श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 17 November 2009

किरात येलेसंवत् घोषणा-पत्र २००९ जारी – यलम्बरलाई राष्ट्रिय विभूति घोषणाको माग


गणेश राई/समला राई

काठमाडौं, २०६६ मंसिर १ गते सोमबार (नोभेम्बर १६ २००९)
किरात हाङ यलम्बरलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने सम्बन्धित जातिका संस्थाले माग गरेका छन् । राजधानी काठमाडौंमा आयोजित दुई दिने किरात येलेसंवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी पछि सोमबार पाँच बुँदे किरात येलेसंवत् घोषणापत्र २००९ जारी गर्दै उक्त माग गरेका हुन् ।

किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात येले संवत् अध्ययन समन्वयन समितिले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी घोषणापत्र जारी गरेका हुन् ।

किरात समुदायमाझ हाल प्रचलनमा रहिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात येले संवत्लाई मान्यता प्रदान गर्न राज्यको दायित्व हो संयुक्त विज्ञप्तिमा भनिएको छ । यो संवत् नेपालमा रहेका करिब १५ लाख किरातीहरुको जीवनपद्धति मूल्यमान्यतासँग जोडिएको उल्लेख छ । यस संवत्लाई नेपाल सरकारले अविलम्ब मान्यता दिई प्रथम किरात राजा यलम्बर हाङलाई राष्ट्रिय विभूति घोषणा गरी सम्पूर्ण किरात समुदायलाई नेपाल हाम्रो पनि राज्य हो भनी गौरवान्वित हुने वातावरण तयार गरोस् भनी हामी माग गर्दछौँ भनिएको छ ।

संयुक्त विज्ञप्ति याक्खा छुम्माका अध्यक्ष दुर्गामणि देवान सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू यायोक्खाका अध्यक्ष चतुरभक्त राई र समन्वय समितिका संयोजक बैरागी काइँलाले हस्ताक्षर गरेका छन् ।

नेपालको इतिहासमा गोपाल तथा महिषपाल वंशीहरुपछि प्रथम किरात राजा यलम्बरको पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकसित भएको हुनाले राजा यलम्बरको स्मारक संवतका रुपमा किरात येलेसंवत् प्रचलनमा रहेको उल्लेख गरिएको छ ।

ऐतिहासिक रुपमा प्रमाणित किरात राजा यलम्बरका स्मारक संवत्को रुपमा किरात येले संवत्लाई नेपालका किरात जातीय संस्थाहरु आफ्नो संवत्का रुपमा प्रचलनमा ल्याउने घोषणा गर्दछौँ विज्ञप्तिमा भनिएको छ संसारभरिका किरातहरुलाई यसै घोषणा मार्फत् किरात येले संवत् लाई व्यवहारिक जीवनमा कार्यान्वयन गर्न यसै घोषणापत्र मार्फत् हामी हार्दिक आव्हान गर्दछौँ ।

घोषणापत्र सार्वजनिक गरेलगत्तै साचारकर्मीको जिज्ञासाको जवाफ िदंदै समन्वय समितिका संयोजक प्राज्ञ बैरागी काइँलाले राज्यले नयाँ संविधानमा किरात येले संवत् सूचिकृत गर्नु पर्ने र त्यसलाई प्रामाणिक कार्यन्वयको पक्षमा पाचाङ्ग निर्धाण त्यसपछि हुनुपर्ने उल्लेख गर्नुभयो । यो संवत्को तिथि, मिति, काल गणना विद्धान तथा ज्योतिषाचार्यहरुबाट हुनेछ तर त्यसअघि नेपाल सरकारले नयाँ संविधानमा सूचिकृत गर्न आवश्यक छ उहाँले भन्नुभयो ।

यसैगरी विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासमा किरात इतिहास तथा संस्कृतिविद् किरातोलोजिस्ट पदलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् । इतिहासविद् इमानिसंह चेम्जोङलाई त्रि. वि. अन्तर्गतको तात्कालीन इनासु मा किरातोलोजिस्ट पदमा नियुक्त गरिएको थियो । विज्ञप्तिमा भनिएको छ इतिहासविद् चेम्जोङपछि खाली राखिएको किरातोलोजिस्ट पदलाई पुनः बहाली गरी किरात इतिहास तथा संस्कृतिको खोज अनुसन्धान गर्ने कार्यको निरन्तरताको व्यवस्था राज्यले अविलम्ब गर्नुपर्दछ ।

चार किरात संस्था र समन्वय समितिले यही मंसिर पहिलो हप्ता किरात येले संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन तथा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गराउन राष्ट्रपति, संविधानसभा संवैधानिक समितिका अध्यक्ष र सभामुखलाई भेट गरी ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको जनाइएको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika