किरात राई यायोक्खा कतारले नि वर्तमान सचिव तथा सल्लाहकार सदस्य राई रमेश गाउँलेको विदाई संवपन्न गरेको छ । गत विहीवार नेपाली चौक रेष्टुरेष्टमा संपन्न सो कार्यक्रमको संचालन शाखाका सहसचिव भविन्द्र राई सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई र स्वागत मन्तव्य उपाध्यक्ष ओमीराज राईले गर्नुभएको थियो । सो अवसरमा शाखाका सल्लाहकार संयोजक रकमध्वोज राई,सदस्यहरु छक्क सक्रिय राई,जनक वाम्वुले राई,उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,खोटाङ्ग हलेसी वचत तथा ऋण समुहका सचिव उमेश खड्का,भोजपुर सेवा समाजका सचिव राजेन्द्र राई लगायत शाखाका उपाध्यक्ष दिनेश चाम्लिङ्ग राई,कोषाध्यक्ष दिपेन्द्र राई,सदस्यहरु र्सइन्द्र राई लाल कुमार राई भरत वाम्वुले राई,दीपक राई,राजेन्द्र राईर्,कईन्द्र राई अन्य उपस्थितीमा नरेश राई र विष्णु राई लगायतका माहानुभावहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा किरात राई यायोक्खा शाखा कतारको तर्फाट फेटा,कदर पत्र र मायाको चिनो शाखाका अध्यक्ष र सल्लाहकार संयोजक ले सयुक्त रुपमा प्रदान गर्नुभएको थियो भने प्रवासी वाम्वुले राई समाजको तर्फाट समाजका अध्यक्ष जनक वाम्वुले राईले मायाको चिनो र कदर प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै शाखाका उपाध्यक्ष दिनेश चाम्लिङ्ग राईले कतारमा पहिलोपटक राई रमेश गाउँलेले भेट्नुभएको साथी आफु भएको जानकारी दिदै कतारमा पाँच वार्षो वर्साईमा गाउँलले शाखालाई,कतारको साहित्यिक,पत्रकारीता र समाज सेवामा पु-याउनुभएको योगदानको चर्चा गर्नु हुदै उहाँको हर्रर् इच्छा र आकांक्षा पुरा होस भन्नुभएको थियो । सल्लाकार सदस्य छक्क सक्रिय राईले कतारमा आफुलाई सामाजिक कार्यमा अगाडी वढाउने राई रमेश गाउँले हो भन्दै उहाँ कतारवाट गए पछि त्यसको अभाव तीन लाख नेपालीहरुमा पर्नेछ भन्नुभयो । अर्का सल्लाहकार सदस्य तथा प्रवासी वाम्वुले राई समाजका अध्यक्ष जनक वाम्वुले राईले गाउँले जस्तो भाईले कतार छोड्दा सवैलाई दुख लागे पनि उहाले नेपालमा गएर पनि हाम्रो जनजाती र किरात हरुको आन्दोलनलाई पु-याउनु हुने सहयोग संझदा हामीले खुसी हुनुपर्ने र यतीवेला भाईको आवश्यकता देशमा छ भन्दै कतार वर्साईमा कतारको समाजलाई गरेको योगदानको चर्चा गर्नुभयो । सोही अवसरमा सल्लाहकार संयोजक रकमध्वोज राईले देशमा भईरहेको जनजाती आन्दोलनको वारेमा जानकारी दिदै यसमा नेपाल गएपछि राई रमेश गाउँलेको पनि ठूलो सहभागीता हुने कुरामा विश्वास व्याक्त गर्दै अव भरसक गाउ नछोड्न र गाउमा नै केही गर्नलाई सुझाव दिनुभयो । शाखाका अध्यक्ष चन्द्रशेर राईले किरात राई यायोक्खाको अध्यक्ष आफु भए पनि यो पदसम्म ल्याउनको लागी वाटो देखाउने राई रमेश गाउँले नै भएको र यो शाखा यहासम्म आउनमा उहाँको विषेश भुमीका रहेका वताउनु भयो । अवका दिनमा जहा रहे पनि सहयोग गरीरहन अपिल पनि गर्नुभयो । सो अवसरमा वोल्दै विदाई भई रहनु हुने व्यात्तीत्व राई रमेश गाउँलेले आफु दोहामा आएपछि शाखामा पाँच वर्षसगै काम गर्दा सहयोग गर्नुहुने सवै मित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दै यो अवधिमा जती पनि सामाजिक कार्यहरु गरीयो त्यस क्रममा कोही साथीहरुलाई जान अन्जानमा केही नराम्रो भएको भएमा क्षमा माग्दै त्यसलाई भुलेर असल कुराहरु मात्र संझिनलाई अनुरोध गर्नुभयो । अन्तमा आफु जहाँ रहे पनि शाखा वाट कहिले टाढा नहुने वाचा गर्नुभयो । सो कार्यक्रममा सवै माहानुभावहरुले आफ्नो आफ्नो भनाई राख्नुभएको थियो ।
0 comments:
Post a Comment