जुनि जुनिलाई जुनि जुनिलाई ङलमाया सार क्योंलाई जुनि जुनिलाई जुनि जुनिलाई
सबैको माझमा चर्चित रहन सफल गुरुङ्ग गीत हो यो । देश बिदेशमा रहेका गुरुङ्गहरुको माझमा अत्यन्त चर्चित रहन सफल गुरुङ्ग गीतमा अभिनय गर्ने नायिकाको बारेमा सायदै कमैलाई थाहा होला । स्याङजा जिल्लाको तार्ले मचबारीमा बाबा भिम प्रसाद गुरुङ्ग, आमा नानसरी गुरुङ्गको कोखवाट जेठी छोरीको रुपमा जन्मिएका बसन्ती स्कुले जिवन कहिले गाउँ, कहिले शहर हुँदै पुरा गरे । अत्यन्त शालिन स्वभावकी मिजासिलो अनि सबै सँग घुलमिल हुन रुचाउने बसन्ती पोखरामा बनेको गुरुङ्ग फिल्ममा सबै भन्दा धेरै फिल्ममा अभिनय गर्ने नायिकामा पर्दछिन् । प्राय नायिकाहरु एउटै व्यानरमा मात्र सिमित भएर रहेको अवश्थामा बसन्तीले फरक फरक व्यानरमा काम गरि सकेका छन् । भोज बहादुर गुरुङ्गको सैं न्रहोर्वै म्रुस्यों, ङै ङहो र आक्रोदो करण गुरुङ्गको टोरा, माओत्से गुरुङ्गको स्याक्लुङ्ग, र सुजन लामाको च्हमि कर्ममा आफ्नो अभिनय क्षमता देखाई सकेकी बसन्ती १७ वर्षको उमेरमा तरेली सांस्कृतिक समुहमा आवद्ध भएर कल्चर कार्यक्रमहरु गर्दै हिंड्ने वेलामा फेवा डिजिटल रेकडिर्ङवाट पहिलो दोहोरी गीतमा अभिनय गरिसकेपछि फिल्ममा अभिनय गर्ने साइत जुरेको हो । दोस्रो फिल्म टोरामा अभिनय गर्दा भेट भएका निर्देशक करण गुरुङ्गसँग माया पिरती बसेपछि उसैसँग अहिले विवाह भएको छ । विवाह गरि सकेपछि पनि बसन्तीले ४ वटा फिल्ममा अभिनय गरेकी छिन् । श्रीमान अनि घर परिवारवाट धेरै सहयोग रहेको कुरा वहाँले खुलस्त पार्नु भयो । बसन्ती गुरुङ संगको सानो कुराकानी

पहिलो फिल्मको पहिलो सट दिंदाको सम्झना याद छ -?
उमेर पनि सानै थियो, अनि कसैसँग पनि राम्रोसँग बोलचाल नभएको र यो फिल्मी क्षेत्रमा नयाँ भएर पनि होला त्यतिवेला अलि नर्भस भएको थिंए तर मेरो पहिलो सटनै गीतवाट भएको हुनाले त्यति गाह्रो भने लागेन ।
यो क्षेत्रमा कस्को प्रेरणाले आउनु भयो -?

मेरो बाबा आमा अनि भोज बहादुर गुरुङ्ग जसले मलाई यो क्षेत्रमा आउनमा ठूलो सहयोग अनि प्रेरणा दिनु भएको थियो ।
अहिले अरु फिल्म खेल्न अफर आएको छ कि छैन -?

मैले भर्खर सकेको फिल्म आक्रोदो हो त्यसपछि आएको छैन ।
मन पर्ने निर्देशक.....(गुरुङ्ग फिल्म) ?
सुजन लामा - च्हमी कर्म ।
मन पर्ने गुरुङ्ग गित.......?
च्हमीलाई जन्म आपिनो , च्हमी कर्म
आफैंले खेलेको आफैंलाई मन परेको सब भन्दा राम्रो लागेको फिल्म कुन हो -?

च्हमी कर्म
मन पर्ने नायक नायिका ........ गुरुङ्ग फिल्मको ?
नायक गमन गुरुङ्ग नायिका नविना गुरुङ्ग ।
नढाँटिकन भन्नुस् है गुरुङ्ग फिल्म खेले वापत कति पाउनु हुन्छ -?
ओहो......... ! पारिश्रम त नभनौ होला दाई । मेरो पहिलो र अहिलेको फिल्म युनिट एउटै हो त्यो वेलाको भन्दा अहिले चाँहि अलि राम्रो छ । त्यति भनौ है !
गुरुङ्ग फिल्म खेलेर जिवन धान्न सम्भव छ -?
छैन । धेरै गाह्रो छ । हामी त आफ्नो कला संस्कृति जोगाउनु पर्दछ भनेर मात्र लागेका हौं ।
तपाईको राम्रो वानी जो दर्शकलाई थाहा छैन -?
म विहानै उठेर पुजा पाठ गर्ने गर्दछु।
यो क्षेत्रमा आएर कहिल्यै विर्सन नसक्ने गरि के पाउनु र के गुमाउनु भयो जस्तो लाग्छ ?
दर्शकहरुको अपार माया पांए । जो म कहिल्यौ विर्सन सक्दिन । गुमाएको चाहिं खासै केहि छैन ।
सेक्सलाई कसरी वुझ्नु भएको छ - ?
यो संसारीक नियम हो जसलाई हामीले चाहेर पनि तोड्न सम्दैनौ ।
विवाह अगाडिको सेक्सलाई कसरी व्याख्या गर्नु हुन्छ -?
हाम्रो समाज त्यति धेरै अगाडि गएको छैन, जसले विवाह अगाडिको सेक्सलाई स्विकार्छ । विवाह अगाडिको सेक्स मलाई राम्रो लाग्दैन ।
राजनितिलाई कसरी बुझ्नु भएको छ -?
यसको वारेमा मलाई केहि पनि थाहा छैन ।
मायालाई कसरी व्याख्या गर्नु हुन्छ -?
माया अन्धा हुन्छ जुन बसेपछि अगाडि पछाडी केहि पनि देख्दैन ।
यो अवस्था सम्म आई पुग्दा जिन्दगी के रहेछ जस्तो लाग्यो -?
संघर्ष ........................ जो कहिल्यै सकिदैन ।
फुर्सदको समयमा के गर्नु हुन्छ - ?
नृत्य गरेर समय बिताउंछु ।
र अन्यमा........देश विदेशमा रहनु हुने सम्पूर्ण दर्शकहरुलाई मेरो शुभ चिन्तकहरुलाई मेरो चलचित्रहरु हेरेर सल्लाह सुझाब दिनुहुन अनुरोध गर्दछु ।मेरो आफ्नो कुराहरु पोखरासिटि डट कम मा राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

(भूपाल गुरुङ्ग पोखरासिटि डट कम )
0 comments:
Post a Comment