किराँत याक्थुङबाहरुका बिशिष्ट चाड सिसेक्पा तङनाम २००९, (५०६९) का उपलक्ष्यमा किराँत याक्थुङ चुम्लुङ युकेद्वारा गत जुलाई २५ तारिक २००९ शनिवारकादिन आसफोर्डको ग्रेट चार्ट रोडको खेल मैदानमा आयोजित कार्यक्रम अत्यन्तै भव्यरुपमा सम्पन्न भयो ।लिम्बु क्यालेण्डर अनुसार ‘सिसेक’ महिनामा पर्ने यो चाड बिशेषगरी कहिकतैबाट जिन्सी,नगद तथा अन्य समान आदान प्रदान गर्दा टाँसिएर आउने प्रेतात्मा,अनिकाल आदीत्यादी नराम्रा तत्वहरुलाई घर बाहिर लखेट्ने र राम्रा कुराहरु तथा सहकाललाई निम्त्याउदै भित्र्याउने दिनका रुपमा सदियौदेखि लिम्बु समुदायमा प्रचलित रहेको छ ।
यसै परम्परालाई निरन्तर्ता दिदै किराँत याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित यस कार्यक्रममा बेलायतभरी छरिएर रहेका करीब तीन हजारको हाराहारीमा याकथुङबाहरुका उत्साहजनक उपस्थिती रहेको थियो । केलाङ( च्याब्रुङ) को लोकप्रीय ताल अनि त्यसैतालमा ताल http://s916.photobucket.com/albums/ad4/aitarajtumrok/?action=view¤t=6a8db005.pbwमिलाएर “छुइया पकन्दी” भन्दै नाचिएको चाल अनि मौलिक भेष-भूषा, साम्याङ फुङ , शिरबन्दी र कण्ठमा सु-सज्जित सयौंका सङख्यामा युवा युवतीहरुका उपस्थितिको रौनक्ताले आसफोर्सलाईनै लिम्बुमय तुल्याएको थियो ।कुनै शुभकार्यको थालनीमा केलाङ नाच्दै शुरु गरिने लिम्बु परम्परालाई निरन्तर्ता दिदै शुरुमा केलाङसगै राखिएको छोटो औपचारिक कार्यक्रम किराँत याक्थुङ चुम्लुङका अध्यक्ष श्री बम बहादुर लिम्बुज्युको अध्यक्षता, बेलायकालागी नेपाली कार्यवाहक राजदूत श्री झबिन्द्र अर्यालज्युको प्रमुख आतित्थ्य र बेलायतमा बिभिन्न सामाजिक संघ संस्थाहरुका उपस्थिती रहेको थियो । सभामा उपस्थित सबैलाई किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष कमला लिम्बुज्युले स्वागत गर्नुभएको थियो भने सञ्चालन चुम्लुङ महासचिब बिजय बिक्रम लिङदेनज्युले गर्नु भएको थियो ।
कार्यक्रम सफल्ताको शुभकामना ब्यक्त गर्ने क्रममा शुभकामना मन्तब्य दिदै चुम्लुङ युकेका सल्लाहकार तथा किराँत याक्थुङ चुम्लुङ नेपाल केन्द्रिय कमिटि नेपालका भुपु उपाध्यक्ष नर कुमारी लिम्बुज्युले सिसेक्पा तङनामका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । त्यस्तैगरी मन्तब्यका क्रममा तमुधी युकेका सुबास सिं गुङज्युले आगामी कार्यक्रमहरुमा सबै नेपालीहरु एक भई अगाडि बढ्न सके हामी सबै सफल हुने बिचार राख्दै आगामी अगष्ट ८ तारिकका दिन तमुधि युकेले आयोजना गर्न लागेको नेपाली मेलामा सबैजना सहभगी हुन निमन्त्रणा दिदै आजको कार्यक्रम सफल्ताको शुभकामना दिनु भयो । कार्यक्रममाचुम्लुङ युकेलाई बिभिन्न रुपमा सहयोग तुल्याउने व्याक्तित्व, परीक्षामा उत्कृषट अंक प्राप्तगरी उतिर्ण हुने बिध्यार्थी लगायत लिम्बु तथा नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्याउने ब्याक्तित्वहरुलाई सम्मान तथा प्रशंसापत्र बितरण गरिनका साथै भुपु बाणिज्य राज्य मन्त्री श्री बिजय प्रकाश थेबे र श्रीमती डा बिना थेबेज्युले चुम्लुङ युकेलाई एक हजार पाउण्डको सहयोग स्वरुप चेक हस्तान्तरण पनि गर्नु भएको थियो । कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष श्री पुर्ण कुमार लिम्बुज्युको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रम सफल तुल्याउन सहयोगी सबैलाई धन्यबाद दिदै यसरीनै चुम्लुङलाई सहयोग प्राप्त भइ रहेमा चुम्लुङ युकेले भबिश्यमा धेरै काम गर्न सक्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष तथ सभाका सभपति श्री बम बहादुर लिम्बुज्युले सभा बिसर्जन गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा लिम्बु भाषाका गीत , कबिता र नृत्य प्रस्तुत गरिइएको यस कार्यक्रम निकै रोमाञ्चकारी थियो नै झनै कार्यक्रमको अन्ततिर स्वस्फुर्तरुपमा गोलबन्द भई नाचिएको केलाङ र धान नाचले अनि साथसाथै गुञ्जिएको पालामले बर्षीसम्म प्रतीक्षा गरी प्राप्त भएको कुनै रमाइलो दिन जस्तै भएको थियो ।
0 comments:
Post a Comment