राजेश्वोर ढकाल, दोहा,कतार
जहाँ र जुन सुकै अवस्थामा रहेपनि नेपाली कला र सस्कृतीलाई भुलेका हुदैनन भन्ने उदाहरण गत शुक्रबार दोहामा कार्यरत एक क्लिनक कम्पनीका दिदीवनिहरुले प्रमाणीत गरे । छुट्टि नमिलेर भनौ वा कामको ब्यस्तताले गर्दा टिकाको दिन भाइटिका लगाउन नपाए पनि उनिहरुले शुक्रवार विदाको दिनमा भाईहरु र आफन्तलाई बोलाएर सगुन दिएर एकआपसमा माया साटासाट गरेर रमाइलो गरे । दिदीभाई र दाजुवहिनी विचको रगतको नातालाई प्रगाढ पारे ।
१ सय २० भन्दा बढि नेपाली दिदीवहिनीहरु रहेको उक्त क्याम्पमा भाईटिकाको दिन आफ्नै भाई हुनेहरुको लागि भने कम्पनीले टिका लगाउनलाई गेटमा नै थोरै समय दिएको कुरा उक्त क्यामकी क्याम्प इन्चार्ज सावित्री गिरीले बताइन । आफ्नै हातबाट उनिहरुले विभिन्न नेपाली परिकारहरु सेलरोटिआलुको अचारपुलौमासुमिठाई र फलफुलहरु बनाएर ल्याएका थिए । आफ्नो दाजुभाई र आफन्तको लागि मन पर्ने चिजहरु आफ्नै इच्छाले बनाएर ल्याएको हुँ उक्त क्याम्पमा काम गर्ने सानु याख्खाले बताईन । यसो त काभ्रेकी इन्दिरा कुईकेल टिकाको दिननै भाइटिका लगाए पनि आफन्त र साथीहरुसंग रमाइला गर्नको लागि आएको कुरा जानकारी दिईन । उक्त दिन कर्नेस एरिमा मा पुरै नेपाली दिदीवहिनीहरु र दाजुभाईहरुको मेला नै लागेको थियो । उनिहरुले एकआपसमा दुःख सुख साटासाट गरे । हप्ता दिनभरीको दुःखलाई भुलेर हाँसो र उमंगका साथ भाईहरुसंग रमाइ रमाई खुवाए र खाए भने अन्य मुलुकका मानिसहरुले रोचक मानी मानी हेरेका थिए । राजेश्वोर ढकालबगुवा-६ गोरखा हाल; दोहा-कतार Mobile- +974-6514651

0 comments:
Post a Comment