कल्पना तुम्रोक।
हङकङमा भएको घरेलु कामदारहरुको महासंघले एक्यबद्दता क्यामको आयोजना गरेको थियो त्यस महासंघमा आबद्ध नेपाली घरेलु कामदार लगाएत बिदेशी घरेलु कामदारहरु जम्मा ६ युनियनको सहभागीता थियो जस्तै फिलीपीनो, इण्डोनेशियन, थाइल्यैण्ड, ओबरसिस वर्कर युनियन,र हङकङको लोकल् घरेलु कामदार युनियन सहभागीता थियो जसमा ४ जना नेपाली घरेलु कामदार युनियनको कार्यकारी सदस्यहरु लगायत २० जना नेपालीहरुको सहभागीता थियो। नोभेम्बर २२ तारीक का दिन Po Leung Kuk Pak Tam Cheung Camp मा आयोजना गरेको त्यस क्याम्पमा जान, आउन, चिया, नास्ता, र खानाको ब्यबस्था थियो त्यस्को लागी प्रत्येक ब्याक्तिबाट २० डलर उठाइएको थियो भने १०% प्रतेक युनियन ले निकालेको थियो।अरु लागेको खर्च HKCTU र AMC ले बेहोरेको थियो । त्यस अनौपचारीक कार्यक्रम IUE को फिसले संञ्चालन गरेको थियो । कार्यक्रमको शुरुआत आफ्ने युनियनको परिचय र आफ्नो परिचयबाट गरीएको थियो र
फेडेरेसनको बारेमा जानकारी थाइ (TDWU)डेङले चाइनिजमा र नेपाली(UNDW) बाट शोबा लामाले इङ्लिस मा बिस्तार् रुपमा जानकारी गराउनु भएको थियो।नेपलीज घरेलु कामदारले आफ्नो राष्ट्रिय गीत गाएको थियो र साथै एउटा कल्चर नृत्य पद्मा मगरले गर्नु भएको थियो भने,प्रतेक युनियनले कल्चर नित्य सिक्नु र सिकाउनु पर्ने कार्यक्रम पनि भएको हुँदा, नेपाली को तर्फ बाट कल्पना तुम्रोकले समग्रह रुपलाई नित्य कम्पोज गराएको थियो।त्यस कार्यक्रममा आ आफ्नो कल्चर देखाउनु हुने प्रत्येक सहभागीहरुलाई ए एम एस (AMC) को कार्यकारी डाइरेक्टर लिलीले पुरस्कार वितरण गर्नु भएको थियो । खाना र नास्ता सकेपछि, महासंघ को बारेमा सानो ग्रुप छलफल थियो। त्यहा राखेको हरेक प्रश्नहरु जस्तइ
WHAT IS FADWU ? The Main Goal of FADWO ? how FADWU members work together ? the role/functions that FADWU should play ? how FADWU members can contribute to FADWU ? how FADWU can contribute to its members ? को बारेमा छलफल गरेर त्यसबाट निस्केको निचोड कुरालाई प्रत्येक युनियनले reporting गरिएको थियो र १० बजे शुरु भएको कार्यक्रम ४ बजे समाप्त भएको थियो ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Tuesday, 24 November 2009
घरेलु कामदारहरुको एक्यबद्दता क्याम्प २००९
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment