धन बस्नेत
पोखरा, १३ साउन/नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गएको छ । तीजलाई भव्य रुपमा मनाउन पोखरामा सौर्न्दर्यकर्मी महिलाहरु जुटेका छन् । राष्ट्रिय सौन्दयकर्मी युनियन नेपालले तीजको अवसरमा विवाहित महिलाहरुको ‘मिसेज तीज पोखरा व्युटिसियन्स २०६६’ गर्ने तयारी गरेको छ । युनियनले पोखराका रहेको पार्लरहरु बीचमा स्वच्छ प्रतिस्पर्धा गराउन सौन्दयकर्मी विवाहित महिलाहरुको सौर्न्दर्य प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगितासँगै सबै प्रतियोगिलाई दर समेत खुवाउने कार्यक्रम रहेको युनियनले बताएको छ । आफुलाई उत्कृष्ट सौर्न्दर्यकर्मी महिला बनाउन टे्निङमा जुटेका छन् । उनीहरुलाई रविन्द्र बज्रचार्यले विभिन्न तालिमहरु दिदैं आउनुभएको छ । महिलाहरुलाई विशेष गरी स्टेजमा क्याट वाक, कन्फिडेन्स विल्डअप लगायतका टे्रनिङ दिइएको बज्रचार्यले बताए । २४ गते शनिबार पोखराको सभागृहमा हुने सौर्न्दर्यकर्मी प्रतियोगितामा पोखराका १२ वटा पार्लरका २२ जना महिलाहरुको सहभागिता रहेको छ । ‘विवाहित महिला सौर्न्दर्यकर्मी बाहेक अन्यले प्रतिस्पर्धा गर्न पाउने छैनन् ।’ प्रतियोगिताका संयोजक सुमन गुरुङले भने । झण्डै एकमहिनाको टे्रनिङपछि सौर्न्दर्यकर्मी महिलाहरु स्टेजमा आफनो प्रतिभा प्रष्फुटन गराउने छन् । पोखरामा दुइसय भन्दा बढी पार्लर छन् । मिसेज तीज प्रतियोगिताका उत्कृष्ट तीनजनालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । अघिल्लो महिना मात्रै हङकङ व्युटि पार्लरले सौर्न्दर्यकर्मीहरु बीच ट्यालेन्ट कन्टेष्ट गरेको थियो ।

0 comments:
Post a Comment