श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Saturday, 7 November 2009

आदिवासी जनजाति महासंघ हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ लिम्बु-राई चन्द्र दुमी


अन्तर्वार्ता-विग हाउसका मिडिया भनिने नेपालको कान्तिपुरसम्मले हंगकंग जनजातिहरुको कुरालाई स्वविवेकले महत्वकासाथ लिएको छ । एभरेस्ट साप्ताहिक हंगकंग, नागरिक दैनिकलेमात्र होईन आस्था, जनादेश जस्ता चर्चित मिडियाहरुलेपनि यो बर्षबाट बिशेष माधव वंश बिनोद नेपाल पुनरागमन पछि निकै चासोकासाथ हेरी रहेकाछन । हंगकंगमामात्र नभएर प्रवासका अन्य मुलुकहरुमा समेत गम्भिर भएरसास रोकेर हेरीरहेको अवस्था हो । यहिबीच आदिवासी जनजाति महासंघ हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ लिम्बुलाई यहाको जातीय संस्था लगायतका अरु केही संस्थाहरुले नेपाल पठाउँने र गैर आदिवासी जनजाति महावाणिज्यूतको विरोध स्वरुप नेपालमै पनि एक पत्रकार सम्मेलन गर्ने निर्णय गरेपछि यस्ले थप जिज्ञासा बढाउँनु स्वभाविक हो । यसैको सेरोफेरोमा आदिवासी जनजाति महासंघ हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ लिम्बुसंग नेपाल जानलाग्दै गरेको अवश्थामा राई चन्द्र दुमीले गरेको कुराकानि।

राई चन्द्र दुमी- हंगकंगको जनजातिहरुको माग सस्तो लोकप्रियता पनि भन्दैछन तपाईले कसरी लिनुभएको छ ?
चेम्जोङ- नेपालमा ३६ सालसम्म राजनैतिक क्षेत्र इमान्दार थियो, जुल्फिकर अलिभुट्टोको फाँसिवादको बिरुद्ध उर्लेको बिशेष गरेर नेपाली बिध्यार्थिहरु जमिननै हल्लाएर आन्दोलनमा उत्रे ठुलै उथलपुथल भयो । भर्भराउँदो मण्डलेकाल थियो त्यो प्रगतिशील खेमामा घुसपैठ भएर सुराकी गर्नथाले । र्सूयबहादुर थापाको प्रपन्च यस्ले यौटा नजिरको रुप लियो पार्टि बिचारहरु परिवर्तन गरि ओल्लो कित्ता र पल्लो किनार भईरहने यौटा प्रबृत्ति बस्यो, हो त्यहि पुरानो हृयाङ्गमा आज जो छन उनिहरुको सानो समुहले भनेका हुनसक्छन । कि, त शुद्ध मण्डलेले जनजातिहरुलाई निरास पार्न सुनियोजित समुह लागिपरेको छ । सस्तो लोकप्रियताको खेती उनिहरुचाही गर्दैछन । हामीले यो आन्दोलन थालेको यो बिषयकोमात्रै ५ बर्षभयो , कुनै सस्तो लोकप्रियताको खेती यति लामो सायदै हुन्छ ।

राई चन्द्र - दुमी उसोभए आन्दोलन रोकिनेवाला छैन ?
चेम्जोङ - आन्दोलन भर्खर शुरु भएको छ । यो भन्दा पहिलेका आन्दोलनहरु पहिलो गेयरमा थिए १ नम्बरमा । अवको आन्दोलन दोश्रो गेयरमा लगेर कुदाइन्छ गन्तव्यमा नपुगिन्जेल गेयर चेन्ज भईरहनेछ आन्दोलन रोकिने छैन ।
राई चन्द्र दुमी - ब्रम्हाणवादी सत्तालिप्सा थाह भएकै कुरा हो, आन्दोलनको विकसितरुप क्रान्ति हो, भोली साधरण बन्द हडतालभन्दा माथि जानुपर्यो भने के गर्नुहुन्छ आन्दोलन तुहाउँने ?
चेम्जोङ - हङकङमा वस्ने सवैले हङकङ कानून मान्नुपर्ने हुन्छ । हामी हङकङको कानूनको परिधीभित्र रहेर जुनसुकै किसिमको आन्दोलनहरु गर्न पनि तयार छौं । आन्दोलन तुहिने कुरै छैन ।
मूलबाटोः जनजाति मुलको महावाणिज्यदूत फाईदा के छ जनजातिहरुलाई ?
चेम्जोङ - र्सवप्रथम पहिचानको कुरा हा, त्यसपछि समानुपातिक तथा समावेशी प्रतिनिधित्व । जनजातिहरुको प्रतिनिधित्व भनेको उनीहरुको आर्थिक,शैक्षिक सामाजिक हर क्षेत्रमा विकास हुनु हो । फेरि हङकङ हाल वसोवास गर्ने प्रायः सवै आदिवासीहरु व्रिटिश गोर्खा भूपूसंग सम्वन्धित छन् । ती जनजाति पूर्खाहरुको सम्मानको लागिपनि हामीलाई आदिवासी जनजाति मुलको महावाणिज्यदुत चाहिएकोछ । फेरि जनजातिको समस्या जनजातिलेनै सटिक रुपमा वुझन सक्छ । यी कारणहरुनै हुन् जसले गर्दा नेपाली आदिवासी जनजाति महावाणिज्यदूत मागेका छौं । नेपालको हरेक कुना कुनावाट आज आत्मानिर्णय तथा स्वायत्त राज्यहरुको आवाज उठीरहेको वेला जनजातिहरुलाई सेवा गर्ने जनजाति किन नमाग्ने ? तपाई जतिसुकै धर्म निरपेक्ष भनाउँनुहोस र जतिसुकै आर्यनमुलमा रुजिभिजी गर्नोस तर तपाई जति आफ्नो राईको बारे जान्नुहुन्छ त्यति उहाँहरुकोबारे बुझ्नुहुन्न । स्वयं प्रपन्नाचार्य काले राईले उनिहरुलाई पढन र बुझ्न सकेको छैनन ।
राई चन्द्र दुमी- यो आत्म निर्णय अधिकारको कुरा कम्युनिस्टहरुले उठाउँने गर्छन, बिशेष माओवादी के तपाई………?
चेम्जोङ -(कुरा काटेर) त्यस्तो होला तर हामी, -म) यस्लाई समयको माग हो जातीय स्वायत्तता भन्न रुचाउँछु सम्भवत संयोगपनि । मोही माग्ने ढुंग्रो किन लुकाउँने चाहे त्यो कम्युनिस्ट कांग्रेस,त के कमल थापा र्सूयबहादुर थापा थापाकाजीहरुकै मण्डले राजनैतिक पार्टि किन नहोस तर जस्ले हाम्रो मुद्दालाई सम्वेदनशील भएर आत्मैबाट गहन ढंगले उठाउँछ हामी उस्लाई र्समर्थन गर्न तयार छौँ ।
मूलबाटोः ४, ५ बर्षअगाडि कतिपयले र्समर्थन गर्दैथिए पछिल्लोपटक आएर (केशव भट्टराईको आगमनपछि) उल्टो तपाईहरुलाई साम्प्रदायिक बनाउँने प्रयासमा देखिएका थिएनी………..
चेम्जोङ - हो हामीलाई थाहा छ राजनैतिक धार मिल्ने बाणिज्यदूत बुझेपछि कतिपय साथीहरुले हाम्रो पाटिले पठाएको समेत भन्न पछि परेनन । तर हाम्रो जनजाति मर्मलाई गहिराईमा पुगेर अध्ययन बिश्लेषण नगरेर केवल सतहमा देखिने यस्ता गलत बुझाईहरु हाम्रालागि कुटनैतिक र रहस्यमय ढंगले प्रवेश गरेका दुश्मनहरु हुन पुगेका छन । हो “जातिपातिको कुरा छाडिदिउँ योग्यभए हुन्छ,, भन्ने लाईनसम्मका साथीहर भेटीए । हामी आफ्नो सँस्कृति, भाषा, साहित्य जगेर्ना गर्न चाहन्छौँ तर अरुको आँसुले हाम्रो आफ्नो हाँसो किन्ने पक्षमा कदापि छैनौँ हामी । हामी चाहन्छौँ ब्रम्हाण क्षत्रीहरुले पनि आफ्नो संस्कार संस्कृति संरक्षनार्थ उभिनुपर्छ हामीले साथ दिनुपर्छ उहाँहरुलाई । तर यहा ब्यक्ति होईन वादको विरोधको हाम्रो मर्मलाई नबुझेर वा बुझेर उल्टो हामीलाई साम्प्रदायिक बनाउँने प्रयत्नमा छन त्यो अभियान ब्रम्हाण क्षत्री समुहबाटै आएको हो । उतिवेला पनि हामीले शसक्त आवाज उठाएका थियौं, सरकारले सुनेन । हामीले केशवजी आउनुभएपछि पनि विरोधको लागि र्सार्वजनिक ठाउँमा मागहरु राख्दै आएका थियौं, तर सीमिति मात्रामा । त्यसैले होला सरकारले हाम्रो आवाज सुनेन । तर्सथ हामीले सुरु गरेको यसपालीको अन्दोलन अलि कडा खाल्को हुनेछ ।
राई चन्द्र दुमी - योग्यताको कुरा उठाउँनुभो, जनजातिहरु महावाणिज्यदूतकोलागि योग्य मान्छेनै छैनन भन्नेपनि सुनिएको छ ?
चेम्जोङ- बिनोद नेपाल प्रशासनिक क्षेत्रका कर्मचारी होईनन प्रविधिक क्षेत्रका हुन, यस्को लागि उनी दावेदार हुन सक्दैनन तर चलन चलाएपछि चल्दोरहेछनी त……..। तर २ स्थानबाट हारेको मान्छे प्रधानमन्त्री, १ स्थानबाट हारेकोहरु फुलमन्त्री, चुनावै नलडेका समानुपातिककाहरुले राज्यमन्त्री पाएजत्तिकै अनिकाल भने अवश्य छैन जनजातिमा । अव थुप्रैछन महावाणिज्यदूत योग्य आदिवासी जनजातिहरु । त्यो हामीलाई गवाँर भन्दै लुटिखाने बानी परेको पुरानो सामन्ती अभिब्यक्तिहरु आएको मात्रै हो उनिहरुको तर्फबाट ।
राई चन्द्र दुमी - बिनोद नेपालको नियुक्तिपछि के के कार्यक्रमहरु सम्पन्न भएर के के कार्यक्रम लिएर बढने योजना छ ? तयारी के के छन ?
चेम्जोङ - विनोद नेपाल हङकङको लागि महावाणिज्यदूत नियुक्त भएपछि तुरुन्तै हामीले नागरिक दैनिक (नेपाल) लगायत स्थानीय मीडियाहरुमा प्रेस वक्तव्य दिएका थियौं । पत्रकार सम्मेलन गरेर सरकारको रवैयाको विरोध गरेका थियौ । नेपाल गएर एक प्रेस सम्मेलन गरी विनोद नेपालको नियुक्तिलाई तुरुन्त फिर्ता गर्न सरकारलाई दवाव दिनेछौ, यहि कार्यक्रमकोलागि अहिले त्यता जान लागेको हो । त्यसैगरी हामीले सम्वन्धित सवै निकायहरुमा नियुक्ति फिर्ताको लागि ज्ञापनपत्र दिनेछौ

राई चन्द्र दुमी - कतिले त आदिवासी जनजाति महासंघ हङकङले यो विरोधलाई राजनीतिक रंग दिएको भनेको सुनिन्छ नि ?
चेम्जोङ -विल्कुल गलत कुरा हो । हाम्रो यो मुद्दा कुनै राजनैतिक विशेषको होइन जाति विषेशको हो । चाहे कांग्रेस पार्टि एमाले वा माओवादी वा अरु जुनसुकै पार्टि भएपनि आदिवासी जनजाति महावाणिज्यदूत पठाउनु पर्यो हाम्रो माग यही हो । हामी कुनै राजनैतिक पार्टिसंग पूवाग्रही छैनौ बरु आशावादी छौँ ।
राई चन्द्र दुमी - तपाईको अरु भन्नु केही छ की……….
चेम्जोंगः थुप्रै थियो, तपाईको सोध्नुपनि थुप्रै थियो । तर समय यस्तो भईदियो जे होस छोटोमा भन्नपर्दा संसारमा आदिवासीहरुलाई ठुलो सम्मानकोसाथ पुनर्स्थापना र अधिकार सम्पन्न गर्राईंदैछ । नेपालमाताको छातीमा पसिना बगाएर मलजल गरेर नेपाल बनाउँने हामी तर राष्ट्र बनाउँने राष्ट्र निर्मातालाई पछि पार्दै राष्ट्रले बनाएको नेपालीहरु हावी छन आज तर्सथ राष्ट्र निर्माता हामी आफ्नै आँगनमा प्रवासी हुन लागेको यस सम्वेदनशील घडीमा माग्दा दिदैनभने लडेरै अधिकार सम्पन्न हुने अवश्था आएको छ सवै जनजातिहरुमा यो आहृवान र अनुरोध गर्न चाहन्छु ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika