नेपाली प्रतिभा प्रतिष्ठान बेलायत तथा ब्रुनाईकालागि कोष रकम आगामी दुइ बर्ष भित्र दश लाख पुर्याउने अभियान अन्तर्गत गएको तिहारमा ब्रुनाईका नेपालीहरुको घर आगनमा नेपाली संस्कृतिको जगेर्ना र देशमै रहेर चाँड मनाउन पाएको अनुभूत गराउने साथै प्रतिष्ठान कोष पनि थप्ने उद्देस्य अनुरुप ब्रुनाईमा रहेका प्रतिष्ठानका सदस्यहरुको समुहले देउसी भैलो कार्यक्रमबाट झन्डै नेपाली रुपैंया दुइलाख पचास हजार कोषका लागि संकलन गरेका छन् ।
प्रतिष्ठानका उत्साही युबाहरु मध्य सचिब कबि कांगमांग नरेश ,प्रकाशन बिभाग उपाध्यक्ष गजलगो मिजास तेम्बे ,संगीत बिभाग उपाध्यक्ष गायक चोक गुरुङ , संगीत बिभाग सचिब गायक/गीतकार नरेश नाति , सदस्य बाँसुरी बादक प्रकाश राई,प्रतिष्ठानका सह-कोषाध्यक्ष गायक किसन राई र कोषाध्यक्ष तथा देउसी कार्यक्रम संयोजक गायक भूमिराज राईको समुहले देउसी भैलो कार्यक्रमबाट सो रकम संकलन गरेका हुन् ।
प्रतिष्ठान संचालन र प्रतिष्ठानका तर्फ़बाट हरेक वर्ष सम्मान र पुरस्कार वितरण , पुस्तक,गीति एल्बम लगायत सिर्जनात्मक कार्यमा लगानी गर्न प्रतिस्ठान कोष खडा गरिएको कुरा कोषाध्यक्ष भूमिराज राईले जानकारी गराए ।
रिटायर्ड गोर्खा मेजर श्री लक्ष्मीभक्त बान्तवा ज्युले प्रदान गर्नु भएको (£ 1000.00)पाउण्ड एक हजार सहित प्रतिष्ठानका ईच्छुक सदस्यहरुले (£ 500.00)पाउण्ड पाँच पाँच सय सहयोग उपलब्ध गराएको सबै गरि (रु. ६,००,०००.०० )छ लाखको प्रतिष्ठान कोष यस अघिनै बचत खातामा जम्मा गरिसकिएको र सो रकमको राशी(रु.१०,०००,००.००)दश लाख पुर्याउने सहमति अनुरुप आ-आफ्नो क्षेत्रबाट सहयोग र विभिन्न कार्यक्रम गरि कोष बढाउने अभियान अघिबढाउने कुराको फैसला प्रतिष्ठानले गरे अनुरुप नै कार्यक्रम कार्यन्वयन भै रहेको कुरा कोष संकलन समितिले जनाएको छ ।
कोष संकलन कार्यलाई अझ सशक्त र प्रभाबकारी बनाउन समितिले छिट्टै छलफल गरि बिबिध कार्यक्रमहरु अघि बढाउंदै कार्यक्रम आयोजना गर्ने भएको छ । जस मध्य केहि समय पछी नै सुगम संगीत मात्रै समाबेश गरि एउटा भब्य सुमधुर सांगीतिक साँझको आयोजना गरिन लागेको कुरा संगीत बिभागले जानकारी गराएको छ ।
आगामी बर्षको प्रतिभा सम्मान तथा पुरस्कार दिने मिति नजिकि रहँदा कसलाई पुरस्कार दिने र कसलाई सम्मान गर्ने भन्ने कुराको व्यापक छलफल भै रहेको साथै योग्य व्यक्ति छनोटका निम्ति विभिन्न क्षेत्र समाज र समुदायबाट पनि योग्य व्यक्तिको नाम उपलब्ध गराइदिन नेपाली प्रतिभा प्रतिष्ठान बेलायत तथा ब्रुनाईले अनुरोध गरेको छ ।

0 comments:
Post a Comment