श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 9 December 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपाल प्रेस विज्ञप्ति


लिम्बुवान मोर्चा, नेपालको शर्ीष्ास्थ नेतृत्वहरूको बैठक यही मिति २०६६ मङ्सिर २३ । २४ गते किरात याक्थुङ चुम्लुङहिम चारपाने विर्तामोड लिम्बुवानमा बस्यो । उक्त बैठकले मोर्चाको प्रथम र दोस्रो चरणको आन्दोलनको वृहत् समीक्षा गर्दै लिम्बुवानको विषयलाई र्सवसम्मत र राजनीतिक रुपमा संस्थागत गर्दै लिम्बुवानको सिमाङ्कन र पर्ूण्ा संघीय स्वायत्त लिम्बुवानका लागि सशक्त सडक र सदन सङ्र्घष्ा गर्ने कार्यदिशासहित निम्नानुसार आन्दोनलको कार्यक्रमहरू तय गरेको छ । सो कार्यक्रमहरूको र्सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । संयुक्त लिम्बुवान मोर्चा, नेपालमा संघीय लिम्बुवान राज्य परिषद -अध्यक्षः सञ्जुहाङ पालुङवा) को विधिवत रुपमा मोर्चाको घटकसदस्यको रुपमा प्रवेश भएको छ ।

कार्यक्रमहरूः

क। २०६६ पुस २२ गते दिनको ०१ः०० बजेदेखि ०४ः०० बजेसम्म लिम्बुवानको काँकरभिट्टादेखि इटहरी-इनरुवासम्म व्यापक लिम्बुवानी जनपर््रदर्शनसहित सडक धर्ना र कोणसभा गर्ने,

ख। आमसभाहरू

पुस २४ गते चन्द्रगढी, झापा लिम्बुवानपुस २५ गते उर्लावारी मोरङ, लिम्बुवानपुस २६ गते इटहरी, सुनसरी, लिम्बुवानपुस २७ गते धनकुटा बजार, धनकुटा, लिम्बुवानपुस २९ गते खाँदबारी, सङ्खुवासभा, लिम्बुवान ग।लिम्बुवानका आदिवासी र गैर आदिवासीहरूसँग संयुक्त लिम्बुवान मोर्चा, नेपालको तर्फाट लिम्बुवान राज्यको पक्षमा अन्तरक्रिया गर्ने-माघ २ गते लेप्चालगायतसँग इलाम, लिम्बुवानमामाघ ३ गते राजवंशी, ताजपुरीया, मेचे, कोचे, गन्गाई, सतारलगायतसँग विर्तामोड, लिम्बुवानमामाघ ४ गते धिमाल, उराव, थारु, मोरङ्गीया, मुस्लिमलगायतसँग इटहरी, सुनसरी लिम्बुवानमा,माघ ६ गते याक्खा, याम्फू, लोहोरुङ, आठपहरीया, मेवाहाङलगायतसँग धनकुटा, लिम्बुवानमा,घ. वृहत् राजनीतिक सम्मेलनःमाघ मसान्तभित्र लिम्बुवानका सम्पर्ूण्ा आदिवासी जनजाति र गैर आदिवासी जनजातिहरूको सहभागिता र संयुक्त लिम्बुवान मोर्चा, नेपालको आयोजनामा वृहत् राजनीतिक सम्मेलन धरान, सुनसरी लिम्बुवानमा सम्पन्न गरी र्सवपक्षीय तथा र्सवसम्मत लिम्बुवान घोषणा-पत्र जारी गर्ने,संयुक्त लिम्बुवान मोर्चा, नेपालको आन्दोलनका मागहरूः-क) संविधानसभामार्फ् संवैधानिक रुपमा आत्मनिर्ण्र्ााो अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गर,-ख) निर्धारित समयमा नै संविधान निर्माण गर,-ग) जातीय जनसङ्ख्याको आधारमा सम्पर्ूण्ा क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर,-घ) संघले वैधानिकता नपाउञ्जेल कुनै पनि राष्ट्रियस्तरको जल, जङ्गल र जमिनसँग सम्बन्धित् योजनाहरू लागू नगर,-ङ) नेपालको लिम्बुवानलगायत अन्य क्षेत्रको अतिक्रमित् भूमिहरू फिर्ताको पहल गर,-च) नेपाल सरकार र लिम्बुवानको पक्षमा भएका सहमति/सम्झौताहरू तुरुन्त कार्यान्वयन गर,-छ) लिम्बुवान विरोधी कुनै पनि गतिविधिहरू नियन्त्रण गर,-ज) वृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्दै दिगो शान्ति कायम गर,-झ) आई. एल. ओ. महासन्धि १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्र आदिलाई कार्यान्वयन गर,

नाराः

''आन्तरिक उपनिवेशको अन्त्य गरौं, जातीय सद्भाव कायम गर्दै लिम्बुवान स्वायत्त राज्य स्थापना गरौं ।''संयुक्त लिम्बुवान मोर्चा, नेपाल१. वीर नेम्बाङ अध्यक्षः लिम्बुवान मुक्ति मोर्चा२. मुक्सामहाङ मेन्याङ्बो, महासचिवः लिम्बुवान राष्टिय मुक्ति मोर्चा -ए. नेकपा माओवादी)३. कुमार लिङदेन 'मिराक' अध्यक्षः संघीय लिम्बुवान राज्य परिषद् -संघीय लो. रा. मञ्च)४. त्रिवेणी चोङ्बाङ, सचिवः नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ -नेकपा एमाले)५. के. बी. फुदोङ, अध्यक्षः नेपाल लिम्बुवान स्वशासित संघ ए. -नेकपा एकीकृत)६. सिद्धि तुम्बाहाङफे, अध्यक्षः लिम्बुवान प्रान्तीय परिषद् -राष्ट्रिय जनमुक्ति पार्टर्ीी७. प्रवीण नेम्बाङ, अध्यक्षः नेपाल लिम्बू संघ -नेपाली कांग्रेस)८. सञ्जुहाङ पालुङ्वा, अध्यक्षः संघीय लिम्बुवान राज्य परिषद ९. अर्जुन लिम्बू, अध्यक्षः किरात याक्थुङ चुम्लुङनोगेन !

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika