श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

राजेन्द्र श्रेष्ठ ,कतार
कतारको सनैया स्थित सफा पानी कम्पनिमा कार्यरत सफा ईन्टरनेशनल नेपाली परिवार कतारका श्रमिकहरुको बिषेश पहल र कम्पनि मालिकको सहयोगमा यही १६/१०/२००९ का दिन नेपालीहरुको महान चाड शुभ दिपवलीको अवसरमा सम्पुर्ण साथिहरु भेला भई शुभकामना आदन प्रदान, देउसी भैलो, नाचगान र रात्रि भोज सहीतको कार्यक्रम गरेर रमाईलो र भव्यताका साथ शुभ दिपवली २०६६ मनाएका छन। यसरी प्रवासमा पनि आफ्नो रितरिवाज र चाडबाड मनाउन पाएकोमा सबै साथिहरु खुशि देखिएका थियो। उक्त कार्यक्रममा बिषेश अथिती कम्पनीको मालीक मोहमद असर्फ, र कतार नेपाली एकता समाजका सभापति नरबहादुर थापा अन्तरराष्ट्रिय नेपाली एकता समाजका उप–सभापति राजेन्द्र श्रेष्ठ र के.स. तारास्वर शर्मा पनि सहभागि हुनुहुन्थ्यो।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment