काठमाडौँ,
साउन ११/भूतपूर्व गोर्खा सैनिकहरुको समानताको आन्दोलनमा सक्रिय बेलायती अभिनेत्री जोअना लुम्ले आइतबार काठमाडौँ आइपुगेकी छन् । लुम्लेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । साढे चार बजे इन्डियन एयरलाइन्सको विमानबाट विमानस्थलमा उत्रिएकी ६३ वर्षीय लुम्लेले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्- "गोर्खाली नभएको भए म जन्मने थिइन ।"
लुम्लेलाई स्वागत गर्न सयौँ गोर्खाली सैनिकका परिवार विमानस्थलमा फूल र खादा लिएर पुगेका थिए । लुम्लेले नेपालीसँग सुखदु:ख साट्न नेपाल आएको बताइन् । लुम्लेसँगे लिबरल डेमोक्रेटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरुङ पनि नेपाल आएका छन् ।एकसाता लामो भ्रमणमा आएकी लुम्लेसहितको टोलीलाई सोमबार राजधानीमा गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले स्वागत गर्ने कार्यक्रम छ । यस्तै, टोली पोखरा, धरान र बिर्तामोड भ्रमणमा पनि जानेछ । नेपालमा रहँदा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइरालालगायतलाई भेट्ने कार्यक्रम छ ।
भारतको कश्मिरमा जन्मिएकी लुम्लेका बाबु गोर्खा राइफल्सका कम्पनी कमाण्डर थिए । दोस्रो विश्वयुद्धको लडाइँमा भिक्टोरिया क्रसबाट सम्मानित तुलबहादुर पुनले उनको बाबुले जोगाएका कारण उनी पुनलाई धर्मपिता मान्छिन् । उनी सन् २००७ बाट गोर्खा अभियानमा लागेकी हुन् ।

0 comments:
Post a Comment