हिजो अक्टुबर ११ तारिख आईतबारको दिन कोरियाको सिउलमा भएको "११औ कोरियान भाषा बोल्ने प्रतियोगिता"एक बिशेष समारोह बिच सम्पन्न भएको छ । राजाधानी सिउलमा भएको उक्त कोरियान भाषा प्रतियोगितामा बिभिन्न १० राष्ट्रका प्रबसिहरुको सहभागीता रहेको थियो । इन्डोनेसिया प्रथम भएको उक्त भाषा प्रतियोगितामा नेपाल भने दोस्रो भएको थियो । नेपालको तर्फबाट जगन्नाथ थपालियाले दोस्रो पुरस्कार स्वरुप ५ लाख वोन प्राप्त गर्न सफल भएका थिए ।
साथै ११ तारिखकै दिन ओसानमा भएको "माइग्रान्ट पिपुल कल्चर फेस्टिबल"मा पनि ९ राष्ट्रको कार्यक्रममा नेपाल दोस्रो नै भएको थियो । फिरोज बस्नेतले दोस्रो उपाधी जित्न सफल भएको उक्त कार्यक्रममा फिलिपिन्सले पहिलो स्थान हासिल गरेको थियो । यसरी प्रबसमा रहेर पनि नेपालीहरुले गरेको सफलताले नेपाल र नेपालीको परिचय गराउन केही हद सम्म टेवा पुगेको छ । आगामी दिनमा पनि नेपालीहरुले सफलता पाउन भन्ने शुभकामना छ ।

0 comments:
Post a Comment