श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 13 October 2009

पेरीसमा छैटौं एन आर एन दिवस भब्यताका साथ मनाईयो


गैर आवासीय नेपाली संगठन (एन आर एन) को छैटौं वार्षिकोत्सव एक भब्य कार्यक्रमका साथ आइतवार फ्रान्सको राजधानी पेरीसमा सम्पन्न भएको छ। एन आर एन फ्रान्सका उपाध्यक्ष थमन टण्डनको शभापतित्वमा आयोजित उक्त कार्यक्रममा फ्रान्स निवासी नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित फ्रान्सका लागि नेपाली कार्यवाहक राजदुत जीबन प्रकाश श्रेष्ठले सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदीबाहिनीहरुलाई शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा एन आर एनलाई आफ्नो लक्ष प्राप्त गर्ने दिशामा सफलता प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो। यूनेस्कोको कार्यक्रमको शिलसिलामा पेरीस आइपुग्नुभएका शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र बिक्रम थापाले एन आर एन छैटौ बर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभयो।
नेपालीका लागि नेपाली" भन्ने मुख्य नाराका साथ स्थापना भएको एन आर एनले हरेक ११ अक्टुवरमा विश्वब्यापीरूपले आफ्नो स्थापना दिवस मनाउने गर्दछ । ‍पेरिसमा सम्पन्न समारोह बिगतमा एन आर एन फ्रान्सले गरेका विविध क्रियाकलापहरुको जानकारिहरुका साथ आगामी बर्षको लागि तय गरिएका कार्यक्रमको वारेमा चर्चा गरिएको थियो। एन आर एनको उक्त कार्यक्रमा फ्रान्समा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो।
सन् २०१० मा एन आर एन फ्रान्सले यूरोपीय बृहत भेला सम्पन्न गर्नुका साथसाथै साँस्कृतिक कार्यक्रम, समुन्द्रतट भ्रमण कार्यक्रम तथा खेलकुद लगायत अन्न विविध कार्यक्रमहरु आयोजना गर्दैछ। नेपालमा आईपर्ने दैवि प्रकोप लगायत अन्य आपत्कालीन समयमा लागि एन आर एन फ्रान्सले आफ्नो आपतकालीन कोषबाट आर्थिक सहयोग गर्ने गरेको छ। त्यसै गरि गत बर्ष नेपालको तराईका बाडीपिडितहरुको राहत तथा मृत्युदण्डको सजायँ सुनाइएकी डोल्मा लामाको न्यायिक सहयोगका निमित्त आर्थिक सहयोग गरेको थियो। स्मरण रहोस्, एन एन फ्रान्सले धादिङको जोगिमारा गाविसमा एक प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु.१,५०,००० बरावरको आर्थिक सहयोग उपलब्ध गराए पश्रात भवन निर्माणको काम प्रारम्भ हुँदैछ। एन आर एन फ्रान्सले आगामी बर्षहरुमा च्यारिटि कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरको छ।

गैर आवासीय नेपाली संगठनको वार्षिक समारोहको उपलक्षमा फ्रान्सेली विद्यालयहरुबाट ब्याक( १० +२) उत्तिर्ण गर्ने नेपाली छात्र-छात्राहरुलाई बधाई तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रमा सहभागी नेपालीहरुले प्रस्तुत गरेका एन आर एन सम्वन्धि गित, कविता, नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो। फ्रान्समा रहेका नेपाली लोक दोहरी कलाकारहरु राजेन्द्र नम्साल, राजेन्द्र घिमिरे, घनश्याम पौडेल, लाक्पा शेर्पा लगायतका कलाकारहरुले लोक दोहरी प्रस्तुत गरिरहँदा समारोहस्थलमा नेपालीहरु छमछम नाच्न थालेका थिए।

एन आर एन फ्रान्सले शुभ दिपावली २००९ को उपलक्षमा आगामी शनिवारका दिन देउशी पेरिसमा बिभिन्न ठाउँहरुमा देउशी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली कला सँस्कृति तथा परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ गर्न लागिएको उक्त कार्यक्रम बिगतका बर्षहरुमा अत्यतन्त सफल बनेको थियो। एन आर एन दिवस मनाउन लागिएको उक्त समारोहमा फ्रान्समा रहेका ब्यपारी,बिद्यार्थी,कलाकार, पत्रकार तथा एन आर एन कार्यसमितिका पदाधिकारीहरुको तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika