अन्र्तराष्ट्रिय बजारीकरण प्रशस्त सम्भावना छन्-श्रेष्ठ
पोखरा, ६ कात्तिक/ साना तथा मझौला व्यवसायी महासंघ कास्कीको अध्यक्षमा राजबहादुर गुरुङ चयन हुनु भएको छ । महासंघ कास्कीको आज पोखरामा सम्पन्न बिस्तारित भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गिरिराज गौतम, जोगेन्द्र बाटाजू, दुर्गाबहादुर आले र मोहन गुरुङ रहनु भएको छ भने बलराम गिरि, ऋषिराम काफ्ले, विनोद कालिदास, माधव केसी, टुकलाल नेपाली, विकास गुरुङ, जगतमोहन गिरि , विनीता बराल र सुदिपराज ढुङ्गना सदस्यमा चयन हुनु भएको छ । करिव २० हजारदेखि १० करोड रुपियाा सम्मको अधिकृत पूाजी राख्ने व्यवसायीहरु महासंघको सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।
चयन भएका पदाधिकारीहरुलाई साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जंगबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
यसअघि केन्द्रीय अध्यक्ष श्रेष्ठले बिस्तारित भेलाको उद्घाटन गर्दै स्वदेशमा उत्पादित वस्तुहरुको अन्र्तराष्ट्रिय बजारीकरणका प्रशस्त सम्भावनाहरु रहेको बताउनु भयो । वहााले राजनीतिक खिचातानीले साना तथा मझौला व्यवसाय फस्टाउन नसकेको गुनासो गर्नु भयो । साथै वहााले महासंघका भावी कार्यक्रमबारे जानकारी दिंदै एमएसआईर् बिजनेश हवको स्कूल सञ्चालन गर्न लागिएको खुलासा गर्नुभयो । व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि महासंघले अन्र्तराष्ट्रिय मापदण्डका आधारमा प्रशिक्षण र गोष्ठी सञ्चालन गर्न लागिएको पनि जानकारी दिनु भयो । वहााका अनुसार नेपालका ६५ जिल्लामा महासंघको शाखा विस्तार गरिएको छ । ती मध्ये ३२ वटा शाखाहरु क्रियाशील रहेको पनि श्रेष्ठको भनाई छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हरिभक्त पराजुली, महासचिव बाबुकाजी महर्जन, केन्द्रीय सदस्य यामनाथ सापकोटा कास्की शाखाका अध्यक्ष राजबहादुर गुरुङ लगायतका वक्ताहरुले महासंघका विविव गतिविधिबारे चर्चा गर्नु भएको थियो ।
महासंघको बैठक
यसैबीच साना तथा मझौला व्यवसायी महासंघ कास्कीको आजै पहिलो बैठक सम्पन्न भएको छ । बैठकले निकट भविष्यमा महासंघका विविध गतिविधिहरु सञ्चालन गर्ने, जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् दर्ता गर्ने, जिल्लाभरि नै सदस्यता नवीकरण तथा नयाा सदस्यता वितरण र संठन बिस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको खाता खोल्ने, कार्यालय सञ्चालन गर्ने पनि निर्णय गरिएको सचिव जोगन्द्र बाटाजूले जानकारी दिनुभएको छ ।

0 comments:
Post a Comment