श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Friday, 31 July 2009

तमू बौद्ध सेवा समिति शाखा कतारद्धारा सहयोग


दोहा, कतार ।
तमू बौद्ध सेवा समिति शाखा कतारले आफ्नो तात्कालिन पुर्वाञ्चल सम्पर्क सदस्य मिलन तमूको असामयीक निधनले वेसहारा बन्न पुगेका आश्रीत परिवारलाई आर्थिक सहयोग गरेको छ । ढिलो गरि प्राप्त समाचार अनुसार तमू बौद्ध सेवा समिति शाखा कतारले आफ्नो तात्कालिन पुर्वाञ्चल सम्पर्क सदस्य मिलन तमूको असामयीक निधनले वेसहारा बन्न पुगेका आश्रीत परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
कतारवासी तमू तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलित रकम सल्लाहकार बिलबहादुर तमू नेपाल जानु हुदा तात्कालिन कोषाध्यक्ष चरण तमूसंगको समन्वयमा गत साल २०६५ असोज १४ गते तदनुसार ३० सेप्टेम्वर २००८ मंगलवारका दिन एक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
समाचारमा जनाईए अनुसार कुल सहयोग रकम एक लाख एक हजार पाँच सय नेपाली रुपैया स्वःमिलन तमूको आमा श्रीमति गंगा माया तमू र श्रीमति कल्पना तमूको अभिभावकत्वमा नावालक छोरा रबिन तमू र छोरी सरिता तमूको नाममा वाषिर्क ६ प्रतिशत व्याज पाउने सर्तमा तमू छोंज धिं इलाका मोरङको संरक्षणमा स्थापित जन जागृति बचत तथा ऋण सहकारी संस्था केरौन १ मोरङमा बाल वचत कोषमा जम्मा गरिएको छ ।
समितिका अध्यक्ष जगन तमूले दिनु भएको जानकारी अनुसार स्वः मिलन तमूका नावालक छोरा छोरीको शिक्षा दिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले नै उक्त रकम संकलन गरिएको थियो ।
--> Read more...

सुकर्म साङ्गितिक समुह अस्ट्रियामा !


"सुकर्म" साङ्गितिक समुहले नेपाली लोक तथा शास्त्रीय संगीतलाई युरोपका बिभिन्न देशहरुमा प्रस्तुत गर्ने क्रममा अस्ट्रियाको इन्स्ब्रुक शहर नजिकै रहेको पीलमा पनि भब्य कार्यक्रम प्रस्तुत गरेको छ।
युरोपमा नेपाली लोक तथा शास्त्रीय संगीत मार्फत बुद्धको जन्मभुमी र सगरमाथाको देश नेपालको बिकास तथा पर्यटन प्रबर्धनमा सन्देश फैलाउदै युरोप भ्रमणमा लाग्नु भएका "सुकर्म" साङ्गितिक समुहले जर्मनी, हल्यान्ड, इटली, बेल्जियम, स्विट्जर्ल्यान्डको यात्रा पछी अस्ट्रियामा प्रवेश गर्नु भएको छ। अस्ट्रियाको इन्स्ब्रुक नजिकै रहेको पीलमा आयोजित कार्यक्रममा पीलका मेयरले स्वागत भाषण गर्नु भएको थियो। स्वागत भाषणमा पीलका मेयरले कार्यक्रममा उपस्थीत २०० भन्दा बढी दर्शकहरुलाई बुद्धको जन्मभुमी र सगरमाथाको देश भनेर चिनिएको नेपालको पर्यटन प्रबर्धनमा साङ्गितिक यात्राले ठुलै योगदान पुग्ने कुरामा आफु निस्चित भएको बताउनु भयो। एन आर एन टिरोलका क्यासिएर रुद्र विश्वकर्माले मेएरलाई खादा लगाएर धन्यवाद दिनु भएको थियो।
एन आर एन टिरोलका अध्यक्ष र कार्यक्रमका आयोजक दीपेन्द्र हिमालय कार्कीले" नेपाल हिल्फे टिरोल" का अध्यक्ष र प्रशिद्ध सगरमाथा आरोही प्रोफेसर वोल्फ्गाङ् नाएर्ज र नेपाल शुभ-चिन्तक हाँन्स गास्टललाई खादा लगाएर स्वागत गर्दै नेपालको पर्यट्न तथा सामाजिक बिकासमा योगदान गरेकोमा धन्यवाद दिनु भएको भएको थियो। उपस्थीत नेपाली दाजु-भाई, दिदी-बैनी हरुले २०० भन्दा बढी दर्शकहरुलाई नेपाली खाना बनाएर खुवाउनु भएको थियो। एन आर एन टिरोलका उपाध्यक्ष प्रभात शेरचनले बुद्धको जन्मभुमी र सगरमाथाको देश नेपालको पर्यटन प्रबर्धनमा कार्यक्रमले ठुलै योगदान पुग्ने कुरामा आफु निस्चित भएको बताउनु भयो।
कार्यक्रमका आयोजक दीपेन्द्र हिमालय कार्कीले प्रशिद्ध साङ्गितिक समुह "सुकर्म" को स्वागत गर्न पाउंदा आफुलाई गर्व लगेको कुरा राख्दै, साङ्गितिक यात्राले नेपाल र नेपालीको संसारमा नै परिचय हुने र पर्यटन प्रबर्धनमा सहयोग हुने विचार व्यक्त गर्नु हुँदै, आगामी दिन हरुमा सफलता को कामना गर्नु भएको थियो।सुकर्मका तर्फबाट डा ध्रुवेश चन्द्र रेग्मीले आयोजक तथा उपस्थित सम्पूर्ण दर्शकहरुलाई नेपाल यात्रा बर्ष २०११ सफल बनाउन नेपालमा हार्दिक स्वागत गर्दै धन्यवाद दिनु भएको थियो। सुकर्मको अर्को कार्यक्रम फ्रान्समा हुने भएको छ।
--> Read more...

किरांत राई यायोख्खा कोरियाको प्रथम प्रस्तुती


रोशन भट्टराई , सउलकोरियाली महान् चाड छुसकको अबसरमा किरांत राई यायोख्खा कोरियाको आयोजनामा अक्टोबर २ तारिखका दिन गर्ने भनिएको सस्कृतिक कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको छ "यलम्बर सौगात" नाम दिईएको उक्त कार्यक्रम कुन्कुक युनिभर्सिटीमा सम्पन्न हुन गैरहेको छ । ईण्डियन सोनी टेलिभिजनकी प्रख्यात गायिका प्रक्रिती गिरी लागायत नेपालका ख्याती प्राप्त कलाकारहरु आधुनिक गायक कुवर राई, चर्चित लोक दोहोरी गायिका सिर्जना(बिरही)थापा(मगर),नव प्रितीभा गायिका सरिता लिम्बु ,चर्चित निर्त्यकार रन्जिता गुरुङ तथा उदघोषक समिर राई आकर्षक प्रस्तुती लिएर कोरिया आउने भएका छन ।उक्त कार्यक्रममा उपस्थित भईकार्यक्रम सफलपारी दिनुहुनका लागि दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण संघस‌स्थाहरुलाई किरांत राई यायोख्खा दक्षिण कोरियाद्वारा हार्दिक निमन्त्रण गर्दछ ।थप जानकारीका लागि निम्न ब्यक्तिलाई संपर्क गनुहोला,जे बि राई ०१०-२८९७-१५४३,अर्जुन राई ०१०-८०७२-८८०५,मुकुन्द राई ०१०-९७५०-१३६५,डेबिट राई ०१०-९९८६-७४७३,गंगाराज राई ०१०-९९६०-३९८९,बागधन राई ०१०-५८२५-०११७,कुश राज राई ०१०-५८८६-२०३०,भुपेन्द्र राई ०१०-४००८-६५६९,चन्द्र राई ०१०-८६९३-९४०२,बिजय राई ०१०-३०३७-१८८५सुमन राई ०१०-२३४९-५८६८,गुप्ती लक्ष्मी राई ०१०-४९५३-९२२०,उदय राई ०१०-५६७५-२०११,बिजय राई ०१०-७७२०-४४३२,ईश्वर राई ०१०-४९५२-९७७२नरेन्द्र पुर्जा लुम्बिनी रेस्टुरेन्ट ०११-७५९-०७१३,मिना लिम्बु पथिभरा मार्ट ०१०-२३१७-९८७८,कर्मन राई इन्टर एसिया मार्ट ०१०-४६१८-९७७१.बम लावती ०१०-५८२०-०१०९,राजु पहारी ०१०-५८२५-८००९,बिज्ञान तमाङ ०१०-३३९४-३५४९,रामकाजी गुरुङ ०१०-८८८८-६८९५,चिना पुन ०१०-८०६२-४०४२अर्जुन राई ०१०-५७४३-१९८६,सिकन्दर शाही ०१०-२८९२-०४९३नेपाल संपर्कसुमन राई ९८५१० ०३१५३,चन्द्रसेन राई ९८४९२ ७१९७४,मोहन राई ९८४७६ २३६२हङ्कङ संपर्कदेब राज राई ६२५५०६७४,अमोद राई ९३४५३३४४

--> Read more...

Wednesday, 29 July 2009

न्यूयोर्कमा वी.पी. जयन्ति मनाइयो :मार्टिन सम्मानित


अमेरिका न्यूयोर्क/ नेपाली कांग्रेसका संस्थापक, जननेता महामानव स्वर्गिय वी.पी. कोइरालाको २७औ पुण्य तिथीका अवसरमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले वी.पी. स्मृती दिवस मनाएका छन् । जुलाई २८ मंगलबार आयोजित उक्त स्मृती दिवस कार्यक्रममा नेपालका लागी संयुक्त राष्ट्रसंघका तर्फाट नियुक्त तत्कालिन विशेष दुत इयान मार्टिनर्लाइ सम्मान समेत गरिएको छ । विघठित नेपाली जनसर्म्पर्क समिती अमेरिकाका पर्ूव अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा संञ्चालित उक्त कार्यक्रममा श्री मार्टिनलाई नेपालमा रहेर मानव अधिकारको सुरक्षा देखी पिस प्रोसेसमा पुर्‍याएको उल्लेखनिय योगदान वापत कार्यक्रमका अध्यक्ष आनन्द विष्टले खादा ओर्ढाई एवं फूलगुच्छा प्रदान गरि सम्मान गर्नुभएको थियो । विघठित नेपाली जनसर्म्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य डा विनोद शाहद्धारा संञ्चालित उक्त कार्यक्रममा स्वागत भाषण पर्ूव महा सचिव वेद प्रसाद खरेलले गर्नुभएको थियो । वी.पीको फेाटोमा माल्यार्पण गरि सुरु गरिएको उक्त कार्यक्रमको आयोजना न्यूयोकर्मा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेका थिए । कार्यक्रममा बोल्दै रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलिले वी पीलाई खाली सम्झेर मात्रै हुदैन भन्दै उहांले देखाएको मार्गमा विचलित नभई लागेमा मात्र उहां प्रति सच्चा श्रद्धाञ्जली ठहरिने छ भन्नु भयो । त्यसैगरि कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल अमेरिका फे्रन्डसिप सोर्साईटिका पर्ूव अध्यक्ष डा. तारा निरौलाले भन्नुभयो आज अमेरिकामा वी पीलाई सम्भिmनु अत्यन्त राम्रो भयो भन्दै वीपी एउटा नेता मात्र नभएर राज नेता समेत हुनुहुन्थ्यो , आज उहांद्धारा प्रतिपादित सिद्धान्तलाई कतै नेपाली कांग्रेस स्ंवयम्ले भूलेको त हैन भन्नुभयो ।
अमेरिकाका लागि नेपाली कांग्रेसकी केन्द्रिय प्रतिनिधी मृदुला कोइरालाले वीपी एउटा दुरदर्शी नेता हुनुहुन्थ्यो भन्दै आज हामीले वीपी स्मृती दिवसका अवसरमा कार्यक्रम आयोजना गरेर उहांलाई सम्भिmने मात्र होइन उहांले अंगालेको मेल मिलापको नितीलाई अंगालेर आपसी मेल मिलाप समेत गर्नुपर्छ भन्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी एवं सम्मानित व्यतित्व इयान मार्टिनले आज अमेरिकामा यसरी वीपी स्मृती दिवसमा आफू सहभागी हुन पाउनु र सम्मान समेत गरिनुले आफू गौरवान्वित भएको बताउनु भयो । आफू नेपालको पिस प्रोसेसमा खटिदाखेरी आफूले नेपालमा माओवादीलाई शान्तिपर्ूण्ा वार्तामा आउन पहल गरेको राजनितीक पार्टर्ीी बिच भएको बाह्र बुदे सहमतिलाई कार्यन्वयन गराउन प्रयास गरेको माओवादी छापामारहरुलाई क्यान्टमेनमा राखी हतियारलाई सुरक्षित रुपमा भण्डारन गराउनुका साथै संविधान सभाको निवार्चनलाई शान्ति पर्ूण्ा रुपमा सम्पन्न गराउन सक्दो सहयोग गरेको उल्लेख गर्दै अव नेपालको शान्तिका लागी नेपाली राजनितीक दलहरु र त्यसमा पनि गिरीजा प्रसाद कोइराला र प्रचण्डको विशेष भुमिका हुने बताउनुभयो ।नेपालमा अहिले पनि शान्ति र्छाईसकेको छैन भन्दै आन्सिक रुपमा स्थापति शान्ति कतै भङ्ग त हुने हैन भन्दै डरले आफूलाई सताईरहेको छ भन्दै सम्पर्ूण्ा राजनितीक दलहरुले सुझबुजका साथ सहमतिको बातावरण बनाई अगाडी बढ्नुपर्ने सुझाव समेत दिनुभयो ।
कार्यक्रमको अन्तिममा सभापतिको आसनबाट बोल्दै आनन्द विष्टले वीपी कोइरालाले अंगाल्नुभएको मेलमिलापको निती आज पनि उत्तिकै शान्दर्भिक छ भन्दै हरेक वर्षझै यस पटक पनि अमेरिकामा वीपी स्मृती दिवस मनाउने र इयान मार्टिनलाई सम्मानित गर्न पाउनु खुसिको कुरा हो भन्दै आजका दिन देखी सबै नेपाली काग्रेसका कार्यकर्ताहरुलाई हिजोका दिनका तितामिठा कुराहरु भूलेर एक जुट भइ अगाडी बढ्न आव्हान समेत गर्नुभयो । कार्यक्रममा कानुनविद् विनोद रोक्का एवं साहित्यकार गिता क्षेत्रीले कविता वाचन गरेर सुनाउनुभएको थियो ।
--> Read more...

अदालतले अन्याय गरेको छ, नेपाली जनताले चाहेमा नेपालीमा सपथ लिन तयार छु- उपराष्ट्रपति झा

उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतले नेपाली भाषामा सपथ लिनुपर्ने फैसला गरेर आफूमाथि अन्याय गरेको आरोप लगाएका छन्।साथै उनले नेपाली जनताले चाहेमा भने आफू नेपालीमा सपथ लिन तयार रहेको बताएका छन् ।उपराष्ट्रपतिको कार्यलय बहादुर भवनमा बुधबार पत्रकार सम्मेलन गरी उनले फैसला पुर्वाग्रही भएकाले पुनः सपथ नखाने बताएका हुन्। सर्वोच्चको फैसलालाई चुनौती दिँदै झाले भने- "करकापमा फेरि सपथ खान्न।"यसअघि उनले हिन्दीमा लिएको सपथलाई सर्वोच्च अदालतले बदर गरेको थियो। "नेपाली जनताले भने हजार पटक पनि नेपालीमा सपथ लिन तयार छु"- झाले पत्रकार सम्मेलनमा भने। उनले नेपाली जनता भनेर राजनीतिक दलप्रति इङ्गित गरेका हुन्। दलहरुबीच सहमति भएर नेपालीमा सपथ ग्रहण गर्नुपर्ने निर्णय भए आफू त्यसको लागि तयार भएको जनाउ झाले दिएका हुन्। प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार संसदमा संवोधन गर्दा पनि उप राष्ट्रपतिको सपथ ग्रहण सम्बन्धि विवाद राजनीतिक दलहरुबीचको सहमतिबाटै टुङ्गाउने बताएका थिए। "सम्माननीय उप-राष्ट्रपतिको सपथ सम्बन्धी विषयमा सहमतिबाट एउटा उपयुक्त निकास खोज्नु पर्दछ भन्ने मेरो धारणा छ," प्रधानमन्त्री नेपालले भनेका थिए।बुधबार पत्रकार सम्मलेन गर्नुअगाडि झाले मंगलबार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित विभिन्न राजनीति दलका नेताहरुसँग छलफल गरेका थिए।मधेशीबादी दल र अन्य दलमा हिन्दीमा सपथ ग्रहण सम्बन्धि विवाद देखिएको छ। झाले प्रतिनिधित्व गर्ने मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले उनलाई नेपालीमा सपथ लिनुको सट्टा राजिनामा दिन सुझाव दिएका छन्। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि अदालतको निर्णयको विरोध गर्दै झाको समर्थन गरेका छन्। सत्तारुढ दलहरुबीच उप राष्ट्रपति झाको सपथ ग्रहणका सम्बन्धमा आइतबार यता २ पटक बैठक बसे पनि दलहरुबीच मत बाझिएको छ। त्यस्तो बैठकमा सहभागी कांग्रेस नेता रामशरण महतका अनुसार फेरि सपथग्रहण गर्न लगाउने, न्यायिक पुनरावलोकन गरी त्यसलाई सच्याउने वा राजीनामा गराउने तीन विकल्पमा छलफल भए पनि कुनै निर्णय हुन सकेको छैन।
--> Read more...

रेणुको साडीमा उपेन्द्रको नाम


मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव समूह) मा यतिखेर 'साडीकाण्ड' मच्चिएको छ। साडीकाण्डले अध्यक्ष यादव र उनकी श्रीमती पार्वती यादवबीच सम्बन्धमा चिसोपनामात्र आएको छैन । श्रीमती यादव भीमसेनगोलाको आफ्नो डेरा छाडेर माइती (सिरहा) गएको बुझिएको छ। यता, 'साडीकाण्ड' की मुख्य पात्र भने संगठन विस्तारको नाममा देश दौडाहामा छिन्। गच्छदार समूहलाई भने सो काण्ड दमदार मसला बनेको छ। स्रोतका अनुसार सप्तरीमा घटेको 'साडीकाण्ड' पछि श्रीमती यादव श्रीमान्सँग सबन्ध विच्छेद गर्ने मनस्थितिमा पुगेको चर्चा जनअधिकार फोरमभित्र छ। त्यसका लागि उनले केही आफन्त तथा हितैषीसँग पनि छलफल गरेको स्रोतले दाबी गरेको छ। तर अध्यक्ष यादव यसो गर्न दिन कुनै हालतमा तयार छैनन् भन्दै सं्रोतले भन्यो, 'त्यसैले उनी दिल्ली भ्रमण छोट्याएर विराटनगर आएका छन्।' सामान्य पढलेखमात्र गरेकी श्रीमती यादवका एक छोरा दीपेन्द्र यतिबेला दिल्लीमा स्नातक गर्दैछन्। असारको अन्तिम साता सप्तरीको कार्यकर्ता भेलामा 'साडीकाण्ड' घटेपछि पार्टीभित्र त्यसको व्यापक चर्चा परिचर्चा हुन थालेको हो। गत असार २३ गते गृहजिल्ला पुगेकी रेण यादवलाई कार्यकर्ताले 'अध्यक्ष र तपाईबीचको सम्बन्ध के हो? भनी सोधखोज गरेका थिए। यादवले जवाफ दिन आनाकानी गरेपछि उनको साडी तान्न कार्यकर्ता रेणुतर्फ झम्टँदै पुगेका थिए। 'कार्यकर्ताले मुख छाड्न थालेपछि रेणु कार्यक्रम नै छाडेर भागिन्,' एक कार्यकर्तालेतरुणलाई भने। सम्भावित घटनाको पूर्वसूचना पाएका अध्यक्ष यादव भने विराटनगरसम्म पुगेर पनि कार्यक्रममा उपस्थित भएनन्। जिल्ला उपाध्यक्ष शैलेन्द्र साह भन्छन्– दिल्ली जानुपर्ने काम भयो, त्यसकारण उहाँ आउनु भएन। सो भेला रेणु यादवले नै राख्न निर्देशन दिएको बताउँदै उपाध्यक्ष साहले– 'भित्र त्यस्तो भएन, तर बाहिर के भएको हो, त्यो मलाई थाहा छैन, सुनेको चाहिँ हुँ,' भन्दै घुमाउरो भाषामा घटनालाई स्वीकारेका छन्। सोही घटनाका कारण असार २७–२८ मा हुने भनिएको कार्यकर्ता भेला पनि सम्पन्न हुन सकेन। यता, संस्थापन पक्षले भने पूर्वमन्त्री तथा रेणु यादवको साडी तान्ने प्रयास गच्छदार समूहको डिजाइनअनुसार भएको विश्लेषण गरेको छ। स्रोतका अनुसार घटनाको आन्तरिक छानबिन भइराखेको बुझिएको छ। यसैगरी, प्रचण्डको मन्त्रिपरिषद्मा रहँदा पनि मन्त्री यादवद्वयले देखाएको नौटंकीले गर्दा दाङ जिल्ला प्रमुख वंशीधर गुप्ता गच्छदार समूहमा प्रवेश गर्ने तयारीमा छन्। गच्छदार समूहसँग उनले छलफल पनि गरेका छन्। अध्यक्ष यादव र रेणु यादवले देखाएको नाटकले कार्यकर्तामाझ जान आफूलाई लाज लागेको बताउँदै उनले भनेका थिए– 'अध्यक्षको पक्षमा अब कसरी बोल्ने?' राजधानी आएका गुप्तालाई भेट्न गच्छदार समूहका नेता रामजनम चौधरी शनिबार उनी बसेको अमर गेस्ट हाउस, सुन्धारा पुगेका थिए। उनले यादवद्वयले दाङमा गरेको नाटक चौधरीलाई सुनाउँदै भने– नेता आए भनेर हामीले नगरपालिका र जिविसको भवनमा छुट्टाछुट्टै बस्ने व्यवस्था गर्यौं, तर यादवजी (उपेन्द्र) मानुभएन।' उनले अगाडि भने– 'पानी र ट्वाइलेट राम्रो हुँदाहुँदै पनि अध्यक्षजीले यहाँ केही सुविधा रहनेछ, म बस्दिनँ,' भन्दै रेणुजी बसेको भवनमा बस्छु भन्नुभयो, हामी त अचम्म पर्यौंध।' उनका अनुसार अध्यक्ष यादव र नेतृ यादव आमुन्ने सामुन्ने ढोका भएको कोठामा बसेका थिए। सुरक्षाकर्मीहरूलाई बाहिर राखियो, उनले अगाडि सुनाए– 'डीएसपीसमेत छक्क पर्योी, म लाजले हिँडे।' त्यसपछि चौधरीले सोधे– 'किन आमुन्ने सामुन्ने कोठामा?' गुप्ताले भनिहाले– 'केही भयो भने राति कुदाकुद गर्न।' यसबाट पनि सप्तरीमा घटेको साडीकाण्डको चर्चा परिचर्चालाई बल पुगेको छ। -- प्रकाश तिमल्सिना/तरुण
--> Read more...

मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गतको तुम्याहाङ् परिषद् सुनसरी गठन


विजयपुर, लिम्बुवान/

२०६६ असार २५ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को कुमार लिङ्देन ‘मिराक्’को प्रमुख आतिथ्यमा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को संघीय लिम्बुवान तुम्याहाङ् परिषद् सुनसरी जिल्ला समिति गठन भयो । नवगठित तुम्याहाङ् परिषद्मा १. संयोजक : श्री पूर्णबहादुर स्रेङ् चोङ्बाङ २. सदस्य सचिवः लैनबहादुर लावती ३. सदस्यः इन्द्रबहादुर फोम्बो ४. सदस्यः प्रेमकुमार इधिङ्गो ५. सदस्यः कुमार थेम्सङ् लिम्बू ६. सदस्यः हेमचन्द्र लिम्बू ७. सदस्यः तेजबहादुर ताम्मादेन ८. सदस्यः जितलाल लक्सम लिम्बू ९. सदस्यः इन्द्रबहादुर फोम्बो १०. सदस्यः टेकबहादुर पङ्गेन्हाङ् ११. सदस्यः भिमबहादुर पतङ्वा १२. सदस्यः विष्णुभक्त तुम्याहाङ् १३. सदस्यः धनबहादुर लिम्बू १४. सदस्यः छत्रबहादुर पंधाक १५. सदस्यः जितकुमार मेन्याङ्बो लिम्बू १६. सदस्यः गोपाल लिम्बू थेगिम १७. सदस्यः लालबहादुर लिम्बू १८. सदस्यः सिंहराज नेम्बाङ १९. सदस्यः रहनसिङ थलङ २०. सदस्यः राजेन्द्रकुमार मेन्याङ्बो २१. सदस्यः त्रिलोकसिङ् चोङ्बाङ र सल्लाहरकारमा शेरमान हुक्पा चोङ्बाङ रहनुभएको छ । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् जिल्ला कार्य समिति सुनसरी अध्यक्ष डम्बर खजुमकाअनुसार यसै नवगठित तुम्याहाङ परिषद्ले सुनसरीका सबै पक्ष, वर्ग, जाति र समुदायलाईसमेत समावेश गरी यथासीघ्र जिल्ला भेला गरी औपचारि रुपमा सुनसरी जिल्ला तुम्याहाङ् परिषद् गठन गर्ने निर्णय गरिएको छ । साथै, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले लिम्बुवान राज्य प्राप्ति र लिम्बुवानवासीको मुक्तिका लागि प्रत्येक महिनाको प्रत्येक महिनाको १०, २० र ३० गते लिम्बुवानव्यापी चलिरहेको मसाल जुलुस अभियानलाई सशक्त रुपमा अघि बढाउने समेत निर्णय गरिएको छ ।
--> Read more...

अश्लिल फिल्मको अखडा बन्दैछ नेपाल




सगरमाथा जस्तो उच्च शिखर र प्राकृतिक सौर्न्दयताको भरिपूर्ण भएको हाम्रो देश नेपाल यतिखेर ब्लू फिल्म अर्थात अश्लिल चलचित्र निर्माण हुने अखडाको रुपमा विकसित हुदैँछ । सस्तो मोबाइल फोन, क्यामेरा र कम्प्यूटरको माध्यमबाट नेपाली समाजमा निर्मित घरेलु अश्लिल फिल्महरु संसारभर फैलिदै छ । सन् ८० को दशक भारत र बैककमा तस्करी हुने तिनै अश्लिल फिल्महरु अहिले हाम्रा घरछेऊ, छरछिमेकमा बन्न थालेका छन्केही दशकअघिसम्म पश्चिमा देशहरुमा निर्माण भएका अङ्ग्रेजी अश्लिल फिल्महरु समेत पाइन मुश्किल पर्ने नेपाली समाजमा आफ्नै अनुहार गरेका नेपाली अश्लिल फिल्महरु छ्यापछ्याप्ती पाइन थालेको छ । नेपाली समाजमा उच्च प्रतिष्ठा र समाजको लोकाचारको मुकुण्डो ओड्नेहरु क्रमशः उदाङ्गो हुदैँछन् । घर बाहिर-बाहिर ठूलो लोकाचारको गफ दिन तर भित्र-भित्र नाङ्गा अश्लिल फिल्महरु हेर्दै रमाउने माध्यम वर्गिय नेपाली पुरुष मात्र होइन चूल्हाचौकामा सीमित मानिएका नेपाली महिलाहरु समेत विश्वब्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन् ।वि.सं. २०४६ सालमा खानेपानी संस्थान सुनसरीका तत्कालीन सुपरभाइजर राम ठकुरी, संस्थानकै पम्प सेक्सनका जीवछ पासवान, मिटर रिडर सूवर्ण भूजेल, चतराका प्रताप थापा र क्यामेरामेन नरेन्द्र श्रेष्ठले सीता परियार र शान्ति घिसिङ्गलाई पाँच-पाँच सय दिई नायिका बनाई सुनसरीको धरानमा खिचिएको अश्लिल फिल्मलाई नेपालकै पहिलो अश्लिल फिल्म मान्ने गरिन्छ । हाल यस्तै प्रकृतिका नेपाली अश्लिल फिल्महरु प्रत्यक्ष तथा प्रत्यक्ष रुपमा धमाधम निर्माण गरिदैछन् ।सुरुमा प्रेमको मनोवृत्ति देखाएर बिश्वास दिलाउने र अन्त्यमा यौनकर्म गरी गोप्य रुपमा अश्लिल फिल्महरु बनाउने खालका जमातहरु बढ्दै छन् यतिखेर । गोप्य रुपमा खिचिएका त्यस्ता अश्लिल चलचित्रहरु प्राबिधिक रुपमा कमसल हुन्छन् भने ब्यवसायका लागि खिचिएका त्यस्ता फिल्महरु प्राबिधिक हिसाबले गुणस्तरीय हुने गरेका छन् । क्याम्पस परिसर, छात्राबास , होटल तथा रेष्टुँराहरुमा यौनकर्म गरी मोबाइल तथा भिडियो क्यामेराबाट खिचिएका नेपाली अश्लिल फिल्महरु अहिले बग्रेंल्ती पाइन थालेका छन् ।माग बढ्दै
नेपाली समाज भारतीय र मुस्लिम समाजजस्तै बन्द समाज र संस्कृतिमा आधारित छ । नेपालमा बन्द समाज र संस्कृति भएकै कारण सबैको चासोको विषय बनेको छ । जसले गर्दा नेपाली अश्लिल फिल्महरुको माग बढ्दै गएको छ । सांस्कृतिक रुपले धेरै समान रहेको हाम्रो छिमेकी देश भारतले विश्व सुन्दरी प्रतियोगितामा देखाउँदै आएको नेतृत्वदायी उपस्थिति र संख्यात्मक रुपमाले हलिवुडलाई पछाडि पार्दै गइरहेका बलिवुडका फिल्मले भारतको सांस्कृतिक प्रभाव विश्वभर फैलिदै गएको छ त्यसैले पूर्वीय बन्द संस्कृति, अन्तरमुखी र लज्जालु युवतिहरुका कारण यौन बजारमा नेपाली अश्लिल फिल्महरुको माग बढेको अनुमान गर्न सकिन्छ ।
नेपालमा यौन पर्यटन विकसित हुँदैनेपालको प्राकृतिक सुन्दरता र अनुपम दृश्यहरु हेर्नका लागि विश्वका कुना-कुनाबाट विदेशीहरु नेपाल भ्रमण गर्न आउने गरेका छन् । एक तथ्यांकअनुसार नेपाल भ्रमण गर्न आउने त्यी विदेशी पर्यटकहरु मध्ये २० प्रतिशत पर्यटकहरु अश्लिल फिल्म निर्माण गर्न र नेपाली युवतिहरुसँग यौन आनन्द लिन आउने गरेको दाबी छ । उनिहरु सोझै नेपालका यौनकर्मी महिलाहरुसँग सम्झौता गरी अश्लिल फिल्म निर्माण गर्ने गर्दछन् । करिब २०/३० हजार नेपाली रुपैयाँमा अश्लिल फिल्म धमाधम निर्माण गरी नेपालमा सार्वजनिक नगर्ने सर्तमा इन्टरनेटबाट खुलेआम बेचबिखन गर्ने गरिन्छ । यसरी विदेशी पर्यटकहरु नेपाल आएर अश्लिल फिल्म निर्माण गर्दै महँगो मूल्यमा बेच्ने र मोटो रकम हात पार्ने गरेका छन् ।कमजोर कानूनी संयन्त्र
यसरी नेपाली अश्लिल फिल्महरु निर्माण गरिनुमा कमजोर कानूनी संयन्त्र पनि एक हो । प्रत्यक्ष यौनकर्म गरिरहेका बेला रङ्गेहात समातिएका यौनजोडीहरुलाई पनि प्रहरीले कडा कार्वाही गर्न सकेको छैन । समातिएकाहरु पनि धरौटीमा रिहा हुने गरेका छन् । पछिल्लो समयमा गायक तथा हाँस्यकलाकार प्रकाश ओझाले इटहरीकै ज्योति खड्का उर्फ जेसिका खड्कालाई 'ब्ल्याक मेलिङ्ग' गरि अश्लिल चलचित्र निर्माण गरेको आरोपमा केही वर्षजेल राखी धरौटीमा छाडिएको थियो । यसरी प्रहरी प्रशासनले घटनाको खोजीनीति नै नगरि धरौटीका भरमा अपराधीहरुलाई छाड्ने प्रवृत्तिले गर्दा यस्ता कार्य गर्नेहरु उत्साहित भएका हुन् ।रहलमा, पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दिनदिनै यस्तो यौन स्वच्छन्दता बढ्दै गएको छ । यो भन्दा भयावह स्थिति सिर्जना हुन नदिन सम्बन्धित निकायका साथसाथै हामीहरुले पनि त्यस्ता कार्यहरुलाई निरुत्साहित पार्नुपर्छ । समाजमा सरिफपनको मुकुण्डो ओढ्ने र भित्रभित्रै त्यस्ता गलत कार्य गर्नेहरुको पर्दाफास गर्नु हाम्रो दायित्व हुनजान्छ ।
--> Read more...

Tuesday, 28 July 2009

‘मिसेज तीज पोखरा व्युटिसियन्स प्रतियोगिता’ नजिकिदैं


धन बस्नेत


पोखरा, १३ साउन/नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गएको छ । तीजलाई भव्य रुपमा मनाउन पोखरामा सौर्न्दर्यकर्मी महिलाहरु जुटेका छन् । राष्ट्रिय सौन्दयकर्मी युनियन नेपालले तीजको अवसरमा विवाहित महिलाहरुको ‘मिसेज तीज पोखरा व्युटिसियन्स २०६६’ गर्ने तयारी गरेको छ । युनियनले पोखराका रहेको पार्लरहरु बीचमा स्वच्छ प्रतिस्पर्धा गराउन सौन्दयकर्मी विवाहित महिलाहरुको सौर्न्दर्य प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगितासँगै सबै प्रतियोगिलाई दर समेत खुवाउने कार्यक्रम रहेको युनियनले बताएको छ । आफुलाई उत्कृष्ट सौर्न्दर्यकर्मी महिला बनाउन टे्निङमा जुटेका छन् । उनीहरुलाई रविन्द्र बज्रचार्यले विभिन्न तालिमहरु दिदैं आउनुभएको छ । महिलाहरुलाई विशेष गरी स्टेजमा क्याट वाक, कन्फिडेन्स विल्डअप लगायतका टे्रनिङ दिइएको बज्रचार्यले बताए । २४ गते शनिबार पोखराको सभागृहमा हुने सौर्न्दर्यकर्मी प्रतियोगितामा पोखराका १२ वटा पार्लरका २२ जना महिलाहरुको सहभागिता रहेको छ । ‘विवाहित महिला सौर्न्दर्यकर्मी बाहेक अन्यले प्रतिस्पर्धा गर्न पाउने छैनन् ।’ प्रतियोगिताका संयोजक सुमन गुरुङले भने । झण्डै एकमहिनाको टे्रनिङपछि सौर्न्दर्यकर्मी महिलाहरु स्टेजमा आफनो प्रतिभा प्रष्फुटन गराउने छन् । पोखरामा दुइसय भन्दा बढी पार्लर छन् । मिसेज तीज प्रतियोगिताका उत्कृष्ट तीनजनालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । अघिल्लो महिना मात्रै हङकङ व्युटि पार्लरले सौर्न्दर्यकर्मीहरु बीच ट्यालेन्ट कन्टेष्ट गरेको थियो ।
--> Read more...

उपराष्ट्रपति झाविरुद्ध फेरि अर्को रिट


उपराष्ट्रपति परमानन्द झाविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलनासम्बन्धी अर्को रिट दायर भएको छ । उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको शपथ सर्वोच्चले असंवैधानिक भनिसकेको अवस्थामा पनि नेपाली भाषामा शपथ नलिएरै उपराष्ट्रपतिको काम गरिरहेको भन्दै रिट दायर गरिएको हो ।
काठमाडौँ महानगरपालिका-१५ मा बस्ने पत्रकारद्वय नवराज न्यौपाने र कृष्णप्रसाद बास्तोलाले रिट दायर गरेका हुन् । नेपाली भाषामा शपथ नलिँदासम्म झाले उपराष्ट्रपतिको हैसियतमा गरेका सबै काम असंवैधानिक हुने तर्क रिटमा गरिएको छ ।
मन्त्रिपरिषद र व्यवस्थापिका संसदलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उपराष्ट्रपति झाले नेपाली भाषामा शपथ नलिने भए उनलाई पदमुक्त गर्न माग गरिएको छ । असंवैधानिक तरिकाले कामकारबाही गर्नेलाई अधिकारपृक्षाको आदेश दिन रिटमा माग गरिएको छ ।
उपराष्ट्रपति झालाई सर्वोच्च अदालतले गत ९ गते नेपाली भाषामा शपथ खानुपर्ने आदेशसहितको फैसला गरेको थियो ।
--> Read more...

स्वस्थानी कथाको सन्देश के हो ? को थिए बुढासुब्बा ?


बुढासुब्बा को थिए ?पूर्वको शहर धरानको विजयपुर आएपछि तपाईंले बुढासुब्बाबारेमा अनेक लोकआहनहरु सुन्न पाउनु हुनेछ । एउटा समाधीलाई देखाएर तपाइका अगुवाले भन्नेछ - 'हेर्नोस् त्यहाँ बुढासुब्बा समाधिस्थ छन् । यतापट्टी उत्तरतिर हेर्नुहोस् उनका भान्जा र बहिनी पनि समाधिस्थ छन् ।' तपाइलाई एउटा उत्सुकता जाग्ने छ - नाम सुन्दा मान्छेको जस्तो लाग्ने तर देउता जस्तो गरी पुजिने अनि हिन्दु तरिकाले पुजिने, तर हिन्दु परम्परामा कतै नदेखिने समाधिस्थल पुजिने । अरु मन्दिरमा त बाहुन पूजारी हुन्छन् याहाँ भने मगर ।’- यी बुढासुब्बा को थिए ?तपाईंले जवाफ पाउनु हुनेछ -यीनी एउटा सिद्धबाबा थिए जो विजयपुरमा शिकार खेली िहंड्थे । यसो पनि भनिन्छ कि उनी याहाँ पाण्डवहरुको यज्ञ हुँदा वेदीरक्षकको रुपमा थिए ।याहाँका व्यक्तिहरुले तपाईंलाई एकदमै राम्रोसंग पोलिएको साह्रो र चिल्लो मटुंग्रा देखाउनेछन् र भन्नेछन् - 'ल हेर्नोस् अझै बुढासुब्बाका मटुंग्रा तपाईं पाउनुहुन्छ । अझ एक थरी हैन दुई थरीका मटुंग्रा पाउनुहुन्छ । अर्को थरी जो केही सानो देखिन्छ त्यो भान्जाले चलाउने गरेका मटुंग्रा हुन् ।'तपाईंको अगुवाले थप्नेछ - 'यी मटुंग्रा बारी खन्दा अझै पाइन्छन् र यसलाई यहाँका जनताले पेट सम्बन्धी रोगहरुको लागि औषधीको रुपमा सेवन गर्दछन् । यसमा बुढासुब्बाको सत् छ ।'बुढासुब्बाको मन्दिर छेवैको बाँसझ्याङलाई औंलाउँदै तपाईंलाई उसले भन्नेछ - 'ल हेर्नोस् त्यो झ्याङका बाँसका टुप्पा छैनन् । यी सव उहिले नै बुढासुब्बाले धुनुषबाणले नै काटेका थिए । त्यसताका यहाँ धेरै काग आउँथे रे र यीनै टुप्पामा बस्थे अरे । उनले कागलाई बस्न नदिन टुप्पा काटेका अरे । भन्छन् आजसम्म कागहरु विजयपुरमा आउँदैनन् । तर भन्दाभन्दै विजयपुरमा काग देखिने ककताली पर्न सक्छ । यसमा बुढाहरु जिद्दी गर्छन् कि यहाँ काग आएपनि कराउन भने कराउदैन ।'तपाइले टुप्पा नभएका यी बाँसकाबारेमा अरु कुराहरु पनि सुन्न पाउनु हुने छ जस्तै -१. बुढासुब्बाले आफ्ना शिष्यहरुलाई धुनुषबाण चलाउन सिकाउँदा यीनै टुप्पाहरुलाई निशाना वनाउन लगाउथे र काटिए ।२. बुढासुब्बा एक दिन यसै ठाउँमा बाँसबाट बनेका धनुषबाण राखेर अलप भएका थिए र त्यही धनुष पल्हाएर यी बाँस उमि्रए ।३. उहिले नै पाण्डवहरुले यज्ञ गर्न जुन िलंगहरु गाडेका थिए उनै बाँसहरु पल्हाएर यी बाँस भए । इत्यादि ।तपाईंको अगुवाले थप्नेछ - 'यस्तो बाँस कहीं उम्रदैन । यसलाई सीर्फ वर्षमा एकपल्ट चण्डिपूर्णेका अघिल्लो दिन मात्र काटिन्छ । तर कहीं सारिदैन । यसरी काटेको बाँस अन्त लान िदंइदैन र अरु काममा पनि चलाइन्न ।'तर तपाईं आफैलाई अचम्म लाग्ने छ कि साँच्चै नै ती बाँसहरुका टुप्पा छैनन् । एउटा कुरा पाउनुहुनेछ कि ती बाँसका तामामा टुप्पा हुन्छन् तर छिप्पेर गएपछि टुप्पाहरु सुकेर जान्छन् ।तपाइँले राम्ररी यी सव कुराहरुका अवलोकन गर्नै पाउनुभएको हुन्न कि तपाईंका अगुवाले अरु उक्तिहरु थप्नेछ- 'यी बुढासुब्बाले यस डाँडाबाट औलो र श्यालहरु भगाए । त्यसैले आजसम्म यहाँ औलो लाग्दैन र श्याल पनि कराउँदैन ।'यहाँका बाँसका टुप्पाहरु किन सुकेर जान्छन् वैज्ञानिक कारणहरु के छ खोज्न बाँकी नै छ । तर काग र श्याल किन यता देखिन्दैन भन्ने सम्बन्धमा भने लक्ष्मीप्रसाद आचार्य आफ्नो पुस्तक देशको ढुंगा देशको माटोमा भन्नुहुन्छ - यो छुट्टै राज्य रहेको अवस्थामा यहाँ तोप बन्दुकहरु पड्काइन्थ्यो र यीनैका शब्दबाट त्रसित भएर काग र श्यालहरु आउँदैनथे । त्यसै वेलाका उपज हुन् यी कथाहरु ।प्रशंग यही हो कि यसरी लोकजीब्रोमा एउटा अलौकिक मानिएका यी पुरुष यस विजयपुर क्षेत्रमा धुमधामले पुजित छन् । दिनहुँ यहाँ बली चढाइन्छ र बैशाखपूर्णिमामा त मेलै लाग्छ । यहाँ बली भएका जन्तुहरुको कलेजो पढेर पूजारीहरुले पूजा ल्याउने घरका ग्रहदशा भनिदिने गर्दछन् । त्यस्तै हाँस र कुखुराका फुलहरु फोरेर भविष्यसमेत बताई दिन्छन् ।यसरी धुमधामसंग पुजिने यी सिद्धबाबाको थिए भन्ने कुरा अहिलेसम्म विवादकै कुरा छ । कहीं कतै प्रमाणिक तथ्य मिलेको छैन । कसैले यीनलाई युगौं परानो बताउँछन् भने कसैले केही शतव्दी यतैका भनी बताउँछन् ।केही किम्वदन्तिहरुले यस समाधीलाई यलम्वहाङको समाधी हुन् भनी भन्दछन् । यलम्वहाङलाई एकलब्यको रुपमा लिने किमवदन्तिहरु पनि पाइन्छन् । लक्ष्मी आचार्यले यीनै एकलब्यको समाधीका रुपमा बुढासुब्बाका समाधीलाई लिनुभएको छ । उहाँका अनुसार द्वापरयुगमा एकलब्य द्वारकामा लडाई गर्दा कृष्ण र बलरामद्वारा परास्त भई ज्यान जोगाउन द्वारकाको समुद्रमा हामफालेर बेपत्ता भएका थिए र बुढेसकालमा मर्न भनी उनी आफ्नै जन्मभूमी हिमालयतर्फ आएका थिए । रुद्राक्षारण्य जस्तो परमपुण्य तपोभूमी आइपुगेपछि उनले यहाँ नै शेष जीवन बिताए र समाधिस्थ भएका थिए । आचार्यज्यू यो पनि थप्नुहुन्छ कि रुद्राक्षारण्य महात्म्यमा केरलका एउटा पतित बाहुन रुद्राक्षारण्यमा आई मरे र उनको लाश मुनी एकदाना रुद्राक्ष परेको हुँदा उनले रुद्रलोक प्राप्त गरे र उनको समाधिस्थल याहाँ नै भएको प्रशंग आउँदछ । यो उल्लेख भन्दा पर गएर कुनै यस्ता समाधी तथा यी सिद्धपुरुषका जीवनीसंग मिल्नेखालका प्रशंग पुराण तथा ग्रन्थहरुमा कहीं कतै उल्लेख भएको पाइंदैन । यत्तिसम्म कि विजयपुरमै प्राप्त अति प्रचलित भताभुंगेको कथामा पनि यी उल्लेख आउँदैनन् । यसबाट स्पष्ट छ कि बूढासुब्बा भन्ने व्यक्ति महाभारत तथा भताभुंगेका कालका थिएनन् । धेरै पछिका कुनै सिद्धबाबा हुनसक्छन् । रुद्रक्षारण्यमा उल्लेखित एकलव्यका कथा र पतित बाहुनको समाधिको प्रशंग यससंग कदाचित मिल्दैन ।यस क्षेत्रको अध्ययन गर्ने योगेन्द्र तिमििल्सना र गोपाल राज जोशी ले भनेका छन् कि यिनी शाहबंशका कुनै राजाबाट सुब्बा दर्जा पाएका एउटा बीर योद्धा थिए । यस कुरालाई उहाँहरुले कुनै ऐतिहासिक प्रमाण ठोस रुपमा पेश गर्नुभएको छैन र आफ्नो आधार किम्वदन्ति हो भन्नु भएको छ । वस्तुतः यस प्रशंगको किम्वदन्ति पनि पाइएको छैन । वस्तुतः शाहबंश पछिका यस भेगमा इतिहास एकदमै स्पष्ट छ । इतिहासले कुनै यस्ता असाधारण पुरुषको संकेत िदंदैन ।यो सिद्धपुरुष सेनकालीन व्यक्ति थिए भने कुन व्यक्ति थिए त भन्ने एउटा प्रश्न उठ्छ । इतिहास यसबारेमा पनि मौन छ । इतिहासकार एफ। हेमिल्टनले यिनीलाई सेनबंशका अन्तिम राजाका अन्त्तिम मन्त्री बुद्धिकर्ण रायसंग तादात्म्य गराएका छन् ।एफ। हेमिल्टनको यो तादात्म्यलाई हालै खेवालिम्बु परिवारद्वारा प्रकाशित पुस्तक 'मानव उत्पति र खेवावंश' मा वंशावली संकलक तथा लेखक लोकेन्द्र बहादुर तिगेलाले४ पूर्णतः असहमत जनाई केही आकर्षक प्रमाणहरु सहित बुढासुब्बा बुद्धिकर्ण राय नभई धनकुटा जिल्लाको हातिखर्क गाउँका तिगेला खेवाबंशका पूर्वज मुक्तिहाङका ९ औं िपंढीका पुरुष इल्लीहाङका जेठी श्रीमतिबाट वि.सं. १८२२ मा जन्मिएका ७ भाई मध्येका ज्येष्ठ पुत्र भर्तवीर हुन् भनेका छन् । साथै उनी बच्चैकालदेखि धनुर्धर थिए र एकपल्ट ५ फुट लामो बाँसबाट दुइवटा धनु बनाई एउटा घरमा राखेर अर्को आफूसंग लिएर डुिक्संग र ब_िक्संग नामका मगरहरु साथमा विजयपुरसम्म शिकार खेल्न आएका थिए तर त्याहाँ उनका निसाना चुकेछ र अव मेरो समयको अन्त्य भइसकेछ भनी धनु भूईंमा राखी समाधिस्थ भए भन्ने उल्लेख त्यसमा परेकाछन् । अन्तमा भर्तवीर नै बुढासुब्बा हुन् भनी किटान गर्न केही प्रमाणहरु पनि दिइएका छन् । जसमा भर्तवीरका छैटौं पींढीका सन्तान र सहयोगी मगरहरुका सन्तान अद्यापि हात्तिखर्कमा रहिआएका दुई धनुमध्ये घरमा छोडी आएको धनु अझै यथावत भएको मन्दिरमा मगर पूजा रही आएको आदि प्रमूख छन् ।यस पुस्तकमा बुद्धीकर्ण रायको नाम अतिनै सम्मानपूर्वक लिइएको छ । त्यसैमा दिइएका ऐतिहासिक तथ्यहरु जो बढो होशियारीपूर्वक प्रस्तुत गरिएका छन् मा समेत बुढासुब्बाको प्रख्यातिसंग दाँजोमा पुग्न सक्ने व्यक्ति बुद्धिकर्ण मात्र देखिन्छ । त्यसमा दिइएका दुवैको समय बुद्धिकर्णको मृत्यु वि।सं। १८३१ र भर्तवीरको जन्म वि.सं. १८१२ पनि समकालीन नै देखिन्छन् । त्यति हुँदा हुँदै पनि बुद्धीकर्णलाई बुढासुब्बा नमानी भर्तवीर जसको व्यक्तित्व त्यो उचाइमा देखिन्दैन लाई बुढासुब्बा भनेर मान्नु एउटा विचारनीय कुरा छ । साधरण हिसावमा हेर्ने हो भने यदि बुढासुब्बा एउटा इतिहासपुरुषै थिए भने बुद्धीकर्ण नै त्यो व्यक्ति थिए कि भन्ने प्रक्कल्पना चािहं अवश्यै बलियो प्रतित हुन्छ ।'सुब्बा’ भन्ने शव्द हाल लिम्बूहरुले आफ्ना जाती जताउन प्रयोग गर्ने गरेका भएतापनि त्यसवखत यो शव्द सेनराजाहरुद्वारा आफ्ना अधिकारीहरुलाई दिइने पदको नाम थियो । यस्ता शव्दहरुमा राय सुभा चौतरिया दिवान आदि पर्दछन् । 'राय’ शव्द पछि अपभ्रंश भई 'राइ’ र भए भने 'सुभा’ चािहं 'सुब्बा’ भए । त्यस पुस्तककै अनुसार भर्तवीर सरकारी ओहदाका व्यक्ति नभई एउटा सिद्धपुरुष थिए । तर बुद्धीकर्ण भने चौतरिया अर्थात प्रधानमन्त्री नै थिए ।एउटा काल्पनिक व्यक्ति अलौकिक पुरुष बन्न पुग्नु कुनै अस्वाभाविक हुन्न किनभने त्यसको आधार नै अन्धविश्वास रहेको हुन्छ । तर याहाँ त प्रशंग इतिहासपुरुषको छ जो युगौं पुरानो समयको नभई सीर्फ २०० बर्ष पहिलेका व्यक्ति थिए । यदि मन्त्री बुढा बुद्धिकर्ण राय नै ती अलौकिक पुरुषको रुपमा पुिजंदै आएका बुढासुब्बा हुन् भने यसका कारणहरु के होलान् त प्रशंग केही चाखलाग्दो नै होला ।बुद्धिकर्ण राय बिचीत्र रायका छोरा र कामदत्तसेनका मन्त्री थिए । कामदत्तसेनको बुद्धिकर्णसंग राम्रो सम्बन्ध थिएन । यो झगडा पुख्र्यौली थियो । बुद्धिकर्णका बाबु बिचीत्र रायले त राजालाई भोटतर्फ नै भगाएका थिए र पछि उनी फर्केर आएपछि यो राज्य दुई टुक्रामा विभाजित भएको थियो । विभाजित देशमा कामदत्तसेन मोरङ विजयपुर का राजा भए । यस घटना पछि बिचीत्र रायको मृत्यु भयो र उनका छोरा बुद्धिकर्ण मन्त्री भए । बृद्धिकर्ण बाबुभन्दा कमका थिएनन् । राजालाइ देशै छाडेर इस्टइण्डिया कम्पनीका शरणमा सहायतार्थ जानपर्ने वाध्य पारिदिए । तर कम्पनी सरकारबाट राजालाई कुनै सहायता मिलेन र आफैले केही सैन्य लिई विजयपुरमा हमला गरे । उनी राजा नै थिए । अतः धेरै घमासान युद्ध हुनैपरेन । उनलाई फेरि देशका राजा स्वीकार गरियो । तर कामदत्तसेनले आफ्नो इवी साध्न बुद्धिकर्ण रायका भाई बुद्धकर्णलाई छलकपट गरी मारिदिए । बुद्धिकर्णलाई यो सह्य थिएन र उनले केही दिन गुप्तबास बसी आफ्नो मान्छेका सहायताले छलकपट गरी राजालाई नै मारिदिए । त्यसपछि बुद्धिकर्णले कामदत्तसेनकै काका रघुनाथसेनलाई राजा वनाए । उनी पनि बुद्धिकर्णसंग अति नै डराउँथे र उनलाई सँधैको लागि खतम गर्न अंग्रेजहरुको सहायता मागे । पछि यसको भेद खुलेपछि राजाले आफै भाग्न पर् यो । बुद्धिकर्णले अव पृथ्वीनारायण शाहद्वारा लखेटिएका चौदण्डीका राजा कर्णसेनलाई नाम मात्रका राजा वनाए र आफू 'राजभार समर्थू भन्ने उपाधी ग्रहण गरी इ।सं। १७७० मा विजयपुरका हर्ताकर्ता भए । त्यसै समयमा अभिमान िसंहको नेतृत्वमा गोर्खालीहरुले विजयपुर माथि एक्कासी आक्रमण गरे । राजा कर्णसेनलाई यसको छनक भएपनि मध्येवर्षा भएको र कोशीमा भेल पनि आइरहेको हुँदा त्यस्तो आक्रमण होला भन्ने सोच बुद्धिकर्णलाई हुँदै भएन । प्रतिरक्षाको लागि वन्दोवस्त हुन नपाएकोले उनलाई भागेर भारत पस्न पर्यो । राजा त पहिलेनै आफ्ना सन्तानलाई आक्रमणबाट बचाउन भारत पसिनै सकेका थिए ।आफ्नो हातबाट राज्य गएता पनि बुद्धिकर्णले इष्टइण्डिया कम्पनीका सहायताबाट राज्य फर्काउने चेष्टा गरे । उनी आफ्ना जनताबाट पनि सहायता पाउने आशाले वेलावेलामा विजयपुरमा लुकिछिपी आउथे राज्य पल्टाउन सांगठनिक कार्यहरु गर्दथे । गोर्खालीहरुले यो कुरा थाहा पाए र उनलाई मार्ने चाल चले । संगठन कार्यमा सघाउ पुर् याउन र उनलाई भूमीगत आश्रय दिन स्थानीय जनता सँधै तत्पर थिए । सेनबंशका पूजारी जाती मगरहरु पनि उत्तिकै श्रदाकासाथ उनका पछि थिए ।यसै सन्दर्भमा भन्न सकिन्छ कि विदेशीहरुका हातबाट आफ्नो भूमी फिर्ता गर्नको लागि यस्तो खतरापूर्ण काममा बहादुरीका साथ खटेका देखी स्थानीय जनता उनीसंग अति नै प्रभावित थिए । यो व्यक्ति निश्चयनै सवै किरातजातिको लागि एउटा आदर्श पुरुष थिए र समग्रमा उनी स्थानीय जनताका पृय नेता थिए । आज एक ठाउँमा देखिने र भोलिपल्ट कैयौं कोसपर अर्को ठाउँमा देखिने व्यक्ति माथि निश्चय नै अलौकिक शक्तिहरुको कल्पना श्रद्धाले पनि जोडदै गएको हुनुपर्छ । जीवितै अवस्थाका यस्तो आदर्शपुरुषलाई कालान्तरको जनजीब्रोले कतिसम्म रंगाएर महान पुरुष बनायो होला कल्पन सजिलो नै छ ।बुढा बुध्दिकर्णले राज्य पल्टाउन भित्रभित्रै संगठन गर्दै िहंडेका कुरा गोर्खालीहरुले थाहा पाए । उनीहरुले ग्रामप्रमुखहरुका घरमा ढुकेर एक दिन पक्रे । उनी जेलमै मरे । खेवा लिम्बू परिवारका उपरोक्त पुस्तकमा लेखक लोकेन्द्र बहादुर तिगेलाले त उनलाई भरुवा बन्दुकले घटनास्थलमै मारेको भनी बर्णन गरेको छ । जेहोस् बुढा बुध्दिकर्णको अन्त्यको बारेमा इतिहासले यस्तै भनेको छ ।बुध्दिकर्ण नै बुढासुब्बा हुन् भन्ने कुरा इतिहास साक्षी छ भन्न मैले खोजेको होइन । तर कथंकदाचित उनी नै बुढासुव्वा हुन् भने यो पनि हुन सक्छ कि उनका लासलाई विजयपुरकै डाँडामा गाडेर अन्त्यष्टी गराइयो र त्यही ठाउँमा उनका भक्त मगरहरुले समाधीस्थल बनाइ पूज्न लागेका हुन् । यो मेरो अड्कलकै कुरा हो ।विजयपुरको सम्पूर्ण इतिहासमा बुद्धिकर्ण राय सवैभन्दा शक्तिशाली बुद्धिमानी र योग्य किरात प्रतिनिधि थिए । उनी सम्पूर्ण लिम्बूवानको राष्ट्रयताको प्रतिक थिए । उनी बुढा भएपनि कहिल्यै नथाक्ने नहार्ने अथक योद्धा थिए । किराँतहरुका आदर्शपुरुष थिए । प्यारो सुब्बा थिए । बुढासुब्बा । यसै हिसावमा पनि कुनै किरातजातीको ऐतिहासिक व्यक्ति नै बुढासुब्बा थिए भने त्यो व्यक्ति बुढा मन्त्रि बुद्धीकर्ण नै थिए भन्ने मेरो ठोकुवा छ ।
--> Read more...

बेलायतमा भब्यरुपमा सिसेक्पा तङनाम कार्यक्रम सम्पन्न



किराँत याक्थुङबाहरुका बिशिष्ट चाड सिसेक्पा तङनाम २००९, (५०६९) का उपलक्ष्यमा किराँत याक्थुङ चुम्लुङ युकेद्वारा गत जुलाई २५ तारिक २००९ शनिवारकादिन आसफोर्डको ग्रेट चार्ट रोडको खेल मैदानमा आयोजित कार्यक्रम अत्यन्तै भव्यरुपमा सम्पन्न भयो ।लिम्बु क्यालेण्डर अनुसार ‘सिसेक’ महिनामा पर्ने यो चाड बिशेषगरी कहिकतैबाट जिन्सी,नगद तथा अन्य समान आदान प्रदान गर्दा टाँसिएर आउने प्रेतात्मा,अनिकाल आदीत्यादी नराम्रा तत्वहरुलाई घर बाहिर लखेट्ने र राम्रा कुराहरु तथा सहकाललाई निम्त्याउदै भित्र्याउने दिनका रुपमा सदियौदेखि लिम्बु समुदायमा प्रचलित रहेको छ ।
यसै परम्परालाई निरन्तर्‌ता दिदै किराँत याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित यस कार्यक्रममा बेलायतभरी छरिएर रहेका करीब तीन हजारको हाराहारीमा याकथुङबाहरुका उत्साहजनक उपस्थिती रहेको थियो । केलाङ( च्याब्रुङ) को लोकप्रीय ताल अनि त्यसैतालमा ताल http://s916.photobucket.com/albums/ad4/aitarajtumrok/?action=view&current=6a8db005.pbwमिलाएर “छुइया पकन्दी” भन्दै नाचिएको चाल अनि मौलिक भेष-भूषा, साम्याङ फुङ , शिरबन्दी र कण्ठमा सु-सज्जित सयौंका सङख्यामा युवा युवतीहरुका उपस्थितिको रौनक्ताले आसफोर्सलाईनै लिम्बुमय तुल्याएको थियो ।
कुनै शुभकार्यको थालनीमा केलाङ नाच्दै शुरु गरिने लिम्बु परम्परालाई निरन्तर्ता दिदै शुरुमा केलाङसगै राखिएको छोटो औपचारिक कार्यक्रम किराँत याक्थुङ चुम्लुङका अध्यक्ष श्री बम बहादुर लिम्बुज्युको अध्यक्षता, बेलायकालागी नेपाली कार्यवाहक राजदूत श्री झबिन्द्र अर्यालज्युको प्रमुख आतित्थ्य र बेलायतमा बिभिन्न सामाजिक संघ संस्थाहरुका उपस्थिती रहेको थियो । सभामा उपस्थित सबैलाई किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष कमला लिम्बुज्युले स्वागत गर्नुभएको थियो भने सञ्चालन चुम्लुङ महासचिब बिजय बिक्रम लिङदेनज्युले गर्नु भएको थियो ।
कार्यक्रम सफल्ताको शुभकामना ब्यक्त गर्ने क्रममा शुभकामना मन्तब्य दिदै चुम्लुङ युकेका सल्लाहकार तथा किराँत याक्थुङ चुम्लुङ नेपाल केन्द्रिय कमिटि नेपालका भुपु उपाध्यक्ष नर कुमारी लिम्बुज्युले सिसेक्पा तङनामका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । त्यस्तैगरी मन्तब्यका क्रममा तमुधी युकेका सुबास सिं गुङज्युले आगामी कार्यक्रमहरुमा सबै नेपालीहरु एक भई अगाडि बढ्न सके हामी सबै सफल हुने बिचार राख्दै आगामी अगष्ट ८ तारिकका दिन तमुधि युकेले आयोजना गर्न लागेको नेपाली मेलामा सबैजना सहभगी हुन निमन्त्रणा दिदै आजको कार्यक्रम सफल्ताको शुभकामना दिनु भयो । कार्यक्रममा
चुम्लुङ युकेलाई बिभिन्न रुपमा सहयोग तुल्याउने व्याक्तित्व, परीक्षामा उत्कृषट अंक प्राप्तगरी उतिर्ण हुने बिध्यार्थी लगायत लिम्बु तथा नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्याउने ब्याक्तित्वहरुलाई सम्मान तथा प्रशंसापत्र बितरण गरिनका साथै भुपु बाणिज्य राज्य मन्त्री श्री बिजय प्रकाश थेबे र श्रीमती डा बिना थेबेज्युले चुम्लुङ युकेलाई एक हजार पाउण्डको सहयोग स्वरुप चेक हस्तान्तरण पनि गर्नु भएको थियो । कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष श्री पुर्ण कुमार लिम्बुज्युको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रम सफल तुल्याउन सहयोगी सबैलाई धन्यबाद दिदै यसरीनै चुम्लुङलाई सहयोग प्राप्त भइ रहेमा चुम्लुङ युकेले भबिश्यमा धेरै काम गर्न सक्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष तथ सभाका सभपति श्री बम बहादुर लिम्बुज्युले सभा बिसर्जन गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा लिम्बु भाषाका गीत , कबिता र नृत्य प्रस्तुत गरिइएको यस कार्यक्रम निकै रोमाञ्चकारी थियो नै झनै कार्यक्रमको अन्ततिर स्वस्फुर्तरुपमा गोलबन्द भई नाचिएको केलाङ र धान नाचले अनि साथसाथै गुञ्जिएको पालामले बर्षीसम्म प्रतीक्षा गरी प्राप्त भएको कुनै रमाइलो दिन जस्तै भएको थियो ।
--> Read more...

अनेसास मलेसियाको मोती र देवकोटा जयन्ती मनाउने

देवेन्द्र सुर्केली,क्वालालम्पूर मलेसिया- अनेसास मलेसियाले मोतीजयन्ती र देवकोटा शतवार्षिकी भव्यताका साथ मनाउने निर्णय गरेको छ । मोतीराम भट्टको १४३ औं जन्मजयन्तीको अवसरमा गजल प्रतियोगिता गर्नुका साथै देवकोटाको शतवार्षिकीमा निवन्ध प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितात्मक गजलको लागि संयोजक टंक चन्दलाई तोकिएको छ भने सदस्यहरु देवेन्द्र सुर्केली र प्रेम श्रेष्ठ दीन रहेका छन् । गजल अगष्ट ३१ भित्रमा आइसक्नुपर्ने पनि जानकारी गराएको छ ।त्यसैगरी अनेसासले देवकोटा शतवार्षिकीमा निबन्ध प्रतियोगिता र स्मारिका प्रकाशित गरिने भएको छ । निबन्ध प्रतियोगितालाई सम्पन्न गर्न रुबेन पुनको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ । समितिमा टंक चन्द र देवेन्द्र सुर्केली रहेका छन भन् स्मारिका प्रकाशनको संयोजक डा। हेमनाथ घिमिरेलाई तोकिएको छ । निबन्ध मलेसियामा प्रकाशित हुने पत्रपत्रिकामा प्रकाशित र अप्रकाशितलाई प्रतियोगीको रुपमा लिइने छ भने स्मारिकामा देवकोटासम्बन्धी लेखरचना पठाउन हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आव्हान पनि गरिएको छ । मोती जयन्ति सेप्टेम्बर १४ दिन र देवकाटा शतवार्षिकी अक्टोबर १८ मा हुनेछ ।
--> Read more...

मुन्चेनवासी नेपालीहरुको वीचमा नेपाली क्रान्तिकारी कलाकारहरु


नेपाली जनप्रगतिशील माच वेल्जियमको निमन्त्रणामा र मगरात राष्ट्रिय मुक्ति मोर्चा वेल्जियमको प्रथम अधिवेशनमा भाग लिन नेपालवाट वेल्जियम आइपुगेको मगर सांस्कृतिक परिवारका कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्दै युरोप दौडाहाको क्रममा आज संयूक्त नेपाली मोर्चा युरोप र इन्सोफ जर्मनीको आयोजना र हिमालयन परिवार मुन्चेनको सहयोगमा जर्मनीको मुन्चेन शहरमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो। सैयौं नेपाली तथा जर्मन नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोप र इन्सोफ जर्मनीको तर्फवाट विनोद कार्कीहिमालयन परिवार मुन्चेनको तर्फवाट सन्चमान जवेगु र महिलाको तर्फवाट उमा गुरुङ्घ र नानु गुरुङ्घले कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकारसामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाखि्रनलाई पुश्प गुच्छा दिएर र खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो नेपाली राज्यसत्ताको उत्पिडन र विविध कारणले यहांहरु विदेशमा भौंतारिन परेको छ र यसको अन्त्य नयां नेपालको निर्माणवाट मात्र सम्भव छ र हामी त्यो अभियानमा छौं।यो अभियानमा तपाइंहरुको समर्थन सहयोग जरुरी छ र त्यहि समर्थन जुटाउने अभियानमा हामी तपाइंहरु माझ आइपुगेका छौं । संयुक्त नेपाली मोर्चा युरोपका महासचिव विनोद तिवारीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इाचार्ज टेकम वाठामगरले साचालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील माच वेल्यिमका अध्यक्ष विष्णु भुजेलमगर राष्ट्रिय मुक्ति मोर्चा युरोपका इनचार्ज विरमान घर्तिमगरथारु समाज युरोपका संयोजक सोम नारायण थनेतमगर राष्ट्रिय मुक्ति मोर्चा वेल्जियमका महासचिव नेत्र मगर लगायत विभिन्न संस्थाका नेतृत्वहरुको उपस्थित रहेको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो। व्ारिष्ठ जनकलाकार खुशिराम पाखि्रनले विशेष अतिथिको तर्फवाट सांगितिक कोशेलीको प्रस्तुतिको अवसरमा मन्तव्य िदंदै भन्नु भयो हामी नेपालीले गणतन्त्र प्राप्त गरिसके पनि राष्ट्रिय स्वतन्त्रता प्राप्त गरि नसकेकोले त्यस प्रति सचेत हुनुपर्दछ भन्दै त्यसै भावमा आधारित आमाको छाति वैरिले लुछ्दा के हेर्छौ वसेर भन्ने गितले उपस्थित दर्शकलाई अत्यन्तै भावुक वनाएको थियो । वहांले आफुले यसरी गाना नगाएको धेरै भएकोले आफ्नो प्रस्तुति प्रभावकारी नहुन सक्ने वताएता पनि आफ्नो कलाको जोडदार प्रस्तुति गर्नु भएको थियो र दर्शकहरुले वरिष्ठ कलाकारलाई उहि रुपमा पाउंदा अत्यन्तै हर्ष व्यक्त गरेका थिए । म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगरसरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो छम्म छम्म मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने राष्ट्रिय भावको नृत्यले उपस्थित सवै दर्शकलाई आफन्त संग भेटाएको भाव झल्काएका थिए। म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुर ग्यामी मगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो र आवस्यक परेमा प्रवासी नेपाली पनि आन्दोलनमा सहभागी हुन नेपालनै आउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा अतिथिको रुपमा उपस्थित माओवादी नेतृ तथा सभासद् ओन्सरी घर्तिमगरले उपस्थित सवैलाई सम्वोधन गर्दै भन्नुभयो हाम्रो नेपाली समाज पितृसतात्तमक सत्तावाट उत्पिडित भएकोले हामी महिलाहरु ल्ाामो समय देखि शोषित पिडित छौं र हामीले अव वुझन पर्दछकि नत हामी पुरषका सेवक हौं नत हामी वच्चा जन्माउने मेशिन मात्र हौंहामीत राज्य सत्ता हांक्ने शक्ति हौं र हामीले हाम्रो हक हित र अधिकारको लागि संगठित भएर लड्नु पर्दछ र यसमा प्रवासी नेपाली महिलाहरु पनि संगठित हुन जरुरी छ। सांस्कृतिक परिवारका आकर्षक प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर सरला पुन मगर त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले प्रस्तुत गरेको नाचतिर्थ राज रोका मगरको कलम भन्दा वन्दुक प्यारो भन्ने गितनिषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तराई पहाड कति राम्रो हिमाल हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए । वरिष्ठ जनकलार खुशिराम पाखि्रनले नेपालको वस्तुगत अवस्थाको चित्रण गर्दै वहांले २०३८ सालमा गाएको गित अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कालो वनको विचैमा खेतलाको गाउं हाम्रो देशको व्यवस्था हेर्न त्यहां जाउं भन्ने गित गाउंदा हल पुरै स्तव्ध भएको थियो ।लेक वेसी डांडाकांडा हरियाली छाउंदैछ दुखीयाको घरमा खुशियाली छाउंदैछ भन्ने लोक लयको गितमा प्रस्तुत नृत्यले फेरी सवै दर्शकलाई छम छम नचाएको थियो ।सांझ सात वजेवाट शुरु भएको कार्यक्रम ११ वजे सम्म निरन्तर चलेको थियो र मुन्चेनवासी नेपालीहरुलाई यस कार्यक्रमले गहिरो छाप छोड्न सफल भएको छ।कार्यक्रममा उपस्थित जनसमुदायलाई नमस्ते नेपाल रेष्टुरेन्टले मुन्चेनले सुलभ मुल्यमा खानाको व्यवस्था गरेको थियो। त्यस्तै गरेर नेपाली प्रगतिशील शान्ति समाज अष्ट्रियाको आयोजनामा मिति २६ तारिख आइतवारका दिन उक्त परिवारले भव्य जनसांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।माओवादी नेता तथा सभासद् सन्तोष वुढामगरले उद्धघाटन गर्नुभएको उक्त कार्यक्रममा माओवादी नेतृ तथा सभासद् ओन्सीरी घर्तिमगरको उपस्थिति रहेको थियो भने वरिष्ठ जनकलाकार तथा सभासद् खुशिराम पाखि्रनले गित गाउनु भएको थियो। उक्त कार्यक्रममा फिलिपिन्सटर्किअष्ट्रिया लगायतका नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा कुर्दिस समुदायका नेताले कार्यक्रमको प्रशंसा गर्दै नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्नुभएको थियो।
--> Read more...

लुम्बिनी मन्च हङकङको तेस्रो अधिवेशन सम्पन्न


गज बहादुर गुरुङ ,हङकङ
लुम्बिनी मन्च हङकङको तेस्रो अधिवेशन सम्पन्न हङकङ:२६ जुलाई २००९ आइतवारका दिन लुम्बिनी मन्च हङकङको तेस्रो अधिवेशन जोर्डन स्थित याक एन्ड यती रेष्टुरेन्टमा सम्पन्न भएको छ । लुम्बिनी मन्च हङकङका अध्यक्ष एम बि थापामगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिती श्याम गुरुङ्ले गर्नु भएको थियो भने विशेष अथितीमा हेम राज थापामगर र अन्य अथीतीहरुमा निर्वतमान अध्यक्ष धर्म सिंह गुरुङ,नेपाली माहा सँघका हेम लिम्बु र एन आर एन हङकङका त्रिलोक गुरुङ रहनु भएको थियो ।
--> Read more...

Monday, 27 July 2009

कोरियामा रोजगारीका लागि जाने घटे


, साउन १२ - धेरै नेपाली युवाको चाहना दक्षिण कोरियाको रोजगारीमा छ। गत वर्ष भने कोरियामा रोजगारीमा जानेहरु घटेका छन्। आव २०६५/६६ मा कामदार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा ७ हजार २८ कामदार गएका छन्। अघिल्लो वर्ष इपिएस अन्तरगत झण्डै १२ हजार यूवाहरु कोरिया गएका थिए।
कोरियाले नेपाललाई दुई वर्षअघिदेखि इपिएसमा सूचिकृत गरेको हो। यो प्रणालीमा सूचिकृत गरेपछि नेपाली युवा कामदारको माग कोरियामा निकै बढेको छ।
आर्थिक मन्दीले कोरियाको निर्यातमूलक उद्योगहरु प्रभावित भएकोले नेपाली कामदारको माग घटेको हो। नेपालीहरु कोरियामा उद्योगहरुमा काम गर्नको लागि जाने गर्छन्। आर्थिक मन्दीले कोरियाका निर्यातमूलक उद्योगहरु सन् २००८ र २००९ मा निकै प्रभावित हुने भएका छन्।'नेपालीहरुको जून क्षेत्रमा त्यहाँ माग छ त्यो क्षेत्र आर्थिक मन्दीको प्रभावमा परेकोले इपिएस अन्तर्गत जानेहरु घटेका हुन्,' नेपाल स्थित इपिएसका एक अधिकारीले भने। इपिएस अन्तर्गत नेपाली कामदार जानुअघि कोरियाले प्रशिक्षार्थी कामदार लिने गरेको थियो।
प्रशिक्षार्थी कामदारहरु आर्थिक वर्ष २०६०/६१ मा सबैभन्दा धेरै एकहजार ६ सय ८९ जना गएका थिए। आव २०५०/५१ देखि गत आवसम्म कोरियामा २६ हजार ८ सय यूवाहरु कोरिया गैसकेका छन्।
महिला ८ हजार ७ सयवैदेशिक रोजगार विभागका अनुसार गत आवमा दुई लाख २० हजार नेपाली युवाहरु रोजगारीको लागि विदेश गएका छन्। यसमध्ये महिला ८ हजार ७ सय १२ छन्। गत आवमा संस्थागत रुपमा म्यानपावर कम्पनीहरुबाट तीनहजार ६५ जना महिलाहरु रोजगारीको निम्ति विदेश गएका छन्। यो मध्य सबैभन्दा धेरै एकहजार दुई सय इजरायल गएका छन्। त्यसपछि लेबनानमा एकहजार ६९ गएका छन्।
इजरायल र लेबनान नेपाली महिला कामदारको सबैभन्दा धेरै माग भएको देश हो। यी मूलूकमा वृद्धबृद्धा र बालबालिकाको हेरचाह गर्न नेपाली कामदारको धेरै माग छ। केही महिना यता यहाँबाट पठाउने म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएकाले इजरायलले नेपालबाट कामदार लिन बन्द गरेको छ।
अमेरिकामा साढे तीन सयराम्रो दक्षता र शीप छ भने नेपाली कामदारको माग विकसित देशहरु अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया, रसिया, सिंगापुरमा पनि त्यत्तिकै छ।
वैदेशिक रोजगार विभागका अनूसार गएको वर्ष तीनसय ४४ नेपाली रोजगारीको लागि अमेरिका गएका छन्। यसमध्ये पुरुष दुई सय ८५ र महिला ५९ थिए। जापानमा सबैभन्दा धेरै एकहजार आठसय २७ व्यक्तिहरु रोजगारीको लागि व्यक्तिगत प्रयासबाट जापान गएका छन्। यसमा महिला एकसय २० छन्। त्यस्तै बेलायतमा एकसय ६१ जना रोजगारीको लागि गएका छन् भने अष्ट्रेलियमा २९ जना गएका छन्। रसियामा २८ जना गएका छन् भने सिंगापुर ८४ जना गएका छन्।व्यक्तिगत प्रयासबाट इजरायल र लेवनानमा रोजगारीको लागि जाने महिलाको संख्या पनि निकै बढी छ। गत आवमा लेबनानमा २ हजार एकसय र इजरायलमा ८ सय ६१ महिला गएका थिए।
विभागले राखेको विवरण अनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ। आव २०६४/६५ मा साढे दुई लाख युवाहरु नेपालबाट रोजगारीको लागि विदेशिएकोमा २०६५/६६ मा दुई लाख २० हजारमा झरेको छ।विश्व आर्थिक मन्दीको असरले नेपाली कामदारको माग ठुला रोजगारी बजारमा घटेको छ। मलेसिया, कतार, यूएई जस्ता उदीयमान अर्थतन्त्र भएका देशहरुको निर्माण उद्योग धराशायी भएकोले त्यहाँ नेपालीको रोजगारी यो वर्ष घटेको हो।
--> Read more...

कोइराला र प्रचण्डबीच नयाँ सहमति


२७ जुलाई, २००९


काठमाडौं- नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ राजनीतिक समझदारीका साथ अगाडि बढ्ने नयाँ सहमति भएको छ ।
कोइराला निवास, महाराजगञ्जमा आज सोमबार भएको दुई नेताबीचको भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण, दलहरुबीच देखिएको दूरी, भारतबाट खरीद गर्न लागिएको हतियार लगायतका बिषयमा छलफल भएको थियो ।

आज एक्कासी कोइराला निवास, महाराजगञ्ज पुगेका प्रचण्ड र कोइरालाबीच सबै राजनीतिक समस्याको समाधान उच्चस्तरीय राजनीतक संयन्त्रमार्फ गर्ने सहमति भएको कोइराला निकट स्रोतले जनाएको छ । भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्ने प्रचण्डलाई आग्रह गर्नुभएको थियो । सोबारे अध्यक्ष प्रचण्ड सकारात्मक देखिनुभएको स्रो तले जनाएको छ ।

दलहरुबीच दूरी बढेकाले समस्याले विकराल रुप लिएकोमा दुवै दलका शीर्ष नेताहरु एकमत देखिएका छन् । उनीहरुबीच नयाँ सहमति र समझदारीका साथ अगाडि बढ्ने सहमति भएको छ । केही दिन अगाडि सभापति कोइरालाले माओवादी लडाकूहरुलाई सेनामा समायोजन नभई समाजमा पुनर्स्थापन गर्नुपर्ने भनी दिनुभएको अभिव्यक्तिप्रति माओवादी अध्यक्ष प्रचण्डले आपत्ति जनाउनुभएको स्रोतले जनाएको छ ।

यस्तै सरकारले भारतबाट हतियार खरीद गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले सभापति कोइरालाको ध्यानाकर्षा गराउनु भएको थियो । सोको जवाफमा सभापति कोइरालाले भारतबाट हतियार खरिद गर्न लागेको भन्ने कुरा हल्ला मात्र भएको बताउनुभएको कोइराला निकट स्रोतले जनाएको छ ।

भेटवार्तापछि अध्यक्ष प्रचण्डले छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुसमक्ष भन्नुभयो- नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने लगायतका महत्वपूर्ण सवालहरुमा उच्चस्तरीय समझदारी कायम गरेर अगाडि बढ्ने सहमति भएको छ ।
--> Read more...

नयाँ क्रान्तिको पर्खाइमा महिला अधिकार



निर्मला क्षेत्री, इजरायल


इजरायल एउटा मानव अधिकार भएको देश जुन एशिया महाद्विपमा भित्र पर्छ तापनि युरोपियन युनियनको अनुसरण गर्दै युरोपियन नियमहरूको पालना गरिरहेको छ । युरोपियन युनियनमा समावेश हुन चाहेको तर भैसकेको चाहि छैन होला । इजरायलमा मानव अधिकारको साथसाथै महिला अधिकारलाई पनि विषेश मान्यता दिइएको छ । महिलाहरूलाई आफ्नो अधिकारको लागि बोल्न, आफ्नो स्वइच्छाले निर्णय लिन पाउने र सन्तानको बारेमा कुनै पनि निर्णय गर्ने पहिलो अधिकार आमाले पाएको देखिन्छ । पुरूष र महिलामा कुनै भिन्नता नभएको कानुनले भन्छ । कानुन र सरकारको नियमहरू जे जस्ता भए पनि यहाँ सबैको आ–आफ्नै भनाई र विचारहरू त छदैछन् तापनि विषेशतः महिलाहरूको इच्छा विरूद्ध कुनै पनि शोषण भएको पाइएमा कानुनले कडा भण्दा कडा निर्णय लिने हुदा यौन शोषण जस्ता दुर्व्यवहारहरू हाम्रो देशको तुलनामा धेरै नै कम भएको पाइन्छ र कानुन विरूद्घ गएर काम गर्ने आँट गर्न पनि सक्दैनन् यहाँका नागरिकहरू । तै पनि कहिले काही वादविवाद त यी सबै कुराहरूमा पनि उठ्छ र अधिकारका नाममा भएका विकृतिहरू त हामी सँसारभरी नै प्रत्यक्ष देख्न वा सुन्न सक्छौ ।
त्यस्तै हामी नेपाली, देश झण्डै गृहयुद्धको ज्वालामा होमिए पछि रोजगारको सिलसिलामा देश छाडी विदेशिनु परेको तितो यथार्थको अनुभव लाखौं हामी परदेशियका नेपाली आफैसँग छ । त्यस्तै परदेशीको पिडा बोकाईमा हामी नेपाली महिलाहरू पनि छौ । आफ्ना स–साना सन्तानहरूलाई चटक्क छाडेर कति चाहेर कति नचाहेर यसरी विदेशिनु परेकोमा को र कस्को कति देन छ र कति हाम्रा आफ्नै भाग्यको । यसको लेखा जोखा हामी आफैले पाउन सकिरहेका छैनौ । परदेशको रमझममा रमाउँदै काम गरि पैसा कमाएर बालबच्चा र परिवारको जिम्मेवारी पुरा गर्न पाउँदा खुशी हुनु वा आफ्ना बालबच्चा, आफन्तलाई छाडी साथीसंगीको मायालाई भुली यसरी एक्लै बस्नु परेकोमा दुःखी हुनु, यी कुराहरूले सधैं जसो मेरत्र मन पिरोली रहन्छ । पुर्ख्यौली वीरताका गाथा लेखेका इतिहास बोकेका हाम्रो देश र हामी आज विश्व भरि छरिएर संघर्ष गर्नु परिरहेकोमा गर्व गर्नु वा कुनै पुर्वजन्मको श्राप मान्नु.....? किनकी सँसारले शान्ति क्षेत्र घोषित गरेको मेरो देश नेपाल अशान्तिको आगोमा जलेर आ–आफ्नैको रगतले नुहाउनु परेको छ । यसरी विदेशिनुमा कति हाम्रा वाध्यता छन् त कति हाम्रा उच्च महत्त्वाकाँक्षाहरू । कति हाम्रा सपनाहरू त कित हाम्रा यथार्थताहरू । यी सबैको मुल्याँकन पनि हामी आफै गर्नुपर्छ सायद ।
इजरायल आएर काम गर्न पाएकोमा म आफूलाइ केहि हदसम्म भाग्यशाली ठान्छु । किनकी यहाँ म आफुलाइ हरेक दृष्टिकोणमा सुरक्षित पाउँछु । यसरी परदेशी जीव्नमा हामी आफैले पनि केहि गर्न सक्छौं भनी यहाँ आएर संघर्ष गरिरहेका दिदीवहिनीहरूमा ७५% विवाहित र बालबच्चाहरूका आमाहरू छन् भन्ने मेरो अनुमान छ । प्रत्येक आमारूको आँखामा आफ्ना कलिला मुनाहरूलाई चटक्कै छाडेर विदेशिनु परेको पिडा, आफन्तहरूलाइ विर्सेर परिवारका लागि केहि गरूँ भन्ने अठोट र त्यही पिडा र अठोटभित्र आफ्ना अस्तित्त्वहरूको उज्वल भविष्यको चहाना, तिनीहरूलाई उच्च शिक्षा दिइ सफल जीवन दिने प्रण र साथसाथै त्यहि प्रण र दरिलो संकल्प लिएर आफ्ना हृदय भित्रको व्यथालाई आंखै भित्रै लुकाई ओठमा मुस्कान लिई हिडेको पनि म देख्छु र बुझ्छु । यहाँका यहुदीहरूले “एउटा आमा जस्ले आफ्ना सन्तानहरूलाई छाडी यति टाढा आएर काम गरिरहेका छौ, उनिहरूका लागि यो कुनै सानो त्याग होइन, त्यसैले तिमीहरू गर्वका पात्र छौ” भनि भन्ने गर्छन् । कहिल्यै आदार र सम्मान कसैवाट पाउन नसकेका हामी चेलीहरू यी शब्दहरू सुन्दा आँखा रसाएर आउँछ ।
विश्वको तुलनामा हेर्दा एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेका हामी जहाँ विश्वले विकासको नाममा धेरै प्रगती गरिसकेको छ र त्यसैगरि मानव अधिकारको नाममा धेरे परिवर्तन ल्याइसकेको छ तर आज हाम्रो आफ्नै जन्मभूमि अझैपनि गृहयुद्धमा पिल्सिएरहेको देख्दा विकास अनि अधिकारको त सपनामा पनि कल्पना गर्न नसकिने हुँदा कतै अझै पनि हामी अठारौं शताब्दीमा नै त छैनौ भन्ने भान हुन्छ । देशका यी स्थितिले गर्दा हामीले के कति गुमायौं र अझै कति समस्या व्यहोर्नु पर्ने हो भन्ने कल्पना सम्मले पनि मन काप्छ। तर देशलाइ यो स्थितिमा ल्याउनेहरू लाज नमानी छाती फुकाएर हिड्दैछन् । शताब्दी त परिवर्तन भैरह्यो र भैरहनेछ, समयको कालचक्रसंगै परिवर्तनका क्रमहरू पनि जारीरहने नै छन् तर एउटा प्रश्न जुन वर्षौंदेखि नै अन्धकारमा रहेको छ त्यो हो हामी नेपाली कहिलेसम्म परिवर्तन हुने त? नेपालीले आफ्ना सोच र विचारहरू परिवर्तन गरे मात्र नै नेपाल परिवर्तन हुनेछ र विश्वमा नेपाली भनेर चिनिन पाएको नाम गुमाउन पर्ने छैन ।
हामी नेपाली पनि परिवर्तन चहान्छौ तर परिवर्तनको नाममा आफ्ना भेषभुषा, खानपान, वोलीचालीसम्म नै सिमित राखेका हामी नेपालीले कहिलेसम्म आफ्ना सानो सोचहरू, संकीर्ण विचारहरू मानसिकता अनि अर्काको इर्श्या गरि एक अर्कालाई दोषारोपण गर्ने, तानातान गर्ने बानीमा परिवर्तन ल्याउने त भन्ने प्रश्न अझै पनि नेपथ्यमा नै रहिरहेको छ । आज आफ्नै अतितलाई फर्केर हेर्दा विश्वले शान्ति क्षेत्र घोषणा गरेको हाम्रो देश नेपाल के कारणले गर्दा गृहयुद्धमा होमिन पुग्यो त? यो कुराहरूलाइ आजै हामीले बुझ्न खोजेनौ भने भोलि हामीले हाम्रो परिचय नै गुमाउनु पर्ने समय आउन बेर लाग्ने छैन । यही गृहयुद्घले गर्दा आज लाखौंहामी नेपाली संसार भरि छरिएर बस्नु परेको छ । यो देख्दा र सोच्दा अनि एक्ले यसरी बस्नु पर्दा आत्मा रून्छ ।
विश्वको एउटा शक्तिशाली राष्ट्र मानिने इजरायल भौगोलिक हिसावमा सानै भए पनि आधुनिक हातहतियार र कृषिमा विकशित मानिन्छ र यहाँ भएको महिला अधिकारले पनि यो देशलाइ अगाडि लगेको भान हुन्छ । इजरायलको प्रमुख वासिन्दाहरू यहुदी हुन् र यहुदीहरूको आफ्नै ऐतिहासिक इतिहास छ । इजरायलमा बोलिने भाषा हिब्रु हो तर यहाँ विभिन्न देशहरूबाट आएका मानिसहरूको बसोवास भएको हुँदा धेरै भाषाहरू बोलिने गरिन्छ । कार्यलयमा प्रयोग गरिने भाषा वा राष्ट्रिय भाषा हिब्रु हो । यहाँ आएर काम गर्ने क्रममा नयाँ भाषा, संस्कृतिको साथै धेरै नयाँ कुराहरू जान्न र सिक्न पाएकोमा खुशी पनि लाग्छ ।
पुरूषप्रधान देशमा हुर्किएका हामी नेपाली महिलाहरू जस्लाइ आफ्नै अस्तित्त्व के हो भन्ने सम्म थाहा हुन सकेको छैन र जस्को जन्म र मरण नै अर्काका लागि समर्पित भएको हुन्छ । जहाँ हामीले केहि पाउने आशा नराखी आफ्ना सम्पूर्ण इच्छा र आकांक्षालाई मारेर अरूको इशारामा बाँच्नु पर्ने भनि सिकाइएको हुन्छ । इजरायलमा बसेर काम गर्ने क्रममा धेरै ज्ञान हासिल त गरेका नै छौं यहाँ बसेर काम गर्दाको अनुभव त हामीसँगै छ साथै यहाँ भएका विकृतिहरूलाई पनि हामीले नजरअन्दाज गर्न सक्दैनौं । तर सकरात्मक सोच लिई अगाडि बढ्ने कोशिष गरे अवश्य पनि सफल हुन सकिन्छ भन्ने मेरो पनि मान्यता छ । त्यसैले एउटा प्रश्न सोध्न चहान्छु – विश्वका विकशित राष्ट्रहरू मध्येको इजरायल जहाँ मानव अधिकारको साथै महिला अधिकारलाई विशेष महत्त्व दिइएको छ, यहाँबाट फर्कदा हामीले कोशेलीको रूपमा के लैजाने त? एउटी आमा भएको हकमा म सोच्छु, यहाँबाट केहि त सिकेरै जानु पर्छ, आफ्ना भावी सन्तानहरूका लागि उपहार स्वरूप । के हामीले नकरात्मक सोच र विकृतिहरूका साथै सबै तिता अनुभवहरूलाई यही विस्थापित गरि एउटा सकरात्मक सोच, स्वच्छ भावना र एउटा दृढ संकल्प लिएर फर्कन सक्दैनौ त? हामी सबै नेपाली महिलाहरू जस्ले यहाँ आएर काम गर्दा देखेका र सिकेका कुराहरूलाई आफ्नो देश र आफ्नै परिवारमा मत्रै अनुसरण गर्न गराउन सक्यौं भने पनि हजारौं परिवारहरूमा परिवर्तन आउन सक्छ र त्यहि हजारौं भोलि लाखौंमा परिवर्तन हुन सक्छ ।
नेपाली महिला भएर बाँच्नु पर्दा भोग्नु परेका पिडाहरू, हरेक पाइलामा पुरूषहरूबाट तिरस्कृत हुदाको दुःख, हरेक क्षण अपमानित भएको भावना, वचनहरू सहनु पर्दा टुक्रिएको हृदय, आत्मविश्वास हुँदा हुदै पनि आत्मा सम्मानलाई श्रद्धान्जली चढाउनु परेको पल, प्रत्येक रात्रीको अँध्यारोमा विलिन सपनाहरू, आशु सँगै पखालिएका इच्छाहरू, के यी सबै हुन त हामीले दिने आफ्ना भावी सन्ततिहरूलाई ? यो प्रश्नले सधै जसो मेरा मस्तिष्क खलबलाउँछ । के हामीले आफ्ना सन्तानको जिवनमा केहि सुधार ल्याउन सक्दैनौ त ? एउटा आमाले आफ्ना सन्तानका लागि जे पनि गर्न तयार हुन्छिन् भन्ने हामीले यहा पनि देखेका छौं र हामी पनि तिनीहरूकै लागि संघर्ष गरिरहेका छौं भने किन अझ एउटा संघर्ष नगर्ने त ? यदि गर्ने हो भने आज सबै मिलेर फेरि एउटा प्रण गरौं आफ्ना सन्ततिहरूलाई सकरात्मक सोच दिऔं, त्यो सँस्कार जस्ले एक अर्काको भावनालाई सम्मान देऔस्, एक अर्कालाई खुशी देऔस् । आफ्ना इच्छाले बाँच्ने र निर्णय गर्ने सोचलाई विस्तार गर्ने शिक्षा दिन सकियोस् र जहाँ एउटा आमालाई सम्मान गरिन्छ, त्यो माटोमा कहिल्यै असत्यको विजय हुदैन, नयाँ आत्माविश्वास, नयाँ अनुभवको आधारमा हामीले आफ्नै देशको माटोमा केहि गर्न सक्यौं भने हाम्रो यो जन्म अवश्य सफल बन्नेछ ।
आज यो छोटो जिवनको लामो अनि महत्त्वपूर्ण क्षणहरू आफन्तबाट टाढिएर केहि पाउनुको खुशी भन्दा धेरै गुमाउनु परेको दुःख बोकेर यसरी परदेशी जिवन बिताउन बाध्य भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूले आफ्ना सन्ततिका लागि एउटा नयाँ भविष्य, सुनौलो सपना संगालेर उज्वल इतिहास रच्ने प्रयासमा अगाडि बढ्ने संकल्प गर्नु होला भन्ने विश्वासका साथ कैयौं लामो गृहयुद्धको पिडालाइ गर्भमा राखी कष्टदायक प्रसव पिडा सहेर नयाँ क्रान्तिलाइ जन्माएकी नेपाल आमा ........ तिमीले अझ एउटा वेदना सहनु पर्ने छ , अझ एउटा क्रान्ति जन्माउनु छ र महिला अधिकारको क्रान्ति खेपेर एउटा सुन्दर, सफल र शान्त नेपाललाइ फेरि विश्वमा शान्ति क्षेत्र नेपाल भनेर चिनाउनु छ, फरि नयाँ नेपालको सिर्जना गर्नु छ ।
--> Read more...

नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन भब्यताको साथ सम्पन्न











सागर श्रेष्ठएउटा छुटै परिबेश भएको देश साउदी अरेवियामा कुनै पनि संघ संगठन खोल्न जमघट भएर गफगाफ गर्न बन्देज छ । तर पनि नेपालीकामदारहरुले आफ्नो हक अधिकार आदीको लागी संयुक्त आवाज सम्बन्धीत निकाय सम्म पुर् याउनको लागी विभिन्न संघ संगठनहरु स्थापना भएका छन । त्यस मध्ये एउटा सिद्वान्त बोकेर सर्बहारा बर्गको पहल गर्ने सबैको प्यारो संगठन नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन २४ तारिखको दिन भब्यताको साथ सम्पन्न भएको छ । मंचको महासचिव श्री भिम चापागाईको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य श्री राम बहादुर बेलबासे ज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम श्री ऋशीराम गैरे र पुर्ण बि क पहडीले साचालन गर्नु भएको थियो ।एकिकृत नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय कार्यल नेपाली दुताबास साउदी अरेविया दुबई कतार बहराईन लगाएत करिब १७ देशबाट नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशनको सफलताको कामना सहति पठाईएको शुभ-कामनाहरु मध्य क। प्रचण्डद्वारा हस्ताक्षरित र दुताबासबाट पठाईएको शुभ-कामनाहरु संस्थापक तथा वरिष्ठ सल्लाहकार श्री सागर श्रेष्ठ ज्यूले वाचन गरेर सुनाउनुभएको थियो । दुताबासले सुरक्षालाई मध्य नजर राखेर स्थानिय सुरक्षा निकायलाई कार्यक्रममा कुनै बाधा अड्चन नपार्न र सहयोग गर्न पत्र पनि पठाउनु भएको थियो ।साउदी अरेवियाको एक प्रमुख शहर दमामको पारागन होटलमा सम्पन्न उक्त महाधीबेशनमा साउदी अरेवियामा स्थापित विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु समाजसेवी ब्यपारी पत्रकार लेखक सर्वसाधारण प्रगतिशील विचार भएका ब्यक्तिहरु आदीको उल्लेख्य उपस्थिती रहेको थियो । मंचको ब्यानर खोली उदघाटन प्रमुख अतिथी र सभापतिद्वारा गरियो पछि महान शहिदहरुप्रती एक मिनेट मौन धारणा गरेर कार्यक्रमलाई अगाडी बढाईएको थियो । नेपाल सरकारले सन २०११ लाई पर्यटन बर्ष मनाउदै गरेको अबसर पारेर जन प्रगतिशील मंचले पनि प्रचार प्रसारको क्रममा साउदी अरेवियाकै ईतिहासमा पहिलो पटक प्रतियोगितात्मक चित्रकला प्रर्दशनी पनि गरिएको थियो । विभिन्न ब्यक्तिहरुद्वारा कोरिएका चित्रहरुले हल सजिसजाउ भएको थियो र दर्शकहरुको मन अत्यन्त प्रफुल्ल भएको पाईएको थियो । समय पायोकि सबै दर्शकहरु ति नेपालका पर्यटकिय दृक्ष्यहरु भएको चित्रहरुको तस्वीर आफ्नो क्यामारा तथा मोबाईलमा कैद गर्न तछाड मछाड गरेको देखीन्थ्यो । उक्त प्रतियोगितात्मक चित्रकला प्रतियोगितामा नेपाली मनमोहक दृष्य ज्योती बि सी प्रथम नेपाली मनमोहक धरोहर मनोज वि क द्वितिय र नेपाली भावनात्मक दृष्य महेन्द्र राई तृतिय भएका थिए । चित्रकला प्रर्दशनिको निर्णायक मण्डलमा नारन वाग्ले संयोजक राम कुमार वि क र लोकेन्द्र छन्तेल रहनुभएको थियो ।कार्यक्रममा तमांङ्ग साँस्कृतिक समाजका जनकलाकारहरुले सबैको मनछुने जनताका गितहरुद्वारा मनोराजन दिएका थिए । नेपाली जन प्रगतिशील मंचका क्षेत्रीय समितिहरुले मन्तब्य तथा आफ्नो क्षेत्रको रीपोट प्रस्तुत गर्नु भएको थियो भने । संस्थाको संगठानीक प्रतिबेदन श्री ऋशीराम गैरे र करिव सांढे नौ हजार रियालको आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्री प्रेमध्वज लामाले प्रस्तुत गर्नु भएको थियो । विभिन्न अतिथी तथा वक्ताहरुले मन्तब्य दिने क्रममा साउदी अरेवियाकै ईतिहासमा जन प्रगतिशील मंच छोटो समयमै नेपाली समाजमा भिजेर मन जित्न सफल र यसले गरेको प्रगतिको साथ साथै जन कलाकारहरु र विभिन्न प्रतिभा भएका चित्रकारहरुलाई प्रोत्साहन दिई नेपाली भाषा साहित्य कला र संस्कृतिको सम्रक्षण र सम्र्बद्वन गर्न गरेको पहलको प्रशंशा गर्नु भएको थियो साथै नयाँ कार्य समितिलाई बधाई पनि । उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्यापरी तथा दाताहरु साथै नेपाल ईन्भेष्टमेण्ट बैक लि।ले प्रायोजन गरेको थियो । कार्यक्रममा युनिटी लाईफ साउदी अरेवियाका प्रतिनीधी श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूले साउदी अरेवियाको कतिफमा विगत ४ महीना देखी अलपत्र परेर बस्नु भएका एक नेपालीको खानाको लागी एक महिनाको भरण पोषणको साथै युनिटी लाईफमा वहाँको पररिवारको रक्षाको लागी बैकिङ्ग प्लान राहत योजनामा मेम्बर बनाईदिने पनि घोषणा गर्नु भएको थियो जसले गर्दा उक्त नेपाली सुरक्षित साथ नेपाल पुग्न सकोस र नेपालमा गएर बेरोजगार भएर बस्न नपारोस भन्ने वहाँको चाहाना थियो । नेपाली जन प्रगतिशील मंचले कलाकार र चित्रकारहरुको उच्च मुल्याङ्कन गरि प्रशंशा-पत्र तथा उत्कृष्ट चित्रकारहरुलाई ट्रफीद्वारा सम्मान गएिको थियो ।यस अधिबेशनले श्री भिम चापागाईको अध्यक्षतामा नेपाली जन प्रगतिशील मंचको केन्द्रीय समितिको दुई बर्षको लागी २३ केन्द्रिय समिति गठन गरिएको छ । जस अनुसार३ उपाध्यक्षहरुः ऋशीराम गैरे जुवेल कमल कटुवाल आर आर गिरीराज न्यौपाने रियादमहासचिवः प्रेमध्वज लामा दमामसचिवः कमल महत आर आरकोषाध्यक्षः नारन वाग्ले कतिफसह-कोषध्यक्षः राम चन्द्र वाग्ले रहिमासदस्यहरुः्प्रेम बहादुर थापाटेक बहादुर तामाङ्गपदम खरेलश्रीराम ढकालराजेश रमण कर्णकिशोर गुरुङ्गतिर्थराज पौडेल
--> Read more...

माओवादीले लडाकुलाईलाइ सेना बनाउने दिवा सपना नदेख. ति सेना होइनन्-केपी ओली

एमाले नेता केपी ओलीले माओवादीले लडाकुलाईलाइ सेना बनाउने दिवा सपना नदेखे हुन्छ भन्दै ति सेना होइनन् लडाकुलाई राष्ट्रिय सेना बनाउछु भन्नु भ्रम मात्र भएको बताएका छन् । उनले कुनै पनि हालतमा माओवादी लडाकुलाई राष्ट्रिय सेना बनाउन नसकिने जिकिर गरे ।'माओवादी सेनालाई सेना होइन, लडाकु भन्नुपर्छ,' उनले भने, 'माओवादी लडाकुलाई राष्ट्रिय सेना बनाउने र नेपाली सेनामा गाभ्ने कुरा मुर्खतापूर्ण हो '। माओवादी लडाकुलाई समायोजन र व्यवस्थापन मात्र गर्न सकिने उनले बताए ।
'मान्छे मार्नेहरु समाजमा ठूलो ठूलो जुरो ढल्काएर हिडेका छन्, तिनीहरुलाई कानुनको दायरामा ल्याई अहिलेको सरकारको एकमात्र विकल्प हो' उनले भने । सशस्त्र लडाकुलाई सेना बनाए अहिले नेपालमा रहेका ६२ वटा सशस्त्र समूहले पनि आफूलाई राष्ट्रिय सेना बनाउने एजेण्डा उठाउन सक्ने उनले बताए ।रक्षामन्त्री भारत हतियार लिन गएको भन्दै माओवादीले संसद अवरुद्ध गरेको कार्यलाई उनले माओवादीले कान नछामी कान लग्यो भनेर कागतिर दगुरेको उखानसँग मिल्दोजुल्दो भनी टिप्पणी गरे ।
--> Read more...

Sunday, 26 July 2009

कसले दिने जवाफ ?


अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार २९ गते संसदमा प्रस्तुत गरेको बजेटमा ट्राफिक व्यवस्थापन कडा पारिने उल्लेख गरेपनि त्यो प्रतिबद्धता व्यवहारमा भने फिटिक्कै लागू भएको छैन। तस्विरमा हेर्नुस् न- पथलैया ट्राफिक प्रहरी कार्यालयकै अगाडि छतभरि यात्रु हालेर दौडिरहेको बस। यदि यो बस दुर्घटना भयो र त्यसका यात्रुहरुको मृत्यु भयो भने नेपाली जनताले कति दिन थप बन्दको मार खेप्नु पर्ने हो यकिन छैन। किनभने नेपालमा यतिखेर दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति माग गर्दै सडक बन्द गर्ने नजिर नै बसिसकेको छ।
पथलैयामा सशस्त्र प्रहरी र नेपाली सेनाका ठूला ठूला मुख्यालय छन्। ट्राफिक प्रहरीको पनि ठूलै कार्यालय यहाँ छ। तर कार्यालयकै अगाडि ना३ख २४५२ नम्बरको गाडीले यसरी दिउँसै संम्भावित दुर्घटनालाई निम्त्याउँदा पनि ट्राफिक प्रहरी के हेरेर बसेको छ ? यसको उत्तर कसले दिने ? - नवराज न्यौपाने/फोटोः नारायणप्रसाद शर्मा

--> Read more...

यादव समूहलाई आधिकारिकता


काठमाडौँ,


साउन ११/लामो समयदेखि विवादमा अल्झिएको मधेसी जनअधिकार फोरमको उपेन्द्र यादव पक्षलाई नै निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । आयोगले सर्वसम्मत निर्णयबाट फोरमको आधिकारिकतासम्बन्धी फैसला गर्दै बिजयकुमार गच्छदार समूहलाई अर्को दल दर्ता गर्न निर्देशन दिएको छ ।
आयोगले फोरमको ४२ सदस्यीय केन्द्रीय समितिलाई मान्यता प्रदान गरेको हो । बहुमत केन्द्रीय सदस्य यादव समूहसँग रहेको भन्दै सो समूह नै आधिकारिक रहेको निष्कर्षमा आयोग पुगेको हो । फोरमको विधानमा ४२ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति रहने व्यवस्था छ । आयोगका अनुसार गच्छदार समूहसँग १७ जनामात्रै केन्द्रीय सदस्य छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले फोरम संसदीय दलका तत्कालीन नेता गच्छदारलाई उपप्रधानमन्त्री बनाएपछि फोरमको संस्थापन पक्षले गच्छदारसहित सात केन्द्रीय सदस्यलाई पार्टीबाट निस्काशन गरेको थियो । कारबाहीपछि गच्छदार समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो ।
--> Read more...

गोर्खा अधिकारवादी लुम्ले नेपालमा




काठमाडौँ,




साउन ११/भूतपूर्व गोर्खा सैनिकहरुको समानताको आन्दोलनमा सक्रिय बेलायती अभिनेत्री जोअना लुम्ले आइतबार काठमाडौँ आइपुगेकी छन् । लुम्लेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । साढे चार बजे इन्डियन एयरलाइन्सको विमानबाट विमानस्थलमा उत्रिएकी ६३ वर्षीय लुम्लेले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्- "गोर्खाली नभएको भए म जन्मने थिइन ।"
लुम्लेलाई स्वागत गर्न सयौँ गोर्खाली सैनिकका परिवार विमानस्थलमा फूल र खादा लिएर पुगेका थिए । लुम्लेले नेपालीसँग सुखदु:ख साट्न नेपाल आएको बताइन् । लुम्लेसँगे लिबरल डेमोक्रेटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरुङ पनि नेपाल आएका छन् ।एकसाता लामो भ्रमणमा आएकी लुम्लेसहितको टोलीलाई सोमबार राजधानीमा गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले स्वागत गर्ने कार्यक्रम छ । यस्तै, टोली पोखरा, धरान र बिर्तामोड भ्रमणमा पनि जानेछ । नेपालमा रहँदा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइरालालगायतलाई भेट्ने कार्यक्रम छ ।
भारतको कश्मिरमा जन्मिएकी लुम्लेका बाबु गोर्खा राइफल्सका कम्पनी कमाण्डर थिए । दोस्रो विश्वयुद्धको लडाइँमा भिक्टोरिया क्रसबाट सम्मानित तुलबहादुर पुनले उनको बाबुले जोगाएका कारण उनी पुनलाई धर्मपिता मान्छिन् । उनी सन् २००७ बाट गोर्खा अभियानमा लागेकी हुन् ।
--> Read more...

समर क्याम्प २००९ समापन कार्यक्रम सम्पन्न



सुशिल छेत्री



"समर क्याम्प २००९" को आज समापन कार्यक्रम सम्पन्न भयो। २१ दिन लामो चलेको उक्त कार्यक्रम निकैनै प्रभावकारी रह्यो । ७५ विद्यार्थीहरु, विद्यार्थीहरुका अभिभावकहरु , साथै डालस समाजका बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिती थियो। एन.एस.टी. का महासचिव जनक राणाले स्वागत मन्तब्य भाषाण गरेर कार्यक्रमको सुरुआत गर्नुभएको थियो ।
समापन कार्यक्रममा स्वयमसेवकहरु, संचालक समितिका ब्यक्तीहरु, विद्यार्थीहरु र उत्कृष्ट विद्यार्थी समुहलाई संयोजक मुरली अधिकारी र पुजनीय गुरु डा. चिन्ता मणी योगी ज्युले प्रमाण पत्र बितरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रमलाई कृष्ण लामिछनेले निकै नै सुमधुर, मिठो र आकर्सित तरिकाले सन्चालन गर्नुभएको थियो भने अन्य बिभिन्न संघ संस्थाका पदाधीकारीहरु ,केही स्वयमसेवक साथीहरुले आध्यात्मिक र समर क्याम्पका बारेमा आ-आफ्ना कुराहरु राख्नुका साथै बच्चाहरुमा यसले पारेको असर र प्रभावका बारेमा पनि खुशी साथ ब्यक्त गरेका थिए ।
अन्त्यमा मुरली अधीकारीले समर क्याम्पको उद्देस्य र यसको आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो। साथै नेपाली समाज टेक्सस रुपी मन्दिरमा जग हाल्नी काम भएको र अब भवन बनाउन मात्र बाँकी रहेको कुरा आफ्नै सैलिमा ब्यक्त गर्नु भएको थियो । अन्त्यमा हामी सबै मिलेर अगाडि बड्नु पर्ने कुरा दोहोर्याउनु भएको थियो।
त्यस पछी पुजनीय गुरु डा. चिन्ता मणी योगी ज्युले उपस्थित सम्पूर्ण बयक्तिहरुलाई रातो ॐ अन्कित पहेलो कपडा "पिताम्बर" पहिराउनु भई सम्पूर्ण टेक्ससबासी नेपाली प्रती क्रितज्ञ रहेको बताउनु भयो । उहाले अन्तिम प्रबचन गर्ने क्रममा ''रगुपती रावण राजा राम पती त पावन सिता राम'' भन्दै भजन गर्दै उक्त "समर क्याम्प २००९" लाई धागोको डोरिको संज्ञ्या दिनुभएको थियो । धागो जुटाउने काम परार बर्ष भएको, डोरी बाट्ने काम गत बर्ष भएको र यो बर्ष डोरीको गाठो कस्नी काम भ्एको कुराको जानकारी दिनु भयो। अन्त्यमा टेक्सस उदाहरण भएर संसारलाई देखाउने छ किनकी टेक्ससमा धेरै प्रकारका ट्यालेन्ट र सहसी ब्यक्तीहरु हुनुहुन्छ भन्दै हामी सबै मिलियन डलर धनी छौ भनेर अत्यन्त मर्मस्पर्सी जोक भनेर समापन गर्नु भयो।
--> Read more...

बाल्टिमोरमा रमाइलो जमघट र बनभोज सम्पन्न



बाल्टिमोर,अमेरिका


बालबच्चाको गर्मी छुट्टी अनि आफूहरुको पनि हप्ताभरिको थकानलाई रमाइलोमा भुलाउने रहर । यसै रहर अनि नयाँ,पुराना साथीहरुलाई भेट्ने सामुहिक थलो अर्थात् बनभोजको रमाइलो । यस्तै रमाइलो अवसर बन्यो यहाँ बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बानाले आइतबार आयोजना गरेको वनभोज कार्यक्रम । बानाले हरेक वर्षयसरी आफ्ना सदस्य र शुभेच्छुकहरुलाई सहभागी गराएर रमाइलो बनभोज गर्दै आईरहेको छ । हरेक वर्षहुने यस्तो वनभोजमा नेपालीहरुको सहभागितामा पनि वृद्धि हुँदै गईरहेको छ । यस वर्षो वनभोजमा करीब तीन सय नेपालीहरुको सहभागिता रहेको थियो । वनभोज आयोजक संस्था बानाका पदाधिकारीहरु सबै उत्साहित देखिन्थे । अध्यक्ष रबिना थापा सहभागीहरुलाई स्वागत गर्न व्यस्त थिईन् भने उपाध्यक्ष राम्रप्रकाश भण्डारी खानपिनको प्रवन्ध गर्दै कार्यकारी सदस्य उपला उपाध्यायलाई साथै लिएर खेलकुदका कार्यक्रमका लागि दौडधुप गरिरहेका देखिन्थे । यस्तै महासचिव गौतम दाहाल सहभागीहरुलाई स्वागत र कार्यक्रम बारे जानकारी दिन कहिले माइकमा बोलिरहेका देखिन्थे त कहिले खानपीनको स्टलतिर केही कमी पो छ कि भन्दै यताउता गर्दै थिए । एकैछिनमा खेल स्थलमा पुग्ने उनी वनभोजकै बीचमा डि.सी. क्षेत्रबाट प्रसारण भईरहेको रेडियो दोभानको कार्यक्रममा वनभोज सम्बन्धि जानकारी दिन प्रत्यक्ष प्रसारण पनि भ्याईरहेका थिए ।
संस्थाका सचिव सञ्जय घिमिरे सहभागीहरुको नाम र विवरण दर्ताका लागि व्यस्त थिए भने कोषाध्यक्ष राजन केसी कुनै सामानको अभाव भयो कि अर्थात् केही गर्न छुटेको पो छ कि भन्दै खटिरहेका थिए । छेवमै रहेको बार्र्बिक्यु चिकन बनाउन सहयोग गरिरहेका बहादुर पुनः सहभागीहरुलाई स्वादिष्ट चिकन खुवाउन त्यो गर्मीको धुपमा पनि कुनै परवाह नगरी जुटिरहेका थिए । यता पदाधिकारीहरु चेतन पौड्याल र श्रीजन ताम्राकार फोटो खिच्न व्यस्त थिए भने कार्यकारी सदस्यहरु अन्सुया वन्त खानपीन र विनोद उप्रेती राफल चिठ्ठा बेच्न सहभागीहरुका माझ पुगिरहेका थिए ।
स्थानीय गनपाउडर स्टेट पार्कमा सम्पन्न वनभोजमा सहभागीहरुबीच पुरुष र महिला भलिबल प्रतियोगिता,बालबच्चाको चकलेट टिप्ने खेल,ठेलो हान्ने खेल र महिला तथा पुरुषहरुको सहभागितामा डोरी तान्ने खेल जस्ता मनोरन्जनात्मक खेल पनि आयोजना गरिएको थियो । यसैगरी राफल चिठ्ठा समेत सञ्चालन गरिएको थियो । सबै प्रतियोगितामा विजयी टीम तथा खेलाडीहरुलाई बानाका अध्यक्ष रबिना थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरी बानाले आयोजना गरेका कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा सहयोग गर्नेहरुलाई पनि अध्यक्ष थापाले प्रशंसापत्र वितरण गर्नुभएको थियो । वनभोजमा सहभागी हुनेहरु आफैंले खानाका विभिन्न परिकारहरु बनाएर वनभोजमा लिएर आएका थिए । यसरी सबैले बनाएर ल्याएका खानाका परिकारहरु एकै ठाउँ भेला भएर रमाइलो वातावरणमा खानपीन गर्न पाउँदा सहभागीहरु निकै खुशी देखिएका थिए । नेपाली खानाका विभिन्न परिकार,नेपालीपनको झझल्को यस्तो रमाइलोमा भुलेकाहरु कहिले डिजेडीले प्रस्तुत गरेको गीत संगीतमा मस्त देखिन्थे त कहिले साथीभाईसँगको भेटघाटमा दुःखसुख साटासाट गर्दै गरेका । यस्तै रमाइलोमा सहभागी हुन आइपुगेका थिए सदावहार वरिष्ठ गायक दीप श्रेष्ठ अनि एशोसियसन अफ नेपलिज इन अमेरिका एएनएका नवनिर्वाचित अध्यक्ष,जो बानाका आजीवन सदस्य पनि हुन् सिमोन ढुंगाना । उहाँहरु दुवैलाई खादा पहिर्याएर बाल्टिमोरको नेपाली आँगनमा स्वागत गरेकी थिइन् बाना अध्यक्ष रबिना थापाले । दिनभरिको रमाइलो माहौलको अन्त्यमा खानाका विभिन्न परिकार लिएर वनभोजमा सहभागी सबैलाई धन्यवाद दिंदै अध्यक्ष थापाले बानाका आगामी गतिविधिहरुमा पनि आफ्ना सदस्य र शुभेच्छुकहरुबाट यस्तै सहयोग र सक्रियताको अपेक्षा गरेको भनाई व्यक्त गरेकी थिइन् । सोही अवसरमा अमेरिकाका लागि नेपाली दूतावासका प्रथम सचिव हरिश्चन्द्र घिमिरे, एएनएका अध्यक्ष सिमोन ढुंगाना,एएनएसएका अध्यक्ष विष्णु थापा,म्याग्दी समाजका अध्यक्ष पारसमणी श्रेष्ठ,बानाका पर्ूव अध्यक्ष मोहन थापा सहितले रमाइलो, व्यवस्थित,भव्य र सफल वनभोजको आयोजना गरेको भन्दै बानाका आगामी कार्यहरु अझ प्रभावकारी हुन सकोस् भन्दै शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
--> Read more...

आफ्नो कला संस्कृति जोगाउनु पर्दछ - बसन्ती गुरुङ्ग


जुनि जुनिलाई जुनि जुनिलाई ङलमाया सार क्योंलाई जुनि जुनिलाई जुनि जुनिलाई
सबैको माझमा चर्चित रहन सफल गुरुङ्ग गीत हो यो । देश बिदेशमा रहेका गुरुङ्गहरुको माझमा अत्यन्त चर्चित रहन सफल गुरुङ्ग गीतमा अभिनय गर्ने नायिकाको बारेमा सायदै कमैलाई थाहा होला । स्याङजा जिल्लाको तार्ले मचबारीमा बाबा भिम प्रसाद गुरुङ्ग, आमा नानसरी गुरुङ्गको कोखवाट जेठी छोरीको रुपमा जन्मिएका बसन्ती स्कुले जिवन कहिले गाउँ, कहिले शहर हुँदै पुरा गरे । अत्यन्त शालिन स्वभावकी मिजासिलो अनि सबै सँग घुलमिल हुन रुचाउने बसन्ती पोखरामा बनेको गुरुङ्ग फिल्ममा सबै भन्दा धेरै फिल्ममा अभिनय गर्ने नायिकामा पर्दछिन् । प्राय नायिकाहरु एउटै व्यानरमा मात्र सिमित भएर रहेको अवश्थामा बसन्तीले फरक फरक व्यानरमा काम गरि सकेका छन् । भोज बहादुर गुरुङ्गको सैं न्रहोर्वै म्रुस्यों, ङै ङहो र आक्रोदो करण गुरुङ्गको टोरा, माओत्से गुरुङ्गको स्याक्लुङ्ग, र सुजन लामाको च्हमि कर्ममा आफ्नो अभिनय क्षमता देखाई सकेकी बसन्ती १७ वर्षको उमेरमा तरेली सांस्कृतिक समुहमा आवद्ध भएर कल्चर कार्यक्रमहरु गर्दै हिंड्ने वेलामा फेवा डिजिटल रेकडिर्ङवाट पहिलो दोहोरी गीतमा अभिनय गरिसकेपछि फिल्ममा अभिनय गर्ने साइत जुरेको हो । दोस्रो फिल्म टोरामा अभिनय गर्दा भेट भएका निर्देशक करण गुरुङ्गसँग माया पिरती बसेपछि उसैसँग अहिले विवाह भएको छ । विवाह गरि सकेपछि पनि बसन्तीले ४ वटा फिल्ममा अभिनय गरेकी छिन् । श्रीमान अनि घर परिवारवाट धेरै सहयोग रहेको कुरा वहाँले खुलस्त पार्नु भयो । बसन्ती गुरुङ संगको सानो कुराकानी

पहिलो फिल्मको पहिलो सट दिंदाको सम्झना याद छ -?


उमेर पनि सानै थियो, अनि कसैसँग पनि राम्रोसँग बोलचाल नभएको र यो फिल्मी क्षेत्रमा नयाँ भएर पनि होला त्यतिवेला अलि नर्भस भएको थिंए तर मेरो पहिलो सटनै गीतवाट भएको हुनाले त्यति गाह्रो भने लागेन ।
यो क्षेत्रमा कस्को प्रेरणाले आउनु भयो -?

मेरो बाबा आमा अनि भोज बहादुर गुरुङ्ग जसले मलाई यो क्षेत्रमा आउनमा ठूलो सहयोग अनि प्रेरणा दिनु भएको थियो ।
अहिले अरु फिल्म खेल्न अफर आएको छ कि छैन -?

मैले भर्खर सकेको फिल्म आक्रोदो हो त्यसपछि आएको छैन ।
मन पर्ने निर्देशक.....(गुरुङ्ग फिल्म) ?
सुजन लामा - च्हमी कर्म ।
मन पर्ने गुरुङ्ग गित.......?


च्हमीलाई जन्म आपिनो , च्हमी कर्म
आफैंले खेलेको आफैंलाई मन परेको सब भन्दा राम्रो लागेको फिल्म कुन हो -?
च्हमी कर्म

मन पर्ने नायक नायिका ........ गुरुङ्ग फिल्मको ?


नायक गमन गुरुङ्ग नायिका नविना गुरुङ्ग ।

नढाँटिकन भन्नुस् है गुरुङ्ग फिल्म खेले वापत कति पाउनु हुन्छ -?


ओहो......... ! पारिश्रम त नभनौ होला दाई । मेरो पहिलो र अहिलेको फिल्म युनिट एउटै हो त्यो वेलाको भन्दा अहिले चाँहि अलि राम्रो छ । त्यति भनौ है !

गुरुङ्ग फिल्म खेलेर जिवन धान्न सम्भव छ -?

छैन । धेरै गाह्रो छ । हामी त आफ्नो कला संस्कृति जोगाउनु पर्दछ भनेर मात्र लागेका हौं ।

तपाईको राम्रो वानी जो दर्शकलाई थाहा छैन -?


म विहानै उठेर पुजा पाठ गर्ने गर्दछु।

यो क्षेत्रमा आएर कहिल्यै विर्सन नसक्ने गरि के पाउनु र के गुमाउनु भयो जस्तो लाग्छ ?

दर्शकहरुको अपार माया पांए । जो म कहिल्यौ विर्सन सक्दिन । गुमाएको चाहिं खासै केहि छैन ।

सेक्सलाई कसरी वुझ्नु भएको छ - ?


यो संसारीक नियम हो जसलाई हामीले चाहेर पनि तोड्न सम्दैनौ ।

विवाह अगाडिको सेक्सलाई कसरी व्याख्या गर्नु हुन्छ -?

हाम्रो समाज त्यति धेरै अगाडि गएको छैन, जसले विवाह अगाडिको सेक्सलाई स्विकार्छ । विवाह अगाडिको सेक्स मलाई राम्रो लाग्दैन ।

राजनितिलाई कसरी बुझ्नु भएको छ -?


यसको वारेमा मलाई केहि पनि थाहा छैन ।

मायालाई कसरी व्याख्या गर्नु हुन्छ -?


माया अन्धा हुन्छ जुन बसेपछि अगाडि पछाडी केहि पनि देख्दैन ।

यो अवस्था सम्म आई पुग्दा जिन्दगी के रहेछ जस्तो लाग्यो -?


संघर्ष ........................ जो कहिल्यै सकिदैन ।

फुर्सदको समयमा के गर्नु हुन्छ - ?


नृत्य गरेर समय बिताउंछु ।
र अन्यमा........देश विदेशमा रहनु हुने सम्पूर्ण दर्शकहरुलाई मेरो शुभ चिन्तकहरुलाई मेरो चलचित्रहरु हेरेर सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु ।मेरो आफ्नो कुराहरु पोखरासिटि डट कम मा राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद ।


(भूपाल गुरुङ्ग पोखरासिटि डट कम )
--> Read more...

दुई शब्द भानु जयन्तीमा


आशा गुरुङ,इजरायल


नेपालको शान तिमी,तनहुँको नाम तिमी,

जो प्रेरित भयौ सामान्य घाँसिको कुराबाट

अन्तत चिनियौ आदिकबि भानुभक्त बाट..

जन्मदाता तिमी नेपाली भाषाको,

हिमाल,पहाड र तराइलाई एउटै मालामा गाँसी..

उल्था गर्यौ रामायण मातृ भाषामा,

सारा जनलाई बुझायौ शब्द र अर्थ यसको..

कर्मदाता हौ तिमी नेपाली साहित्य र संस्कृतिको,

थियौ खानी तिमीमा अनेक बिबिधताको..

नेपाली भाषा,साहित्य र संस्कृति

तिम्रो थियौ अमुल्य धन..

बाँच्यौ यिनैसँग तिम्रो पुरै जिबन,

छर्दै ज्ञानको भण्डार नेपाली धर्तीमा..

बिबेकताको धनी तिमी,आफ्नै मौलिकतामा रमाउने..

ललाटको तिम्रो सुन्दर टिका र कालो टोपी जस्तै,

आफ्नै नेपाली भेषभुषामा रमाउने..
गर्छु म कामना,भई नेपाली तिमी जस्तै,

तिम्रा प्रतिबिम्बहरु प्रतिबिम्बित भैइरहोस्

प्रत्येक नेपाली मनहरु र तनहरुमा..

जहाँ गहिरिन सकोस,घोत्लिरहन सकोस र बुझ्न सकोस्,

बिशाल आकाशको छातीभित्र
असिमित नेपाली साहित्य बाँचिरहेछ..

मुर्त रुप दिन यसलाई ती ताराहरुलाई पर्खिरहेछ..

समयको बनावटसगैँ यो परिबर्तित भैइरहेछ..

नब स्रष्टा र उनिहरुको दृष्žटिकोणहरुसँगै,

परिमार्जित हुँदै दुबो झै मौलाई रहेछ..

हाम्रो आफ्नै पुर्वीय भाषा र संस्कृति नै प्यारो,

जहाँ हामी पोख्न सक्छौ अन्तर हृदय बाट

कसैको नक्कल नगरी..

ती मौलिक शब्द र भावहरु नै मिठो,

जहाँ हामी अनुभुत गर्न सक्छौ,

आफ्नै घर आँगन्, चाडपर्व र रितिरिवाजहरु..

नेपाली माया र मित्रताको सँगालोहरुसँग

बाँच्दाको मिठास नै बेग्लै ,

जहाँ नेपाली साझा फुलबारीहरु फक्रिरहेछन..

चार वर्ण र छत्तिस जातका आ-आफ्नै

सुगन्ध र महत्व लिई एकताको सुत्रसँगै...

तिमी त गयौ देह त्यागी यो भवसागर बाट,

तर आत्मा त आज पनि तिम्रो अमर छ...

तिम्रा योगदानहरु र कर्महरुले तिमीलाई चिनाइरहनेछ,

जब सम्म रहन्छ नेपाल र नेपाली...

तिमी उसै गरी चम्किरहन्छौ साहित्य आकाशमा,

जसरी सुर्य,तारा र जुन बिना
कल्पना गर्न सकिन्न आकाशको महिमा...
नेपाली भाषा र साहित्यको सागरमा तिमी,

कहिल्यै बिलाउदैनौ न त हराउछौ कतै..

तिमी नै हौ आदि यसको र अस्तित्व पनि..
तिम्रा अमुल्य कृतिहरु र रचनाहरु ,

प्रेरणाको स्रोत हाम्रो लागि

अनि हरेक नयाँ पुस्ताको लागि..
म कसरी सिमित पार्न सक्छु र तिमीलाई ?
केबवल दुइचार शब्दहरुमा,

तिम्रो जन्म जयन्तीमा..

बाँचिरहनेछौ तिमी बर्षौ बर्ष उसरी नै नेपाली माटोमा,

उदाहरणीय बनिरहनेछौ नेपाली भाषा र साहित्यको भुमीमा..

हरेक फाँट्,बेसी र भंज्याङहरुमा..

तिमी झल्मलाइरहनेछौ ती आँखाहरुमा उस्तै किरण लिई,

जहाँ प्यारो छ आफ्नै मौलिकता नेपाली हुनुको गर्वमा..


--> Read more...

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika