२७ जुलाई, २००९
काठमाडौं- नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ राजनीतिक समझदारीका साथ अगाडि बढ्ने नयाँ सहमति भएको छ ।
कोइराला निवास, महाराजगञ्जमा आज सोमबार भएको दुई नेताबीचको भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण, दलहरुबीच देखिएको दूरी, भारतबाट खरीद गर्न लागिएको हतियार लगायतका बिषयमा छलफल भएको थियो ।
आज एक्कासी कोइराला निवास, महाराजगञ्ज पुगेका प्रचण्ड र कोइरालाबीच सबै राजनीतिक समस्याको समाधान उच्चस्तरीय राजनीतक संयन्त्रमार्फ गर्ने सहमति भएको कोइराला निकट स्रोतले जनाएको छ । भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्ने प्रचण्डलाई आग्रह गर्नुभएको थियो । सोबारे अध्यक्ष प्रचण्ड सकारात्मक देखिनुभएको स्रो तले जनाएको छ ।
दलहरुबीच दूरी बढेकाले समस्याले विकराल रुप लिएकोमा दुवै दलका शीर्ष नेताहरु एकमत देखिएका छन् । उनीहरुबीच नयाँ सहमति र समझदारीका साथ अगाडि बढ्ने सहमति भएको छ । केही दिन अगाडि सभापति कोइरालाले माओवादी लडाकूहरुलाई सेनामा समायोजन नभई समाजमा पुनर्स्थापन गर्नुपर्ने भनी दिनुभएको अभिव्यक्तिप्रति माओवादी अध्यक्ष प्रचण्डले आपत्ति जनाउनुभएको स्रोतले जनाएको छ ।
यस्तै सरकारले भारतबाट हतियार खरीद गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले सभापति कोइरालाको ध्यानाकर्षा गराउनु भएको थियो । सोको जवाफमा सभापति कोइरालाले भारतबाट हतियार खरिद गर्न लागेको भन्ने कुरा हल्ला मात्र भएको बताउनुभएको कोइराला निकट स्रोतले जनाएको छ ।
भेटवार्तापछि अध्यक्ष प्रचण्डले छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुसमक्ष भन्नुभयो- नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने लगायतका महत्वपूर्ण सवालहरुमा उच्चस्तरीय समझदारी कायम गरेर अगाडि बढ्ने सहमति भएको छ ।

0 comments:
Post a Comment