श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 28 July 2009

स्वस्थानी कथाको सन्देश के हो ? को थिए बुढासुब्बा ?


बुढासुब्बा को थिए ?पूर्वको शहर धरानको विजयपुर आएपछि तपाईंले बुढासुब्बाबारेमा अनेक लोकआहनहरु सुन्न पाउनु हुनेछ । एउटा समाधीलाई देखाएर तपाइका अगुवाले भन्नेछ - 'हेर्नोस् त्यहाँ बुढासुब्बा समाधिस्थ छन् । यतापट्टी उत्तरतिर हेर्नुहोस् उनका भान्जा र बहिनी पनि समाधिस्थ छन् ।' तपाइलाई एउटा उत्सुकता जाग्ने छ - नाम सुन्दा मान्छेको जस्तो लाग्ने तर देउता जस्तो गरी पुजिने अनि हिन्दु तरिकाले पुजिने, तर हिन्दु परम्परामा कतै नदेखिने समाधिस्थल पुजिने । अरु मन्दिरमा त बाहुन पूजारी हुन्छन् याहाँ भने मगर ।’- यी बुढासुब्बा को थिए ?तपाईंले जवाफ पाउनु हुनेछ -यीनी एउटा सिद्धबाबा थिए जो विजयपुरमा शिकार खेली िहंड्थे । यसो पनि भनिन्छ कि उनी याहाँ पाण्डवहरुको यज्ञ हुँदा वेदीरक्षकको रुपमा थिए ।याहाँका व्यक्तिहरुले तपाईंलाई एकदमै राम्रोसंग पोलिएको साह्रो र चिल्लो मटुंग्रा देखाउनेछन् र भन्नेछन् - 'ल हेर्नोस् अझै बुढासुब्बाका मटुंग्रा तपाईं पाउनुहुन्छ । अझ एक थरी हैन दुई थरीका मटुंग्रा पाउनुहुन्छ । अर्को थरी जो केही सानो देखिन्छ त्यो भान्जाले चलाउने गरेका मटुंग्रा हुन् ।'तपाईंको अगुवाले थप्नेछ - 'यी मटुंग्रा बारी खन्दा अझै पाइन्छन् र यसलाई यहाँका जनताले पेट सम्बन्धी रोगहरुको लागि औषधीको रुपमा सेवन गर्दछन् । यसमा बुढासुब्बाको सत् छ ।'बुढासुब्बाको मन्दिर छेवैको बाँसझ्याङलाई औंलाउँदै तपाईंलाई उसले भन्नेछ - 'ल हेर्नोस् त्यो झ्याङका बाँसका टुप्पा छैनन् । यी सव उहिले नै बुढासुब्बाले धुनुषबाणले नै काटेका थिए । त्यसताका यहाँ धेरै काग आउँथे रे र यीनै टुप्पामा बस्थे अरे । उनले कागलाई बस्न नदिन टुप्पा काटेका अरे । भन्छन् आजसम्म कागहरु विजयपुरमा आउँदैनन् । तर भन्दाभन्दै विजयपुरमा काग देखिने ककताली पर्न सक्छ । यसमा बुढाहरु जिद्दी गर्छन् कि यहाँ काग आएपनि कराउन भने कराउदैन ।'तपाइले टुप्पा नभएका यी बाँसकाबारेमा अरु कुराहरु पनि सुन्न पाउनु हुने छ जस्तै -१. बुढासुब्बाले आफ्ना शिष्यहरुलाई धुनुषबाण चलाउन सिकाउँदा यीनै टुप्पाहरुलाई निशाना वनाउन लगाउथे र काटिए ।२. बुढासुब्बा एक दिन यसै ठाउँमा बाँसबाट बनेका धनुषबाण राखेर अलप भएका थिए र त्यही धनुष पल्हाएर यी बाँस उमि्रए ।३. उहिले नै पाण्डवहरुले यज्ञ गर्न जुन िलंगहरु गाडेका थिए उनै बाँसहरु पल्हाएर यी बाँस भए । इत्यादि ।तपाईंको अगुवाले थप्नेछ - 'यस्तो बाँस कहीं उम्रदैन । यसलाई सीर्फ वर्षमा एकपल्ट चण्डिपूर्णेका अघिल्लो दिन मात्र काटिन्छ । तर कहीं सारिदैन । यसरी काटेको बाँस अन्त लान िदंइदैन र अरु काममा पनि चलाइन्न ।'तर तपाईं आफैलाई अचम्म लाग्ने छ कि साँच्चै नै ती बाँसहरुका टुप्पा छैनन् । एउटा कुरा पाउनुहुनेछ कि ती बाँसका तामामा टुप्पा हुन्छन् तर छिप्पेर गएपछि टुप्पाहरु सुकेर जान्छन् ।तपाइँले राम्ररी यी सव कुराहरुका अवलोकन गर्नै पाउनुभएको हुन्न कि तपाईंका अगुवाले अरु उक्तिहरु थप्नेछ- 'यी बुढासुब्बाले यस डाँडाबाट औलो र श्यालहरु भगाए । त्यसैले आजसम्म यहाँ औलो लाग्दैन र श्याल पनि कराउँदैन ।'यहाँका बाँसका टुप्पाहरु किन सुकेर जान्छन् वैज्ञानिक कारणहरु के छ खोज्न बाँकी नै छ । तर काग र श्याल किन यता देखिन्दैन भन्ने सम्बन्धमा भने लक्ष्मीप्रसाद आचार्य आफ्नो पुस्तक देशको ढुंगा देशको माटोमा भन्नुहुन्छ - यो छुट्टै राज्य रहेको अवस्थामा यहाँ तोप बन्दुकहरु पड्काइन्थ्यो र यीनैका शब्दबाट त्रसित भएर काग र श्यालहरु आउँदैनथे । त्यसै वेलाका उपज हुन् यी कथाहरु ।प्रशंग यही हो कि यसरी लोकजीब्रोमा एउटा अलौकिक मानिएका यी पुरुष यस विजयपुर क्षेत्रमा धुमधामले पुजित छन् । दिनहुँ यहाँ बली चढाइन्छ र बैशाखपूर्णिमामा त मेलै लाग्छ । यहाँ बली भएका जन्तुहरुको कलेजो पढेर पूजारीहरुले पूजा ल्याउने घरका ग्रहदशा भनिदिने गर्दछन् । त्यस्तै हाँस र कुखुराका फुलहरु फोरेर भविष्यसमेत बताई दिन्छन् ।यसरी धुमधामसंग पुजिने यी सिद्धबाबाको थिए भन्ने कुरा अहिलेसम्म विवादकै कुरा छ । कहीं कतै प्रमाणिक तथ्य मिलेको छैन । कसैले यीनलाई युगौं परानो बताउँछन् भने कसैले केही शतव्दी यतैका भनी बताउँछन् ।केही किम्वदन्तिहरुले यस समाधीलाई यलम्वहाङको समाधी हुन् भनी भन्दछन् । यलम्वहाङलाई एकलब्यको रुपमा लिने किमवदन्तिहरु पनि पाइन्छन् । लक्ष्मी आचार्यले यीनै एकलब्यको समाधीका रुपमा बुढासुब्बाका समाधीलाई लिनुभएको छ । उहाँका अनुसार द्वापरयुगमा एकलब्य द्वारकामा लडाई गर्दा कृष्ण र बलरामद्वारा परास्त भई ज्यान जोगाउन द्वारकाको समुद्रमा हामफालेर बेपत्ता भएका थिए र बुढेसकालमा मर्न भनी उनी आफ्नै जन्मभूमी हिमालयतर्फ आएका थिए । रुद्राक्षारण्य जस्तो परमपुण्य तपोभूमी आइपुगेपछि उनले यहाँ नै शेष जीवन बिताए र समाधिस्थ भएका थिए । आचार्यज्यू यो पनि थप्नुहुन्छ कि रुद्राक्षारण्य महात्म्यमा केरलका एउटा पतित बाहुन रुद्राक्षारण्यमा आई मरे र उनको लाश मुनी एकदाना रुद्राक्ष परेको हुँदा उनले रुद्रलोक प्राप्त गरे र उनको समाधिस्थल याहाँ नै भएको प्रशंग आउँदछ । यो उल्लेख भन्दा पर गएर कुनै यस्ता समाधी तथा यी सिद्धपुरुषका जीवनीसंग मिल्नेखालका प्रशंग पुराण तथा ग्रन्थहरुमा कहीं कतै उल्लेख भएको पाइंदैन । यत्तिसम्म कि विजयपुरमै प्राप्त अति प्रचलित भताभुंगेको कथामा पनि यी उल्लेख आउँदैनन् । यसबाट स्पष्ट छ कि बूढासुब्बा भन्ने व्यक्ति महाभारत तथा भताभुंगेका कालका थिएनन् । धेरै पछिका कुनै सिद्धबाबा हुनसक्छन् । रुद्रक्षारण्यमा उल्लेखित एकलव्यका कथा र पतित बाहुनको समाधिको प्रशंग यससंग कदाचित मिल्दैन ।यस क्षेत्रको अध्ययन गर्ने योगेन्द्र तिमििल्सना र गोपाल राज जोशी ले भनेका छन् कि यिनी शाहबंशका कुनै राजाबाट सुब्बा दर्जा पाएका एउटा बीर योद्धा थिए । यस कुरालाई उहाँहरुले कुनै ऐतिहासिक प्रमाण ठोस रुपमा पेश गर्नुभएको छैन र आफ्नो आधार किम्वदन्ति हो भन्नु भएको छ । वस्तुतः यस प्रशंगको किम्वदन्ति पनि पाइएको छैन । वस्तुतः शाहबंश पछिका यस भेगमा इतिहास एकदमै स्पष्ट छ । इतिहासले कुनै यस्ता असाधारण पुरुषको संकेत िदंदैन ।यो सिद्धपुरुष सेनकालीन व्यक्ति थिए भने कुन व्यक्ति थिए त भन्ने एउटा प्रश्न उठ्छ । इतिहास यसबारेमा पनि मौन छ । इतिहासकार एफ। हेमिल्टनले यिनीलाई सेनबंशका अन्तिम राजाका अन्त्तिम मन्त्री बुद्धिकर्ण रायसंग तादात्म्य गराएका छन् ।एफ। हेमिल्टनको यो तादात्म्यलाई हालै खेवालिम्बु परिवारद्वारा प्रकाशित पुस्तक 'मानव उत्पति र खेवावंश' मा वंशावली संकलक तथा लेखक लोकेन्द्र बहादुर तिगेलाले४ पूर्णतः असहमत जनाई केही आकर्षक प्रमाणहरु सहित बुढासुब्बा बुद्धिकर्ण राय नभई धनकुटा जिल्लाको हातिखर्क गाउँका तिगेला खेवाबंशका पूर्वज मुक्तिहाङका ९ औं िपंढीका पुरुष इल्लीहाङका जेठी श्रीमतिबाट वि.सं. १८२२ मा जन्मिएका ७ भाई मध्येका ज्येष्ठ पुत्र भर्तवीर हुन् भनेका छन् । साथै उनी बच्चैकालदेखि धनुर्धर थिए र एकपल्ट ५ फुट लामो बाँसबाट दुइवटा धनु बनाई एउटा घरमा राखेर अर्को आफूसंग लिएर डुिक्संग र ब_िक्संग नामका मगरहरु साथमा विजयपुरसम्म शिकार खेल्न आएका थिए तर त्याहाँ उनका निसाना चुकेछ र अव मेरो समयको अन्त्य भइसकेछ भनी धनु भूईंमा राखी समाधिस्थ भए भन्ने उल्लेख त्यसमा परेकाछन् । अन्तमा भर्तवीर नै बुढासुब्बा हुन् भनी किटान गर्न केही प्रमाणहरु पनि दिइएका छन् । जसमा भर्तवीरका छैटौं पींढीका सन्तान र सहयोगी मगरहरुका सन्तान अद्यापि हात्तिखर्कमा रहिआएका दुई धनुमध्ये घरमा छोडी आएको धनु अझै यथावत भएको मन्दिरमा मगर पूजा रही आएको आदि प्रमूख छन् ।यस पुस्तकमा बुद्धीकर्ण रायको नाम अतिनै सम्मानपूर्वक लिइएको छ । त्यसैमा दिइएका ऐतिहासिक तथ्यहरु जो बढो होशियारीपूर्वक प्रस्तुत गरिएका छन् मा समेत बुढासुब्बाको प्रख्यातिसंग दाँजोमा पुग्न सक्ने व्यक्ति बुद्धिकर्ण मात्र देखिन्छ । त्यसमा दिइएका दुवैको समय बुद्धिकर्णको मृत्यु वि।सं। १८३१ र भर्तवीरको जन्म वि.सं. १८१२ पनि समकालीन नै देखिन्छन् । त्यति हुँदा हुँदै पनि बुद्धीकर्णलाई बुढासुब्बा नमानी भर्तवीर जसको व्यक्तित्व त्यो उचाइमा देखिन्दैन लाई बुढासुब्बा भनेर मान्नु एउटा विचारनीय कुरा छ । साधरण हिसावमा हेर्ने हो भने यदि बुढासुब्बा एउटा इतिहासपुरुषै थिए भने बुद्धीकर्ण नै त्यो व्यक्ति थिए कि भन्ने प्रक्कल्पना चािहं अवश्यै बलियो प्रतित हुन्छ ।'