उपराष्ट्रपति परमानन्द झाविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलनासम्बन्धी अर्को रिट दायर भएको छ । उपराष्ट्रपति झाले हिन्दी भाषामा लिएको शपथ सर्वोच्चले असंवैधानिक भनिसकेको अवस्थामा पनि नेपाली भाषामा शपथ नलिएरै उपराष्ट्रपतिको काम गरिरहेको भन्दै रिट दायर गरिएको हो ।
काठमाडौँ महानगरपालिका-१५ मा बस्ने पत्रकारद्वय नवराज न्यौपाने र कृष्णप्रसाद बास्तोलाले रिट दायर गरेका हुन् । नेपाली भाषामा शपथ नलिँदासम्म झाले उपराष्ट्रपतिको हैसियतमा गरेका सबै काम असंवैधानिक हुने तर्क रिटमा गरिएको छ ।
मन्त्रिपरिषद र व्यवस्थापिका संसदलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उपराष्ट्रपति झाले नेपाली भाषामा शपथ नलिने भए उनलाई पदमुक्त गर्न माग गरिएको छ । असंवैधानिक तरिकाले कामकारबाही गर्नेलाई अधिकारपृक्षाको आदेश दिन रिटमा माग गरिएको छ ।
उपराष्ट्रपति झालाई सर्वोच्च अदालतले गत ९ गते नेपाली भाषामा शपथ खानुपर्ने आदेशसहितको फैसला गरेको थियो ।

0 comments:
Post a Comment