुको सहयोगबाट संकलित रकमले हामीले देशको उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सक्यौं भने देशमा रहने सबैले शिक्षा तथा स्वास्थ्यमा राहत महसुस गर्न पाउने थिए भन्ने उद्येश्यलेनै हामीले यसो गरेका हौं । कार्यक्रमको अवसरमा पूर्वी चितवनमा एउटा पोलिटेक्निक इन्सटिच्युट खोल्ने कुरामा हामी पनि सकारात्मक छौं । तर सबैको सोच र विकासनीतिमा एकरुपता हुनुपर्नेछ भन्नु भयो । कतारमा गठित थुप्रै संघसंस्थाहरु मध्ये यो संस्था अग्रपंक्तिमा पर्नुपनि समाज विकासमा योगदान दिनुनै प्रमुख कारण हो भन्नुभयो । चितवन युवा समूहको सामाजिक क्रियाकलाप दोहामा पनि त्यत्तिकै शसक्त भएको जानकारी गराउादै हाम्रा चितवन युवा समूहले कतारको दोहा महानगरपालिकाको संलग्नतामा दोहामा पनि थुप्रै सामाजिक योगदान दिादै आएको हुादा कतारको महानगरपालिकाबाट सम्मान तथा कदरपत्र पाउनुनै निस्वार्थ रुपमा हामिले गरेको सहयोगको प्रमाण हो भनी बताउनुभयो । सभापति रवि भट्टको समापन मन्तव्य पछि कार्यक्रम समापन भएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika