काठमाडौँ,
साउन ११/लामो समयदेखि विवादमा अल्झिएको मधेसी जनअधिकार फोरमको उपेन्द्र यादव पक्षलाई नै निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । आयोगले सर्वसम्मत निर्णयबाट फोरमको आधिकारिकतासम्बन्धी फैसला गर्दै बिजयकुमार गच्छदार समूहलाई अर्को दल दर्ता गर्न निर्देशन दिएको छ ।
आयोगले फोरमको ४२ सदस्यीय केन्द्रीय समितिलाई मान्यता प्रदान गरेको हो । बहुमत केन्द्रीय सदस्य यादव समूहसँग रहेको भन्दै सो समूह नै आधिकारिक रहेको निष्कर्षमा आयोग पुगेको हो । फोरमको विधानमा ४२ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति रहने व्यवस्था छ । आयोगका अनुसार गच्छदार समूहसँग १७ जनामात्रै केन्द्रीय सदस्य छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले फोरम संसदीय दलका तत्कालीन नेता गच्छदारलाई उपप्रधानमन्त्री बनाएपछि फोरमको संस्थापन पक्षले गच्छदारसहित सात केन्द्रीय सदस्यलाई पार्टीबाट निस्काशन गरेको थियो । कारबाहीपछि गच्छदार समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो ।

0 comments:
Post a Comment