सुब्बा’ भन्ने शव्द हाल लिम्बूहरुले आफ्ना जाती जताउन प्रयोग गर्ने गरेका भएतापनि त्यसवखत यो शव्द सेनराजाहरुद्वारा आफ्ना अधिकारीहरुलाई दिइने पदको नाम थियो । यस्ता शव्दहरुमा राय सुभा चौतरिया दिवान आदि पर्दछन् । 'राय’ शव्द पछि अपभ्रंश भई 'राइ’ र भए भने 'सुभा’ चािहं 'सुब्बा’ भए । त्यस पुस्तककै अनुसार भर्तवीर सरकारी ओहदाका व्यक्ति नभई एउटा सिद्धपुरुष थिए । तर बुद्धीकर्ण भने चौतरिया अर्थात प्रधानमन्त्री नै थिए ।एउटा काल्पनिक व्यक्ति अलौकिक पुरुष बन्न पुग्नु कुनै अस्वाभाविक हुन्न किनभने त्यसको आधार नै अन्धविश्वास रहेको हुन्छ । तर याहाँ त प्रशंग इतिहासपुरुषको छ जो युगौं पुरानो समयको नभई सीर्फ २०० बर्ष पहिलेका व्यक्ति थिए । यदि मन्त्री बुढा बुद्धिकर्ण राय नै ती अलौकिक पुरुषको रुपमा पुिजंदै आएका बुढासुब्बा हुन् भने यसका कारणहरु के होलान् त प्रशंग केही चाखलाग्दो नै होला ।बुद्धिकर्ण राय बिचीत्र रायका छोरा र कामदत्तसेनका मन्त्री थिए । कामदत्तसेनको बुद्धिकर्णसंग राम्रो सम्बन्ध थिएन । यो झगडा पुख्र्यौली थियो । बुद्धिकर्णका बाबु बिचीत्र रायले त राजालाई भोटतर्फ नै भगाएका थिए र पछि उनी फर्केर आएपछि यो राज्य दुई टुक्रामा विभाजित भएको थियो । विभाजित देशमा कामदत्तसेन मोरङ विजयपुर का राजा भए । यस घटना पछि बिचीत्र रायको मृत्यु भयो र उनका छोरा बुद्धिकर्ण मन्त्री भए । बृद्धिकर्ण बाबुभन्दा कमका थिएनन् । राजालाइ देशै छाडेर इस्टइण्डिया कम्पनीका शरणमा सहायतार्थ जानपर्ने वाध्य पारिदिए । तर कम्पनी सरकारबाट राजालाई कुनै सहायता मिलेन र आफैले केही सैन्य लिई विजयपुरमा हमला गरे । उनी राजा नै थिए । अतः धेरै घमासान युद्ध हुनैपरेन । उनलाई फेरि देशका राजा स्वीकार गरियो । तर कामदत्तसेनले आफ्नो इवी साध्न बुद्धिकर्ण रायका भाई बुद्धकर्णलाई छलकपट गरी मारिदिए । बुद्धिकर्णलाई यो सह्य थिएन र उनले केही दिन गुप्तबास बसी आफ्नो मान्छेका सहायताले छलकपट गरी राजालाई नै मारिदिए । त्यसपछि बुद्धिकर्णले कामदत्तसेनकै काका रघुनाथसेनलाई राजा वनाए । उनी पनि बुद्धिकर्णसंग अति नै डराउँथे र उनलाई सँधैको लागि खतम गर्न अंग्रेजहरुको सहायता मागे । पछि यसको भेद खुलेपछि राजाले आफै भाग्न पर् यो । बुद्धिकर्णले अव पृथ्वीनारायण शाहद्वारा लखेटिएका चौदण्डीका राजा कर्णसेनलाई नाम मात्रका राजा वनाए र आफू 'राजभार समर्थू भन्ने उपाधी ग्रहण गरी इ।सं। १७७० मा विजयपुरका हर्ताकर्ता भए । त्यसै समयमा अभिमान िसंहको नेतृत्वमा गोर्खालीहरुले विजयपुर माथि एक्कासी आक्रमण गरे । राजा कर्णसेनलाई यसको छनक भएपनि मध्येवर्षा भएको र कोशीमा भेल पनि आइरहेको हुँदा त्यस्तो आक्रमण होला भन्ने सोच बुद्धिकर्णलाई हुँदै भएन । प्रतिरक्षाको लागि वन्दोवस्त हुन नपाएकोले उनलाई भागेर भारत पस्न पर्यो । राजा त पहिलेनै आफ्ना सन्तानलाई आक्रमणबाट बचाउन भारत पसिनै सकेका थिए ।आफ्नो हातबाट राज्य गएता पनि बुद्धिकर्णले इष्टइण्डिया कम्पनीका सहायताबाट राज्य फर्काउने चेष्टा गरे । उनी आफ्ना जनताबाट पनि सहायता पाउने आशाले वेलावेलामा विजयपुरमा लुकिछिपी आउथे राज्य पल्टाउन सांगठनिक कार्यहरु गर्दथे । गोर्खालीहरुले यो कुरा थाहा पाए र उनलाई मार्ने चाल चले । संगठन कार्यमा सघाउ पुर् याउन र उनलाई भूमीगत आश्रय दिन स्थानीय जनता सँधै तत्पर थिए । सेनबंशका पूजारी जाती मगरहरु पनि उत्तिकै श्रदाकासाथ उनका पछि थिए ।यसै सन्दर्भमा भन्न सकिन्छ कि विदेशीहरुका हातबाट आफ्नो भूमी फिर्ता गर्नको लागि यस्तो खतरापूर्ण काममा बहादुरीका साथ खटेका देखी स्थानीय जनता उनीसंग अति नै प्रभावित थिए । यो व्यक्ति निश्चयनै सवै किरातजातिको लागि एउटा आदर्श पुरुष थिए र समग्रमा उनी स्थानीय जनताका पृय नेता थिए । आज एक ठाउँमा देखिने र भोलिपल्ट कैयौं कोसपर अर्को ठाउँमा देखिने व्यक्ति माथि निश्चय नै अलौकिक शक्तिहरुको कल्पना श्रद्धाले पनि जोडदै गएको हुनुपर्छ । जीवितै अवस्थाका यस्तो आदर्शपुरुषलाई कालान्तरको जनजीब्रोले कतिसम्म रंगाएर महान पुरुष बनायो होला कल्पन सजिलो नै छ ।बुढा बुध्दिकर्णले राज्य पल्टाउन भित्रभित्रै संगठन गर्दै िहंडेका कुरा गोर्खालीहरुले थाहा पाए । उनीहरुले ग्रामप्रमुखहरुका घरमा ढुकेर एक दिन पक्रे । उनी जेलमै मरे । खेवा लिम्बू परिवारका उपरोक्त पुस्तकमा लेखक लोकेन्द्र बहादुर तिगेलाले त उनलाई भरुवा बन्दुकले घटनास्थलमै मारेको भनी बर्णन गरेको छ । जेहोस् बुढा बुध्दिकर्णको अन्त्यको बारेमा इतिहासले यस्तै भनेको छ ।बुध्दिकर्ण नै बुढासुब्बा हुन् भन्ने कुरा इतिहास साक्षी छ भन्न मैले खोजेको होइन । तर कथंकदाचित उनी नै बुढासुव्वा हुन् भने यो पनि हुन सक्छ कि उनका लासलाई विजयपुरकै डाँडामा गाडेर अन्त्यष्टी गराइयो र त्यही ठाउँमा उनका भक्त मगरहरुले समाधीस्थल बनाइ पूज्न लागेका हुन् । यो मेरो अड्कलकै कुरा हो ।विजयपुरको सम्पूर्ण इतिहासमा बुद्धिकर्ण राय सवैभन्दा शक्तिशाली बुद्धिमानी र योग्य किरात प्रतिनिधि थिए । उनी सम्पूर्ण लिम्बूवानको राष्ट्रयताको प्रतिक थिए । उनी बुढा भएपनि कहिल्यै नथाक्ने नहार्ने अथक योद्धा थिए । किराँतहरुका आदर्शपुरुष थिए । प्यारो सुब्बा थिए । बुढासुब्बा । यसै हिसावमा पनि कुनै किरातजातीको ऐतिहासिक व्यक्ति नै बुढासुब्बा थिए भने त्यो व्यक्ति बुढा मन्त्रि बुद्धीकर्ण नै थिए भन्ने मेरो ठोकुवा छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika