निर्मला क्षेत्री, इजरायल
इजरायल एउटा मानव अधिकार भएको देश जुन एशिया महाद्विपमा भित्र पर्छ तापनि युरोपियन युनियनको अनुसरण गर्दै युरोपियन नियमहरूको पालना गरिरहेको छ । युरोपियन युनियनमा समावेश हुन चाहेको तर भैसकेको चाहि छैन होला । इजरायलमा मानव अधिकारको साथसाथै महिला अधिकारलाई पनि विषेश मान्यता दिइएको छ । महिलाहरूलाई आफ्नो अधिकारको लागि बोल्न, आफ्नो स्वइच्छाले निर्णय लिन पाउने र सन्तानको बारेमा कुनै पनि निर्णय गर्ने पहिलो अधिकार आमाले पाएको देखिन्छ । पुरूष र महिलामा कुनै भिन्नता नभएको कानुनले भन्छ । कानुन र सरकारको नियमहरू जे जस्ता भए पनि यहाँ सबैको आ–आफ्नै भनाई र विचारहरू त छदैछन् तापनि विषेशतः महिलाहरूको इच्छा विरूद्ध कुनै पनि शोषण भएको पाइएमा कानुनले कडा भण्दा कडा निर्णय लिने हुदा यौन शोषण जस्ता दुर्व्यवहारहरू हाम्रो देशको तुलनामा धेरै नै कम भएको पाइन्छ र कानुन विरूद्घ गएर काम गर्ने आँट गर्न पनि सक्दैनन् यहाँका नागरिकहरू । तै पनि कहिले काही वादविवाद त यी सबै कुराहरूमा पनि उठ्छ र अधिकारका नाममा भएका विकृतिहरू त हामी सँसारभरी नै प्रत्यक्ष देख्न वा सुन्न सक्छौ ।
त्यस्तै हामी नेपाली, देश झण्डै गृहयुद्धको ज्वालामा होमिए पछि रोजगारको सिलसिलामा देश छाडी विदेशिनु परेको तितो यथार्थको अनुभव लाखौं हामी परदेशियका नेपाली आफैसँग छ । त्यस्तै परदेशीको पिडा बोकाईमा हामी नेपाली महिलाहरू पनि छौ । आफ्ना स–साना सन्तानहरूलाई चटक्क छाडेर कति चाहेर कति नचाहेर यसरी विदेशिनु परेकोमा को र कस्को कति देन छ र कति हाम्रा आफ्नै भाग्यको । यसको लेखा जोखा हामी आफैले पाउन सकिरहेका छैनौ । परदेशको रमझममा रमाउँदै काम गरि पैसा कमाएर बालबच्चा र परिवारको जिम्मेवारी पुरा गर्न पाउँदा खुशी हुनु वा आफ्ना बालबच्चा, आफन्तलाई छाडी साथीसंगीको मायालाई भुली यसरी एक्लै बस्नु परेकोमा दुःखी हुनु, यी कुराहरूले सधैं जसो मेरत्र मन पिरोली रहन्छ । पुर्ख्यौली वीरताका गाथा लेखेका इतिहास बोकेका हाम्रो देश र हामी आज विश्व भरि छरिएर संघर्ष गर्नु परिरहेकोमा गर्व गर्नु वा कुनै पुर्वजन्मको श्राप मान्नु.....? किनकी सँसारले शान्ति क्षेत्र घोषित गरेको मेरो देश नेपाल अशान्तिको आगोमा जलेर आ–आफ्नैको रगतले नुहाउनु परेको छ । यसरी विदेशिनुमा कति हाम्रा वाध्यता छन् त कति हाम्रा उच्च महत्त्वाकाँक्षाहरू । कति हाम्रा सपनाहरू त कित हाम्रा यथार्थताहरू । यी सबैको मुल्याँकन पनि हामी आफै गर्नुपर्छ सायद ।
इजरायल आएर काम गर्न पाएकोमा म आफूलाइ केहि हदसम्म भाग्यशाली ठान्छु । किनकी यहाँ म आफुलाइ हरेक दृष्टिकोणमा सुरक्षित पाउँछु । यसरी परदेशी जीव्नमा हामी आफैले पनि केहि गर्न सक्छौं भनी यहाँ आएर संघर्ष गरिरहेका दिदीवहिनीहरूमा ७५% विवाहित र बालबच्चाहरूका आमाहरू छन् भन्ने मेरो अनुमान छ । प्रत्येक आमारूको आँखामा आफ्ना कलिला मुनाहरूलाई चटक्कै छाडेर विदेशिनु परेको पिडा, आफन्तहरूलाइ विर्सेर परिवारका लागि केहि गरूँ भन्ने अठोट र त्यही पिडा र अठोटभित्र आफ्ना अस्तित्त्वहरूको उज्वल भविष्यको चहाना, तिनीहरूलाई उच्च शिक्षा दिइ सफल जीवन दिने प्रण र साथसाथै त्यहि प्रण र दरिलो संकल्प लिएर आफ्ना हृदय भित्रको व्यथालाई आंखै भित्रै लुकाई ओठमा मुस्कान लिई हिडेको पनि म देख्छु र बुझ्छु । यहाँका यहुदीहरूले “एउटा आमा जस्ले आफ्ना सन्तानहरूलाई छाडी यति टाढा आएर काम गरिरहेका छौ, उनिहरूका लागि यो कुनै सानो त्याग होइन, त्यसैले तिमीहरू गर्वका पात्र छौ” भनि भन्ने गर्छन् । कहिल्यै आदार र सम्मान कसैवाट पाउन नसकेका हामी चेलीहरू यी शब्दहरू सुन्दा आँखा रसाएर आउँछ ।
विश्वको तुलनामा हेर्दा एक्काइसौं शताब्दीमा प्रवेश गरिसकेका हामी जहाँ विश्वले विकासको नाममा धेरै प्रगती गरिसकेको छ र त्यसैगरि मानव अधिकारको नाममा धेरे परिवर्तन ल्याइसकेको छ तर आज हाम्रो आफ्नै जन्मभूमि अझैपनि गृहयुद्धमा पिल्सिएरहेको देख्दा विकास अनि अधिकारको त सपनामा पनि कल्पना गर्न नसकिने हुँदा कतै अझै पनि हामी अठारौं शताब्दीमा नै त छैनौ भन्ने भान हुन्छ । देशका यी स्थितिले गर्दा हामीले के कति गुमायौं र अझै कति समस्या व्यहोर्नु पर्ने हो भन्ने कल्पना सम्मले पनि मन काप्छ। तर देशलाइ यो स्थितिमा ल्याउनेहरू लाज नमानी छाती फुकाएर हिड्दैछन् । शताब्दी त परिवर्तन भैरह्यो र भैरहनेछ, समयको कालचक्रसंगै परिवर्तनका क्रमहरू पनि जारीरहने नै छन् तर एउटा प्रश्न जुन वर्षौंदेखि नै अन्धकारमा रहेको छ त्यो हो हामी नेपाली कहिलेसम्म परिवर्तन हुने त? नेपालीले आफ्ना सोच र विचारहरू परिवर्तन गरे मात्र नै नेपाल परिवर्तन हुनेछ र विश्वमा नेपाली भनेर चिनिन पाएको नाम गुमाउन पर्ने छैन ।
हामी नेपाली पनि परिवर्तन चहान्छौ तर परिवर्तनको नाममा आफ्ना भेषभुषा, खानपान, वोलीचालीसम्म नै सिमित राखेका हामी नेपालीले कहिलेसम्म आफ्ना सानो सोचहरू, संकीर्ण विचारहरू मानसिकता अनि अर्काको इर्श्या गरि एक अर्कालाई दोषारोपण गर्ने, तानातान गर्ने बानीमा परिवर्तन ल्याउने त भन्ने प्रश्न अझै पनि नेपथ्यमा नै रहिरहेको छ । आज आफ्नै अतितलाई फर्केर हेर्दा विश्वले शान्ति क्षेत्र घोषणा गरेको हाम्रो देश नेपाल के कारणले गर्दा गृहयुद्धमा होमिन पुग्यो त? यो कुराहरूलाइ आजै हामीले बुझ्न खोजेनौ भने भोलि हामीले हाम्रो परिचय नै गुमाउनु पर्ने समय आउन बेर लाग्ने छैन । यही गृहयुद्घले गर्दा आज लाखौंहामी नेपाली संसार भरि छरिएर बस्नु परेको छ । यो देख्दा र सोच्दा अनि एक्ले यसरी बस्नु पर्दा आत्मा रून्छ ।
विश्वको एउटा शक्तिशाली राष्ट्र मानिने इजरायल भौगोलिक हिसावमा सानै भए पनि आधुनिक हातहतियार र कृषिमा विकशित मानिन्छ र यहाँ भएको महिला अधिकारले पनि यो देशलाइ अगाडि लगेको भान हुन्छ । इजरायलको प्रमुख वासिन्दाहरू यहुदी हुन् र यहुदीहरूको आफ्नै ऐतिहासिक इतिहास छ । इजरायलमा बोलिने भाषा हिब्रु हो तर यहाँ विभिन्न देशहरूबाट आएका मानिसहरूको बसोवास भएको हुँदा धेरै भाषाहरू बोलिने गरिन्छ । कार्यलयमा प्रयोग गरिने भाषा वा राष्ट्रिय भाषा हिब्रु हो । यहाँ आएर काम गर्ने क्रममा नयाँ भाषा, संस्कृतिको साथै धेरै नयाँ कुराहरू जान्न र सिक्न पाएकोमा खुशी पनि लाग्छ ।
पुरूषप्रधान देशमा हुर्किएका हामी नेपाली महिलाहरू जस्लाइ आफ्नै अस्तित्त्व के हो भन्ने सम्म थाहा हुन सकेको छैन र जस्को जन्म र मरण नै अर्काका लागि समर्पित भएको हुन्छ । जहाँ हामीले केहि पाउने आशा नराखी आफ्ना सम्पूर्ण इच्छा र आकांक्षालाई मारेर अरूको इशारामा बाँच्नु पर्ने भनि सिकाइएको हुन्छ । इजरायलमा बसेर काम गर्ने क्रममा धेरै ज्ञान हासिल त गरेका नै छौं यहाँ बसेर काम गर्दाको अनुभव त हामीसँगै छ साथै यहाँ भएका विकृतिहरूलाई पनि हामीले नजरअन्दाज गर्न सक्दैनौं । तर सकरात्मक सोच लिई अगाडि बढ्ने कोशिष गरे अवश्य पनि सफल हुन सकिन्छ भन्ने मेरो पनि मान्यता छ । त्यसैले एउटा प्रश्न सोध्न चहान्छु – विश्वका विकशित राष्ट्रहरू मध्येको इजरायल जहाँ मानव अधिकारको साथै महिला अधिकारलाई विशेष महत्त्व दिइएको छ, यहाँबाट फर्कदा हामीले कोशेलीको रूपमा के लैजाने त? एउटी आमा भएको हकमा म सोच्छु, यहाँबाट केहि त सिकेरै जानु पर्छ, आफ्ना भावी सन्तानहरूका लागि उपहार स्वरूप । के हामीले नकरात्मक सोच र विकृतिहरूका साथै सबै तिता अनुभवहरूलाई यही विस्थापित गरि एउटा सकरात्मक सोच, स्वच्छ भावना र एउटा दृढ संकल्प लिएर फर्कन सक्दैनौ त? हामी सबै नेपाली महिलाहरू जस्ले यहाँ आएर काम गर्दा देखेका र सिकेका कुराहरूलाई आफ्नो देश र आफ्नै परिवारमा मत्रै अनुसरण गर्न गराउन सक्यौं भने पनि हजारौं परिवारहरूमा परिवर्तन आउन सक्छ र त्यहि हजारौं भोलि लाखौंमा परिवर्तन हुन सक्छ ।
नेपाली महिला भएर बाँच्नु पर्दा भोग्नु परेका पिडाहरू, हरेक पाइलामा पुरूषहरूबाट तिरस्कृत हुदाको दुःख, हरेक क्षण अपमानित भएको भावना, वचनहरू सहनु पर्दा टुक्रिएको हृदय, आत्मविश्वास हुँदा हुदै पनि आत्मा सम्मानलाई श्रद्धान्जली चढाउनु परेको पल, प्रत्येक रात्रीको अँध्यारोमा विलिन सपनाहरू, आशु सँगै पखालिएका इच्छाहरू, के यी सबै हुन त हामीले दिने आफ्ना भावी सन्ततिहरूलाई ? यो प्रश्नले सधै जसो मेरा मस्तिष्क खलबलाउँछ । के हामीले आफ्ना सन्तानको जिवनमा केहि सुधार ल्याउन सक्दैनौ त ? एउटा आमाले आफ्ना सन्तानका लागि जे पनि गर्न तयार हुन्छिन् भन्ने हामीले यहा पनि देखेका छौं र हामी पनि तिनीहरूकै लागि संघर्ष गरिरहेका छौं भने किन अझ एउटा संघर्ष नगर्ने त ? यदि गर्ने हो भने आज सबै मिलेर फेरि एउटा प्रण गरौं आफ्ना सन्ततिहरूलाई सकरात्मक सोच दिऔं, त्यो सँस्कार जस्ले एक अर्काको भावनालाई सम्मान देऔस्, एक अर्कालाई खुशी देऔस् । आफ्ना इच्छाले बाँच्ने र निर्णय गर्ने सोचलाई विस्तार गर्ने शिक्षा दिन सकियोस् र जहाँ एउटा आमालाई सम्मान गरिन्छ, त्यो माटोमा कहिल्यै असत्यको विजय हुदैन, नयाँ आत्माविश्वास, नयाँ अनुभवको आधारमा हामीले आफ्नै देशको माटोमा केहि गर्न सक्यौं भने हाम्रो यो जन्म अवश्य सफल बन्नेछ ।
आज यो छोटो जिवनको लामो अनि महत्त्वपूर्ण क्षणहरू आफन्तबाट टाढिएर केहि पाउनुको खुशी भन्दा धेरै गुमाउनु परेको दुःख बोकेर यसरी परदेशी जिवन बिताउन बाध्य भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूले आफ्ना सन्ततिका लागि एउटा नयाँ भविष्य, सुनौलो सपना संगालेर उज्वल इतिहास रच्ने प्रयासमा अगाडि बढ्ने संकल्प गर्नु होला भन्ने विश्वासका साथ कैयौं लामो गृहयुद्धको पिडालाइ गर्भमा राखी कष्टदायक प्रसव पिडा सहेर नयाँ क्रान्तिलाइ जन्माएकी नेपाल आमा ........ तिमीले अझ एउटा वेदना सहनु पर्ने छ , अझ एउटा क्रान्ति जन्माउनु छ र महिला अधिकारको क्रान्ति खेपेर एउटा सुन्दर, सफल र शान्त नेपाललाइ फेरि विश्वमा शान्ति क्षेत्र नेपाल भनेर चिनाउनु छ, फरि नयाँ नेपालको सिर्जना गर्नु छ ।

0 comments:
Post a Comment