श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 28 July 2009

मुन्चेनवासी नेपालीहरुको वीचमा नेपाली क्रान्तिकारी कलाकारहरु


नेपाली जनप्रगतिशील माच वेल्जियमको निमन्त्रणामा र मगरात राष्ट्रिय मुक्ति मोर्चा वेल्जियमको प्रथम अधिवेशनमा भाग लिन नेपालवाट वेल्जियम आइपुगेको मगर सांस्कृतिक परिवारका कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्दै युरोप दौडाहाको क्रममा आज संयूक्त नेपाली मोर्चा युरोप र इन्सोफ जर्मनीको आयोजना र हिमालयन परिवार मुन्चेनको सहयोगमा जर्मनीको मुन्चेन शहरमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो। सैयौं नेपाली तथा जर्मन नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोप र इन्सोफ जर्मनीको तर्फवाट विनोद कार्कीहिमालयन परिवार मुन्चेनको तर्फवाट सन्चमान जवेगु र महिलाको तर्फवाट उमा गुरुङ्घ र नानु गुरुङ्घले कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकारसामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाखि्रनलाई पुश्प गुच्छा दिएर र खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो नेपाली राज्यसत्ताको उत्पिडन र विविध कारणले यहांहरु विदेशमा भौंतारिन परेको छ र यसको अन्त्य नयां नेपालको निर्माणवाट मात्र सम्भव छ र हामी त्यो अभियानमा छौं।यो अभियानमा तपाइंहरुको समर्थन सहयोग जरुरी छ र त्यहि समर्थन जुटाउने अभियानमा हामी तपाइंहरु माझ आइपुगेका छौं । संयुक्त नेपाली मोर्चा युरोपका महासचिव विनोद तिवारीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इाचार्ज टेकम वाठामगरले साचालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील माच वेल्यिमका अध्यक्ष विष्णु भुजेलमगर राष्ट्रिय मुक्ति मोर्चा युरोपका इनचार्ज विरमान घर्तिमगरथारु समाज युरोपका संयोजक सोम नारायण थनेतमगर राष्ट्रिय मुक्ति मोर्चा वेल्जियमका महासचिव नेत्र मगर लगायत विभिन्न संस्थाका नेतृत्वहरुको उपस्थित रहेको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो। व्ारिष्ठ जनकलाकार खुशिराम पाखि्रनले विशेष अतिथिको तर्फवाट सांगितिक कोशेलीको प्रस्तुतिको अवसरमा मन्तव्य िदंदै भन्नु भयो हामी नेपालीले गणतन्त्र प्राप्त गरिसके पनि राष्ट्रिय स्वतन्त्रता प्राप्त गरि नसकेकोले त्यस प्रति सचेत हुनुपर्दछ भन्दै त्यसै भावमा आधारित आमाको छाति वैरिले लुछ्दा के हेर्छौ वसेर भन्ने गितले उपस्थित दर्शकलाई अत्यन्तै भावुक वनाएको थियो । वहांले आफुले यसरी गाना नगाएको धेरै भएकोले आफ्नो प्रस्तुति प्रभावकारी नहुन सक्ने वताएता पनि आफ्नो कलाको जोडदार प्रस्तुति गर्नु भएको थियो र दर्शकहरुले वरिष्ठ कलाकारलाई उहि रुपमा पाउंदा अत्यन्तै हर्ष व्यक्त गरेका थिए । म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगरसरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो छम्म छम्म मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने राष्ट्रिय भावको नृत्यले उपस्थित सवै दर्शकलाई आफन्त संग भेटाएको भाव झल्काएका थिए। म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुर ग्यामी मगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो र आवस्यक परेमा प्रवासी नेपाली पनि आन्दोलनमा सहभागी हुन नेपालनै आउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा अतिथिको रुपमा उपस्थित माओवादी नेतृ तथा सभासद् ओन्सरी घर्तिमगरले उपस्थित सवैलाई सम्वोधन गर्दै भन्नुभयो हाम्रो नेपाली समाज पितृसतात्तमक सत्तावाट उत्पिडित भएकोले हामी महिलाहरु ल्ाामो समय देखि शोषित पिडित छौं र हामीले अव वुझन पर्दछकि नत हामी पुरषका सेवक हौं नत हामी वच्चा जन्माउने मेशिन मात्र हौंहामीत राज्य सत्ता हांक्ने शक्ति हौं र हामीले हाम्रो हक हित र अधिकारको लागि संगठित भएर लड्नु पर्दछ र यसमा प्रवासी नेपाली महिलाहरु पनि संगठित हुन जरुरी छ। सांस्कृतिक परिवारका आकर्षक प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर सरला पुन मगर त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले प्रस्तुत गरेको नाचतिर्थ राज रोका मगरको कलम भन्दा वन्दुक प्यारो भन्ने गितनिषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तराई पहाड कति राम्रो हिमाल हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए । वरिष्ठ जनकलार खुशिराम पाखि्रनले नेपालको वस्तुगत अवस्थाको चित्रण गर्दै वहांले २०३८ सालमा गाएको गित अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कालो वनको विचैमा खेतलाको गाउं हाम्रो देशको व्यवस्था हेर्न त्यहां जाउं भन्ने गित गाउंदा हल पुरै स्तव्ध भएको थियो ।लेक वेसी डांडाकांडा हरियाली छाउंदैछ दुखीयाको घरमा खुशियाली छाउंदैछ भन्ने लोक लयको गितमा प्रस्तुत नृत्यले फेरी सवै दर्शकलाई छम छम नचाएको थियो ।सांझ सात वजेवाट शुरु भएको कार्यक्रम ११ वजे सम्म निरन्तर चलेको थियो र मुन्चेनवासी नेपालीहरुलाई यस कार्यक्रमले गहिरो छाप छोड्न सफल भएको छ।कार्यक्रममा उपस्थित जनसमुदायलाई नमस्ते नेपाल रेष्टुरेन्टले मुन्चेनले सुलभ मुल्यमा खानाको व्यवस्था गरेको थियो। त्यस्तै गरेर नेपाली प्रगतिशील शान्ति समाज अष्ट्रियाको आयोजनामा मिति २६ तारिख आइतवारका दिन उक्त परिवारले भव्य जनसांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।माओवादी नेता तथा सभासद् सन्तोष वुढामगरले उद्धघाटन गर्नुभएको उक्त कार्यक्रममा माओवादी नेतृ तथा सभासद् ओन्सीरी घर्तिमगरको उपस्थिति रहेको थियो भने वरिष्ठ जनकलाकार तथा सभासद् खुशिराम पाखि्रनले गित गाउनु भएको थियो। उक्त कार्यक्रममा फिलिपिन्सटर्किअष्ट्रिया लगायतका नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा कुर्दिस समुदायका नेताले कार्यक्रमको प्रशंसा गर्दै नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्नुभएको थियो।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika