क्यालिफोर्निया, २५ अक्टुबर / अमेरिकामा रहेका नेपालीहरुको संस्था मदरल्याण्ड नेपालमा खाद्य-उद्योग क्षेत्रमा संलग्न रहँदै आउनुभएका नारायण बस्नेत उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।
विगत पाँच वर्षदेखि सपरिवार क्यालिफोर्नियामा रहेर आफ्नो व्यवसाय गर्दै आउनुभएका बस्नेत समाजसेवाका लागि उपयुक्त ठाउँको खोजीमा रहनु भएको र मदरल्याण्ड नेपालमा विगत केही महिनादेखि उपाध्यक्ष पद खाली रहेको अवस्था थियो । मदरल्याण्ड नेपालको कार्यसमितिले बस्नेतबाट प्राप्त हुन आएको अनुरोध स्वीकार गरी उहाँलाई उपाध्यक्ष निर्वाचित गरेको हो ।
कार्यसमितिको सोही बैठकले यसअघि उपाध्यक्ष रही सेवा पुर्याउँदै आउनु भएका र कार्यव्यवस्तताको कारण देखाउँदै राजीनामा दिनुभएका anil pradhan लाई उहाँले मदरल्याण्ड नेपालको समृद्धिमा पुर्याउनु भएको योगदानका लागि धन्यवाद दिएको छ ।
मदरल्याण्ड नेपाल विश्वको कुनै पनि क्षेत्रमा रहेका नेपालीलाई भौतिक तथा मानवीय सहयोग पुर्याउँदै आएको मुनाफारहित सामाजिक संस्था हो । विगत २००२ देखि सक्रिय यस संस्थाका तर्फवाट सशस्त्र द्वन्द्वका क्रममा मारिएका पत्रकारका परिवार, बाढीपीडित नेपाली, दुर्घटनामा परेका श्रमजीवीआदिलाई सहयोग पुर्याउँदै आएको छ ।

0 comments:
Post a Comment