श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 29 July 2009

अश्लिल फिल्मको अखडा बन्दैछ नेपाल




सगरमाथा जस्तो उच्च शिखर र प्राकृतिक सौर्न्दयताको भरिपूर्ण भएको हाम्रो देश नेपाल यतिखेर ब्लू फिल्म अर्थात अश्लिल चलचित्र निर्माण हुने अखडाको रुपमा विकसित हुदैँछ । सस्तो मोबाइल फोन, क्यामेरा र कम्प्यूटरको माध्यमबाट नेपाली समाजमा निर्मित घरेलु अश्लिल फिल्महरु संसारभर फैलिदै छ । सन् ८० को दशक भारत र बैककमा तस्करी हुने तिनै अश्लिल फिल्महरु अहिले हाम्रा घरछेऊ, छरछिमेकमा बन्न थालेका छन्केही दशकअघिसम्म पश्चिमा देशहरुमा निर्माण भएका अङ्ग्रेजी अश्लिल फिल्महरु समेत पाइन मुश्किल पर्ने नेपाली समाजमा आफ्नै अनुहार गरेका नेपाली अश्लिल फिल्महरु छ्यापछ्याप्ती पाइन थालेको छ । नेपाली समाजमा उच्च प्रतिष्ठा र समाजको लोकाचारको मुकुण्डो ओड्नेहरु क्रमशः उदाङ्गो हुदैँछन् । घर बाहिर-बाहिर ठूलो लोकाचारको गफ दिन तर भित्र-भित्र नाङ्गा अश्लिल फिल्महरु हेर्दै रमाउने माध्यम वर्गिय नेपाली पुरुष मात्र होइन चूल्हाचौकामा सीमित मानिएका नेपाली महिलाहरु समेत विश्वब्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन् ।वि.सं. २०४६ सालमा खानेपानी संस्थान सुनसरीका तत्कालीन सुपरभाइजर राम ठकुरी, संस्थानकै पम्प सेक्सनका जीवछ पासवान, मिटर रिडर सूवर्ण भूजेल, चतराका प्रताप थापा र क्यामेरामेन नरेन्द्र श्रेष्ठले सीता परियार र शान्ति घिसिङ्गलाई पाँच-पाँच सय दिई नायिका बनाई सुनसरीको धरानमा खिचिएको अश्लिल फिल्मलाई नेपालकै पहिलो अश्लिल फिल्म मान्ने गरिन्छ । हाल यस्तै प्रकृतिका नेपाली अश्लिल फिल्महरु प्रत्यक्ष तथा प्रत्यक्ष रुपमा धमाधम निर्माण गरिदैछन् ।सुरुमा प्रेमको मनोवृत्ति देखाएर बिश्वास दिलाउने र अन्त्यमा यौनकर्म गरी गोप्य रुपमा अश्लिल फिल्महरु बनाउने खालका जमातहरु बढ्दै छन् यतिखेर । गोप्य रुपमा खिचिएका त्यस्ता अश्लिल चलचित्रहरु प्राबिधिक रुपमा कमसल हुन्छन् भने ब्यवसायका लागि खिचिएका त्यस्ता फिल्महरु प्राबिधिक हिसाबले गुणस्तरीय हुने गरेका छन् । क्याम्पस परिसर, छात्राबास , होटल तथा रेष्टुँराहरुमा यौनकर्म गरी मोबाइल तथा भिडियो क्यामेराबाट खिचिएका नेपाली अश्लिल फिल्महरु अहिले बग्रेंल्ती पाइन थालेका छन् ।माग बढ्दै
नेपाली समाज भारतीय र मुस्लिम समाजजस्तै बन्द समाज र संस्कृतिमा आधारित छ । नेपालमा बन्द समाज र संस्कृति भएकै कारण सबैको चासोको विषय बनेको छ । जसले गर्दा नेपाली अश्लिल फिल्महरुको माग बढ्दै गएको छ । सांस्कृतिक रुपले धेरै समान रहेको हाम्रो छिमेकी देश भारतले विश्व सुन्दरी प्रतियोगितामा देखाउँदै आएको नेतृत्वदायी उपस्थिति र संख्यात्मक रुपमाले हलिवुडलाई पछाडि पार्दै गइरहेका बलिवुडका फिल्मले भारतको सांस्कृतिक प्रभाव विश्वभर फैलिदै गएको छ त्यसैले पूर्वीय बन्द संस्कृति, अन्तरमुखी र लज्जालु युवतिहरुका कारण यौन बजारमा नेपाली अश्लिल फिल्महरुको माग बढेको अनुमान गर्न सकिन्छ ।
नेपालमा यौन पर्यटन विकसित हुँदैनेपालको प्राकृतिक सुन्दरता र अनुपम दृश्यहरु हेर्नका लागि विश्वका कुना-कुनाबाट विदेशीहरु नेपाल भ्रमण गर्न आउने गरेका छन् । एक तथ्यांकअनुसार नेपाल भ्रमण गर्न आउने त्यी विदेशी पर्यटकहरु मध्ये २० प्रतिशत पर्यटकहरु अश्लिल फिल्म निर्माण गर्न र नेपाली युवतिहरुसँग यौन आनन्द लिन आउने गरेको दाबी छ । उनिहरु सोझै नेपालका यौनकर्मी महिलाहरुसँग सम्झौता गरी अश्लिल फिल्म निर्माण गर्ने गर्दछन् । करिब २०/३० हजार नेपाली रुपैयाँमा अश्लिल फिल्म धमाधम निर्माण गरी नेपालमा सार्वजनिक नगर्ने सर्तमा इन्टरनेटबाट खुलेआम बेचबिखन गर्ने गरिन्छ । यसरी विदेशी पर्यटकहरु नेपाल आएर अश्लिल फिल्म निर्माण गर्दै महँगो मूल्यमा बेच्ने र मोटो रकम हात पार्ने गरेका छन् ।कमजोर कानूनी संयन्त्र
यसरी नेपाली अश्लिल फिल्महरु निर्माण गरिनुमा कमजोर कानूनी संयन्त्र पनि एक हो । प्रत्यक्ष यौनकर्म गरिरहेका बेला रङ्गेहात समातिएका यौनजोडीहरुलाई पनि प्रहरीले कडा कार्वाही गर्न सकेको छैन । समातिएकाहरु पनि धरौटीमा रिहा हुने गरेका छन् । पछिल्लो समयमा गायक तथा हाँस्यकलाकार प्रकाश ओझाले इटहरीकै ज्योति खड्का उर्फ जेसिका खड्कालाई 'ब्ल्याक मेलिङ्ग' गरि अश्लिल चलचित्र निर्माण गरेको आरोपमा केही वर्षजेल राखी धरौटीमा छाडिएको थियो । यसरी प्रहरी प्रशासनले घटनाको खोजीनीति नै नगरि धरौटीका भरमा अपराधीहरुलाई छाड्ने प्रवृत्तिले गर्दा यस्ता कार्य गर्नेहरु उत्साहित भएका हुन् ।रहलमा, पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दिनदिनै यस्तो यौन स्वच्छन्दता बढ्दै गएको छ । यो भन्दा भयावह स्थिति सिर्जना हुन नदिन सम्बन्धित निकायका साथसाथै हामीहरुले पनि त्यस्ता कार्यहरुलाई निरुत्साहित पार्नुपर्छ । समाजमा सरिफपनको मुकुण्डो ओढ्ने र भित्रभित्रै त्यस्ता गलत कार्य गर्नेहरुको पर्दाफास गर्नु हाम्रो दायित्व हुनजान्छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika