आशा गुरुङ,इजरायल
नेपालको शान तिमी,तनहुँको नाम तिमी,
जो प्रेरित भयौ सामान्य घाँसिको कुराबाट
अन्तत चिनियौ आदिकबि भानुभक्त बाट..
जन्मदाता तिमी नेपाली भाषाको,
हिमाल,पहाड र तराइलाई एउटै मालामा गाँसी..
उल्था गर्यौ रामायण मातृ भाषामा,
सारा जनलाई बुझायौ शब्द र अर्थ यसको..
कर्मदाता हौ तिमी नेपाली साहित्य र संस्कृतिको,
थियौ खानी तिमीमा अनेक बिबिधताको..
नेपाली भाषा,साहित्य र संस्कृति
तिम्रो थियौ अमुल्य धन..
बाँच्यौ यिनैसँग तिम्रो पुरै जिबन,
छर्दै ज्ञानको भण्डार नेपाली धर्तीमा..
बिबेकताको धनी तिमी,आफ्नै मौलिकतामा रमाउने..
ललाटको तिम्रो सुन्दर टिका र कालो टोपी जस्तै,
आफ्नै नेपाली भेषभुषामा रमाउने..
गर्छु म कामना,भई नेपाली तिमी जस्तै,
गर्छु म कामना,भई नेपाली तिमी जस्तै,
तिम्रा प्रतिबिम्बहरु प्रतिबिम्बित भैइरहोस्
प्रत्येक नेपाली मनहरु र तनहरुमा..
जहाँ गहिरिन सकोस,घोत्लिरहन सकोस र बुझ्न सकोस्,
बिशाल आकाशको छातीभित्र
असिमित नेपाली साहित्य बाँचिरहेछ..
असिमित नेपाली साहित्य बाँचिरहेछ..
मुर्त रुप दिन यसलाई ती ताराहरुलाई पर्खिरहेछ..
समयको बनावटसगैँ यो परिबर्तित भैइरहेछ..
नब स्रष्टा र उनिहरुको दृष्टिकोणहरुसँगै,
परिमार्जित हुँदै दुबो झै मौलाई रहेछ..
हाम्रो आफ्नै पुर्वीय भाषा र संस्कृति नै प्यारो,
जहाँ हामी पोख्न सक्छौ अन्तर हृदय बाट
कसैको नक्कल नगरी..
ती मौलिक शब्द र भावहरु नै मिठो,
जहाँ हामी अनुभुत गर्न सक्छौ,
आफ्नै घर आँगन्, चाडपर्व र रितिरिवाजहरु..
नेपाली माया र मित्रताको सँगालोहरुसँग
बाँच्दाको मिठास नै बेग्लै ,
जहाँ नेपाली साझा फुलबारीहरु फक्रिरहेछन..
चार वर्ण र छत्तिस जातका आ-आफ्नै
सुगन्ध र महत्व लिई एकताको सुत्रसँगै...
तिमी त गयौ देह त्यागी यो भवसागर बाट,
तर आत्मा त आज पनि तिम्रो अमर छ...
तिम्रा योगदानहरु र कर्महरुले तिमीलाई चिनाइरहनेछ,
जब सम्म रहन्छ नेपाल र नेपाली...
तिमी उसै गरी चम्किरहन्छौ साहित्य आकाशमा,
जसरी सुर्य,तारा र जुन बिना
कल्पना गर्न सकिन्न आकाशको महिमा...
नेपाली भाषा र साहित्यको सागरमा तिमी,
कल्पना गर्न सकिन्न आकाशको महिमा...
नेपाली भाषा र साहित्यको सागरमा तिमी,
कहिल्यै बिलाउदैनौ न त हराउछौ कतै..
तिमी नै हौ आदि यसको र अस्तित्व पनि..
तिम्रा अमुल्य कृतिहरु र रचनाहरु ,
तिम्रा अमुल्य कृतिहरु र रचनाहरु ,
प्रेरणाको स्रोत हाम्रो लागि
अनि हरेक नयाँ पुस्ताको लागि..
म कसरी सिमित पार्न सक्छु र तिमीलाई ?
केबवल दुइचार शब्दहरुमा,
म कसरी सिमित पार्न सक्छु र तिमीलाई ?
केबवल दुइचार शब्दहरुमा,
तिम्रो जन्म जयन्तीमा..
बाँचिरहनेछौ तिमी बर्षौ बर्ष उसरी नै नेपाली माटोमा,
उदाहरणीय बनिरहनेछौ नेपाली भाषा र साहित्यको भुमीमा..
हरेक फाँट्,बेसी र भंज्याङहरुमा..
तिमी झल्मलाइरहनेछौ ती आँखाहरुमा उस्तै किरण लिई,
जहाँ प्यारो छ आफ्नै मौलिकता नेपाली हुनुको गर्वमा..
0 comments:
Post a Comment