बुधबल
१९ दोहा ।कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको साधारण सभा डिसेम्बर १८ मा दोहा स्थित टप फर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजित कार्यक्रम समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिबेशनले जगन तमूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरेको छ । ूसम्पूर्ण तमूहरुको चाहना आत्म निर्णयको अधिकार सहित तमूवान स्वायत्तताको स्थापनाू को नाराका साथ सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू हुनु हुन्थ्यो भने अन्य अतिथीहरुमा कतारमा स्थापित जातिय संस्थाहरु नेपाल प्रवासी तामाङ्ग समाज कतारका योगेन्द्र तामाङ्ग नेपाल प्रवासी मगर संघका का।वा।अध्यक्ष प्रकाश आले मगर किराँत याक्थुङ्ग चुम्लुङ्ग कतारका द्वित्तिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक किराँत राई योयोख्खा कतारका सचिव धीरज राई थारु कल्याण कारीणी सभा कतार च्याप्टरका उपसभापति ई।नेत्र नारायण चौधरी राजधानी साप्ताहिकका कतार ब्युरो संयोजक तथा समितिका मानार्थ सदस्य दिपक पौडेल उद्योग ब्यसायी अमृत घले आदिको उपस्थिती थियो । प्रमुख अतिथीले ब्यानर अनावरण तथा दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा उपस्थित अतिथी र सहभागिहरुलाई समितिका उपाध्यक्ष लक्ष्मीकुमार तमूले मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो । अतिथीहरुले तमू बौद्ध सेवा समितिले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्तै प्रशंसायोग्य कार्यक्रमहरु अघि सार्दै यस अधिवेशनले नयाँ जुझारु र सशक्त कार्य समिति चयन गर्न सकोस भन्ने शुभकामना दिएका थिए । प्रमुख अतिथी अमृत तमूले आफ्नो भाषा संस्कृति रितिरिवाजहरुको संरक्षणको लागि सम्पूर्ण जातिय संस्थाहरु एक आपसमा भाईचारको संबन्ध राख्दै जातिय स्वायत्तताको संघिय गणराज्य स्थापनाको लागि सबै आदिवासी जनजातिहरु एक जुट हुनु पर्नेमा जोड दिएका थिए । उहाँले तमुहरुको कार्यक्रम अति नै सफल र उदाहरणीय भएको विचार समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको खुल्ला सत्रमा तमू बौद्ध सेवा समतिको प्रगति प्रतिवेदन महासचिवको तर्फबाट अध्यक्ष जगन तमूले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि कतारी रियाल ९७ हजारभन्दा बढिको आर्थिक कारोवार भएको आर्थिक प्रतिवेदन कोषाध्यक्ष खेम तमूले प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा तमू बौद्ध सेवा समिति कतारको सहयोगमा निर्माण भएको तमू सांस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ूसपना हो की विपनाू को गिति संग्रहको सिडिलाई प्रमुख अतिथीले विमोचन गर्नु भएको थियो । बन्द सत्रले खुल्ला सत्रमा पेश गरिएका प्रगति प्रतिवदन र आर्थिक प्रतिवेदन साथै निर्देशक सल्लाहकार बुधबल तमूले समितिको संसोधित बिधानलाई सर्व सम्मतले पारित गरी अनुमोदन गरेको छ । विधान बमोजिम निर्देशक सल्लाहकार बुधबल तमूको संयोजकत्वमा बिलबहादुर तमू राम तमू अमृत तमू र अमृत घलेको पांच सदस्यीय निर्वाचन समितिले जगन तमूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जस्मा प्रथम उपाध्यक्ष लक्ष्मी कुमार तमू द्वित्तिय उपाध्यक्ष कृष्ण तमू महासचिव खेम तमू सचिव हेमराज तमू कोषाध्यक्ष टिकाराम तमू सह कोषाध्यक्ष नन्दु घले पूर्वााचल संपर्क सदस्य जीवन तमू पश्चिमााचल संपर्क सदस्य याम तमू सदस्यहरु भेष तमू सूर्य तमू तिलक तमू जसबहादुर तमू केसर तमु हुनु हुन्छ । बांकी तीन सदस्य भने एक जना महिला प्रतिनिधि सहित पछि थप गरिने बताईएको छ । सोही अधिबेशनले समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति क्रमशः बिमल तमू र बुद्ध तमूको अध्यक्षतामा नयाँ समिति पनि गठन गरेको छ । बन्द सत्रमा अध्यक्ष जगन तमुले पेश गर्नु भएको समितिको भावी कार्य नितीलाई पनि सर्व सम्मत पारित गरिएको थियो । कार्यक्रमको खुल्ला सत्र कोषाध्यक्ष खेम तमू र बन्द सत्र सल्लाहकार बिलबहादुर तमूले संचालन गर्नु भएको थियो i
0 comments:
Post a Comment