श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 20 December 2009

चासोक तङनाम साँझ ५०६९ सम्पन्न



हङकङ


जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टको आयोजनामा लिम्बूहरुको महान चाड चासोक तङनामको खुशियालीको उपलक्ष्यमा चासोक तङनाम साँझ ५०६९ उल्लेखनीय रुपले सम्पन्न भएको छ । यसै वर्षबाट चासोक तङनामलाई रेष्टुरेन्टमा चासोक तङनाम साँझको रुपमा मनाउने क्रमको शुरुवात गरिएको हो । हुन त हरेक वर्षहरुमा यो वर्ष पनि मङ्की हिलमा बीबीक्यू गरेर समयमै चासोक तङनाम मनाइएको हो तर खासगरी यो वर्ष जनजाति गीतकार समाज हङकङका अध्यक्ष तथा लेखक प्रदीप कन्दङवा लिम्बूको विशेष प्रयासबाट यो वर्षबाट लिम्बू सँस्कृति प्रदर्शन तथा सशुल्क खानपानको व्यवस्थासहितको सो किसिमको साँझ मनाउने चलनको शुरुवात भएको छ । आफ्नै जातिले आफ्नो सँस्कृतिको सम्वर्द्धन गर्नु पर्ने वास्तविकतालाई ध्यान दिँदै कन्दङवाले, लिम्बूहरुले आफ्नो चाडको प्रशस्तीलाई आफै गाउन थाल्नुपर्दछ, त्यसलाई विस्तारै सर्वत्र बनाउन थाल्नुपर्दछ भन्दै कार्यक्रमको शुरुवात गरेका थिए ।
कार्यक्रममा विभिन्न पारम्परिक लिम्बू खानपिनहरु राखिएका थिए भने हाक्पारे (लिम्बूहरुको गीत) गाइएको र च्याम्ब्रुङ नाच नाचिएको थियो । आईसीएसीले आयोजना गरेको एक अख्तियार दुरुपयोगसम्वन्धी कार्यशालामा भाग लिन गत १७ तारिख यहाँ आएका नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका का.वा. आयुक्त ललितकुमार लिम्बूको प्रमुख आतिथ्यमा र प्रदीप कन्दङवाको सञ्चालनमा सो कार्यक्रम रातको करीव दश बजे सञ्चालित भएको थियो । भलाकुसारीको सन्दर्भमा नेपाल डट यचकेले नेपालमा वर्तमान अवस्थामा भइरहेको दण्ड हीनताको प्रचूरतालाई हवाला दिँदै सो समस्या तीब्र भई बाहिरी मिडियाबाट प्रशस्तै सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान प्रमुखको हैसियतले यहाँ एक कार्यशालामा भाग लिन आउँदा तपाईँले कस्तो किसिमले नेपाललाई प्रस्तुत गर्नुभयो भन्ने प्रश्न राखेको थियो । का.वा. लिम्बूले नेपालमा विद्यमान हालातमा पनि अख्तियारले प्रशस्तै कारक र परिणमजनक राम्रा कामहरु गरेको र सो कार्यहरुका बारेमा र अन्य समस्याहरुको बारेमा नेपालतर्फको प्रस्तुति दिएको भनेका थिए । तर नेपालमा अख्तियार पछिल्लो समयमा आएर नाम मात्रको भएको, किनकि अख्तियारले दोषी ठहर्‍याएका कतिपय व्यक्तित्वहरु राजनीतिक आधारले गर्दा निर्धक्क हिँडेका लगायत नेपाल वायुसेवा निगमका कतिपय पक्षहरुमा अख्तियारको पक्कड न्यून भएको बारे का.वा. आयुक्त लिम्बूको ध्यानाकर्षण गराउँदा लिम्बूले अख्तियारले निष्पक्षतासँग दोषी प्रमाण गरेको तर कारबाही गर्नेहरु, सो शैलीमा कडाइका साथ नलागेको तथ्य बताएका थिए । साथमा लगभग, साढे दुई वर्षको आफ्नो कार्यकालमा आफूले गरेका राम्रा कामहरुको जानकारी जो कसैले पनि अख्तियारले निकालेको प्रतिवेदनमा हेर्न सक्ने बताएका थिए ।
प्रमुख अतिथि लिम्बूले आफ्नो मन्तव्य राख्ने क्रममा ताप्लेजुङ निवासी लिम्बूको छोरो (आफू) नेपालको एक मुख्य निकायको प्रमुख भएको गर्व लायकको हो भन्दै हङकङेली लिम्बूहरुसँग लिम्बूहरुको महान चाड चासोक तङनाम मनाउन पाउनु शौभाग्य हो भन्ने बताए भने, आफू प्रमुख भएर आएदेखि विभिन्न अछुत मानिएका क्षेत्रहरुमा पनि हात हाल्दै कारबाही गरेको सम्झना गर्दै का.वा. आयुक्त लिम्बूले दोहाको राजदूतावासमा त्यहाँ अख्तियारको दुरुपयोग भएको भन्ने आरोपको आधारमा अनुसन्धान गरी रिटायर्ड भइसकेका तत्कालीन राजदूतलाई झिकाएर आफूले कारबाही गरेको सगर्व बताउँदै संसारको हरेक दूतावासमा आफ्नै पहलमा उजुरपेटिका राख्न लगाएको भनेका थिए । दूतावासका कुनै पनि विषयमा अख्तियारको दुरुपयोग भएको कसैले भोगेको भए, गोप्य नाममा अख्तियारलाई सूचित गर्न सक्ने र सोबारे अख्तियारले अनुसन्धान पक्कै नै गर्ने बताई इमेल (अख्तियार एट ओरजी डट यनपी) सोही मन्तव्यमै सार्वजनिक गरेका थिए ।
लिम्बूहरुले आफ्नो सँस्कृति आफैले जोगाउनका लागि अनुरोध गर्दै सञ्चालक कन्दङवाले, लिम्बू सँस्कृतिको हाक्पारे गाउनका लागि दुई जना लिम्बूहरुलाई मञ्चमा बोलाएका थिए । सोपछि लिम्बू सँस्कृतिका च्याम्ब्रुङको सानो प्रदर्शनी भएको थियो । रातको तीनबजेसम्म सो कार्यक्रम सञ्चालित थियो । तर सो साँझमा लिम्बूहरुबाहेक अन्य नेपाली जातिहरुको उपस्थिति खासै थिएन भने स्थानीय चाइनिजलगायतका अन्य समुदायका कोही पनि थिएनन् । लिम्बू जातिहरुले आफ्नो सम्स्कृति आफैभित्र नभई अन्य जातिहरुबीच सौहाद्र किसिमले मनाउँदा अति राम्रो देखिने थियो । लिम्बूहरुबीच मात्र भए पनि आफ्नो सँस्कृति तथा चलनअनुसारका रैथाने खाद्य परिकारहरुको बुफेमा राखिएको अति नै प्रशंसनीय थियो । यो वर्षबाट दशैं मनाउने क्रममा जोर्डनस्थित कंगन रेष्टुरेन्टले सम्पूर्ण पारम्परिक तवरले अनि पारम्परिक खाद्य परिकारको साथमा दशैं मनाएको थियो भने यही वर्ष याक एण्ड यती रेष्टुरेन्टले लिम्बू चाड चासोक तङनाम एक कदममाथि रहेर लिम्बू सँस्कृतिका नाचगानसहित मनाएको छ । तर जुन किसिमले भित्तामा टाँसिएको ब्यानरमा लेखिएको थियो, जुन किसिमले यस साँझबारे पहिले नै बाहिर चर्चा गरिएको थियो, सो प्रकारको चाहिँ गर्नबाट आयोजक चुकेको थियो । लिम्बू संस्कृतिको प्रदर्शनी गर्ने क्रमलाई रोकेर उपस्थित लिम्बू सहभागीहरुकै आग्रहमा आयोजकले हिन्दी तथा अँग्रेजी गीतहरु बजाएका थिए । लिम्बू पर्व चासोक तङनाम ५०६९को बारेमा चर्चा नगरिनु, लिम्बू संस्कृतिका अन्य नाचलगायत गीतहरु नबजाइनु र हिन्दी तथा अँग्रेजी गीतहरुमा नाचिनु अति नै लज्जास्पद लागेको जनजाति महासँघका अध्यक्ष भूपेन्द्र चेम्जोङ असन्तुष्ट हुँदै नेपाल डट यचकेलाई बताएका थिए । उनको अनुसार यो वर्ष यस किसिमले चासोक तङनाम प्रभावपूर्ण किसिमले मनाउने क्रममा प्रशंसनीय किसिमले लिम्बू परिकारहरु खुवाएर कार्यक्रमलाई लिम्बूमय बनाइए पनि हिन्दी गीतकै शरण लिएर कार्यक्रमलाई ‘अलिनु’ बनाइएकोमा दुःखलाग्दो रहृयो । कार्यक्रम तत् पश्चात् न लिम्बू सँस्कृतिको रहृयो, न नेपाली सँस्कृतिको नै -चेम्जोङको निचोड थियो यो ।
हङकङमा रहेका अन्य विविभध जातिहरुहरु आफ्नो सँस्कृतिको जगेर्ना गर्ने हो भने जाति विशेषका यस प्रकारको चाडहरुमा सो भेला सम्पूर्ण रुपले सो जातिमय बनाइनु पर्दछ र विशेषतः भनिएको पर्वलाई विशेष गरेर मनाउनु पर्ने हुन्छ । ताइमोसान, मङ्की हिललगायतका डाँडाहरुमा बीबीक्यू गर्दै मनाई जातिविशेषका पर्वहरुले उही जातिहरुमा चाख निखार्दै गएको एक किसिमको अनुभूति हुँदै गएको छ । जातीय सौहाद्रता बढाउनका लागि एक जातका सो प्रकारका कार्यक्रममा अन्य जातिहरुलाई बोलाइने गरे चाड तथा पर्वहरुको गरिमा बढ्दै जाने स्पष्ट देखिएको छ । कुनै होटेल तथा रेष्टुरेन्टमा कुनै पनि समयमा खान नपाइने यस्ता जातीय साँस्कृतिक अनि पारम्परिक खानाहरुको स्वाद हिजोको कार्यक्रममा सहभागी हुने मानिसका जिब्रोमा नभई मनमा रहेको अनुभव एक प्रवेक्षकको रहेको छ । यस प्रकारको तर अझ निखारिएको कार्यक्रमहरुले निरन्तरता पाउनु पर्दछ । -नेडयस

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika