समयमै वालवालिकालाई स्कुल पठाँऊ"
"भाषा संस्कृतिको जगेर्ना गरौं"
बिगत ३ वर्ष देखी साँग्रीला समाज बेल्जियमको अग्रसरतामा संचालन गरिरहेको नेपाली भाषा कक्षा लाई अन्तत:दिर्घकालिन रुपमा संचालन गरिने भएको छ ।साँग्रीला समाज बेल्जियम,नेपाली स्कूल व्यावस्थापन समिती लुभेन र क्याथोलिक युनिभर्सिटी बेल्जियमकको संयुक्त प्रायसमा संचालन गरिने भाषा कक्षा लाई सदा झैं हप्ताको १ पटक शनिवारको दिन दिउसो ३ बजे बाट ५ बजे सम्म संचालन गरिदै आएको छ ।भाषा ,संस्कृतिको जगेर्ना गर्ने उदेश्य लिएर संचालन गरिदै आएको नेपाली भाषा कक्षालाई व्यावस्थित गर्नको लागि अभिभावक र बिधालय बिचको सुमधुर सम्वन्ध नै प्रभावकारी हुने हुँदा गठित स्कूल व्यावस्थापन समिती लाई साँग्रीला समाज बेल्जियमले सधै सहयोग गरिरहने साँग्रीला समाज बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सि ले बताउनु भएको छ । नेपाली जहाँ रहेपनी भाषा र संस्कृती सगै रहने हुँदा आफ्नो परिचय लाई जोगाईरहनु प्रत्यक नेपालीको कर्तब्य भएको हुँदा आफ्ना वालवालिकालाई पठन पाठन कार्यमा सहभागी बनाउन स्कुल व्यावस्थान समितिका अध्यक्ष गोपाल सापकोटा आग्रह गर्नु भएको छ ।क्याथोलिक युनिभर्सिटी द्वारा नि:शुल्क उपलब्ध गराएको S Meiersstraat-5,Leuven Belgium स्थित(पुरानो कम्युन पछाडी )Loko भवनमा बिगत देखी दीपक ज्योती पौडेल र परमान्द सापकोटा शिक्षक द्वयले अध्यपनमा सहयोग गरिरहेका छन। शैक्षिक स्तरका आधरमा २ समुहमा संचालन गरिएका कक्षाहरुमा बिद्यार्थी भर्नाको निम्ती आगामी नोभेम्बेर १४ सम्म समय तोकिएको छ ।एकै परिवारका २ जना बालवालिकाका निम्ती ७५ युरो र दुई भन्दा बढी बालवालिकाका लागी नि:शुल्क सेवा प्रदान गरिने छ भने एक जनाको हकमा ५०युरो तोकिएको छ ।सम्पूर्ण नेपालिको सहयोग रहेको भाषा कक्षा संचालनको पाठ्यक्रमको साँथै लाईब्रेरी स्थापना गर्न बेल्जियम बाट नव निर्वाचित एन. आर. एन आई .सि .सि प्रतीनिधी अर्जुन कुमार श्रेष्ठले नेपाल सरकार बाट नेपाली दूतावास बेल्जियम मार्फत सहयोग हुने जानकारी गराउनु भएको छ ।क्याथोलिक युनिभर्सिटी बेल्जियमको आयोजनामा साँग्रीलासमाज बेल्जियम,ईन्द्र धनुष क्लब र चितवन सहायता कोष बेल्जियमको सयुक्त प्रयासमा आगामी नोभेम्वर २२ तारिख आईतवारका दिन हुन गैरहेको नेपाली बिद्यार्थीहरुका लागि नेपाली शैक्षिक पाठ्यक्रम र बेल्जियमको शैक्षिक पाठ्यक्रमका साथै दुई देश बिचको सांस्कृतिक बिषयक छलफल कार्यक्रममा उपस्थित हुन सम्पूर्ण नेपालीहरुलाई An Moerenhout आग्रह गरेकी छिन ।
दीपक ज्योती पौडेललुभेन, बेल्जियम
0 comments:
Post a Comment