दोहा, कतार ।
तमू बौद्ध सेवा समिति शाखा कतारले आफ्नो तात्कालिन पुर्वाञ्चल सम्पर्क सदस्य मिलन तमूको असामयीक निधनले वेसहारा बन्न पुगेका आश्रीत परिवारलाई आर्थिक सहयोग गरेको छ । ढिलो गरि प्राप्त समाचार अनुसार तमू बौद्ध सेवा समिति शाखा कतारले आफ्नो तात्कालिन पुर्वाञ्चल सम्पर्क सदस्य मिलन तमूको असामयीक निधनले वेसहारा बन्न पुगेका आश्रीत परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
कतारवासी तमू तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलित रकम सल्लाहकार बिलबहादुर तमू नेपाल जानु हुदा तात्कालिन कोषाध्यक्ष चरण तमूसंगको समन्वयमा गत साल २०६५ असोज १४ गते तदनुसार ३० सेप्टेम्वर २००८ मंगलवारका दिन एक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
समाचारमा जनाईए अनुसार कुल सहयोग रकम एक लाख एक हजार पाँच सय नेपाली रुपैया स्वःमिलन तमूको आमा श्रीमति गंगा माया तमू र श्रीमति कल्पना तमूको अभिभावकत्वमा नावालक छोरा रबिन तमू र छोरी सरिता तमूको नाममा वाषिर्क ६ प्रतिशत व्याज पाउने सर्तमा तमू छोंज धिं इलाका मोरङको संरक्षणमा स्थापित जन जागृति बचत तथा ऋण सहकारी संस्था केरौन १ मोरङमा बाल वचत कोषमा जम्मा गरिएको छ ।
समितिका अध्यक्ष जगन तमूले दिनु भएको जानकारी अनुसार स्वः मिलन तमूका नावालक छोरा छोरीको शिक्षा दिक्षामा सहयोग पुर्याउने उद्देश्यले नै उक्त रकम संकलन गरिएको थियो ।

0 comments:
Post a Comment