खेमनाथ पौडेल,
यूएइनेपाली गीत संगित जगतमा भर्खरै उदाएका र छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल यूवा यूवतीका ढुकढुकी तथा पहिलो नेपाली तारा दिपक लिम्बुले नेपाली समाज यूएईले आयोजना गरेको सुमधुर सास्कृतिक कार्यक्रममा यूएईका प्रवासी नेपाली विषेश गरेर यूवायुवतीहरुलाई छम छम्ती नचाए भने नेपाली गीत संगीतका हस्ती साहित्यकार तथा जनताका गायक माजुल तथा क्रान्तिकारी गायक प्रदिप देवनले दर्शकहरुलाई भाव विहल बनाए ।यहि नोभेम्वर २० २००९ का दिन दुवईको अस्टोरिया होटलमा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा नेपालबाट निम्ताईएका नेपाली तारा दिपक लिम्वुले यहाँ देशको चिन्ता तिमी मायाँ मायाँ भन्छौ तन प्रदेशी भयो मन गाउँ बेसी तिम्रो रुपको चर्चा छ रुपको बजारमा ढल्क्यो ढल्क्यो जोवन मेरो पल्कयो पल्क्यो यो मन मेरो तिमी तिरै सानु मागेर माग्ने भने म एउठा फुल के मागु यो धर्ती सँग तिम्रो लागि बरु तारा मागुकी यो धर्ती सँग तिम्रो लागि लगायत विभिन्न नेपाली चलचित्रका गितहरु गाएकाका थिए भने उनको अतिनै लोकपि्रय हिम्मत चलचित्रको मैले त्यहि भएर मन पराए भन्ने गीतलाई दर्शकहरुले बढि रुचाए । कार्यक्रमको अन्त्यमा उनको भर्खरै आउन लागेको दोश्रो एल्वमको मायाँ मायाँ भन्ने गीत गाउँदा उनी लगायत दर्शकहरु स्टेजमा नै गएर उनलाई नाच्नमा साथ दिएका थिए भने उनको हॆ हे र हाहामा दर्शकहरुले साथ दिदा हल गुज्जयमान भएको थियो ।साहित्यकार कवि तथा जनताका गायक माजुल स्टेजमा पुग्दा र उनको साथमा रहेको गितारको सुमधुर संगितको तालसँगै पहिलो पस्तुतिले दर्शकलाई अति मर्माहत बनायो । उनले गीत गाउनु भन्दा पहिला उपस्थित दर्शकहरुलाई ताली बजाउन हा हा हु हु गर्न र गायनमा उनलाई साथ दिन रोक लगाई उक्त गीतको शब्द तथा लय सुन्न आग्रह गरे र उनले भने म अन्त्यमा तपाईहरुले नेपाली लोक भाकालाई कत्तिको मनपराउनुहुने छ यदि मन पराउनु हुने छ भने म नेपालमा गएर यहि सन्देश दिनेछु भने र उनले लोक गायक झलकमान गन्धर्वको आमाले सोध्लीन खै छोरो भन्लीन भन्ने पुरानो भाकाको गित विना ट्याकमा गाए । गीतको अन्तिम शब्द नसकिदै दर्शकहरुको पटटट ताली र वान्समोर अनि विवहल मुद्रामा वाह वाह गर्दा उनि पनि विवहल भए र भने नेपाली लोक संगितलाई नेपालमा भन्दा पनि प्रवासमा धेरै मायाँ गर्नुहुदो रहेछ म यहि सन्देश नेपालमा सुनाउने छु भन्दै उनका चर्चित गित गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ लगायत अन्य गितहरु दर्शकहरुसँगै गाए । अर्का क्रान्तिकारी गायक प्रदिन देवनले क्रान्तिकारीले ओतपोत गीत गाई दर्शकहरुलाई मनोराजन दिलाए । अरुण तरेर नाना तम्मर तरेर उनको अति लोकपि्रय गीत तथा अन्य गीतहरु गाएका थिए ।यूएईमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्ना उत्कृष्ट प्रस्तुतिहरु पस्कदै आएका किरण भट्राई रिजन थापा पूर्ण तमु प्रकाश पराजुली दिपक गुरुगं ज्ञान लामा मिना वाईवा प्रेम लामा अलिन दोड। सूर्य के।सी सरस्वती थोकर शान्ति शाह आशिष राई सुलोचना श्रेष्ठ दिपक गुरुड। मेघ रेखा डिकी योजन सम्झना वाईवा विमला श्रेष्ठ रबिन परियार पूजा लामापृय स्याड।वो आदिले आफ्ना गीत तथा नृत्यबाट दर्शकहरुलाई मनोराजन दिए । स्याड।जालीलाई नभन जाली भन्ने लोक गितको नृत्य अति आकर्षक बनेको थियो उक्त गितमा दिपक लिम्वु महिलाको भेषमा भने उनलाई साथ दिएका थिए मेहले । नेपाली समाज यूएईका अध्यक्ष यम प्रसाद तमुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति नेपालीदूतवास अबुधावी यूएईका राजदूत अजुर्न बहादुर थापा रहेका थिए भने अत्य उपस्थितिहरुमा दूतावासका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेल श्रम सहचारिका पार्वती अर्याल एनआरएन आई सि सिका कोषाध्यक्ष रामेश्वर शाह एन आरएन ए एन सि सिका अध्यक्ष चुणामणी ढकाल लगायत यूएईमा स्थापना भएका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरु पत्रकार ब्यवसायीहरुको उपस्थिति रहेको थियो भने दुवई तथा अबुधावी र अन्य यूएईका स्थानबाट प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । पहिलो चरणको कार्यक्रम नेपाली समाजका सचिव उत्तम अधिकारी तथा दोश्रो चरणको कार्यक्रम लोक गायक असिम महतले साचालन गरेका थिए । उक्त सास्कृतिक कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाजका महासचिव नारायण अधिकारीले स्वागत गरेका थिए ।नेपाली समाजलाई विगत लामो समय देखी सास्कृतिक क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्दै आएकी सरस्वती थोकरलाई समाजले विषेश सम्मान गरेको थियो भने विश्व पत्रकार साजालमा यूएईबाट संयोजकमा चुनिएका नेपाल पत्रकार महासँघ यूएईका अध्यक्ष जाकिर हुसेन तथा भर्खरै यूएईमा श्रम सहचारी भइ आएकी पार्वती अर्याललाई पनि समाजले सम्मान गरेको थियो । कार्यक्रम दिनको ५ बजे देखि सुरु भई साँझ १० बजे समाप्त भएको थियो । उक्त सास्कृतिक कार्यक्रमको प्रायोजन पानासोनिक नेपाल एयरलाईन्स जेट एयरलाईन्स यूएई एक्सचेन्ज डेनास्कि ट्ाभल्सले गरेको थियो । उक्त सास्कृतिक कार्यक्रमको संयोजन तुलसी तामाड।ले गरेका थिए ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Sunday, 22 November 2009
लिम्बुले नचाए माजुल र प्रदिपले भावुक बनाए यूएईका प्रवासी नेपालीहरुलाई
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment