वासिङ्टन, मंसिर ३ मुस्ताङका हिमाली गुफाहरूमा भेटिएको प्राचीन तिब्बती चित्रकलाको सम्बन्ध रहस्यमय स्वर्गभूमि 'सांग्रिला'सँग हुनसक्ने एक अमेरिकी अनुसन्धान टोलीले दावी गरेको छ। हिमाली भेगमा लुकेर रहेको मानिने 'सांग्रिला'को खोज कार्यमा चित्रकला र साथै भेटिएका ग्रन्थहरूले बल प्रदान गर्ने बताइएको छ।नेसनल ज्योग्राफी च्यानलमा बुधबार प्रसारित एक घन्टा लामो डकुमेन्ट्री 'सेक्रेटस् अफ सांग्रिला'मा वेवारिसे अवस्थामा भेटिएका खजानाको बिस्तृत विश्लेषण गरेको छ। च्यानलले एक घन्टाकै 'लस्ट केभ टेम्पल्स अफ दि हिमालय' र आधा घन्टा लामो 'मुस्ताङः जर्नी अफ ट्रान्सफर्मेसन' पनि बुधबार लगातार प्रसारण गरेको थियो। मुस्ताङको ठाडो पहरामा खोपिएका गुफामा १५ औं शताब्दीको धार्मिक ग्रन्थ र भित्तेचित्र भेटिएको थियो। उपल्लो मुस्ताङ विदेशीका लागि निषेधित भएकोले ती गुफामा लुकेर रहेको रहस्यलाई कसैले पनि खोज्न सकेका थिएनन्। तर, जब सन् २००७ मा अमेरिकी अनुसन्धाता तथा हिमालय विज्ञ ब्रोटन कोबर्न र सातपटक सगरमाथा आरोहण गरिसकेका पिट अथ्यान्स त्यहाँ पुगे यी रहस्य खुले। नेसनल ज्योग्राफीले पठाएको उक्त टोलीले बुद्धका जीवन वर्णन गर्ने ५५ भित्तेचित्र फेला पारेको थियो। टोलीले एक वर्षपछि फेरि त्यहीँ अनुसन्धान गर्दा ६ सय वर्ष पुराना थुप्रै मानव कंकाल, थाकका थाक ग्रन्थ र केही साना चित्रहरू भेटिएको थियो। फेला पारेका यी सबै सामग्रीहरू बेलायती लेखक जेम्स हिल्टनले सन् १९३० को उपन्यास 'लस्ट हराइजन'मा उल्लेख गरेका खजानासँग मेल खाने पाइएको छ। लुटेराले गुफाभित्रको प्राचीन मानेलाई भत्काएर र गुफाको भित्ता कोतरेर यसअघि नै थुप्रै बहुमुल्य सामानहरू चोरिसकेको पनि अनुसन्धानमा पत्ता लागेको छ। त्यहाँ भेटिएका ३० खण्ड धार्मिक ग्रन्थ टोलीले मुस्ताङको केन्द्रिय गुम्बामा बुझाएको छ। हिमालको चिसो हावापानीले गर्दा लामो समयसम्म सही हालतमा रहेका ग्रन्थहरू केही बौद्ध र केही बोन धर्मको रहेको अनुसन्धानकर्ता कोबर्नले बताए। तिब्बतीहरूले आठौं शताब्दीमा बौद्ध धर्म अँगाल्नुअगाडि बोन धर्म मान्ने गर्थे। यी ग्रन्थले तिब्बतमा उक्त धर्म परिवर्तनको केही शताब्दीसम्म पनि बोन धर्म जीवितै रहेको प्रमाण दिएको कोबर्नको तर्क छ। बौद्ध धर्म अँगालेपछि मुस्ताङका राजाले ती बोन ग्रन्थलाई नष्ट गर्नुको सट्टा गुफामा लगेर ससम्मान सुरक्षित छाडेको हुनसक्ने अनुमान टोलीले गरेको छ। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको डिजिटल हिमालय प्रोजेक्टका मार्क टुरिनले पनि यो सम्भावनालाई स्विकारेका छन्। अनुसन्धान टोलीमा नरहेका टुरिनले यो धार्मिक ग्रन्थलाई लुकाएर राख्ने तिब्बती परम्पराको उदाहरण पनि हुनसक्ने बताएका छन्।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Thursday, 19 November 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment