क्वालालम्पुर,
किरात विभूति, समाजसुधारक फाल्गुनन्द लिङदेनको १२५ औं जन्मजयन्ती क्वालालम्पुर कातारायास्थित बुधबार ११ नोभेम्बर का दिन मनाइएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ, राष्ट्रिय शाखा मलेसियाको आयोजना रहेको सो कार्यक्रममा एकसयआठ बत्ति बालिएको थियो ।
एकसय एक नेपाली व्यक्तित्वभित्रका फाल्गुनन्द लिङ्देनलाई हुलाक टिकटमा समावेश गर्नुका साथै माध्यमिक तहभित्रको कक्षामा उनको जीवनी पनि समावेश गरिएको छ । नेपालमा रहेको सुनुवार, राई लिम्बू र याख्खा किरातीहरुलाई एकताको सुत्रमा बााध्नको लागि समाज सुधारको अनवरत रुपमा लागेको कारण उनलाई समाजसुधारकको रुपमा हेरिएको हो ।कार्यक्रममा किरात धर्मावलम्विलगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा किरात याख्खा छुम्माबाट जीवन देवान, एनआरएनबाट देबेन्द्र खापुङ, किरात याक्थुङ चुम्लुङबाट रुसाहाङ चेम्जोङ, लिम्बूवान राष्ट्रिय परिषदबाट बुद्धहाङ लावती, किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका संस्थापक महासचिव मोहन थेवे र पूर्व अध्यक्ष पर्शुराम चोङबाङले महागुरु फाल्गुनन्दको चर्चा परिचर्चा गरेका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका टंक चन्द, सुदुरपश्चिमाञ्चल सेवा समाजका लोकेश साह र प्रवासी मगर संघका उपाध्यक्ष दिलबहादुर मगरले पनि कार्यक्रमलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा आप\mनो कार्यअवधि पूरा गरेर नेपाल र्फकन लागेका मोहन थेबेलाई विदाई तथा सम्मान गर्नुका साथै किरात धर्म साहित्य उत्थान संघ केन्द्रीय समितिले मलेसियाबाट दुईजना राजमान पोमु र दीलकुमार केरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको उनीहरुलाई प्रमाण पत्र दिइएको थियो । कार्यक्रम दिल कुमार केरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम धन कुमार वेघाले सञ्चालन गरेका थिए ।
डा. सोनु सुब्बासाग चुम्लुङको भेटघाट कार्यक्रम
क्वालालम्पुर । सिक्किममा जन्मिएर भारतको कस्तुरवा मेडिकल कलेज, मैंगलोरमा एसोसिएट प्रोफेसर रहनुभएकी डा. सोनु सुब्बाको मलेसिया भ्रमणको अवसरमा किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान मलेसियाबीच रेष्टुरेन्ट द खुकुरीमा सम्पन्न भएको थियो । चुम्लुङका अध्यक्ष कृष्ण आङदेम्बे, सह-सचिव पेशल मावुहाङ, सुभद्रा लिङ्देनसाग भेटघाट भएको हो । किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष दिलकुमार केरुङ स्वास्थ्यका कारण उपस्थित हुन नसके पनि आप\mनो संस्थाबारे जानकारी चुम्लुङलाई दिन लगाएका थिए ।
भ्रमणमा रुचि राख्ने डा. सुब्बाले भेटपछि विश्वमा रहेका लिम्बूहरुले भावनात्मक एकता गर्नुपर्ने, सम्पर्क रही विश्व लिम्बू फोरमको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।

0 comments:
Post a Comment