श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 19 October 2009

दोहामा दिपावली सांगीतिक साँझ भव्यताका साथ सम्पन्न


भोजराज श्रेष्ठदोहा/

कलाकारहरुको योगदान राष्ट्रको पहिचानको मुल नाराका साथ खोलिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दोहा कतारले डिएन मगरको सभापतित्व नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा आईसीसी हल दोहामा १६ अक्टोवर सुक्रवारका दिन नेपालीहरुको महानचाड तिहारको उपलक्ष्यमा दिपावली सांगीतिक साझ भव्यताका साथ सम्पन्न गरेको छ ।


पाँच चरणमा विभाजन भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक प्रविण राईले पहिलो चरणको कार्यक्रममो संचालन गरेका थिए भने विभिन्न कलाकारहरुको परिचयका साथसाथै उक्त कार्यक्रममा प्रमुख अतिथि साथै अन्य अतिथिहरुवाट दिप प्रज्वलन गर्दै व्यानर अनावरण गरेका थिए भने सो कार्यक्रममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्वका साथै व्यावसायी समाजसेवी विद्धान कलाकार साहित्यकार पत्रकारहरुको ठूलो उपस्थिति रहेको थियो । सो क्रममा नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले स्वदेश तथा विदेशमा रहने नेपालीहरुलाई नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तैगरी सोही कार्यक्रमलाई स्पोन्सर गर्नुभएका भारतिय नागरिक गणेश श्रीनिवासनले नेपालीहरुको मात्र नभएर भारत लगायत अन्य केही देशमा पनि दिपावलीको रौनक रहेको पाईन्छ भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना साथै वधाई ज्ञापन गर्नुभएको थियो भने आउने दिनमा पनि नेपाली भाईहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।यो कर्मभूमिको आगनमा………भन्ने श्वदेश गानबाट पहिलो चरण समाप्त भएको थियो ।
त्यस्तैगरी दाश्रो चरण अन्र्तगत तिहारै आयो लौ झिलिमिली भन्ने गीतको नृत्यले गाउँघरको सम्झना दिलाएको थियो सो चरणमा सन्ध्या ग्रुपको वाह्विसे माथी तातोपानी र मुग्लानी सिर्जना कलाकेन्द्रको गोठमा हेर् यो भैसी छ भन्ने गीतको नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने दोश्रो चरण वविन राईले सचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रमको तेश्रो चरणमा साली भेनाको नातामा ठट्टा गर्दै लाईभ प्रस्तुती लिएर डिएन मगर र कल्पना गुरुङ्गले दर्शकहरुको मन खिच्न सम्म खिचेका थिए । सो चरणमा दुई थोपा आशु नर्झानु माईती सम्झेर चेलीलाई वोलको गीत गाएर ईन्दु लावर र चण्डि तामाङको गीतले साच्चै हरेक माईती र चेलीको मन रुवाएको थियो । विभिन्न लोकलय आधुनिक चलचित्र तथा पप गीतका साथै तिहारको मंगलधुनले कार्यक्रमलाई अझ तिहारमय वनाएको थियो ।
चौथो चरणमा भने कमेडी नृत्यहरुले दर्शकहरुलाई पेट मिचिमिची हसाएका थिए । भने सोही क्षणमा प्रविण राईको नाटकले भने दर्शकलाई भावुक बनाउदै अन्तिम चरण प्रवेश गरेको थियो । अन्तिम चरण अन्र्तगत डिवी ग्यावकको कसरी भनु…… भन्ने ट्रयाक गीत सँगसँगै मीठो स्वर कि धनी भारतिय चेली लिला कुर्देशियाले माथी माथी सैलुङ्गेमा र गोठालो जादा लाएको माया भन्ने वोलको गीत गाएर दर्शक दिर्घालाई मोहित पारेकी थिईन भने उनी नेपाली गीत गाउनमा प्रखर पनि मानिन्छिन् । त्यस्तैगरी तिहारको द्यौसी प्रस्तुत गर्दै संस्थाका अध्यक्ष डिएन मगरले कलाकारहरु मात्र नभएर दर्शकहरुलाई पनि द्यौसी खेलाएका थिए । सोही क्रममा तिहारको रमझम सगसगै दोहोरी गीत पस्कदै वाल बिक्रम थापा ईन्दु लावर चण्डी तामाङ्ग र कल्पना गुरुङले दर्शकलाई भरपुर मनोराजन गराउदै कार्यक्रम समापन भएको थियो । सो कार्यक्रम सन्ध्या ग्रुप मुग्लानी सिर्जना कलाकेन्द्र फ्यामिली ग्रुप गोधुली साँझ सरगम संगीत तथा आरम्भ नाट्य डवलीको सामुहिक प्रस्तुतीमा भएको सो प्रस्तुतीमा लक्की ड्र र सम्पूर्ण स्पोन्सरसीपहरुको व्यानरमा आधारित कर्मसियल विज्ञापन अन्र्तगतको नाटक पनि प्रस्तुत गरिएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika