भरतपुर÷ चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानीका रुपमा स्थापित गर्ने कार्यलाई अबबाट अभियानकै रुपमा अगाडि बढाइने भएको छ । सो अभियानका लागि राजधानी स्थापना पहल समिति मार्फत भएका हरेक गतिविधिहरुको तथ्यांकलाई अभिलेखीकरण गरी सूचना केन्द्र मार्फत सार्वजनिकीकरण समेत गरिने भएको छ । पहल समिति अन्तर्गत गठित प्रचार-प्रसार समितिको बुधबार भरतपुरमा सम्पन्न बैठकले चितवनलाई राजधानी बनाउने विषय सबैको सरोकारका विषय भएकाले स्थानीय संचारमाध्यमहरुलाई पनि प्राथमिकता दिनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
उप-समितिका संयोजक तथा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी का चितवन जिल्ला इन्चार्ज अनिल शर्मा ँविरही’ को अध्यक्षतामा बसेको बैठकले राजधानी निर्माणका लागि आउने दिनहरुमा गरिने प्रचारात्मक अभियानलाई के-कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नका लागि यही मंसिर १० गते बुधबार बिहान ११ बजे जिल्ला विकास समिति चितवनको सभाहलमा स्थानीय सबै संचारमाध्यमका प्रमुखहरुसँग अन्तरकि्रया तथा छलफल कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले राजधानी निर्माणका लागि अहिलेसम्म भएका सबै अभियान छलफल बैठक अन्तरकि्रया भेटघाट लगायतका गतिविधिहरुलाई तथ्यांकका रुपमा राख्नका लागि उपलब्ध गराई दिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै चाहिएको बेलामा सबैले सूचना तथा जानकारी पाउन सक्ने गरी सूचना केन्द्रको स्थापना तथा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच गुरुयोजना निर्माण समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा पनि सो उप-समितिको बुधबार नै अर्को बैठक सम्पन्न भएको छ । सो बैठकमा चितवनमा बढ्दो प्लटिङ् व्यवसाय शहरीकरण र महंगीका बिषयमा व्यापक छलफल गरिएको थियो । चितवनलाई देशको केन्द्रीय राजधानीका रुपमा लैजाँदा आवश्यक पर्ने कृषियोग्य क्षेत्र औधोगिक क्षेत्र तथा आवास क्षेत्रको व्यवस्था कसरी र कुन क्षेत्रमा मिलाउने बढ्दो प्लटिङ् व्यवसायलाई कृषियोग्य भूमिमा प्रवेश गर्न नदिन कसरी अघि बढ्ने जस्ता बिषयमा बुधवार छलफल भएको संयोजक सुवेदीले जानकारी दिनुभयो । बुधवारको बैठकले जिल्ला प्रविधिक कार्यालय चितवनका ईन्जिनियर सानुकाजी कार्कीलाई गुरुयोजना निर्माण समितिको सदस्य सचिव तोकेको छ । साथै आवास तथा भौतिक योजना निर्माणका लागि एक जना ईन्जिनियरलाई समितिमा मनोनित गर्ने निर्णय समेत बैठकले गरेको छ । राजधानी निर्माणका लागि योजना बनाउनका लागि बिहीवार राजधानी निर्माण पहल मूल समितिको बैठक बस्ने भएको छ ।
अनिल शर्मा 'विरही'
संयोजक
प्रचार-प्रसार उप-समिित
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Wednesday, 18 November 2009
चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानीका रुपमा स्थापित गर्न अभियाननै चलाउने
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment