असोज १६विष्णु पौडेल
जनकपुरमा जारी नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ । आजदेखि सुरु हुने बन्दसत्रमा राजनीतिक, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधनको मस्यौदा प्रस्तुत हुने र आजै प्रतिवेदनमाथिको छलफल सुरु हुने बताइएको छ । भोलिसम्म चल्ने बन्दसत्रले प्रतिवेदनहरु पारित गर्ने र पर्सि नया नेतृत्वका लागि चुनाव हुने कार्यक्रम तय भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सोभियन ढकाल र महासचिव माधव ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिने भए पनि सहमतिको सम्भवना कम रहेको प्रतिनिधिहरुले जनाएका छन् । हिजोदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो ।सम्मेलनमा एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सम्मेलनमा देशभरिबाट झन्डै दुई हजार प्रतिनिधिले भाग लिइरहेका छन् ।
No comments:
Post a Comment