Saturday, 2 October 2010

कांग्रेस महाधिवेशनमा कतारबाट सहभागिता/ वैदेशिक रोजगारीलाई समेट्न माग

दीपक पौडेल / दोहा
नेपाली काँग्रेसको हालै सम्पन्न १२ औं महाधिवेशनमा कतारबाट पनि सहभागिता जनाइएको छ । काँग्रेसको कतारस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिती कतारका ७ जना प्रतिनिधिहरूले महाधिवेशनमा सहभागिता जनाएका हुन् ।१ देखि ५ असोजसम्म काठमाडौंमा आयोजित कांग्रेस महाधिवेशनमा कतारबाट महाधिवेशन प्रतिनिधिकारुपमा नरेन्द्र भाट (डडेलधुरा), विमल सुवेदी (कास्की), युवराज पाठक (नवलपरासी), अर्जुन खड्का (दाङ्ग), ई. महेश जोशी (डोटी), मोहम्मद शाकिर अलि (सिराहा) र तारा मङ्गोल (गुल्मी) ले सहभागिता जनाएका हुन् । कांग्रेसले कतारस्थित जनसम्पर्क समितीबाट ७ जना महाधिवेसन प्रतिनिधि र ३ जना महासमिती सदस्य चयन गर्ने अवसर दिएको थियो । जनसम्पर्क समितीले गत २० अगस्तमा आयोजना गरेको नेपाली काँग्रेसका क्रियाशिल सदस्यको एक भेलाबाट ती प्रतिनिधिहरू सर्वसहमतिको आधारमा चयन भएका थिए । कतारबाट महासमिती सदस्यमा नरेन्द्र भाट, विमल सुवेदी र युवराज पाठक रहेका छन् ।जनसम्पर्क समिती कतारले कांग्रेसको १२ औं महाधिवेशनलाई ३ मिनेट सम्बोधन गर्ने अवसर पनि पाएको र समितिका सभापति नरेन्द्र भाटले सो सम्बोधन गरेको महामन्त्री विमल सुवेदीले बताए । काँग्रेसको महाधिवेशनमा बैदेशिक रोजगारीलाई मर्यादित र ब्यवस्थित बनाउनेवारे कांग्रेसजनको ध्यान आकर्षण गराएको र रिपोटर्स क्लवमा आयोजित एक साक्षात्कारमा पनि जनसम्पर्क समिती कतारले सोवारेमा आङ्खना धारणाहरू थप स्पष्ट पारेको महामन्त्री सुवेदीले बताए । बैदेशिक रोजगारीमा रहेका नेपालीकावारेमा समावेश गरिनुपर्ने एजेण्डाका सम्बन्धमा जनसम्पर्क समितिले यसअघि सार्वजनिक गरेको प्रतिवेदन काँग्रेस महाधिवेशनमा पनि प्रस्तुत गरिएको सुवेदीले बताएका छन् ।सो प्रतिवेदनमा कृषि–आश्रीत नेपालकोे अर्थव्यवस्थामा रेमिटेन्सले ३३ प्रतिशित ओगटेको चर्चा गर्दै पार्टीको अवको दस्तावेजमा समाजबादलाई कृषि अर्थतन्त्रमा मात्र व्याख्या नगरी, कृषि, बन्द व्यवासाय, वैदेशिक रोजगारी तथा प्रविधिको विकास विचको फयूजनबाट समाजवादलाई ब्याख्य गरिनुपर्ने सुझाव दिइएको छ । नेपाली काँग्रेसको दस्तावेजमा नै वैदेशिक रोजगारीलाई समेट्नुपर्ने माग सो प्रतिवेदनको मुख्य विषय रहेको यिो । वैदेशिक रोजगारीमा देखिएका समस्या र सो सम्बन्धमा पार्टिले लिनुपर्ने अवधारणवारे प्रतिवेदनमा विस्तृत चर्चा गरिएको थियो ।जनसम्पर्क समितिका महामन्त्री सुवेदीले कांग्रेसको नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीका आवाजलाई गम्भिरतापुर्वक लिने आशा ब्यक्त गरेका छन् । ‘७ जना महाधिवेसन प्रतिनिधि र ३ जना महासमिती सदस्यको अवसरसहित कांग्रेसले कतारमा रहेका कार्यकर्ता, समर्थक एवं शुभेच्छुकलाई उच्च प्राथमिकता दिएको छ’ सुवेदीले भने– ‘आशा छ, यहाँका सवै नेपालीका तर्फबाट हामीले राखेका आवाजहरूमा पनि कांग्रेसले अवश्य उचित ध्यान दिनेछ ।’ महाधिवेशनले पार्टीमा नयाँ रक्तसञ्चार गरेको र युवा जगतलाई अगाडि बढ्न प्रेरणा दिएको उनले बताए । जनसम्पर्क समितिमा ५ सयभन्दा बढि क्रियाशिल सदस्यहरू आवद्व रहेको बताइन्छ ।

No comments:

Post a Comment