गत ७ नोभेम्बर शनिबार साँझ सौम्य बाताबरणका बीच नेपाली प्रतिभा प्रतिष्ठान बेलायत / ब्रुनाईको आयोजनामा ब्रुनाईको सेरियामा भब्य पारिवारिक जमघटका बीच प्रतिष्ठानका लागि महिला प्रतिनिधिका रुपमा गीतकार श्रीमती दिपा लिम्बु राईलाई दोश्रो उपाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त निर्णय प्रतिष्ठानका सतप्रतिसत सदस्यहरुको सर्ब सम्मतिबाट पारित भएको थियो ।सो अबसरमा प्रतिष्ठानले मासिक रुपमा आयोजना गर्ने श्रष्टा सिर्जना प्रस्तुति कार्यक्रमको सुभारम्भ पनि गरियो ।
प्रतिष्ठानका उत्साही युबा सर्जकहरुको सिर्जनालाई तिखार्न र सिर्जना गरिरहनु पर्छ भन्ने मान्यतालाई मध्यनजर गर्दै सिर्जना प्रस्तुति कार्यक्रमको अबधारणा तैयार पारि कार्यन्वयन गरिएको हो । गायकहरुद्दारा गीत,कबिहरुको कबिता,संगीतकारको नया संगीत,बाध्य बादकहरुको बाध्यबादन र गजल,गित मुक्तककारहरुले आ-आफ्नो सिर्जना प्रस्तुत गर्नु भएको थियो । यो कार्यक्रम हरेक महिना अनुकुल समय पारेर एक दिन आयोजना गर्दै लगिने कुरा आयोजक समितिले जनाएको छ ।
कार्यक्रमको सफलताको लागि बेलायतबाट अध्यक्ष रक्ष राई,महा-सचिब दयाकृष्ण राई,अफगानिस्तानबाट साहित्य बिभाग उपाध्यक्ष जगत नबोदित र साहित्य बिभाग सचिब इश्वर चामलिंगको शुभकामना प्राप्त भएको थियो । यो पहिलो कार्यक्रममा गायक तथा संगीतकार चोक गुरुङ्को नया संगीत सिर्जना, गायक किसन राईको गजल गायन,बाँसुरी बादक प्रकाश राईको बाँसुरी धुन,कबि तथा गीतकार कांगमांग नरेशको आधा दर्जन बढी कबिता र सवा दर्जन गीत बाचन,गजल गो मिजास तेम्बेको 'गर्दा खेरि' थेगो सहितको यथार्थबादी गजल र वहाँले आधा दर्जन गित पनि बाचन गर्नुभएको थियो ।कार्यक्रम संचालक गीतकार तथा गायक नरेश नातिले सटिक कार्यक्रम संचालनका क्रममा हास्य प्रधान मुक्तक सुनाउदै रोचक ढंगमा कार्यक्रम संचालन गर्नु भएको थियो । सो अवसरमा नातिले चार वटा गीतहरु पनि गाएर सुनाउनु भएको थियो । नब मनोनित महिला उपाध्यक्ष गीतकार दिपा लिम्बु राईले पनि कार्यक्रममा आफ्नो रचना पाठ गर्नु भएको थियो ।
बिबिध कार्यक्रम सहित मध्य रात सफलता पूर्वक कार्यक्रम समापन भएको थियो ।

0 comments:
Post a Comment