दोहा- दोहामा लामो समयदेखि विचल्लीमा परेका ४२ जना युवाहरुलाई खानपिन तथा दैनिक गुजाराका लागि यूवा समाजसेवी लक्ष्मण खतिवडाको पहलमा थप सहयोग प्राप्त भएको छ ।उनीहरुको दुरावस्थाप्रति दुख ब्यक्त गर्दै खतिवडाले गत शुक्रवार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति एनआरएनए-एनसीसी कतारको प्रथम परिषद भेलामा सहयोग संकलनको पहल गरेका थिए ।
रैयानस्थित एक क्याम्पमा अलपत्र रहेका ४२ जना नेपालीको खाना खर्च जुटाउन परिषद सदस्य खतिवडाले ुडालोु वोकी अपिल गरेपछि कुल १ हजार २ सय ७० कतारी रियाल र ६ बोरा चामल संकलन भएको थियो । सहयोगी दाताहरुलाई धन्यवाद दिँदै पिडितहरुलाई सो सहयोग प्रदान गर्ने जिम्मा पनि खतिवडाले लिएका छन् । युवा समाजसेवीहरु उमेश अधिकारी रामहरि गैरे चुडामणी कार्कीबाट जनही १ बोरा र प्रवासी नेपाली मुस्लिम समाजका तर्फबाट २ बोरा चामल उपलब्ध भएको छ ।५ बोरा चामलसहितका खाद्य सामाग्री र दैनिक गुजाराका अत्यावश्यकिय सामाग्रीहरु उनीहरुलाई सोमवार हस्तान्तरण गरिएको खतिवडाले बताए । पिडित युवाहरु मध्येका धनिसंह ओखेडाले राजधानीसंगको कुराकानीमा सो सहयोगप्रति कृतज्ञता ब्यक्त गर्दै आफुहरुलाई खानपिनका लागि हाल कुनै समस्या नरहेको बताए । ुसमाजसेवी खतिवडा र अन्य परोपकारी महानुभावहरुको पहल र सहयोगले हाम्रो दुखमा केहि मलहम लागेको हामीले अनुभव गरेका छौंु ओखेडाले भने । ओखेडाले जनाए अनुसार उनीहरुका लागि क्याम्पमा पानी र विद्युतको समस्या रहेको छ ।बैदेशिक रोजगार एजेन्टका कारण अलपत्र परेपछि उद्दारको याचना गर्दै नेपाली दुतावासको शरणमा आएका यी नेपाली युवाहरुले मुलुक फर्कने निर्णय गरिसकेका छन् । न्यू रैयनमा साफी मस्जिदनेरको एक क्याम्पमा बस्दै आएका यी ४२ जना युवाहरुलाई दोहामा कार्यरत धनुषा घर भएका एजेन्ट मोहम्मद नजामुद्धिनले विभिन्न समयमा विभिन्न आश्वासन दिएर कतारस्थित एक ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीको कामका लागि ल्याएका थिए । बाँकी बाक्यौता तलवका साथै अधिकार दिलाएर घर पठाउने ब्यवस्था मिलाउनका लागि पहल गर्न उनीहरुले दुतावासलाई आग्रह गरेका थिए भने दूतावासले पिडितहरुको उद्धार र पिडकलाई कारवाहीको पहल गरिरहेको राजदुत डा। सुर्यनाथ मिश्रले बताएका छन् ।

0 comments:
Post a Comment