श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Sunday, 15 November 2009

गाउलेलाई विदाई सँगै सम्मान

खोटाङ युवा जागृति सेवा समाज कतार र उदयपुर प्रवासी सेवा समाज कतारले सयुक्त रुपमा राई रमेश गाउँलेको विदाई कार्यक्रम गत शुक्रवार वानीयान रेष्टुरेण्ट नेशनल कतारमा संपन्न गरेको छ । उहाँ दुवै संस्थाको सल्लाहकार संयोजक हुनुहुन्थ्यो भने केही दिनमा नै उहाँ कतार नर्फकने गरी नेपाल जादै हुनुहुन्छ । सोही अवसरमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषको हालै संपन्न चौथौ विश्व संमेलनवाट उपाध्यक्ष पदमा निर्वाचित सागर नेपाल,मध्येपूर्व संयोजकमा निर्वाचित वद्री प्रसाद पाण्डे र सदस्य तथा कतार प्रतिनिधमा निर्वाचित प्रज्ञान उदासलाई पनि संमान गरेको छ । उक्त कार्यक्रमको संचालन खोटाङ्ग युवा जागृति सेवा समाजका अध्यक्ष राम गुरुङको प्रमुख आतिथ्यमा संपन्न सो कार्यक्रमको संचालन सोही संस्थाका सचिव हरि कुमार वस्नेत,सभापतित्व उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,स्वागत मन्तव्य खोटाङ्गका सल्लाहकार लक्ष्मी ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती माहासंघका अध्यक्ष अमृत गुरुङ्ग, समाज सेवी उद्योग व्यावशायी तथा नि वर्तमान आई.सि.सि.का सदस्य तथा कतार प्रतिनिधी टि.वि. कार्की,उद्योग व्यावशायी संघका सचिव उमेश अधिकारी,गैर आवासिय संघ राष्ट्रिय समन्वय परिषदका द्धितिय उपाध्यक्ष छत्र घले, नेपाल पत्रकार माहासंघ सम्ंपर्क शाखा कतारका सह सचिव सरोज वास्तोला,किरात राई यायोक्खाका उपाध्यक्ष दिनेश चाम्लिङ्ग राई,खोटाङ हलेसी वचत तथा ऋण समुहका अध्यक्ष ओमीराज राई,सन्ध्या गृप अलमिस्नादका अध्यक्ष वीरेन्द्र याक्थुङवा,अनेसासका सचिवर् इखालु रमेश गेलाल,जन प्रगतिशिल मञ्चका सदस्य महेन्द्र अदृश्य राई,नवोदित साहित्य वाचनालयका माहासचिव प्रकाश वन्जारा,व्यावशायर्ीर् इन्द्र राई,तमुवौद्ध सेवा समिति शाखा कतारका उपाध्यक्ष लक्ष्मी तमु,ओखल ढुङगा एकता समाजका अध्यक्ष नवराज श्रेष्ठ,मोरङ्ग सुनसरी सेवा समाजका का.वा.अध्यक्ष मिलन खत्री लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हालै नेपालमा संपन्न चौथौ गैर आवासिय नेपाली संघको संमेलनमा उपाध्यक्ष विजयी सागर नेपाल,मध्येपर्ूव संयोजक विजयी वद्री प्रसाद पाण्डे र सदस्य तथा कतार प्रतिनिधी विजयी प्रज्ञान उदास लाई खोटाङ युवा जागृति सेवा समाजको तर्फार्टर् इन्द्य्र राई,दर्ुवासा गेलाल र राम गुरुङ्गले संमान पत्र प्रदान गर्नुभएको थियो भने उदयपुर प्रवासी सेवा समाजको तर्फाट के.वि. चाम्लिङ्ग,निगम कार्की र लालसेर राईले संमान पत्र प्रदान गर्नुभएको थियो । त्यसै गरी राई रमेश गाउँलेलाई दुवै संस्थाको तर्फाट संस्थाका अध्यक्षद्धय राम गुरुङ्ग,राम सुयल र अतिथिगणहरुले सयुक्त रुपमा कदर पत्रको साथ विदाई गर्नुभएको थियो । सो अवसरमा वोल्दै विदाई भएर जादै गरेका राई रमेश गाउँलेले आफु दोहामा आएको वाईस दिन पछि नै संघ संस्थाको काममा सक्रिय रहेको जस्म्ा पहिलो चोटी खोटाङ्गगे डाडामा पु-याउनु हुने मित्र दिनेश चाम्लिङ्ग राईलाई संझदै अनि पहिलो पटक खोटाङ्ग जागृति सेवा समाजले आफुलाई सदस्यता दिएको याद गर्दै अनि आफु दोहामा आएपछि तत्कालिन नेपाल कतार पत्रकार संघ जो हाल पत्रकार माहासंघ सर्ंपर्क शाखा संस्थापक सचिव,अनेसास संस्थापक सचिव,नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ संस्थापक सदस्य,प्रवासी नेपाली सर्ंपर्क मञ्च संस्थपक सदस्य लगायत दर्जन भन्दा वढी संघ संस्था खोल्नमा आफ्नो भुमीका रहेको स्मरण पनि गर्नु भयो । त्यसै गरी दोहामा आएर आधा दर्जन भन्दा वढी पत्रिकाको संपादन गर्न पाएकोमा पनि गौरव गर्नुभयो । कतार आउदा सवैको जस्तो आफ्नो पनि पैसा कमाउने उदेश्य नै रहेको तर यहाँ आए पछि समाजिक,साहित्यिक र पत्रकारीता क्षेत्रमा भएको आफ्नो प्रगति नाफाको भएको हुनाले आफु अति नै संतुष्ट रहेको जानकारी दिदै दोहा कतार साच्चै नै यस्ता क्षेत्रको लागी उत्पादक मुलक क्षेत्र हो भन्नुभयो । यसरी आफुलाई यो हैसियत सम्म पु-याउनु हुने कतारमा कार्यरत संघ संस्थाका प्रतिनिधी,सामाजिक कार्यकर्ता,उद्योग व्यावशायी अनि सम्पर्ूण्ा मित्रहरुलाई हार्दिक धन्यावाद ज्ञापन आफु जहाँ रहे पनि तपाईहरुवाट कहिले पनि टाढा नरहने प्रतिवद्धता व्याक्त गर्दै सहयोगको लागी हार्दिक आभार प्रकट गर्दै सदा यस्तै सहयोगको अपेक्षा गर्नुभयो । वोल्दै संमानित व्याक्तीत्व सागर नेपालले सागर नेपाल आज जुन स्थानमा पुगेको छ त्यो तपाईहरु सवै कतारमा र विश्वमा कार्यरत नेपालीहरुको कारण गर्दा भएकोले यसको सम्पर्ूण्ा श्रेय तपाईहरुलाई छ भन्नुभयो । उहाले तपाईहरुले दिनुभएको संमानले मलाई अझ वढी जिम्मेवमरी वोध गराईरहेको छ भन्दै विदाई भएर जाने भाई राई रमेश गाउँलेको कतार प्रवेश पछि भएको सहकार्यको संझना गर्दै कतारमा गरेको योगदानको चर्चा गर्नुभयो । भाईले गरेको समाज सेवाको मुल्यांकन यो पनि हो भन्दै कतारवाट दिनै २/४ सय मान्छे नेपाल जाने गरेको छन् तर सो कुरा उनीहरुको आफन्त भन्दा अरुलाई नहुने तर भाईको लागी यती धेरै मानिसको जमात देख्दा लाग्छ भाईको आवश्यकता यहाँ अति छ जस्को अभाव मलाई पनि खडि्कने वताउदै जहा जुन अवस्थामा भए पनि सर्ंपर्कमा रहनलाई अनुरोध गर्दै आवश्यक परेको वेला यथासक्य सहयोग पनि गर्ने प्रति वद्धता गर्नुभयो । त्यसै गरी अर्का वक्ता संमानित व्याक्तीत्व वद्री प्रसादनपाण्डेले मध्ये पर्ूवमा रहेका पन्ध्रलाख गैरआवासियहरुको नेताको हैसियतले आफुले सक्दो मात्रमा हाम्रा समस्यलाई नेपाल सरकार र संवन्धित निकायहरुमा वुलन्द आवाज उठाउने वताउदै यसमा सवैको उतीकै सहयोगको अपेक्षा गर्नुभयो । मध्येपर्ुवमा रहेको वाकी एन.सि.सि. गठन प्रकृयालाई पनि चाडै अगाडी वढाउने वताउदै विदाई भएर जानुहुने राई रमेश गाउँलेको उज्वल भविष्यको कामना गर्दै कतारमा रहदा गर्नुभएको समाजसेवा,पत्रकारीता,साहित्य क्षेत्रमा गर्नुभएको योगदानको प्रशंशा गनुभयो । जहा रहे पनि सर्ंपर्कमा रही रहन आग्रह पनि गर्नुभयो । अर्का संमानित व्याक्तीत्व प्रज्ञान उदासले कार्यक्रम आयोजकहरुलाई धन्यावाद ज्ञापन गर्दै विदाई भएर जानुहुने व्यात्तीत्वको शुभ यात्रका साथ उज्वल भविष्यको कामना गर्नुभयो । उद्योग व्यावशायी संघका सचिव उमेश अधिकारीले संमानित व्यात्तीहरुलाई वधाईका साथ दर्ुइ वर्षो कार्यकाल पर्ूण्ा सफलताको कामना गर्दै विदाई भएर जाने व्याक्तीत्व राई रमेश गाउँले आफ्नो अति नै हितैषी मित्र भएकोले आफुलाई सधै अभाव खड्कीरहने वतउँदै तर चाडै नै कतारमा भेट गर्ने आशा पनि व्याक्त गर्नुभयो । सोही अवसरमा वोल्दै उद्योग व्यावशायी एवं समाज सेवी टि.वि.कार्कीले विजयी माहानुभावहरुलाई वधाई तथा दर्ुइ वर्षो कार्यकाल पर्ूण्ा सफलताको कामना सहित गैर आवासिय नेपाली संघले गर्नुपर्ने कार्यहरुको वारेमा सुझाव दिनुभएको थियो र आवश्यक परेको वेलामा गैर आवासिय संघलाई आफ्नो तर्फाट पनि सक्दो सहयोग हुने कुरा वताउनु भएको थियो । अनि राई रमेश गाउँले लाई विदाई गर्नु पर्दा आफुलाई अति नै दुख लागेको वताउदै उहाँको उज्वल भविष्यको कामना गर्दै आवश्यक परेको वेला राईलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको वताउनुभयो । अर्का वक्ता अनेसासका सचिवर् इखालु रमेश गेलालले संमानित वधाई तथा कार्यकाल पर्ूण्ा सफलताको कामना गर्दै राई रमेश गाउँले अनेसास स्थापना गर्दाका संस्थापक सचिव भएको हुनाले अहिले अनेसासले जे जति प्रगति गरेको छ उहाँको नै देन हो भन्दै अनेसासका केही प्रकाशनहरुका साथ एउटा गजल प्रस्तुत गर्नुभएको थियो । सो अवसरमार् इन्द्र राईले,निगम कार्की,राम गुरुङ्ग लगायतले वोल्नुभएको थियो भने लक्ष्मी ढकालले प्यारोडी गीत प्रस्तुत गर्नुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika