श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 29 July 2009

न्यूयोर्कमा वी.पी. जयन्ति मनाइयो :मार्टिन सम्मानित


अमेरिका न्यूयोर्क/ नेपाली कांग्रेसका संस्थापक, जननेता महामानव स्वर्गिय वी.पी. कोइरालाको २७औ पुण्य तिथीका अवसरमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले वी.पी. स्मृती दिवस मनाएका छन् । जुलाई २८ मंगलबार आयोजित उक्त स्मृती दिवस कार्यक्रममा नेपालका लागी संयुक्त राष्ट्रसंघका तर्फाट नियुक्त तत्कालिन विशेष दुत इयान मार्टिनर्लाइ सम्मान समेत गरिएको छ । विघठित नेपाली जनसर्म्पर्क समिती अमेरिकाका पर्ूव अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा संञ्चालित उक्त कार्यक्रममा श्री मार्टिनलाई नेपालमा रहेर मानव अधिकारको सुरक्षा देखी पिस प्रोसेसमा पुर्‍याएको उल्लेखनिय योगदान वापत कार्यक्रमका अध्यक्ष आनन्द विष्टले खादा ओर्ढाई एवं फूलगुच्छा प्रदान गरि सम्मान गर्नुभएको थियो । विघठित नेपाली जनसर्म्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य डा विनोद शाहद्धारा संञ्चालित उक्त कार्यक्रममा स्वागत भाषण पर्ूव महा सचिव वेद प्रसाद खरेलले गर्नुभएको थियो । वी.पीको फेाटोमा माल्यार्पण गरि सुरु गरिएको उक्त कार्यक्रमको आयोजना न्यूयोकर्मा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेका थिए । कार्यक्रममा बोल्दै रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलिले वी पीलाई खाली सम्झेर मात्रै हुदैन भन्दै उहांले देखाएको मार्गमा विचलित नभई लागेमा मात्र उहां प्रति सच्चा श्रद्धाञ्जली ठहरिने छ भन्नु भयो । त्यसैगरि कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल अमेरिका फे्रन्डसिप सोर्साईटिका पर्ूव अध्यक्ष डा. तारा निरौलाले भन्नुभयो आज अमेरिकामा वी पीलाई सम्भिmनु अत्यन्त राम्रो भयो भन्दै वीपी एउटा नेता मात्र नभएर राज नेता समेत हुनुहुन्थ्यो , आज उहांद्धारा प्रतिपादित सिद्धान्तलाई कतै नेपाली कांग्रेस स्ंवयम्ले भूलेको त हैन भन्नुभयो ।
अमेरिकाका लागि नेपाली कांग्रेसकी केन्द्रिय प्रतिनिधी मृदुला कोइरालाले वीपी एउटा दुरदर्शी नेता हुनुहुन्थ्यो भन्दै आज हामीले वीपी स्मृती दिवसका अवसरमा कार्यक्रम आयोजना गरेर उहांलाई सम्भिmने मात्र होइन उहांले अंगालेको मेल मिलापको नितीलाई अंगालेर आपसी मेल मिलाप समेत गर्नुपर्छ भन्नुभयो ।कार्यक्रमका प्रमुख अतिथी एवं सम्मानित व्यतित्व इयान मार्टिनले आज अमेरिकामा यसरी वीपी स्मृती दिवसमा आफू सहभागी हुन पाउनु र सम्मान समेत गरिनुले आफू गौरवान्वित भएको बताउनु भयो । आफू नेपालको पिस प्रोसेसमा खटिदाखेरी आफूले नेपालमा माओवादीलाई शान्तिपर्ूण्ा वार्तामा आउन पहल गरेको राजनितीक पार्टर्ीी बिच भएको बाह्र बुदे सहमतिलाई कार्यन्वयन गराउन प्रयास गरेको माओवादी छापामारहरुलाई क्यान्टमेनमा राखी हतियारलाई सुरक्षित रुपमा भण्डारन गराउनुका साथै संविधान सभाको निवार्चनलाई शान्ति पर्ूण्ा रुपमा सम्पन्न गराउन सक्दो सहयोग गरेको उल्लेख गर्दै अव नेपालको शान्तिका लागी नेपाली राजनितीक दलहरु र त्यसमा पनि गिरीजा प्रसाद कोइराला र प्रचण्डको विशेष भुमिका हुने बताउनुभयो ।नेपालमा अहिले पनि शान्ति र्छाईसकेको छैन भन्दै आन्सिक रुपमा स्थापति शान्ति कतै भङ्ग त हुने हैन भन्दै डरले आफूलाई सताईरहेको छ भन्दै सम्पर्ूण्ा राजनितीक दलहरुले सुझबुजका साथ सहमतिको बातावरण बनाई अगाडी बढ्नुपर्ने सुझाव समेत दिनुभयो ।
कार्यक्रमको अन्तिममा सभापतिको आसनबाट बोल्दै आनन्द विष्टले वीपी कोइरालाले अंगाल्नुभएको मेलमिलापको निती आज पनि उत्तिकै शान्दर्भिक छ भन्दै हरेक वर्षझै यस पटक पनि अमेरिकामा वीपी स्मृती दिवस मनाउने र इयान मार्टिनलाई सम्मानित गर्न पाउनु खुसिको कुरा हो भन्दै आजका दिन देखी सबै नेपाली काग्रेसका कार्यकर्ताहरुलाई हिजोका दिनका तितामिठा कुराहरु भूलेर एक जुट भइ अगाडी बढ्न आव्हान समेत गर्नुभयो । कार्यक्रममा कानुनविद् विनोद रोक्का एवं साहित्यकार गिता क्षेत्रीले कविता वाचन गरेर सुनाउनुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika