सुशिल छेत्री
"समर क्याम्प २००९" को आज समापन कार्यक्रम सम्पन्न भयो। २१ दिन लामो चलेको उक्त कार्यक्रम निकैनै प्रभावकारी रह्यो । ७५ विद्यार्थीहरु, विद्यार्थीहरुका अभिभावकहरु , साथै डालस समाजका बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिती थियो। एन.एस.टी. का महासचिव जनक राणाले स्वागत मन्तब्य भाषाण गरेर कार्यक्रमको सुरुआत गर्नुभएको थियो ।
समापन कार्यक्रममा स्वयमसेवकहरु, संचालक समितिका ब्यक्तीहरु, विद्यार्थीहरु र उत्कृष्ट विद्यार्थी समुहलाई संयोजक मुरली अधिकारी र पुजनीय गुरु डा. चिन्ता मणी योगी ज्युले प्रमाण पत्र बितरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रमलाई कृष्ण लामिछनेले निकै नै सुमधुर, मिठो र आकर्सित तरिकाले सन्चालन गर्नुभएको थियो भने अन्य बिभिन्न संघ संस्थाका पदाधीकारीहरु ,केही स्वयमसेवक साथीहरुले आध्यात्मिक र समर क्याम्पका बारेमा आ-आफ्ना कुराहरु राख्नुका साथै बच्चाहरुमा यसले पारेको असर र प्रभावका बारेमा पनि खुशी साथ ब्यक्त गरेका थिए ।
अन्त्यमा मुरली अधीकारीले समर क्याम्पको उद्देस्य र यसको आवश्यकताको बारेमा प्रकाश पार्नु भएको थियो। साथै नेपाली समाज टेक्सस रुपी मन्दिरमा जग हाल्नी काम भएको र अब भवन बनाउन मात्र बाँकी रहेको कुरा आफ्नै सैलिमा ब्यक्त गर्नु भएको थियो । अन्त्यमा हामी सबै मिलेर अगाडि बड्नु पर्ने कुरा दोहोर्याउनु भएको थियो।
त्यस पछी पुजनीय गुरु डा. चिन्ता मणी योगी ज्युले उपस्थित सम्पूर्ण बयक्तिहरुलाई रातो ॐ अन्कित पहेलो कपडा "पिताम्बर" पहिराउनु भई सम्पूर्ण टेक्ससबासी नेपाली प्रती क्रितज्ञ रहेको बताउनु भयो । उहाले अन्तिम प्रबचन गर्ने क्रममा ''रगुपती रावण राजा राम पती त पावन सिता राम'' भन्दै भजन गर्दै उक्त "समर क्याम्प २००९" लाई धागोको डोरिको संज्ञ्या दिनुभएको थियो । धागो जुटाउने काम परार बर्ष भएको, डोरी बाट्ने काम गत बर्ष भएको र यो बर्ष डोरीको गाठो कस्नी काम भ्एको कुराको जानकारी दिनु भयो। अन्त्यमा टेक्सस उदाहरण भएर संसारलाई देखाउने छ किनकी टेक्ससमा धेरै प्रकारका ट्यालेन्ट र सहसी ब्यक्तीहरु हुनुहुन्छ भन्दै हामी सबै मिलियन डलर धनी छौ भनेर अत्यन्त मर्मस्पर्सी जोक भनेर समापन गर्नु भयो।
0 comments:
Post a Comment