श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 27 July 2009

नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन भब्यताको साथ सम्पन्न











सागर श्रेष्ठएउटा छुटै परिबेश भएको देश साउदी अरेवियामा कुनै पनि संघ संगठन खोल्न जमघट भएर गफगाफ गर्न बन्देज छ । तर पनि नेपालीकामदारहरुले आफ्नो हक अधिकार आदीको लागी संयुक्त आवाज सम्बन्धीत निकाय सम्म पुर् याउनको लागी विभिन्न संघ संगठनहरु स्थापना भएका छन । त्यस मध्ये एउटा सिद्वान्त बोकेर सर्बहारा बर्गको पहल गर्ने सबैको प्यारो संगठन नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशन २४ तारिखको दिन भब्यताको साथ सम्पन्न भएको छ । मंचको महासचिव श्री भिम चापागाईको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य श्री राम बहादुर बेलबासे ज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम श्री ऋशीराम गैरे र पुर्ण बि क पहडीले साचालन गर्नु भएको थियो ।एकिकृत नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय कार्यल नेपाली दुताबास साउदी अरेविया दुबई कतार बहराईन लगाएत करिब १७ देशबाट नेपाली जन प्रगतिशील मंच साउदी अरेवियाको प्रथम महाधीबेशनको सफलताको कामना सहति पठाईएको शुभ-कामनाहरु मध्य क। प्रचण्डद्वारा हस्ताक्षरित र दुताबासबाट पठाईएको शुभ-कामनाहरु संस्थापक तथा वरिष्ठ सल्लाहकार श्री सागर श्रेष्ठ ज्यूले वाचन गरेर सुनाउनुभएको थियो । दुताबासले सुरक्षालाई मध्य नजर राखेर स्थानिय सुरक्षा निकायलाई कार्यक्रममा कुनै बाधा अड्चन नपार्न र सहयोग गर्न पत्र पनि पठाउनु भएको थियो ।साउदी अरेवियाको एक प्रमुख शहर दमामको पारागन होटलमा सम्पन्न उक्त महाधीबेशनमा साउदी अरेवियामा स्थापित विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु समाजसेवी ब्यपारी पत्रकार लेखक सर्वसाधारण प्रगतिशील विचार भएका ब्यक्तिहरु आदीको उल्लेख्य उपस्थिती रहेको थियो । मंचको ब्यानर खोली उदघाटन प्रमुख अतिथी र सभापतिद्वारा गरियो पछि महान शहिदहरुप्रती एक मिनेट मौन धारणा गरेर कार्यक्रमलाई अगाडी बढाईएको थियो । नेपाल सरकारले सन २०११ लाई पर्यटन बर्ष मनाउदै गरेको अबसर पारेर जन प्रगतिशील मंचले पनि प्रचार प्रसारको क्रममा साउदी अरेवियाकै ईतिहासमा पहिलो पटक प्रतियोगितात्मक चित्रकला प्रर्दशनी पनि गरिएको थियो । विभिन्न ब्यक्तिहरुद्वारा कोरिएका चित्रहरुले हल सजिसजाउ भएको थियो र दर्शकहरुको मन अत्यन्त प्रफुल्ल भएको पाईएको थियो । समय पायोकि सबै दर्शकहरु ति नेपालका पर्यटकिय दृक्ष्यहरु भएको चित्रहरुको तस्वीर आफ्नो क्यामारा तथा मोबाईलमा कैद गर्न तछाड मछाड गरेको देखीन्थ्यो । उक्त प्रतियोगितात्मक चित्रकला प्रतियोगितामा नेपाली मनमोहक दृष्य ज्योती बि सी प्रथम नेपाली मनमोहक धरोहर मनोज वि क द्वितिय र नेपाली भावनात्मक दृष्य महेन्द्र राई तृतिय भएका थिए । चित्रकला प्रर्दशनिको निर्णायक मण्डलमा नारन वाग्ले संयोजक राम कुमार वि क र लोकेन्द्र छन्तेल रहनुभएको थियो ।कार्यक्रममा तमांङ्ग साँस्कृतिक समाजका जनकलाकारहरुले सबैको मनछुने जनताका गितहरुद्वारा मनोराजन दिएका थिए । नेपाली जन प्रगतिशील मंचका क्षेत्रीय समितिहरुले मन्तब्य तथा आफ्नो क्षेत्रको रीपोट प्रस्तुत गर्नु भएको थियो भने । संस्थाको संगठानीक प्रतिबेदन श्री ऋशीराम गैरे र करिव सांढे नौ हजार रियालको आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्री प्रेमध्वज लामाले प्रस्तुत गर्नु भएको थियो । विभिन्न अतिथी तथा वक्ताहरुले मन्तब्य दिने क्रममा साउदी अरेवियाकै ईतिहासमा जन प्रगतिशील मंच छोटो समयमै नेपाली समाजमा भिजेर मन जित्न सफल र यसले गरेको प्रगतिको साथ साथै जन कलाकारहरु र विभिन्न प्रतिभा भएका चित्रकारहरुलाई प्रोत्साहन दिई नेपाली भाषा साहित्य कला र संस्कृतिको सम्रक्षण र सम्र्बद्वन गर्न गरेको पहलको प्रशंशा गर्नु भएको थियो साथै नयाँ कार्य समितिलाई बधाई पनि । उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्यापरी तथा दाताहरु साथै नेपाल ईन्भेष्टमेण्ट बैक लि।ले प्रायोजन गरेको थियो । कार्यक्रममा युनिटी लाईफ साउदी अरेवियाका प्रतिनीधी श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूले साउदी अरेवियाको कतिफमा विगत ४ महीना देखी अलपत्र परेर बस्नु भएका एक नेपालीको खानाको लागी एक महिनाको भरण पोषणको साथै युनिटी लाईफमा वहाँको पररिवारको रक्षाको लागी बैकिङ्ग प्लान राहत योजनामा मेम्बर बनाईदिने पनि घोषणा गर्नु भएको थियो जसले गर्दा उक्त नेपाली सुरक्षित साथ नेपाल पुग्न सकोस र नेपालमा गएर बेरोजगार भएर बस्न नपारोस भन्ने वहाँको चाहाना थियो । नेपाली जन प्रगतिशील मंचले कलाकार र चित्रकारहरुको उच्च मुल्याङ्कन गरि प्रशंशा-पत्र तथा उत्कृष्ट चित्रकारहरुलाई ट्रफीद्वारा सम्मान गएिको थियो ।यस अधिबेशनले श्री भिम चापागाईको अध्यक्षतामा नेपाली जन प्रगतिशील मंचको केन्द्रीय समितिको दुई बर्षको लागी २३ केन्द्रिय समिति गठन गरिएको छ । जस अनुसार३ उपाध्यक्षहरुः ऋशीराम गैरे जुवेल कमल कटुवाल आर आर गिरीराज न्यौपाने रियादमहासचिवः प्रेमध्वज लामा दमामसचिवः कमल महत आर आरकोषाध्यक्षः नारन वाग्ले कतिफसह-कोषध्यक्षः राम चन्द्र वाग्ले रहिमासदस्यहरुः्प्रेम बहादुर थापाटेक बहादुर तामाङ्गपदम खरेलश्रीराम ढकालराजेश रमण कर्णकिशोर गुरुङ्गतिर्थराज पौडेल

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika