श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 22 November 2009

हाप्पेन चोकदेखि कान्छी दोकानसम्म


-देवेन्द्र भट्टराई-
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो। पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए। अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन। त्यही गोलमालका माझ कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं।
साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन। भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक–नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो।लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ–आफ्नै काइदाका लाग्थे। एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो। ‘यहाँ फेदन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्,’जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा। आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसग मिलेर हरेक बिहान–बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए। बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो—’आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस।)बजारमा अर्न्तराष्ट्रिय सन्धी/अभिसन्धीको कुरा गर्दै थिए—संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता मित्र लिङ्देन। ‘जल, जमिन, जंगल’मा अग्राधिकारदेखि एतिहासिकताका आधारमा अरुणपूर्वका छ जिल्लाको लिम्बुवान राज्य परिकल्पना सुनाउनमा उनी निकै आतुर थिए। लिम्बुवानको बिरोधमा लाग्ने अथवा समर्थन नगर्ने पत्रकारलाई ज्यान लिने धम्की दिएका कारण त्यही साता भिन्नै तनाव पनि उब्जिएको रहेछ फेदेनमा। स्थानीय ‘छाल साप्ताहिक’का पत्रकार मित्रहरुसँग यसैबारे बाचचित हुँदै थियो। त्यही साताको पत्रिकामा पत्रकारिताको बिरोध–विम्बस्वरुप सम्पादकीयमा कालो पोतिएको रहेछ। सम्पादक नारायण तुम्वापो, अतिथी सम्पादक प्रेम ओझासहितका मित्रहरु युके लजमा लिम्बुवानमा चौथो अंगमाथि आइपरेको औडाहा सुनाउनमा व्यस्त थिए। मञ्च सम्बद्ध लिम्बूवान राज्य परिषदले हालै पाँचथरमा आयोजित एक समारोहमा ‘लिम्बूवानको बिरोध गर्न पत्रकारको टाउको काट्छौं’ भनेर जुलुशनारा गराएकोमा त्यसको बिरोधमा पत्रिका सम्पादकीयमा कालो पोतिएको रहेछ। ‘कालो’ पत्रिकाको सम्पादकीयमा मात्रै पोतिन थालेको थिएन। अनेक भ्रम–दिग्भ्रम र अन्यौलका माझ आ–आफ्नै हेराइ र बुझाइ फेदेनमा फैलिंदे गएको देख्ता दिक्क पनि लाग्यो।लिम्बुवानको अभियानमा लागिरहेका संघ–संगठनहरु पनि एकताबद्ध हुनुको साटो ४/५ फ्याक बनेका रहेछन्। कुनै एउटा फ्याकको लिम्बुवान बन्द सुरु भैसकेको थियो। तैपनि लिम्बुवानका अगुवा मित्रजनबाट पत्र बनाएर हामी इलाम सदरमुकामतिर हानियौं, एकदिनको फेदेन बसाइपछि। लिम्बुवानका हाप्पेन चोक, कान्छी दोकान, रक्से बजार सबैसबै एकनाशले बन्द थिए।
भोलीपल्ट इलामको उत्तरी कुनोमा पर्ने माइपोखरीको जसबीरे चियाकमान पुग्नासाथ आफैंमा ऐतिहासिक सम्पदाजस्तो लेन्डरोभर गाडीबाट फुत्त उत्रिए—सहयात्रु गिरीश गिरी। पेशामा पत्रकार र सौखमा डकुमेन्ट्री निर्माता/निर्देशक गिरीका लागि ‘कथाले मागेजस्तो’ ठाउँ थियो त्यो। उनी चियाका हरिया बुटाहरुमा लम्पसारिए र, हातमा बोकीराखेको ‘टाइम’ पत्रिका पढ्न थाले। ‘नेपाली डाइरेक्टरहरु हलिउड र बलिउडको कल्पना गर्छन्, यस्तो रसिलो स्पट दुनियामा कहाँ पाइएला र?’,बर्बराए झैं गरी गिरी भन्दै थिए। कुनै सलल बग्ने प्रेम र रोमान्सको फिल्म कुनै दिन बनाएमा यसैगरी चियाका बुटामाथि पिरतीको गीत बुन्ने उनको पटकथा आफैंमा रोमान्टिक लाग्थ्यो।ठुली एकादशी पर्वको धुमधाम तयारीमा लागेका रहेछन्, माइपोखरी मुखमा होटल चलाउने निमा दोर्जी शेर्पा। दार्जीलिङतिर पढेबढेका उनको बोलीमा ‘डल्लै र याँच’को थेगो झुन्डिएको थियो। ‘टिम्बुरको रक्सीलाई डल्लै घिउले झानेको स्वाद चाख्नुपर्छ है भाइ,’भेज मःमका डल्ला बेरिरहेका बेला निमा भन्दै थिए। नभन्दै दार्जीलिङबाट ल्याएको बुट्टेदार माटाको माने ग्लासमा छिनभरमैं टिम्बुरको स्वाद आइपुग्यो, साथमा थियो—अकबरे खोर्सानीका डल्ला। त्यो सेवन गरेपछि भने लागेको थियो—यो संसार साँच्चिकै सोचेभन्दा बढी गोलो रहेछ। साथमा इलामे पत्रकार विप्लव भट्टराई पनि थिए जो होटलवाला निमाको दार्जीलिङे स्वरमा भाका मिलाउन सिकिरहेका थिए। त्यहीं पर्तिर देउरालीमा इलामे युवतीहरुबीच फुटबल प्रतियोगिता चलिरहेको थियो। पहाडी खेलमैदान सोचेभन्दा निकै सानो थियो, मच्चिएर गोल हान्दा अर्को भीरमा पुगेर ठोकिएको देखिन्थ्यो। त्यही भएर फुटबलको टिममा ११/११ होइन, ६/६ खेलाडी थिए।टिम्बुर रक्सीको स्वादमा गढेको जिब्रो फड्कार्दैं साँझमा तल इलाम झर्‍यौं। लिम्बुवान बन्दको क्रम जारी थियो। धन्य, फिक्कल एफमका प्रबन्धक, गायक र चिया कृषक गणेश रसिक फिक्कलबाट इलाम बजार भर्न आएका रहेछन्। उनका साथ लागेर फिक्कल पुग्यौं। रसिक चियाबगान घारीमा सयपत्रीले ढाकेको आँगनमा घेरिएर बस्दा रहेछन्। माओवादी द्वन्द्वकालमा त्यही माथि पशुपतिनगर प्रहरीचौकीमा मारिएको इनिस्पेक्टर भाइको सम्झना मनभरि राखेर र सधैं परिवर्तनको संघारमा उभिएको भनिने लिम्बुवान राज्यका यी भावुक नागरिक यो एकान्तमा ‘तराइ हेर कति राम्रो हरियो बन हुनाले’ गीत गाइरहेका थिए।‘म ईश्वरसँग रुन्छु, मान्छेसँग हास्छु,’रसिकले कस्तो बेजोडको कुरा गरे भने आम नेपालीको हविगत उनी बोलिरहेका थिए। भोजपुरको ट्यँम्के डाँडाबाट संघर्षका अनेक तानाबाना बुन्दै लाहुरे बन्न नसकेको र सधैंभरि गरिवीको भुतले लखेटिरहेको दोमन लिएर रसिक कहिले कवि बनेका थिए। कहिले उनी गायक बने, कहिले पंचायती अभियन्ता बने, कहिले निकै राम्रा लेखक पनि बने। पछिल्ला दुइ दशक भने उनका लागि जीवनजगत बुझाइको अर्को चरण झैं बनेको रहेछ। उनको ‘दशगजामा उभिएर’ संस्मरण कृति पढ्दा उनको आगत र बिगत यसरी झल्किन्थ्यो कि सबैको जीवनमा आइपर्ने सबै मोड र घुम्तीहरु सधैं सुखद रहिरहन्छन् भन्ने केही ठेगान नहुने रहेछ भन्ने लाग्थ्यो।घर बाहिरको सडकतिर र तल फिक्कल बजारमा पनि बन्दको भरमार प्रभाव थियो। काठमाडौंको डेराघर र फिक्कलको आफ्नो घरबीचको कुदाकुदमा रसिक यही एकान्तमा बसेर एकान्तिक गायक बन्ने रहेछन्। साँझ पर्नासाथ उनी हामी स्रोताको अनुनयबिनयमा गाइरहेका हुन्थे—घरबेटी नानी पिंढिमा देउन मलाई बास, धेरै सम्झे धेरै हुन्छ/थोरै सम्झे थोरै, मेरो अतितलाई कहाँ भेटौं, मेरो मन तिमीकहाँ बन्धकी छ, भुल्न सकिंन–भुल्न सकिंन, मसँग एउटा तारा छ, नूनजस्तो बिल्ने जिन्दगीलाई…आदिआदि।
त्यो साँझ आफैंमा हुर्मत लिने साँझ बनेको थियो। एकप्रकारले एकान्तिक, निराशाबोधी र सपनामयी गीतहरु बढी सुनिएका थिए। फिक्कल बजारबाट किनेर लगेको धनकुटाको सुन्तले रक्सीको नसामा मदमस्त मित्र गिरीशका फर्माइसहरु गणेश रसिकबाट अघि बढेर बच्चुकैलाश, मोहम्मद रफी हुँदै लता मंगेशकरसम्म पुगिरहेका थिए। ती उर्लिएका फर्माइसलाई थाम्न रसिकले एउटा बिसौनी गीत गाए, यो गीत गाइरहेका बेला उनका आँखाका डिलडिलबाट आँशुका ढिका बाहिर निस्कन खोजिरहेका थिए—
'जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाँच्ने आयु साह्रै थोरै...†'

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika