श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 26 July 2009

बाल्टिमोरमा रमाइलो जमघट र बनभोज सम्पन्न



बाल्टिमोर,अमेरिका


बालबच्चाको गर्मी छुट्टी अनि आफूहरुको पनि हप्ताभरिको थकानलाई रमाइलोमा भुलाउने रहर । यसै रहर अनि नयाँ,पुराना साथीहरुलाई भेट्ने सामुहिक थलो अर्थात् बनभोजको रमाइलो । यस्तै रमाइलो अवसर बन्यो यहाँ बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बानाले आइतबार आयोजना गरेको वनभोज कार्यक्रम । बानाले हरेक वर्षयसरी आफ्ना सदस्य र शुभेच्छुकहरुलाई सहभागी गराएर रमाइलो बनभोज गर्दै आईरहेको छ । हरेक वर्षहुने यस्तो वनभोजमा नेपालीहरुको सहभागितामा पनि वृद्धि हुँदै गईरहेको छ । यस वर्षो वनभोजमा करीब तीन सय नेपालीहरुको सहभागिता रहेको थियो । वनभोज आयोजक संस्था बानाका पदाधिकारीहरु सबै उत्साहित देखिन्थे । अध्यक्ष रबिना थापा सहभागीहरुलाई स्वागत गर्न व्यस्त थिईन् भने उपाध्यक्ष राम्रप्रकाश भण्डारी खानपिनको प्रवन्ध गर्दै कार्यकारी सदस्य उपला उपाध्यायलाई साथै लिएर खेलकुदका कार्यक्रमका लागि दौडधुप गरिरहेका देखिन्थे । यस्तै महासचिव गौतम दाहाल सहभागीहरुलाई स्वागत र कार्यक्रम बारे जानकारी दिन कहिले माइकमा बोलिरहेका देखिन्थे त कहिले खानपीनको स्टलतिर केही कमी पो छ कि भन्दै यताउता गर्दै थिए । एकैछिनमा खेल स्थलमा पुग्ने उनी वनभोजकै बीचमा डि.सी. क्षेत्रबाट प्रसारण भईरहेको रेडियो दोभानको कार्यक्रममा वनभोज सम्बन्धि जानकारी दिन प्रत्यक्ष प्रसारण पनि भ्याईरहेका थिए ।
संस्थाका सचिव सञ्जय घिमिरे सहभागीहरुको नाम र विवरण दर्ताका लागि व्यस्त थिए भने कोषाध्यक्ष राजन केसी कुनै सामानको अभाव भयो कि अर्थात् केही गर्न छुटेको पो छ कि भन्दै खटिरहेका थिए । छेवमै रहेको बार्र्बिक्यु चिकन बनाउन सहयोग गरिरहेका बहादुर पुनः सहभागीहरुलाई स्वादिष्ट चिकन खुवाउन त्यो गर्मीको धुपमा पनि कुनै परवाह नगरी जुटिरहेका थिए । यता पदाधिकारीहरु चेतन पौड्याल र श्रीजन ताम्राकार फोटो खिच्न व्यस्त थिए भने कार्यकारी सदस्यहरु अन्सुया वन्त खानपीन र विनोद उप्रेती राफल चिठ्ठा बेच्न सहभागीहरुका माझ पुगिरहेका थिए ।
स्थानीय गनपाउडर स्टेट पार्कमा सम्पन्न वनभोजमा सहभागीहरुबीच पुरुष र महिला भलिबल प्रतियोगिता,बालबच्चाको चकलेट टिप्ने खेल,ठेलो हान्ने खेल र महिला तथा पुरुषहरुको सहभागितामा डोरी तान्ने खेल जस्ता मनोरन्जनात्मक खेल पनि आयोजना गरिएको थियो । यसैगरी राफल चिठ्ठा समेत सञ्चालन गरिएको थियो । सबै प्रतियोगितामा विजयी टीम तथा खेलाडीहरुलाई बानाका अध्यक्ष रबिना थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरी बानाले आयोजना गरेका कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा सहयोग गर्नेहरुलाई पनि अध्यक्ष थापाले प्रशंसापत्र वितरण गर्नुभएको थियो । वनभोजमा सहभागी हुनेहरु आफैंले खानाका विभिन्न परिकारहरु बनाएर वनभोजमा लिएर आएका थिए । यसरी सबैले बनाएर ल्याएका खानाका परिकारहरु एकै ठाउँ भेला भएर रमाइलो वातावरणमा खानपीन गर्न पाउँदा सहभागीहरु निकै खुशी देखिएका थिए । नेपाली खानाका विभिन्न परिकार,नेपालीपनको झझल्को यस्तो रमाइलोमा भुलेकाहरु कहिले डिजेडीले प्रस्तुत गरेको गीत संगीतमा मस्त देखिन्थे त कहिले साथीभाईसँगको भेटघाटमा दुःखसुख साटासाट गर्दै गरेका । यस्तै रमाइलोमा सहभागी हुन आइपुगेका थिए सदावहार वरिष्ठ गायक दीप श्रेष्ठ अनि एशोसियसन अफ नेपलिज इन अमेरिका एएनएका नवनिर्वाचित अध्यक्ष,जो बानाका आजीवन सदस्य पनि हुन् सिमोन ढुंगाना । उहाँहरु दुवैलाई खादा पहिर्याएर बाल्टिमोरको नेपाली आँगनमा स्वागत गरेकी थिइन् बाना अध्यक्ष रबिना थापाले । दिनभरिको रमाइलो माहौलको अन्त्यमा खानाका विभिन्न परिकार लिएर वनभोजमा सहभागी सबैलाई धन्यवाद दिंदै अध्यक्ष थापाले बानाका आगामी गतिविधिहरुमा पनि आफ्ना सदस्य र शुभेच्छुकहरुबाट यस्तै सहयोग र सक्रियताको अपेक्षा गरेको भनाई व्यक्त गरेकी थिइन् । सोही अवसरमा अमेरिकाका लागि नेपाली दूतावासका प्रथम सचिव हरिश्चन्द्र घिमिरे, एएनएका अध्यक्ष सिमोन ढुंगाना,एएनएसएका अध्यक्ष विष्णु थापा,म्याग्दी समाजका अध्यक्ष पारसमणी श्रेष्ठ,बानाका पर्ूव अध्यक्ष मोहन थापा सहितले रमाइलो, व्यवस्थित,भव्य र सफल वनभोजको आयोजना गरेको भन्दै बानाका आगामी कार्यहरु अझ प्रभावकारी हुन सकोस् भन्दै शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika