रुकुम, २०६६ मंसिर २३ - समाचार लेखेकै कारण दुई सातादेखि धम्कीको सामना गर्दै आएकी रुकुमकी पत्रकार टीका विष्टमाथि मंगलबार सांघातिक आक्रमण भएको छ । आक्रमणकारीले विष्टको दाहिने हातका औंला ब्लेडले चिरिदिएका छन् । घटनास्थलमा भाँचिएको कलम, च्यातिएका कागजपत्र र फुटाइएका ल्यापटप, रेडियो र मोबाइल भेटिएको छ । उनलाई कुटपिट गरेर भीरबाट लडाइएको आशंका छ । टाउकामा चोट लागेकाले विष्टको स्थिति गम्भीर रहेको चिकित्सकले बताए । सात घन्टाभन्दा बढी बेहोस भएकी विष्टको साँझमात्र होस खुलेको छ । 'टाउकामा चोट लागेकाले सिटिस्क्यान नगरी केही भन्न गाह्रो छ,' जिल्ला अस्पतालका डा. अपूर्ण कार्कीले भने । विष्ट स्थानीय सिस्ने एफएमकी समाचार संयोजक हुन् ।'किन ब्लेडले चिर्छस् ? सक्छस् भने खुकुरीले हान्' भन्दै विष्ट बेहोसी अवस्थामै चिच्याएको स्वास्थ्यकर्मीले बताए । दिउँसो पौने १२ बजेतिर सहकर्मी धनवीर दाहाललाई फोन गरेर उनले आफू घेरिएको बताएकी थिइन् । 'आत्तिँदै दुई- तीन जना केटाहरूले लखेटिरहेका छन्, बचाउनुस् भन्दै थिइन् । फोन कट्यो,' दाहालले कान्तिपुरसित भने, 'तत्कालै कल ब्याक गर्दा स्विचअफ भइसकेको थियो ।' विष्ट एफएमबाट काम सकेर सल्लेस्थित अस्पताल जान लाग्दा मठगाउँमाथि आक्रमण भएको हो । उनी भीरबाट २० मिटर तल बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी अझै अर्धअचेत अवस्थामा रहेकाले घटनाबारे बुझ्न कठिनाइ भएको प्रजिअ शम्भु मरासिनीले बताए । थाहा पाउनासाथ प्रहरीले उद्दार गरेर अस्पताल पुर्याएको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको मरासिनीले बताए । एक महिनाअघि सिस्ने एफएम उद्घाटन गर्न मुसिकोट पुगेका सञ्चारमन्त्री शंकर पोखरेललाई कालोझन्डा देखाउँदै विरोध गर्ने क्रममा वाईसीएल कार्यकर्ताले 'तीर्था गौतमको झै धेरैको सिन्दूर पुछ्ने' नाराबाजी गरेका थिए । पत्रकार विष्टले जन्तिधारा साप्ताहिकमा 'किन चाहियो माओवादीलाई तीर्थाको सिन्दूर' शीर्षकमा टिप्पणी प्रकाशन गरेकी थिइन् ।स्राेतअनुसार आक्रोशित माओवादी कार्यकर्ताले परिचय लुकाएर बारम्बार उनलाई धम्क्याउँदै आएका थिए । धम्की दिनेहरूबाटै आक्रमण भएको हुनसक्ने पत्रकार महासंघ रुकुमका सचिव कमल थापाले बताए । कसैले भाउजू बिरामी परेर अस्पताल आएको झूटो खबर गरेपछि विष्ट अस्पतालतिर लागेकी थिइन् । माओवादी जिल्ला इन्चार्ज सरुन बाठाले घटनाबारे आफूले थाह पाए पनि बुझ्न नपाएको बताए । 'मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएँ,' आक्रमणमा माओावादी संलग्नताको आशंका गरिएकाबारे उनले भने, 'भीरबाट लडेको हो कि कुटपिट गरेर लडाइएको हो, बुझ्न बाँकी छ ।'महासंघद्वारा भत्र्सनाकाठमाडौं- नेपाल पत्रकार महासंघले पत्रकार विष्टमाथि सांघातिक हमलाको भत्र्सना गरेको छ । राजधानी दैनिककी रुकुम संवाददाता तथा महासंघ केन्द्रीय सभासद विष्टलाई मंगलबार मुसिकोटस्थित उनको घरबाट दुई सय मिटर टाढा झाँडीमा अचेत अवस्थामा फेला पारेको थियो । टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी विष्टलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तर उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि अन्तै लैजानुपर्ने बताएको महासंघले जनाएको छ ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Wednesday, 9 December 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment