तामाङ बाहुल्य रहेको क्षेत्रलाई ताम्सिलिङ स्वायत्त प्रदेशको माग गर्दै आएको ताम्सालिङ राष्ट्रिय दलले पन्ध्र वटा जिल्लाका तामाङ युवालाई युद्ध कौशल तालिम दिइरहेको छ । राष्ट्रिय स्वाधिनता, जातिय, लैंगिक, क्षेत्रिय, वर्गीय मुक्तिको लागि आन्दोलन गर्न दस्ताले बताएको छ । सैनिक पोशाक सहित सार्वजनिक गरिएको दस्ताले शोषित पीडित जनताको सुरक्षा गर्दै संगठन विस्तारको काममा गर्ने अध्यक्ष परशुराम तामाङले दावी गरे ।
राज्य पुनःस्थापना समितिले तामाङको बसोबास रहेको क्षेत्रलाई टुक्रयाएर नारायणी, सुनकोशी, शेर्पा लगायतका प्रदेशमा विभाजन गरिएकोप्रति असहमति जनाउँदै संविधानसभामा दवाव दिन भोलेन्टियर्सले शान्तिपुर्ण आन्दोलन गर्ने समेत तामाङले बताए। तालिममा धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, काभे्, सिन्धुपाल्चोक लगायत पन्ध्र जिल्लाका एकसय युवा सहभागी छन् ।
No comments:
Post a Comment